धर्मशास्त्रहरू
सिद्धान्त र करार ३३


खण्ड ३३

अगमवक्ता जोसेफ स्मिथद्वारा एज्रा थायर र नोर्थ्रप स्वीटलाई, फेएट, न्यू योर्क, अक्टोबर १८३० मा दिइएको प्रकाश । यस प्रकाशको परिचय दिँदा, जोसेफ स्मिथको इतिहासले प्रमाणित गर्दछ कि “परमप्रभु … आस्थामा लगनशीलताका साथ खोजी गर्नेहरूलाई निर्देशन दिन सदैव तयार हुनुहुन्छ ।”

१–४, मजदुरहरूलाई एघारौँ घण्टामा सुसमाचार घोषणा गर्न बोलावट गरिन्छ; ५–६, चर्चको स्थापना भएको छ, र चुनिएकाहरू एकत्रित हुनुपर्दछ; ७–१०, पश्चात्ताप गर, किनकि स्वर्गको अधिराज्य नजिकै छ; ११–१५, चर्चलाई सुसमाचारको चट्टानमा निर्माण गरिएको छ; १६–१८, वरको आगमनका लागि तयारी गर ।

हेर, म तिमीहरूलाई भन्दछु, मेरा सेवकहरू एज्रा र नोर्थ्रप, तिमीहरूका कान खोल र परमप्रभु तिमीहरूका परमेश्वरका वाणीलाई सुन, जसका वचन जिउँदा र शक्तिशाली छन्, जोर्नीहरू र हड्डीको मासीलाई टुक्रा टुक्रा पार्ने दुईधारे तरवारभन्दा पनि धारिला छन्, अन्तस्करण र आत्माका विचार र अभिप्रायका हुन् ।

किनकि साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्दछु कि तिमीहरूलाई तुरहीको आवाज जस्तै आफ्नो आवाज उच्च पार्दै मेरो सुसमाचारलाई कुटिल र पथभ्रष्ट सन्ततिसामु घोषणा गर्न बोलावट गरिएको छ ।

किनकि हेर, बाली काट्नका लागि सेतो भएको छ; र यो एघारौं घण्टा हो र अन्तिम समय हो जब म मजदुरहरूलाई मेरो अङ्गुरको बगैँचामा बोलाउने छु ।

अनि मेरो अङ्गुरको बगैँचाको प्रत्येक कण भ्रष्ट पारिएको छ; अनि थोरै बाहेक राम्रो गर्ने त्यहाँ कोही पनि छैन; र तिनीहरूका पाखण्डीपनका कारण, सबैको मस्तिष्क भ्रष्ट भएका कारण धेरै दृष्टान्तहरूमा गल्ती गर्दछन् ।

अनि साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्दछु कि मैले यो चर्च स्थापना गरेको छु र उजाडस्थानबाट बाहिर बोलाएको छु ।

अनि त्यसरी नै म पृथ्वीका चारै क्षेत्रहरूबाट मेरा चुनिएकाहरूलाई एकत्रित पार्ने छु, यहाँ सम्म कि जति धेरैले ममा विश्वास गर्नेछन् र मेरा वाणी सुन्ने छन् ।

हो, साच्चैँ नै, साच्चैँ नै, तिमीहरूलाई भन्दछु कि बाली काट्नका लागि सेतो भएको छ; त्यसकारण, आफ्नो हँसियामा जोडले हानेर तिम्रो सम्पूर्ण क्षमता, मस्तिष्क र सामर्थ्यले कटनी गर ।

तिमीहरूका मुख खोल र ती भरिनेछन् र तिमीहरू प्राचीन कालका नफी जस्तै बन्नेछौ, जसले यरूशलेमबाट उजाडस्थानसम्म यात्रा गरेका थिए ।

हो, आफ्नो मुख खोल र नछोड र तिमीहरूलाई तिमीहरूका पीठमा बिटा बोकाइएको हुने छ, अनि हेर, म तिमीहरूका साथमा छु ।

१० हो, आफ्नो मुख खोल र तिनीहरू यसो भन्दै भरिनेछन्: पश्चात्ताप गर, पश्चात्ताप गर र तिमीहरूले परमप्रभुको मार्ग तयार गर र उहाँका मार्गहरू सिधा बनाऊ; किनकि स्वर्गको अधिराज्य नजिकै छ;

११ हो, पश्चात्ताप गर र बप्तिस्मा लिओ, तिमीहरू प्रत्येकले आफ्ना पापहरूबाट छुट्कारा प्राप्त गर्नका लागि; हो, पानीबाट पनि बप्तिस्मा लिओ, र त्यसपछि आगोको र पवित्र आत्माको बप्तिस्मा आउँछ ।

१२ हेर, साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्दछु, यो मेरो सुसमाचार हो; र स्मरण रहोस् कि तिनीहरूले ममा आस्था गर्नु पर्छ वा तिनीहरूले कुनै पनि स्थितिमा मुक्ति पाउन सक्दैनन्;

१३ अनि यस चट्टानमाथि म मेरो चर्च निर्माण गर्ने छु; हो, यो चट्टानमा तिमीहरू निर्मित छौ अनि यदि तिमीहरूले जारी राख्यौ भने, नरकका ढोकाहरू तिमीहरू विरुद्ध विजयी हुने छैनन् ।

१४ अनि तिमीहरूले चर्चका लेखहरू र करारहरूलाई पालना गर्नका लागि सम्झनु पर्दछ ।

१५ अनि जसमा आस्था छ तिमीहरूले मेरो चर्चमा हात राखेर प्रमाणित गर्ने छौ र म तिनीहरूलाई पवित्र आत्माको उपहार दिने छु ।

१६ अनि मोर्मोनको पुस्तक र पवित्र धर्मशास्त्रहरू तिमीहरूका निर्देशनका लागि मबाट दिइएका छन्; र मेरो आत्माको शक्तिले सबै चीजहरूलाई जीवित पार्दछ ।

१७ यसकारण, आस्थावान् बन, सदासर्वदा प्रार्थना गर्दै, तिमीहरूका दीपहरू काटेर अनि बाल्दै र तेल तिमीहरूसँगै राख, ताकि तिमीहरू वरको आगमनमा तयार हुन सक्छौ—

१८ किनकि हेर, साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्दछु, कि म छिट्टै आउँछु । अनुसार समेत । आमीन ।