धर्मशास्त्रहरू
सिद्धान्त र करार ४९


खण्ड ४९

जोसेफ स्मिथद्वारा सिड्नी रिग्डन, पार्ली पी प्राट र लेमन कोप्लेलाई कर्टल्याण्ड, ओहायोमा, मे ७, १८३१ मा, दिइएको प्रकाश । लेमन कोप्लेले सुसमाचारलाई ग्रहण गरेका थिए तर अझै पनि शेकर्स (यूनाइटेड सोसाइटी अफ बिलिभर्स इन क्राइस्ट्स सेकेन्ड अपियरिङ) का केही शिक्षाहरूलाई नै ग्रहण गरिरहेका थिए, जसमा उनी यस पूर्व आवद्ध थिए । ख्रीष्टको दोस्रो आगमन पहिल्यै भइसकेको थियो र उहाँ एउटी महिला, एन लीका रूपमा प्रकट हुनुभएको थियो भन्ने शेकर्सहरूका विश्वासहरूमध्येका केही थिए । तिनीहरूले पानीद्वारा बप्तिस्मालाई अपरिहार्य ठान्दैनथे । तिनीहरूले विवाहलाई अस्वीकार गरे र पूर्ण ब्रह्मचर्यको जीवनमा विश्वास गरे । केही शेकर्सहरूले मासु पनि खान निषेध गरे । यो प्रकाशको प्रारम्भमा, जोसेफ स्मिथको इतिहासले बताउँछ, “विषयका सम्बन्धमा [एक] अझै पूर्ण समझ प्राप्त गर्न, मैले परमप्रभुलाई याचना गरेँ र निम्नअनुसार प्राप्त गरेँ ।” यस प्रकाशले शेकर्स समूहका केही आधारभूत अवधारणाहरूलाई खण्डन गर्छ । पूर्व उल्लेखित बन्धुहरूले प्रकाशको एक प्रतिलिपि शेकर्स समुदायमा लगे (क्लीवल्याण्ड, ओहायोको नजिक) र यो तिनीहरूसामु पूर्ण रूपमा पढे तर यसलाई अस्वीकार गरियो ।

१–७, ख्रीष्टको आगमनको दिन र समय उहाँ नआउनु हुँदासम्म अज्ञात रहने छ; ८–१४, मानिसहरूले पश्चात्ताप गर्नु पर्छ, सुसमाचारमा विश्वास गर्नु पर्छ र मुक्ति प्राप्त गर्नका लागि विधिहरूको पालना गर्नु पर्छ; १५–१६, विवाह परमेश्वरबाट नियुक्त गरिएको हो; १७–२१, मासु खान स्वीकृत छ; २२–२८, सियोन फस्टाउने छ र लमानीहरू दोस्रो आगमन अघि गुलाबजस्तै फक्रिने छन् ।

मेरा सेवकहरू, सिड्नी र पार्ली र लेमन, मेरा वचन सुन; किनकि हेर, साच्चैँ नै म तिमीहरूलाई भन्छु, कि म तिमीहरूलाई एउटा आज्ञा दिन्छु कि जसरी तिमीहरूले यसलाई ग्रहण गरेका छौ, तिमीहरूले गएर शेकर्सहरूसामु मेरो सुसमाचारको प्रवचन दिनु पर्छ जुन तिमीहरूले ग्रहण गरेका छौ ।

हेर, म तिमीहरूलाई भन्छु, कि तिनीहरू आंशिक रूपमा सत्य जान्न चाहन्छन् तर सबै होइन, किनकि तिनीहरू मेरा अगाडि सही छैनन् र पश्चात्ताप गर्नु आवश्यक छ ।

यसकारण, मेरा सेवकहरू सिड्नी र पार्ली, म तिमीहरूलाई तिनीहरूलाई सुसमाचारको प्रवचन दिन पठाउँछु ।

अनि मेरा सेवक लेमनलाई यस कार्यका लागि नियुक्त गरिनु पर्छ, ताकि उनले तिनीहरूसँग तर्क गर्न सक्छन्, उनले तिनीहरूबाट प्राप्त गरेअनुसार होइन तर तिमीहरू मेरा सेवकहरूले उनलाई सिकाएअनुसार; र यसो गर्दा म उनलाई आशीर्वाद दिने छु, अन्यथा उनको उन्नति हुने छैन ।

परमप्रभु यसो भन्नुहुन्छ; किनकि म परमेश्वर हुँ र संसारको उद्धारका लागि मेरा जन्माइएका एकमात्र पुत्रलाई संसारमा पठाएको छु र निर्णय गरेको छु कि जसले उहाँलाई ग्रहण गर्छ उसलाई बचाइने छ र जसले उहाँलाई ग्रहण गर्दैन उसलाई दोषी ठहर्‍याइने छ—

अनि तिनीहरूले मानिसका पुत्रलाई तिनीहरूले चाहेअनुसार गरे; र उहाँले आफ्नो शक्ति उहाँको महिमाको दाहिनेतर्फ लिनुभएको छ अनि अब स्वर्गहरूमा राज्य गर्नुहुन्छ र सबै शत्रुहरूलाई आफ्नो पाउमुनि राख्न पृथ्वीमा नआउनु हुँदासम्म राज्य गर्नुहुने छ, जुन समय नजिकै छ—

म, परमप्रभु परमेश्वरले यो बोलेको छु; तर त्यो समय र दिन कसैलाई जानकारी छैन, न त स्वर्गका स्वर्गदूतहरूलाई नै, न त उहाँ नआउनु हुँदासम्म तिनीहरूलाई जानकारी नै हुने छ ।

