धर्मशास्त्रहरू
सिद्धान्त र करार ३९


खण्ड ३९

अगमवक्ता जोसेफ स्मिथद्वारा जेम्स कोभेललाई, फेएट, न्यू योर्कमा, जनवरी ५, १८३१ मा दिइएको प्रकाश । करिब चालीस वर्षसम्म मेथोडिस्ट सेवक भएका जेम्स कोभेलले अगमवक्ता जोसेफद्वारा परमप्रभुले उनलाई दिनुहुने कुनै पनि आज्ञा पालन गर्नेछु भनी परमप्रभुसँग करार गरे ।

१–४, सन्तहरूसँग परमेश्वरका पुत्रहरू बन्ने शक्ति छ; ५–६, सुसमाचार ग्रहण गर्नु भनेको ख्रीष्टलाई ग्रहण गर्नु हो; ७–१४, जेम्स कोभेललाई बप्तिस्मा गर्न र परमप्रभुको अङ्गुरको बगैँचामा परिश्रम गर्न आज्ञा दिइएको छ; १५–२१, परमप्रभुका सेवकहरूले दोस्रो आगमन अघि सुसमाचारको प्रवचन गर्नुपर्दछ; २२–२४, सुसमाचार ग्रहण गर्नेहरू समय र अनन्ततामा एकत्रित हुने छन् ।

सुन र उहाँको आवाजमा ध्यान देऊ जो अनन्तदेखि अनन्तसम्म हुनुहुन्छ, यहाँसम्म कि महान्, येशू ख्रीष्ट म हुँ,—

संसारको ज्योति र जीवन; एक ज्योति जुन अन्धकारमा चम्किन्छ र अन्धकारले त्यसलाई बुझ्दैन;

म उही हुँ जो मेरा आफ्नाका लागि समयको मध्यान्ह रेखामा आएँ र मेरा आफ्नैले मलाई ग्रहण गरेनन्;

परन्तु जतिले मलाई ग्रहण गरे, मेरा पुत्रहरू बन्ने शक्ति मैले दिएँ; अनि यहाँसम्म कि जति धेरैले मलाई ग्रहण गर्ने छन्, मेरा पुत्रहरू बन्ने शक्ति म दिने छु ।

अनि साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्दछु, जसले मेरो सुसमाचार ग्रहण गर्दछ उसले मलाई ग्रहण गर्दछ; अनि जसले मेरो सुसमाचार ग्रहण गर्दैन, उसले मलाई पनि ग्रहण गर्दैन ।

अनि यो मेरो सुसमाचार हो—पश्चात्ताप र पानीद्वारा बप्तिस्मा लिने र त्यसपछि आगो र पवित्र आत्मा, आश्वासीको समेत बप्तिस्मा आउँछ, जसले सबै चिज देखाउँछ र अधिराज्यको शान्तिपूर्ण चिजहरू सिकाउँछ ।

अनि अब, हेर, म तिमीलाई भन्दछु, मेरा सेवक जेम्स, मैले तिम्रा कामहरू हेरेको छु र म तिमीलाई चिन्दछु ।

अनि साच्चैँ नै म तिमीलाई भन्दछु, यस समयमा तिम्रो हृदय मेरासामु सही छ; अनि, हेर, मैले तिम्रो शिरमा महान् आशीर्वादहरू प्रदान गरेको छु;

तथापि, तिमीले महान् दुःख देखेका छौ, किनकि घमण्ड र सांसारिक चिन्ताका कारण धेरै पटक तिमीले मलाई परित्याग गरेका छौ ।

१० परन्तु, हेर, यदि तिमीले मेरो वाणीलाई सुन्यौ भने, तिम्रा छुट्काराका दिनहरू आइपुगेका छन् जसले तिमीलाई यसो भन्दछ: उठ र बप्तिस्मा लिय र मेरो नाम पुकार्दै आफ्ना पापहरू धोऊ र तिमीले मेरो आत्मा र कहिल्यै जानकारी प्राप्त नगरेको महान् आशीर्वाद तिमीले प्राप्त गर्ने छौ ।

