धर्मशास्त्रहरू
सिद्धान्त र करार ५०


खण्ड ५०

अगमवक्ता जोसेफ स्मिथद्वारा, कर्टल्याण्ड, ओहायोमा, मे ९, १८३१ मा दिइएको प्रकाश । जोसेफ स्मिथको इतिहासले बताउँछ कि केही एल्डरहरूले पृथ्वीमा पठाइएका भिन्न आत्माहरूको अभिव्यक्तिलाई बुझेनन् र यो प्रकाश यस विषयमा उनको विशेष सोधपुछको प्रतिउत्तरमा दिइएको थियो । सदस्यहरूबीचमा तथाकथित आध्यात्मिक घटनाहरू असामान्य थिएनन्, जसमध्ये केहीले दर्शन र प्रकाशहरू प्राप्त गरेको दाबी गरे ।

१–५, धेरै झूटा आत्माहरू पृथ्वीमा सर्वत्र छन्; ६–९, धिक्कार छ ढोँगीहरूलाई र तिनीहरूलाई जो चर्चबाट अलग भएका छन्; १०–१४, एल्डरहरूले आत्माद्वारा सुसमाचार प्रचार गर्नु पर्छ; १५–२२, प्रवाचक र श्रोता दुबैलाई आत्माद्वारा ज्ञान प्रदान गरिनु आवश्यक छ; २३–२५, त्यो जसले आत्मिक वृद्धि गराउँदैन, त्यो परमेश्वरको होइन; २६–२८, आस्थावानहरू सबै विषयका मालिक हुन्; २९–३६, विशुद्ध भएकाहरूको प्रार्थनाको जवाफ दिइन्छ; ३७–४६, ख्रीष्ट असल गोठालो र इस्राएलको पत्थर हुनु हुन्छ ।

सुन, हे मेरो चर्चका एल्डरहरू र जीवित परमेश्वरको वाणीलाई कान थाप; र तिमीहरूलाई जानकारी दिइने ज्ञानका वचनहरूमा ध्यान देऊ, जसरी तिमीहरूले याचना गरेका छौ र चर्च र पृथ्वीमा सवर्त्र फैलिएका आत्माहरू सम्बन्धमा सहमत भएका छौ ।

हेर, साच्चैँ नै म तिमीहरूलाई भन्दछु, ताकि त्यहाँ धेरै आत्माहरू छन् जुन झूटा आत्माहरू हुन्, जो संसारलाई छल गर्दै पृथ्वीमा गएका छन् ।

अनि शैतानले पनि तिमीहरूलाई छल गर्न खोजेको छ, ताकि उसले तिमीहरूलाई पराजित गरोस् ।

हेर, म, परमप्रभुले तिमीहरूलाई हेरेको छु र कुकर्महरू देखेको छु त्यो चर्चमा जुन् मेरो नाममा छ ।

परन्तु आशीषित छन् आस्थावान् र सहनेहरू, चाहे जीवनमा होस् या मृत्युमा, किनकि तिनीहरूले अनन्त जीवन प्राप्त गर्ने छन् ।

परन्तु धिक्कार छ तिनीहरूलाई जो छल गर्ने र ढोँगीहरू छन्, किनकि परमप्रभु यसो भन्नुहुन्छ, म तिनीहरूलाई फैसलामा ल्याउने छु ।

हेर, साच्चैँ नै म तिमीहरूलाई भन्दछु, तिमीहरूका बीचमा ढोँगीहरू छन्, जसले कसै-कसैलाई छल गरेका छन्, जसले शत्रुलाई शक्ति दिएको छ; तर हेर, त्यस्तालाई पुनः सत्यतामा फर्काइने छ;

परन्तु मैले चाहेअनुसार ढोँगीहरूको पत्ता लगाइनु पर्छ र जीवनमा वा मृत्युमा अलग्याइनु पर्छ; र धिक्कार छ तिनीहरूलाई जो मेरो चर्चबाट अलग्याइएका छन्, किनकि उनीहरू संसारबाट पराजित भएका छन् ।

यसकारण, हरेक मानिस होसियार हुनु पर्छ अन्यथा उसले त्यस्तो कार्य गर्नु हुँदैन जुन मेरासामु सत्य र धार्मिकतामा छैन ।

१० अनि अब आओ, परमप्रभु भन्नुहुन्छ, आत्माद्वारा, उहाँको चर्चका एल्डरहरूलाई र हामीसँगै तर्क गरौँ, ताकि तिमीहरू बुझ्न सक्षम हुन सक्छौ;

११ मानिसले एक अर्कासँग आमनेसामने तर्क गरेजस्तै समेत हामी तर्क गरौँ ।

१२ अब, जब एक मानिसले तर्क गर्छ उसलाई अर्को मानिसले बुझ्छ, किनभने उसले मानिसजस्तै तर्क गर्छ; त्यसरी नै म, परमप्रभु, तिमीहरूसँग तर्क गर्ने छु ता कि तिमीहरूले बुझ्न सक्छौ ।

१३ यसकारण, म परमप्रभु तिमीहरूलाई यो प्रश्न सोध्छु—तिमीहरू केमा नियुक्त भएका थियौ?

