धर्मशास्त्रहरू
सिद्धान्त र करार ५२


खण्ड ५२

चर्चका एल्डरहरूलाई अगमवक्ता जोसेफ स्मिथद्वारा कर्टल्याण्ड, ओहायोमा जून ६, १८३१ मा दिइएको प्रकाश । कर्टल्याण्डमा एक सम्मेलनको आयोजना गरिएको थियो जुन जुन महिनाको तेस्रो दिनमा सुरु भएर त्यहि महिनाको छैठौं दिनमा अन्त्य भयो । यो सम्मेलनमा उच्च पादरीका विभागको पहिलो विशिष्ट विधिहरू सम्पन्न गरियो अनि गलत र कपटी आत्माहरूको निश्चित प्रकटलाई चिनियो र हप्काइयो ।

१–२, अर्को सम्मेलन मिजोरीमा आयोजना गर्नका लागि तय गरिएको छ; ३–८, निश्चित एल्डरहरूलाई सँगै यात्रा गर्न नियुक्त गरिएको छ; ९–११, एल्डरहरूले प्रेरितहरू र अगमवक्ताहरूले लेखेका विषयहरू सिकाउनु पर्छ; १२–२१, आत्माद्वारा ज्ञान प्रदान गरिएकाहरूले प्रशंसा र ज्ञानका फलहरू उत्पादन गर्छन्; २२–४४, सम्मेलनका लागि मिजोरीको यात्रा गर्दा सुसमाचारको प्रचार गर्न विभिन्न एल्डरहरूलाई नियुक्त गरिन्छ ।

हेर, परमप्रभु एल्डरहरूलाई यसो भन्नुहुन्छ जसलाई उहाँले बोलावट गर्नुभएको छ र यी अन्तिम दिनहरूमा उहाँका आत्माको वाणीद्वारा छनोट गर्नुभएको छ—

यसो भन्दै: म, परमप्रभु, म जे चाहना गर्छु त्यही तिमीहरूलाई जानकारी दिन्छु कि यो समयदेखि अर्को सम्मेलनसम्म तिमीहरूले के गर्नु पर्छ, जुन मिजोरीमा आयोजना हुँदै छ, त्यो भूमि जुन म मेरा जनहरूलाई समर्पित गर्ने छु, जो याकूबका अवशेष हुन् र तिनीहरू जो करारअनुसार उत्तराधिकारीहरू हुन् ।

यसकारण, म साँच्चै नै तिमीहरूलाई भन्छु, मेरा सेवकहरू जोसेफ स्मिथ जुनियर र सिड्नी रिग्डनले आफ्ना घर छोडेर जानका लागि सकेसम्म छिटो तयारी गरेर आफ्नो यात्रा सुरु गर्नु पर्छ र मिजोरीको भूमितर्फ यात्रा गर्नु पर्छ ।

अनि जति सम्म तिनीहरू ममा आस्थावान् रहन्छन्, तिनीहरूले के गर्नु पर्छ भनेर तिनीहरूलाई जानकारी दिइने छ;

अनि, जति सम्म तिनीहरू आस्थावान् रहन्छन्, तिमीहरूका उत्तराधिकारका भूमि पनि तिनीहरूलाई प्रकट गरिने छ ।

अनि जति सम्म तिनीहरू आस्थावान् रहदैनन्, मेरो चाहनाअनुसार, मलाई सही लागेअनुसार, तिनीहरूलाई अलग्याइने छ ।

अनि पुनः, साच्चैँ नै म तिमीहरूलाई भन्छु, मेरा सेवक लाइमन वाइट र मेरा सेवक जोन कोरिलले आफ्ना यात्रा तत्कालै सुरु गर्नु पर्छ;

अनि मेरा सेवक जोन मर्डक र मेरा सेवक हाइरम स्मिथले पनि डेट्रायटको बाटो हुँदै सोही ठाउँमा आफ्ना यात्रा सुरु गर्नु पर्छ ।

अनि उनीहरूले बाटामा अगमवक्ता र प्रेरितहरूले लेखेका बाहेक अरू केही नभनीकन अनि ती जुन आस्थाको प्रार्थनामार्फत् आश्वासीद्वारा उनीहरूलाई सिकाइएको वचनको प्रवचन गर्दै त्यस स्थानबाट यात्रा गर्नु पर्छ ।

१० उनीहरू दुई-दुईजना जानुपर्छ र यसरी उनीहरूले बाटामा हरेक भेलामा प्रवचन दिनु पर्छ, पानीद्वारा बप्तिस्मा दिंदै र पानीको किनारामा रहेर शिरमा हातहरू राख्दै ।

