धर्मशास्त्रहरू
सिद्धान्त र करार ८२


खण्ड ८२

अगमवक्ता जोसेफ स्मिथलाई इन्डिपेन्डेन्स, ज्याक्सन प्रदेश, मिजोरीमा अप्रिल २६, १८३२ मा दिइएको प्रकाश । यो उच्च पादरीहरू र चर्चका एल्डरहरूको परिषद्को समय थियो । त्यस परिषद्मा, जोसेफ स्मिथलाई उच्च पादरीको अध्यक्षका रूपमा समर्थन गरियो, जुन विभागमा उनलाई जनवरी २५, १८३२ मा एम्हर्स्ट, ओहायोमा उच्च पादरीहरू, एल्डरहरू र सदस्यहरूको एक सम्मेलनमा यसपूर्व नै नियुक्त गरिएको थियो (हेर्नुहोस् खण्ड ७५ को शीर्षक) । यस प्रकाशले यस पूर्वको प्रकाशमा (खण्ड ७८) एक उद्यमको स्थापना गर्न दिइएका निर्देशनहरूलाई दोहोर्‍याउँछ—जसलाई संयुक्त उद्यम भनिन्छ (जोसेफ स्मिथको निर्देशनमा, त्यो शब्द “उद्यम” लाई अर्को शब्द “व्यवस्था” ले प्रतिस्थापन गर्‍यो)—चर्चको व्यापारिक र प्रकाशन प्रयासहरूलाई सञ्चालन गर्न ।

१–४, जहाँ धेरै दिइएको छ, त्यहाँ धेरै मागिन्छ; ५–७, अन्धकारले संसारमा शासन गर्छ; ८–१३, जब हामी उहाँले भन्नुभएको गर्‍छौँ परमप्रभु बाध्य हुनुहुन्छ; १४–१८, सियोन सुन्दरता र पवित्रतामा विकसित हुनु पर्छ; १९–२४, हरेक व्यक्तिले आफ्नो छिमेकीको कल्याणमा प्रयास गर्नु पर्छ ।

साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्छु, मेरा सेवकहरू, कि जति जति तिमीहरूले एकअर्काका अपराधहरूको क्षमा गरेमा, म, परमप्रभुले पनि तिमीहरूलाई त्यसै गरी क्षमा गर्ने छु ।

यद्यपि, त्यहाँ तिमीहरूका माझ तिनीहरू छन् जसले अत्यधिक मात्रामा पाप गरेका छन्; हो, तिमीहरू सबैले पनि पाप गरेका छौ; परन्तु साच्चैँ नै म तिमीहरूलाई भन्छु, अबदेखि सतर्क होऊ र पाप गर्न नियन्त्रण गर, अन्यथा कठोर फैसलाहरू तिमीहरूका शिरमा खनिने छन् ।

किनकि जसलाई धेरै दिइएको छ, ऊबाट धेरै मागिन्छ; अनि जसले महान् ज्योतिका विरुद्ध पापहरू गर्छ उसले कठोर तिरस्कार प्राप्त गर्छ ।

तिमीहरूले प्रकाशहरूका लागि मेरो नाम पुकार्‍यौ र म ती तिमीहरूलाई दिन्छु; अनि जति जति तिमीहरूले मैले तिमीहरूलाई दिएका मेरा निर्देशनहरूलाई पालना गर्दैनौ तिमीहरू उल्लङ्घनकारी बन्ने छौ; अनि न्याय र फैसला जरिवानाका रूपमा मेरो नियममा तोकिएको छ ।

त्यसकारण, जुन म एकजनालाई भन्छु त्यो सबैजनालाई भन्छु: होसियार रहो, किनकि शत्रुले आफ्नो प्रभुत्व फैलाउँछ र अन्धकारले शासन गर्छ;

अनि परमेश्वरको क्रोध पृथ्वीका बासिन्दाहरूविरुद्ध जागेको छ; र असल गर्ने कोही छैन किनकि सबैले बाटो बिराएका छन् ।

अनि अब, साच्चैँ नै म तिमीहरूलाई भन्छु, म, परमप्रभु तिमीहरूलाई कुनै पनि पापको दोष लगाउँदिन; आफ्नो बाटो लाग अनि अब पाप नगर; परन्तु त्यो आत्मा जसले पाप गर्ने छ, यस पूर्वका पापहरू फर्किने छन्, परमप्रभु परमेश्वर भन्नुहुन्छ ।

अनि पुनः, साच्चैँ नै म तिमीहरूलाई भन्छु, म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिन्छु ताकि तिमीहरूले आफ्ना सम्बन्धमा मेरा चाहना बुझ्न सक्षम होओ;

अथवा अर्को शब्दमा, तिमीहरूले मेरो दृष्टिमा कसरी आचरण देखाउन सक्छौ भनेर म तिमीहरूलाई निर्देशनहरू दिन्छु ताकि यसले तिमीहरूलाई आफ्नो मुक्तिको परिणाम ल्याउन सक्छ ।