१४ आत्माद्वारा मेरो सुसमाचार प्रवचन दिन, आश्वासीलाई समेत, जसलाई सत्य सिकाउन पठाइएको थियो ।

१५ अनि त्यसपछि तिमीहरूले बुझ्न नसक्ने आत्माहरू ग्रहण गर्‍यौ र तिनीहरूलाई परमेश्वरबाट हुन भनी ग्रहण गर्‍यौ; अनि के तिमीहरू यसलाई न्यायोचित ठान्छौ?

१६ हेर, तिमीहरू स्वयंले यो प्रश्नको उत्तर दिनु पर्छ; तैपनि, म तिमीहरूप्रति दयालु हुने छु; तिमीहरूका बीचमा जो कमजोर छ उसलाई यस पश्चात् बलियो बनाइने छ ।

१७ साच्चैँ नै म तिमीहरूलाई भन्दछु, जो मबाट नियुक्त भएको छ र उसलाई सत्यको आत्मामा आश्वासीद्वारा सत्यका वचन प्रवचन दिन पठाइयो, के उसले सत्यको आत्माद्वारा वा अन्य कुनै तरिकाले प्रवचन गर्छ?

१८ अनि यदि यो अन्य कुनै तरिकाले हो भने यो परमेश्वरको होइन ।

१९ अनि पुनः, जसले सत्यका वचन ग्रहण गर्छ, के उसले सत्यको आत्माद्वारा वा अन्य कुनै तरिकाले ग्रहण गर्छ?

२० यदि यो कुनै अन्य तरिकाबाट हो भने यो परमेश्वरको होइन ।

२१ त्यसकारण, सत्यको आत्माद्वारा वचनलाई ग्रहण गर्नेले सत्यको आत्माद्वारा प्रवचन गरिए जस्तै ग्रहण गर्छ भनेर तिमीहरूले किन बुझ्न र जानकारी लिन सक्दैनौ?

२२ यसकारण, ऊ जसले प्रवचन गर्छ र ऊ जसले ग्रहण गर्छ, एकअर्कालाई बुझ्छन् र दुबैले एकअर्कालाई आत्मिक वृद्धि गर्छन् र सँगै आनन्दित हुन्छन् ।

२३ अनि जसले आत्मिक वृद्धि गर्दैन त्यो परमेश्वरको होइन र अन्धकार हो ।

२४ जो परमेश्वरको हो त्यो ज्योति हो; अनि जसले ज्योति ग्रहण गर्छ र परमेश्वरमा निरन्तरता दिन्छ, उसले अझै धेरै ज्योति प्राप्त गर्छ; र पूर्ण दिन नआउँदासम्म त्यो ज्योति चम्किलो र अझै चम्किलो हुँदै जान्छ ।

२५ अनि पुनः, साच्चैँ नै म तिमीहरूलाई भन्दछु र म यो भन्छु ताकि तिमीहरू सत्य बुझ्न सक्षम हुन सक्ने छौ, ताकि तिमीहरूले आफ्ना बीचबाट अन्धकारलाई हटाउन सक्षम हुन सक्ने छौ;

२६ जसलाई परमेश्वरबाट नियुक्त गरिएको छ र पठाइएको छ, त्यही नै सबैभन्दा सानो र सबैको सेवक भए तापनि सबैभन्दा महान् हुन नियुक्त गरिन्छ ।

२७ यसकारण, ऊ सबै विषयहरूको मालिक हो; किनकि सबै विषयहरू उसको अधीनमा छन्, स्वर्ग र पृथ्वी दुबैमा, जीवन र ज्योति, आत्मा र शक्ति, पिताको चाहनाद्वारा उहाँका पुत्र येशू ख्रीष्टका माध्यमबाट पठाइयो ।

२८ परन्तु जबसम्म ऊ सफा र सबै पापबाट शुद्ध हुँदैन, कुनै पनि मानिस सबै विषयहरूको मालिक हुँदैन ।

२९ अनि यदि तिमीहरू सफा छौ र सबै पापबाट शुद्ध छौ भने, तिमीहरूले येशूको नाममा जे चाहान्छौ याचना गर्ने छौ र त्यो पूरा गरिने छ ।

३० परन्तु यो बुझ, तिमीहरूले के याचना गर्ने छौ त्यो तिमीहरूलाई दिइने छ; र जसरी तिमीहरू नेतृत्वमा नियुक्त भएका छौ, आत्माहरू तिमीहरूको अधीनमा हुने छन् ।