११ किनकि परमप्रभु यसो भन्नु हुन्छ, म मेरा कार्य धार्मिकतामा अन्त्य गर्न समय छोट्याउने छु, किनकि समय आउँदै छ कि म विजयका निम्ति फैसला अघि बढाउने छु ।

१२ अनि मेरा सेवक लाइमन वाइट सावधान रहनु पर्छ, किनकि शैतानले उनलाई भूस निफने जस्तै निफन्ने इच्छा गर्छ ।

१३ अनि हेर, ऊ जो आस्थावान् छ उसलाई धेरै कुराहरूमा शासक बनाइने छ ।

१४ अनि पुनः, म तिमीहरूलाई सबै विषयहरूमा नमूना दिन्छु, ताकि तिमीहरू नछलिऊन्; किनकि शैतान पृथ्वीमा स्वतन्त्र घुमिरहेको छ र ऊ पृथ्वीभर मानिसहरूलाई छल्दै गइरहेको छ—

१५ यसकारण ऊ जसले प्रार्थना गर्छ, जसको आत्मा पश्चात्तापी छ, त्यसैलाई यदि उसले मेरा विधिहरू पालना गरेमा मबाट स्वीकार हुन्छ ।

१६ ऊ जसले बोल्छ, जसको आत्मा पश्चात्तापी छ, जसको भाषा विनम्र र सुधारक छ, यदि उसले मेरा विधिहरू पालना गरेमा उही नै परमेश्वरको हो ।

१७ अनि पुनः, ऊ जो मेरा शक्तिका कारण थरथर काम्छ उसलाई मजबुत बनाइने छ, अनि मैले तिमीहरूलाई दिएका प्रकाश र सत्यताअनुसार प्रशंषा र ज्ञानका फलहरू उत्पादन गर्ने छ ।

१८ अनि पुनः, ऊ जो यो नमुनाअनुसार प्रबल छ र फलहरू उत्पादन गर्दैन, ऊ मेरो होइन ।

१९ यसकारण, यो नमुनाअनुसार तिमीहरूले पुरै ब्रम्हाण्ड मुनि सबै अवस्थाहरूमा आत्माहरूलाई बुझ्नु पर्छ ।

२० अनि त्यो समय आएको छ; मानिसहरूका आस्थाअनुसार उनीहरूलाई व्यवहार गरिने छ ।

२१ हेर, यो आज्ञा ती सबै एल्डरहरूलाई दिइएको छ जसलाई मैले छनोट गरेको छु ।

२२ अनि पुनः, साच्चैँ नै म तिमीहरूलाई भन्छु, मेरा सेवक थोमस बी. मार्स र मेरा सेवक एज्रा थायरले पनि, त्यही भूमिमा, बाटोमा वचनको प्रवचन गर्दै आफ्ना यात्रा सुरु गर्नु पर्छ ।

२३ अनि पुनः, मेरा सेवक आइजेक मोर्ली र मेरा सेवक एज्रा बुथले पनि, सोही भूमिको बाटामा वचनको प्रवचन गर्दै आफ्ना यात्रा सुरु गर्नु पर्छ ।

२४ अनि पुनः, मेरा सेवकहरू एडवार्ड पाट्रिज र मार्टिन ह्यारिसले मेरा सेवकहरू सिड्नी रिग्डन र जोसेफ स्मिथ जुनियरसँग आफ्ना यात्रा सुरु गर्नु पर्छ ।

२५ मेरा सेवकहरू डेभिड व्हिट्मर र हार्भी व्हिटलकले पनि, त्यही स्थानको बाटोमा प्रवचन गर्दै आफ्ना यात्रा सुरु गर्नु पर्छ ।

२६ अनि मेरा सेवकहरू पार्ली पि. प्राट र ओर्सन प्राटले पनि, त्यही भूमिमा समेत बाटोमा प्रवचन गर्दै आफ्ना यात्रा सुरु गर्नु पर्छ ।

२७ अनि मेरा सेवकहरू सोलोमन ह्यानकक र सिमियोन कार्टरले पनि यो त्यही भूमिमा आफ्ना यात्रा सुरु गर्नु पर्छ र बाटोमा प्रवचन गर्नु पर्छ ।

२८ मेरा सेवकहरू एड्सन फूलर र जेकब स्कटले पनि आफ्ना यात्रा सुरु गर्नु पर्छ ।

२९ मेरा सेवकहरू लिभाइ डबल्यू. ह्यानकक र जेबिडी कोल्ट्रिनले पनि आफ्ना यात्रा सुरु गर्नु पर्छ ।