११ अनि यदि तिमीले यो गर्‍यौ भने, मैले तिमीलाई एक महान् कार्यका लागि तयार पारेको छु । तिमीले मेरा सुसमाचारको पूर्णताको प्रवचन दिनेछौ, जुन मैले यी अन्तिम दिनहरूमा पठाएको छु, जुन करार मैले इस्राएलको घरानाका मेरा जनहरूलाई फर्काउन पठाएको छु ।

१२ अनि यस्तो हुन जानेछ कि शक्ति तिमीमाथि रहनेछ; तिमीमा महान् आस्था हुने छ र म तिमीसँग हुनेछु र तिम्रो अघि-अघि जाने छु ।

१३ तिमीलाई मेरो अङ्गुरको बगैँचामा परिश्रम गर्न र मेरो चर्च निर्माण गर्न र सियोनको स्थापना गर्नका लागि बोलावट गरिएको छ, कि यो पहाडहरूमा रमाउन र फस्टाउन सकोस् ।

१४ हेर, साच्चैँ नै, साच्चैँ नै, म तिमीलाई भन्दछु, तिमीलाई पूर्वी देशहरूमा जान बोलाइएको छैन, तर तिमीलाई ओहायोमा जान बोलाइएको छ ।

१५ अनि मेरा जनहरू त्यो ओहायोमा जति भेला भएमा, मैले एउटा आशीर्वाद भण्डारमा राखेको छु जुन मानिसका छोराछोरीहरूका बीचमा चिनिएको छैन र यो तिनीहरूका शिरहरूमा खन्याइने छ । अनि त्यहाँबाट मानिसहरू सबै अधिराज्यहरूमा जाने छन् ।

१६ हेर, साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्दछु, कि ओहायोका जनहरूले मलाई धेरै आस्थामा पुकार्छन्, यो सोच्दै कि म अधिराज्यहरूमा न्याय गर्नका लागि मेरा हात थाम्नेछु, तर म मेरा वचनलाई अस्वीकार गर्न सक्दिन ।

१७ यसकारण आफ्ना क्षमताका साथ परिश्रम शुरु गर र विश्वासिला मजदुरहरूलाई मेरो अङ्गुरको बगैँचामा बोलाओ, ताकि यसलाई अन्तिम पटक छाँट्न सकून् ।

१८ अनि जति जति तिनीहरूले पश्चात्ताप गर्दछन् र मेरो सुसमाचारको परिपूर्णता प्राप्त गर्दछन् र पवित्र बन्दछन्, म न्यायमा मेरा हातहरू थाम्ने छु ।

१९ यसकारण, अघि बढ, उच्च आवाजमा यसो भन्दै: स्वर्गको अधिराज्य नजिकै छ; उच्चारण गर्दै: होसन्ना! सर्वोच्च परमेश्वरको नाम प्रशंसा गर ।

२० पानीले बप्तिस्मा दिँदै अघि बढ, म आउनु अगाडि मेरो आगमनको समयका लागि मार्ग तयार पार्दै;

२१ किनकि समय नजिकै छ; दिन वा तोकिएको समय कसैलाई थाहा छैन; तर यो अवश्य आउनेछ ।

२२ अनि जसले यी कुराहरू ग्रहण गर्दछ उसले मलाई ग्रहण गर्दछ; अनि तिनीहरू समय र अनन्त कालमा मकहाँ एकत्रित हुने छन् ।

२३ अनि पुनः, यस्तो हुन जाने छ कि जति धेरैलाई तिमीले पानीले बप्तिस्मा दिने छौ, तिमीले आफ्ना हातहरू राख्ने छौ, र तिनीहरूले पवित्र आत्माको उपहार प्राप्त गर्ने छन् र मेरो आगमनका सङ्केतहरूको प्रतीक्षा गर्ने छन् र मलाई चिन्ने छन् ।

२४ हेर, म छिट्टै आउँछु । अनुसार समेत । आमीन ।