धर्मशास्त्रहरू
सिद्धान्त र करार ८१


खण्ड ८१

अगमवक्ता जोसेफ स्मिथद्वारा, हाइरम, ओहायोमा, मार्च १५, १८३२ मा दिइएको प्रकाश । फ्रेडरिक जी. विलियम्सलाई उच्च पादरीमा अनि उच्च पादरीको अध्यक्षतामा एक सल्लाहकारका रूपमा बोलावट गरियो । ऐतिहासिक अभिलेखहरूले देखाउँछन् कि जब यो प्रकाश मार्च १८३२ मा प्राप्त भएको थियो, यस अध्यक्षतामा जोसेफ स्मिथको सल्लाहकारको विभागमा जेसी गाउसलाई बोलावट गरियो । यद्यपि, जब उनले यो नियुक्ति अनुरूप निरन्तरता दिन असफल भए, त्यो बोलावट पछि फ्रेडरिक जी. विलियम्सलाई दिइयो । त्यो प्रकाशलाई (मिति १८३२) प्रथम अध्यक्षताको औपचारिक सङ्गठनतर्फको एक पाइलाको रूपमा मानिनु पर्छ, विशेषगरी त्यो समूहमा सल्लाहकारको विभागमा बोलावट अनि त्यो बोलावटको महत्त्वको व्याख्या गर्छ । बन्धु गाउसले केही समयका लागि सेवा गरे तर डिसेम्बर १८३२ मा उनलाई चर्चबाट अलग्याइयो । बन्धु विलियम्सलाई मार्च १८, १८३३ मा निर्दिष्ट विभागमा नियुक्त गरियो ।

१–२, अधिराज्यका साँचाहरू सदैव प्रथम अध्यक्षताले बहन गर्छ; ३–७, यदि फ्रेडरिक जी. विलियम्स आफ्नो परोपकारको कार्यमा आस्थावान् रहेमा, उनले अनन्त जीवन प्राप्त गर्ने छन् ।

साच्चैँ नै, साच्चैँ नै, म तिमीलाई भन्छु मेरा सेवक फ्रेडरिक जी. विलियम्स: उहाँको त्यो वाणीलाई ध्यान देऊ जो बोल्नुहुन्छ, परमप्रभु तिम्रा परमेश्वरका वचनलाई अनि त्यो बोलावटलाई सुन जसद्वारा तिमीलाई बोलावट गरिएको छ, मेरो चर्चमा उच्च पादरी अनि मेरा सेवक जोसेफ स्मिथ जुनियरका एक सल्लाहकार हुन समेत;

जसलाई मैले अधिराज्यका साँचाहरू दिएको छु जुन सदैव उच्च पादरित्वको अध्यक्षतासँग रहनु पर्छ:

त्यसकारण, साच्चैँ नै म उनलाई स्वीकार गर्छु र तिमीलाई पनि, जति जति तिमीले विश्वासपूर्वक परामर्ष लिन्छौ र दिन्छौ, मैले तिमीलाई नियुक्त गरेका विभागमा, सदैव प्रार्थनामा, आवाजमा र आफ्नो हृदयमा, सार्वजनिक र निजी रूपमा, जीवितहरूका भूमिमा र तिम्रा बन्धुहरूका माझ तिम्रा परोपकारी कार्यमा सुसमाचारको घोषणा गर्नमा पनि ।

अनि यी कार्यहरू गर्नाले तिमीले तिम्रा सहयात्रीहरूको प्रशस्त भलाइ गर्ने छौ अनि उहाँको महिमालाई प्रोत्साहन गर्ने छौ जो तिम्रा परमप्रभु हुनुहुन्छ ।

यसकारण, आस्थावान् होओ; मैले तिमीहरूलाई नियुक्त गरेको विभागमा उभिय; कमजोरको सहायता गर, लत्रेका हातहरू उठाओ अनि दुर्बल घुँडाहरू मजबुत बनाओ ।

अनि यदि तिमीहरू अन्तिमसम्म आस्थावान् रह्यौ भने तिमीहरूले अधिराज्यहरूमा अमरत्व र अनन्त जीवनको मुकुट प्राप्त गर्ने छौ जुन मैले मेरा पिताको गृहमा तयार पारेको छु ।

हेर र अवलोकन गर, यी अल्फा र ओमेगाका वचनहरू हुन्, अर्थात् येशू ख्रीष्टका । आमीन ।