३० मेरा सेवकहरू रेनल्ड्स कहून र स्याम्यूएल एच. स्मिथले पनि आफ्ना यात्रा सुरु गर्नु पर्छ ।

३१ मेरा सेवकहरू व्हिलर बल्ड्विन र विलियम कार्टरले पनि आफ्ना यात्रा सुरु गर्नु पर्छ ।

३२ मेरा सेवकहरू नुवल नाइट र सेला जे ग्रिफिनलाई नियुक्त गरिनु पर्छ र आफ्ना यात्रा पनि सुरु गर्नु पर्छ ।

३३ हो, साच्चैँ नै म भन्छु, यी सबैले आफ्ना यात्रा बिभिन्न मार्गहरूद्वारा एकै ठाउँमा गर्नु पर्छ, अनि एक मानिसले अर्को मानिसको आधारमा निर्माण गर्नु हुँदैन, नत अरूको मार्गमा यात्रा गर्नु हुन्छ ।

३४ ऊ जो आस्थावान् छ, त्यसैलाई जोगाइने छ र धेरै फलका साथ आशीर्वाद दिइने छ ।

३५ अनि पुनः, म तिमीहरूलाई भन्दछु, कि मेरा सेवकहरू जोसेफ वेकफिल्ड र सोलोमन हम्फ्रीले आफ्ना यात्रा पूर्वीय भूमिहरूतर्फ सुरु गर्नु पर्छ;

३६ उनीहरूले अगमवक्ता र प्रेरितहरूका सम्बन्धमा बाहेक अरू कुनै विषय घोषणा नगरिकन आफ्ना परिवारहरूसँग परिश्रम गर्नु पर्छ, जुन उनीहरूले देखेका र सुनेका छन् र सबैभन्दा निश्चित रूपमा विश्वास गर्छन्, ताकि अगमवाणीहरू पूरा हुन सक्छ ।

३७ नियमको उल्लङ्घनको परिणाम स्वरूप, हेमन ब्यासेटलाई प्रदान गरिएको उनीबाट फिर्ता लिइनु पर्छ, अनि साइमन्ड्स राइडरका शिरमा राखिदिनु पर्छ ।

३८ अनि पुनः, साच्चैँ नै म तिमीहरूलाई भन्छु, जेरेड कार्टरलाई पादरीमा नियुक्त गरिनु पर्छ, अनि जर्ज जेम्सलाई पनि पादरीमा नियुक्त गरिनु पर्छ ।

३९ बाँकी एल्डरहरूले चर्चहरूको रेखदेख गर्नु पर्छ, अनि वरिपरिका क्षेत्रहरूमा वचनको घोषणा गर्नु पर्छ; अनि तिनीहरूले आफ्नै हातले परिश्रम गर्नु पर्छ ताकि त्यहाँ कुनै मूर्तिपूजा र क्षुद्रताको अभ्यास नहोस् ।

४० अनि सबै परिस्थितिहरूमा गरिब र आवश्यकतामा परेकाहरू, बिरामी र कष्टमा परेकाहरूलाई सम्झ, किनकि ती जसले यी कार्यहरू गर्दैनन्, उनीहरू मेरा शिष्यहरू होइनन् ।

४१ अनि पुनः, मेरा सेवकहरू जोसेफ स्मिथ जुनियर, अनि सिड्नी रिग्डन अनि एडवार्ड पाट्रिजले आफूहरूसँग चर्चबाट सिफारिस लिएर जानु पर्छ । अनि मेरा सेवक ओलिवर काउड्रीका लागि पनि एउटा प्राप्त गर्नु पर्छ ।

४२ अनि तसर्थ, मैले भने जस्तै समेत, यदि तिमीहरू आस्थावान् छौ भने तिमीहरूले मिजोरीको भूमिमा खुसी मनाउन सँगै एकत्रित हुनु पर्छ जुन तिमीहरूका उत्तराधिकारको भूमि हो, जुन अहिले तिमीहरूका शत्रुहरूको भूमि हो ।

४३ परन्तु, हेर, म, परमप्रभु उचित समयमा यो सहरको निर्माण अघि बढाउने छु र आस्थावानहरूलाई प्रसन्नता र खुसीका साथ मुकुट पहिर्‍याउँने छु ।

४४ हेर, म येशू ख्रीष्ट हुँ, परमेश्वरका पुत्र, अनि म तिनीहरूलाई अन्तिम दिनमा उत्थान गर्ने छु । अनुसार समेत । आमीन ।