धर्मशास्त्रहरू
२ नफी ७


अध्याय ७

याकूबले यसैयाबाट अरु पढ़दछन्: यशैयाले मसीहका निम्ति बोल्दछन्—मसीहले शिक्षितको भाषामा बोल्नुहुनेछ—उहाँले आफ्नो पीठ पिट्नेहरूतर्फ फर्काउनुहुनेछ—उहाँ पराजित हुनु हुनेछैन—यशैया ५० सँग तुलना गर्नुहोस्। लगभग ई.पू. ५५९–५४५।

हो, किनकि परमप्रभु यसो भन्नुहुन्छ: के मैले तिमीलाई अलग्याएको छु, अथवा के मैले तिमीलाई सदासर्वदाका लागि त्यागेको छु? किनकि परमप्रभु यसो भन्नुहुन्छ: तिम्री आमाको त्यागपत्र कहाँ छ? कसलाई मैले अलग्याएको छु, अथवा तिमीलाई मैले मेरा साहुहरूमध्ये कसकोमा बेचेको छु? हो, तिमीलाई मैले कसलाई बेचेको छु? हेर, तिमीहरूकै पापका कारण तिमीहरूले आफूलाई बेच्यौ र तिमीहरूकै अपराधका कारण तिमीहरूकी आमा त्यागिएकी हुन्।

यसकारण, जब म आएँ, त्यहाँ कोही मानिस थिएन; जब मैले बोलाएँ, हो, त्यहाँ जवाफ दिने कोही थिएन। हे इस्राएलका घराना, के मेरो हात कुनै तरिकाले छोटा भएको छन् कि तिमीलाई मुक्ति दिन सक्दैनन्, अथवा तिमीहरूको उद्धार गर्नलाई के मसित शक्ति छैन? हेर, मेरो हप्काइले समुद्रलाई म सुकाउँछु, तिनीहरूका नदीहरूलाई म उजाड स्थान र तिनीहरूका माछाहरूलाई म गनाउने बनाइदिन्छु किनभने पानी सुकाइएको छ र तिनीहरू तिर्खाले मर्दछन्।

म स्वर्गलाई अन्धकारले पहिराउँछु र त्यसको ओढ्ने भाङ्ग्राको बनाउँछु।

परमप्रभु परमेश्वरले मलाई शिक्षितको भाषा सिकाउनुभएको छ, ताकि तिमीहरूसँग समय समयमा कसरी बोल्नुपर्दछ भनेर मैले जान्न सकौँ, हे इस्राएलका घराना। जब तिमी थाक्दछौ उहाँले बिहानैपिच्छे ब्युँझाउनुहुन्छ। शिक्षितले झैँ ध्यानसित सुन्न उहाँले मेरो कानलाई ब्युँझाउनुहुन्छ।

परमप्रभु परमेश्वरले मेरो कान खोलिदिनुभएको छ र म बिद्रोहि भईनँ, न त म पछि नै हटेँ।

मैले मेरो पीठ मलाई पिट्नेलाई र दाह्री उखेल्नेलाई मेरा गाला फर्काइदिएँ। बदनामी र थुकाइबाट मैले मेरो मुख लुकाइनँ।

त्यसकारण मलाई लज्जित पारिनेछैन, किनकि परमप्रभु परमेश्वरले मलाई सहायता गर्नुहुनेछ। त्यसकारण मैले मेरो अनुहार चट्टान झैँ स्थिर बनाएको छु र मलाई थाहा छ कि म लाजमा पर्नेछैन।

अनि परमप्रभु नजिकै हुनुहुन्छ र उहाँले मलाई निर्दोष ठहराउनुहुन्छ। को मसँग झगडा गर्दछ? हामी एकसाथ खडा होऔँ। मेरो विरोधी को छ? त्यो मेरो नजिक आओस् र म त्यसलाई मेरो वचनको बलले प्रहार गर्नेछु।

किनकि परमप्रभु परमेश्वरले मेरो सहायता गर्नुहुनेछ। र ती सबै जसले मलाई दोषी ठहराउँछ, हेर, तिनीहरू सबै वस्त्र झैँ थोत्रा हुनेछन् र किराले तिनीहरूलाई खानेछन्।

१० तिमीहरूमाझ परमप्रभुसँग डर मान्ने को छ, जो उहाँका सेवकहरूका वचनलाई पालना गर्दछ, जो अन्धकारमा हिड्दछ र जससँग प्रकाश छैन?

११ हेर तिमीहरू सबै जसले आगो बाल्छौ, जसले आफूलाई झिल्काले घेर्छौ, तिमीहरूको आगोको प्रकाशमा र तिमीहरूले सल्काएको आगोको झिल्कामा हिँड्छौ। तिमीहरूले मेरो हातबाट यही पाउनेछौ—तिमीहरू दु:खमा पर्नेछौ।