यसकारण, म चाहन्छु कि सबै मानिसहरूले पश्चात्ताप गर्नु पर्छ, किनकि सबै पापको अधीनमा छन्, ती पवित्र मानिसहरूबाहेक जुन मैले आफैँमा आरक्षित गरेको छु, जसका सम्बन्धमा तिमीहरूलाई जानकारी छैन ।

यसकारण, म तिमीहरूलाई भन्दछु कि मैले तिमीहरूलाई मेरो अनन्त करार पठाएको छु, त्यो समेत जुन प्रारम्भदेखि नै थियो ।

१० अनि मैले जे प्रतिज्ञा गरेको छु त्यो मैले पूरा गरेको छु र पृथ्वीका राष्ट्रहरूले त्यसलाई शिर झुकाउनु पर्छ; अनि यदि तिनीहरूले स्वयंबाट होइन शिर झुकाउदैनन् भने, तिनीहरूलाई तल ल्याइने छ, किनकि जो अहिले आफैँद्वारा उच्च पारिएको छ, त्यसलाई शक्तिद्वारा विनम्रताको स्थितिमा ल्याइने छ ।

११ यसकारण, म तिमीहरूलाई एक आज्ञा दिन्छु कि तिमीहरू प्राचीनकालका मेरा पुराना प्रेरित, जसको नाम पत्रुस थियो जस्तै यी मानिसहरूका बीचमा जाऊ र तिनीहरूलाई भन:

१२ परमप्रभु येशूको नाममा विश्वास गर, जो सुरुवात र अन्त्यमा पृथ्वीमा हुनुहुन्थ्यो, र आउनुहुने छ;

१३ पवित्र आज्ञाअनुसार, पापहरूबाट छुट्काराका लागि, पश्चात्ताप गर र येशू ख्रीष्टको नाममा बप्तिस्मा लिय;

१४ अनि जसले यसो गर्छ उसले चर्चका एल्डरहरूद्वारा हातहरू राखेर पवित्र आत्माको उपहार प्राप्त गर्ने छ ।

१५ अनि पुनः साच्चैँ नै म तिमीहरूलाई भन्दछु, कि जसले विवाह गर्न निषेध गर्छ त्यो परमेश्वरबाट नियुक्त गरिएको होइन, किनकि विवाह मानिसका लागि परमेश्वरबाट नियुक्त गरिएको हो ।

१६ यसकारण, यो नियमसम्मत छ कि उसकी एक पत्नी हुनु पर्छ र तिनीहरू दुई एउटै शरीर हुनु पर्छ र यो सबैको कि पृथ्वीले यसको सृष्टिको उद्देश्यको जवाफ दिन सक्छ;

१७ अनि ताकि संसारको सृष्टि हुनु पूर्व उसको सृष्टिअनुसार मानिसको पूर्वनिर्धारित सङ्ख्याले यो भरिएको हुन सक्छ ।

१८ अनि जसले मासु खान निषेध गर्छ, कि मानिसले त्यही खानु हुँदैन, जसलाई परमेश्वरबाट नियुक्त गरिएको छैन;

१९ किनकि, हेर, जमिनका जनावरहरू र आकाशका चराहरू र त्यो जुन पृथ्वीबाट उत्पादन हुन्छ, खाना र लुगाका रुपमा मानिसको प्रयोगका लागि र ताकि उसँग प्रशस्त मात्रामा हुन सक्छ भनेर नियुक्त गरिएको हो ।

२० परन्तु यो तोकिएको छैन कि एक मानिसले अर्कोभन्दा बढी स्वामित्व पाउनु पर्छ, यसकारण संसार पापमा छ ।

२१ अनि धिक्कार छ मानिसलाई जसले रगत बगाउँछ वा जनावरको मासु खेर फाल्छ र जसको आवश्यकता छैन ।

२२ अनि पुनः, साच्चैँ नै म तिमीहरूलाई भन्दछु, कि मानिसका पुत्र न त नारीका रूपमा, न पृथ्वीमा यात्रा गर्ने मानिसका रूपमा नै आउनुहुन्छ ।

२३ यसकारण, छलमा नपर तर अडिग बनेर निरन्तरता देऊ, आकाशहरू हल्लेको हेर्नलाई, र पृथ्वी थरथर कापेको र मातेको मानिस जस्तै अघि-पछि हल्लिनुलाई र उपत्यकाहरू उच्च हुनुलाई र पर्वतहरूलाई होचा बनाउनलाई र अपरिष्कृत स्थानहरू चिल्लो बन्नुलाई प्रतिक्षा गर्दै—अनि यी सबै घट्ने छन् जब स्वर्गदूतले आफ्नो तुरही बजाउने छन् ।

२४ परन्तु परमप्रभुको महान् दिन आउनु अघि, याकूब उजाडस्थानमा फस्टाउने छ र लमानीहरू गुलाब जस्तै फक्रिने छन् ।

२५ सियोन पहाडहरूमा फस्टाउने छ र पर्वतहरूमा रमाउने छ र मैले नियुक्त गरेको स्थानमा एकत्रित हुने छ ।

२६ हेर, म तिमीहरूलाई भन्दछु, मैले तिमीहरूलाई आज्ञा गरेअनुसार अघि बढ; आफ्ना सबै पापहरूको पश्चात्ताप गर; माग गर र तिमीहरूले प्राप्त गर्ने छौ; ढकढक्याओ र यो तिमीहरूका लागि उघारिने छ ।

२७ हेर, म तिमीहरूको अगाडि जाने छु र तिमीहरूको पछिल्तिर रक्षक हुने छु; र म तिमीहरूका बीचमा हुने छु र तिमीहरूलाई खलबल पारिने छैन ।

२८ हेर, म येशू ख्रीष्ट हुँ र म छिट्टै आउँछु । अनुसार समेत । आमीन ।