धर्मशास्त्रहरू
सिद्धान्त र करार ६०


खण्ड ६०

अगमवक्ता जोसेफ स्मिथद्वारा ज्याक्सन प्रदेश, मिजोरीमा, अगस्ट ८, १८३१ मा दिइएको प्रकाश । यो अवसरमा ती एल्डरहरू जो ज्याक्सन प्रदेशतर्फ यात्रा गरेका थिए र त्यस भूमि र मन्दिरको स्थलको समर्पण उत्सवमा भाग लिएका थिए, तिनीहरूले के गर्नु पर्छ भनेर जान्ने चाहना गरे ।

१–९, ती एल्डरहरूले क्षुद्रहरूका भेलाहरूमा सुसमाचारको प्रवचन दिनु पर्छ; १०–१४, तिनीहरूले आफ्ना समय व्यर्थमा खेर फाल्नु हुँदैन न त आफ्ना प्रतिभाहरूलाई गाड्नु नै हुन्छ; १५–१७, तिनीहरूले सुसमाचारलाई अस्वीकार गर्ने विरुद्ध एक गवाहीका रूपमा आफ्ना पैतालाहरू धोऊन् ।

हेर, परमप्रभु उहाँका चर्चका एल्डरहरूलाई यसो भन्नुहुन्छ, जो जहाँबाट आएका थिए तिनै स्थानहरूमा तत्कालै फर्कनु पर्छ: हेर, यसले मलाई खुसी तुल्याउँछ कि तिमीहरू यहाँ आएका छौ;

परन्तु केहीसँग म अधिक खुसी छैन, किनकि तिनीहरू आफ्ना मुखहरू खोल्दैनन् तर तिनीहरू मानिसहरूका डरका कारण मैले तिनीहरूलाई दिएका प्रतिभा लुकाउँछन् । धिक्कार छ त्यस्तालाई किनकि मलाई तिनीहरू विरुद्ध रिस उठ्छ ।

अनि यस्तो हुन जाने छ, यदि तिनीहरू मप्रति अधिक आस्थावान् रहेनन् भने, तिनीहरूसँग भएका समेत खोसिने छन् ।

किनकि म, परमप्रभु, माथिका स्वर्गहरूमा र पृथ्वीका सैनिकहरू माझ शासन गर्छु; र जुन दिन म आफ्ना गहनाहरू बनाउने छु, सबै मानिसहरूले थाहा पाउने छन् कि त्यो के हो जसले परमेश्वरको शक्ति देखाउँछ ।

परन्तु, साच्चैँ नै, तिमी जहाँबाट आयौ त्यस भूमिको तिम्रो यात्राका सम्बन्धमा म तिमीलाई बताउने छु । तिमीहरूलाई सही लागेअनुसार एउटा डुङ्गा बनाऊ अथवा खरिद गर, मलाई केही फरक पर्दैन र तत्कालै सेन्ट लुइस भन्ने स्थानका लागि यात्रा सुरु गर्नु पर्छ ।

अनि त्यस स्थानबाट मेरा सेवकहरू सिड्नी रिग्डन, जोसेफ स्मिथ जुनियर र ओलिवर काउड्रीले सिनसिनाटीतर्फ आफ्ना यात्रा सुरु गर्नु पर्छ;

अनि यस स्थानमा तिनीहरूले आफ्ना आवाजलाई उचालेर, कुनै रिस अथवा शंकाबिना, तिनीहरूमाथि पवित्र हातहरू उचाल्दै उच्च स्वरमा मेरा वचनको घोषणा गर्नु पर्छ । किनकि म तिमीहरूलाई पवित्र बनाउन सक्षम छु र तिमीहरूका पापहरूको तिमीहरूलाई क्षमा गरिन्छ ।

अनि बाँकी एल्डरहरूले सेन्ट लुइसबाट दुई दुईजना गरी आफ्नो यात्रा सुरु गर्नु पर्छ र क्षुद्रहरूका भेलाहरूमा, हतार नगरीकन वचनको घोषणा गर्नु पर्छ, तिनीहरू ती चर्चहरूमा नफर्केसम्म जहाँबाट तिनीहरू आएका थिए ।

अनि यी सबै चर्चहरूको भलाइका लागि हुन्; किनकि यही आशयका लागि मैले तिनीहरूलाई पठाएको हुँ ।

१० अनि मेरा सेवक एडवार्ड पाट्रिजले मैले उनलाई दिएको पैसाको एक अंश बाँड्नु पर्छ, एक अंश मेरा एल्डरहरूलाई जसलाई फर्कन आज्ञा दिइएको छ;

११ अनि जो सक्षम छ उनले त्यसलाई प्रतिनिधि मार्फत् फिर्ता गर्नु पर्छ; र जो सक्षम छैन, उसबाट यो आवश्यक छैन ।

१२ अनि अब म ती बाँकी एल्डरहरूका सम्बन्धमा भन्छु जो यस भूमिमा आउने छन् ।

१३ हेर, तिनीहरूलाई क्षुद्रहरूका भेलाहरूमा मेरो सुसमाचार प्रवचन गर्न पठाइएको छ; यसकारण, म तिनीहरूलाई एक आज्ञा दिन्छु, तसर्थ: तिमीहरूले आफ्ना समय व्यर्थमा खेर फ्याल्नु हुँदैन न त अरूले थाहा पाउलान् भनेर आफ्ना प्रतिभाहरूलाई गाड्नु नै हुन्छ ।

१४ अनि तिमी सियोनको भूमिमा आएपछि अनि मेरा वचनको घोषणा गरेपछि तिमी तत्कालै फर्कनु पर्छ र क्षुद्रहरूका भेलाहरूमा हतार नगरीकन कुनै रिसबिना न त कुनै विवाद बिना मेरा वचनको घोषणा गर्नु पर्छ ।

१५ अनि तिमीलाई ग्रहण नगर्नेहरूविरुद्ध आफ्ना पैतालाका धुलो टक्टक्याओ, उनीहरूकासामु हैन तर गोप्यमा अन्यथा तिमीहरूले उनीहरूलाई रिस उठाउने छौ; अनि फैसलाको दिनमा उनीहरूविरुद्ध एक गवाहीका लागि तिमीहरूका पैताहरूला धोओ ।

१६ हेर, तिमीहरूका लागि यो पर्याप्त छ र उहाँका चाहनाका लागि जसले तिमीहरूलाई पठाउनुभयो ।

१७ अनि मेरा सेवक जोसेफ स्मिथ, जुनियरका मुखबाट सिड्नी रिग्डन र ओलिवर काउड्रीका सम्बन्धमा जानकारी दिइनु पर्ने छ । बाँकी यसपछि जानकारी दिइने छ । अनुसार समेत । आमीन ।