३१ यसकारण, यस्तो हुन जाने छ, कि यदि तिमीहरूले बुझ्न नसक्ने आत्मा प्रकट भएको देख्दछौ र तिमीहरूले त्यो आत्मालाई ग्रहण गर्दैनौ भने, तिमीहरूले येशूको नाममा पितासँग माग्ने छौ; र यदि उहाँले तिमीहरूलाई त्यो आत्मा दिनुहुँदैन भने, तब त्यो परमेश्वरबाट होइन भनेर तिमीहरूले बुझ्न सक्छौ ।

३२ अनि यो तिमीहरूलाई दिइने छ, त्यो आत्मामाथि शक्ति; र तिमीहरूले उच्च स्वरमा त्यो आत्माको विरुद्धमा प्रवचन दिनु पर्छ कि त्यो परमेश्वरको होइन—

३३ त्यो आत्माका विरुद्धमा प्रवचन नदेऊ, कि तिमीहरू विजयी हुने छैनौ, न त घमण्डका साथ न रमाउँदै, अन्यथा तिमीहरू त्यसबाट समातिने छौ ।

३४ जसले परमेश्वरबाट प्राप्त गर्छ, उसले त्यसलाई परमेश्वरका तर्फबाट सम्झियोस्; र ऊ हर्षित बनोस् ताकि उसलाई परमेश्वरबाट प्राप्त गर्नका लागि योग्य मानिएको छ ।

३५ अनि कान थाप र यी विषयहरू गरेर जुन तिमीहरूले प्राप्त गरेका छौ र जुन तिमीहरूले यसपछि प्राप्त गर्ने छौ—र अधिराज्य र उहाँबाट नियुक्त नभएका सबै विषयहरूलाई विजय प्राप्त गर्ने शक्ति तिमीहरूलाई पिताबाट दिइएको छ—

३६ अनि हेर, साच्चैँ नै म तिमीहरूलाई भन्छु, तिमीहरू अशीषित छौ जसले अब मेरा सेवकको मुखबाट मेरा यी वचनहरू सुन्दै छौ, किनकि तिमीहरूका पापहरू क्षमा भएका छन् ।

३७ मेरा सेवक जोसेफ वेकफिल्ड, जसमा म अत्यन्तै खुसी छु र मेरा सेवक पार्ली पी. प्राट चर्चहरूका बीचमा जानु पर्छ र तिनीहरूलाई प्रोत्साहनका वचनद्वारा मजबुत बनाउनु पर्छ;

३८ अनि मेरा सेवक जोन कोरिल, वा मेरा धेरै सेवकहरू जसलाई यस विभागमा नियुक्त गरिएको छ र तिनीहरूलाई अङ्गुरको बगैँचामा परिश्रम गर्न दिनु पर्छ; र कुनै पनि मानिसले मैले तिनीहरूलाई नियुक्त गरेको कार्य गर्न तिनीहरूलाई प्रतिबन्ध लगाउनु हुँदैन—

३९ यसकारण, यस विषयमा मेरा सेवक एडवर्ड पार्ट्रिज न्यायोचित छैनन्; यद्यपि उनले पश्चात्ताप गर्नु पर्छ र उनलाई क्षमा दिइने छ ।

४० हेर, तिमीहरू साना बालबालिका हौ र तिमीहरूले अहिले सबै विषयहरू सहन सक्दैनौ; तिमीहरू अनुग्रहमा र सत्यको ज्ञानमा बढ्नु पर्छ ।

४१ नडराओ, साना बालबालिकाहरू, किनकि तिमीहरू मेरा हौ र मैले संसारलाई जितेको छु र तिमीहरू तिनीहरूमध्ये हौ जुन मेरा पिताले मलाई दिनुभएको छ;

४२ अनि मेरा पिताले मलाई दिनुभएका मध्ये कुनै पनि हराउनु हुँदैन ।

४३ अनि पिता र म एक हौँ । म पितामा छु र पिता ममा हुनुहुन्छ; अनि जति जति तिमीहरूले मलाई ग्रहण गरेका छौ, तिमीहरू ममा छौ र म तिमीहरूमा छु ।

४४ यसकारण, म तिमीहरूका बीचमा छु र म असल गोठालो हुँ र इस्राएलको पत्थर हुँ । जसले यस चट्टानमाथि निर्माण गर्छ उसको कहिल्यै पतन हुने छैन ।

४५ अनि त्यो दिन आउँछ कि तिमीहरूले मेरो वाणी सुन्ने छौ र मलाई देख्ने छौ र म हुँ भनेर जानकारी प्राप्त गर्ने छौ ।

४६ त्यसकारण, सतर्क रहो, ताकि तिमीहरू तयार हुन सक्छौ । अनुसार समेत । आमीन ।