धर्मशास्त्रहरू
२ नफी १६


अध्याय १६

यशैयाले परमप्रभुलाई देख्छन्—यशैयाका पापहरूलाई क्षमा गरिन्छ—उनलाई अगमवाणी गर्न बोलाइन्छ—ख्रीष्टका शिक्षाहरू यहूदीहरूद्वारा तिरस्कार गरिएको बारेमा उनले अगमवाणी गर्छन्—एक अवशेषको फिर्ती हुनेछ—यशैया ६ सँग तुलना गर्नुहोस्। लगभग ई.पू. ५५९–५४५।

उज्जियाह राजा मरेको वर्षमा, मैले परमप्रभुलाई पनि उच्च र माथि उठेको सिंहासनमा विराजमान् हुनुभएको देखेँ र उहाँको वस्त्रको छेउले मन्दिर नै ढाकेको थियो।

उहाँभन्दा मास्तिर स्वर्गदूतहरू खडा थिए; प्रत्येकका छ—छओटा पखेटाहरू थिए; दुईओटाले तीनले आफ्नो मुख ढाकेका थिए, दुईओटाले आफ्ना पाउहरू ढाकेका थिए र दुईओटाले तिनीहरू उड्थे।

अनि एउटाले अर्कालाई यसो भन्दै चिच्याए: सैन्यहरूका अधिपति, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ; सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ।

अनि जसले चिच्यायो तिनको स्वरले ढोकाका खम्बाहरू हल्लिए र घर धुँवाले भरियो।

त्यसपछि मैले भनेँ: धिक्कार छ मलाई! किनकि म नष्ट भएँ; किनभने म अशुद्ध ओठहरू भएको मानिस हुँ; र म अशुद्ध ओठहरू भएका मानिसहरूको माझमा बास गर्दछु; किनकि मैले महाराजाधिराज, सैन्यहरूका अधिपतिलाई मेरा आँखाहरूले देखेको छु।

तब आगोको भुङ्ग्रो आफ्नो हातमा लिएर, जुन उनले चिम्टाले वेदीबाट उठाएका थिए, स्वर्गदूतहरूमध्ये एक मतिर उड्दै आए;

अनि उनले त्यसलाई मेरो मुखमा हालिदिए र भने: हेर, यसले तिम्रो ओठ छोएको छ; र तिम्रो अधर्म हरण गरिएको छ र तिम्रो पाप पखालिएको छ।

तब मैले परमप्रभुको यसो भन्दै गर्नुभएको आवाज सुनेँ: म कसलाई पठाऊँ र हाम्रा निम्ति को जानेछ? तब मैले भनेँ: म हाजिर छु; मलाई पठाउनुहोस्।

अनि उहाँले भन्नुभयो: जाऊ र यी मानिसहरूलाई भन—तिमीहरू साँचै नै सुन्छौ, तर तिनीहरूले बुझेनन्; र साँचै नै देख्छौ, तर तिनीहरूले थाहा पाएनन्।

१० यी मानिसहरूका हृदय कठोर बनाऊ र तिनीहरूका कान गह्रौँ बनाऊ र तिनीहरूका आँखा बन्द गरिदेऊ—कथंकदाचित् तिनीहरूले आफ्ना आँखाले देखून् र आफ्ना कानले सुनून् र आफ्ना हृदयले बुझून् र परिवर्तन होऊन् र निको होऊन्।

११ तब मैले भने: परमप्रभु, कहिलेसम्म? र उहाँले भन्नुभयो: जबसम्म सहरहरू विनाश भएर बासिन्दा विनाका हुँदैनन् र घरहरू निर्जन हुँदैनन् र भूमि पूर्ण रुपले उजाड हुँदैन;

१२ अनि परमप्रभुले मानिसहरूलाई जबसम्म टाढा पठाउनुहुन्न, किनकि त्यस भूमिमाझबाट धेरैले त्यागेर जानेछन्।

१३ तर तैपनि त्यहाँ दशौँ भाग हुनेछ र तिनीहरू फर्कनेछन् र तिनीहरूलाई खाइने छ, निबुवाको रुख झैँ र बाँजको रुख झैँ जसको पदार्थ त्यसैमा रहनेछ जब तिनीहरूले आफ्ना पातहरू खसाल्नेछन्; त्यसकारण त्यो पवित्र बिउ त्यसको सम्पत्ति हुनेछ।