१० म, परमप्रभु, बाध्य हुन्छु जब तिमीहरूले मैले भनेको गर्‍छौ; परन्तु जब तिमीहरूले मैले भनेको गर्दैनौ, तिमीहरूलाई कुनै प्रतिज्ञा दिइँदैन ।

११ त्यसकारण, साच्चैँ नै म तिमीहरूलाई भन्छु मेरा सेवकहरू एडवार्ड पाट्रिज र नुवल के. व्हिटनी, ए. सिड्नी गिल्बर्ट र सिड्नी रिग्डन र मेरा सेवक जोसेफ स्मिथ र जोन ह्विट्मर अनि ओलिवर काउड्री र डबल्यू. डबल्यू. फेल्पस् र मार्टिन ह्यारिस कि यो आवश्यक छ कि तिमीहरू सँगै एक बन्धन र करारद्वारा बाँधिनु पर्छ जुन उल्लङ्घनद्वारा तोड्न सकिंदैन अन्यथा फैसला तत्कालै आउने छ, तिमीहरूका विभिन्न रखवारीहरूमा—

१२ गरिबका परिस्थितिहरूको अनि बिशपरिकसँग सम्बन्धित सबै विषयहरूको व्यवस्थापन गर्न सियोनको भूमि र कर्टल्याण्डको भूमि दुबैमा;

१३ किनकि सर्वोच्चका सन्तहरूका लाभ अनि सियोनका किलाका लागि मैले कर्टल्याण्डको भूमिलाई मेरो आफ्नै समयमा समर्पित गरेको छु ।

१४ किनकि सियोन सुन्दरता र पवित्रतामा विकसित हुनु पर्छ; तिनका सिमानाहरू बढाइनु पर्छ; तिनका किलाहरू मजबुत बनाइनु पर्छ; हो, साच्चैँ नै म तिमीहरूलाई भन्छु, सियोन उठ्नु पर्छ र आफ्ना सुन्दर वस्त्रहरू लगाउनु पर्छ ।

१५ त्यसकारण, म तिमीहरूलाई यो आज्ञा दिन्छु कि तिमीहरू आफूलाई यो करारले बाँध अनि परमप्रभुका नियमहरूअनुसार यसो हुनु पर्छ ।

१६ हेर, तिमीहरूका लाभका लागि यहाँ ममा ज्ञान पनि छ ।

१७ अनि तिमीहरू समान हुनु पर्छ अथवा अर्को शब्दमा, तिमीहरूका ती सम्पत्तिहरूमा समान अधिकार हुनु पर्छ, तिमीहरूका रखवालाहरूका चासोहरूको व्यवस्थापन गर्ने लाभका लागि, हरेक व्यक्तिले उसका चाहना र आवश्यकताहरूअनुसार, उसका चाहनाहरू न्यायोचित भएमा—

१८ अनि यी सबै जीवित परमेश्वरको चर्चका लाभका लागि ताकि हरेक व्यक्तिले आफ्ना प्रतिभामा सुधार गरून् ताकि हरेक व्यक्तिले अरू प्रतिभाहरू प्राप्त गर्न सकून्, हो, सयौँ गुना सम्म, परमप्रभुको भण्डारमा हाल्न, सम्पूर्ण चर्चको साझा सम्पत्ति हुनका लागि—

१९ हरेक व्यक्तिले आफ्नो छिमेकीको कल्याणमा प्रयास गर्दै अनि सबै कार्यहरू परमेश्वरको महिमाप्रति एकाग्र भएर गर्दै ।

२० तिमीहरूले पाप नगर्दा सम्म, मैले तिमीहरू र तिमीहरूका उत्तराधिकारीहरूका लागि यो सङ्गठन एक चिरस्थायी सङ्गठन हुनका लागि नियुक्त गरेको छु ।

२१ अनि त्यो आत्मा जसले यो करार विरुद्ध पाप गर्छ र आफ्नो हृदय यस विरुद्ध कठोर बनाउँछ, मेरो चर्चका नियमहरूअनुसार व्यवहार गरिने छ अनि उद्धारको दिनसम्म शैतानको यातनाहरूमा सुम्पिइने छ ।

२२ अनि अब साच्चैँ नै म तिमीहरूलाई भन्छु र यो ज्ञान हो, अधार्मिकताको धनसम्पत्तिलाई आफ्ना मित्रहरू बनाओ अनि तिनीहरूले तिमीहरूको नाश गर्ने छैन ।

२३ फैसला ममा एक्लै छाडिदेउ किनकि यो मेरो हो अनि म क्षतिपूर्ति तिर्ने छु । तिमीहरूलाई शान्ति मिलोस्; मेरा आशीर्वादहरू तिमीहरूसँग निरन्तर रहने छन् ।

२४ किनकि अझै पनि यो अधिराज्य तिमीहरूकै हो र यदि तिमीहरू आफ्ना दृढतामा अडिग रह्यौ भने सदासर्वदाका लागि रहने छ । तसर्थ यस्तै हुने छ । आमीन ।