धर्मशास्त्रहरू
२ नफी २६


अध्याय २६

ख्रीष्टले नफीहरूको सेवा गर्नुहुनेछ—नफीले आफ्ना जनको भविष्यको विनाशको देख्छन्—तिनीहरूले धूलोबाट बोल्नेछन्—गैह्र-यहूदीहरूले गलत चर्चहरू र गोप्य गुटबन्दीहरूको निर्माण गर्नेछन्—परमप्रभुले मानिसहरूलाई पुरोहित्याइँहरूको अभ्यास गर्न निषेध गर्नुहुन्छ। लगभग ई.पू. ५५९–५४५।

अनि ख्रीष्ट मृतावस्थाबाट उठ्नुभएपछि उहाँले आफूलाई तिमीहरूसामु देखाउनुहुनेछ, मेरा छोराछोरीहरू र मेरा प्रिय बन्धुहरू; र उहाँले तिमीहरूसामु बोल्नुहुने वचनहरू व्यवस्था हुनेछन् जुन तिमीहरूले पालना गर्नुपर्नेछ।

किनकि हेर, म तिमीहरूलाई भन्दछु कि मैले देखेको छु कि धेरै पिँढीहरू गुज्रनेछन् र त्यहाँ मेरा जनमाझ ठूला युद्ध र कलह हुनेछन्।

अनि मसीह आउनुभएपछि त्यहाँ मेरा जनलाई उहाँको जन्मको र उहाँको मृत्युको र पुनरुत्थानको पनि चिन्हहरू दिइनेछ; र दुष्टहरूका लागि त्यो दिन महान् र भयानक हुनेछ, किनकि तिनीहरू नासिनेछन्; र तिनीहरू नासिनेछन् किनभने तिनीहरूले अगमवक्ताहरू र सन्तहरूलाई निकाला गरे र तिनीहरूलाई ढुङ्गाले हाने र तिनीहरूलाई मारे; यसकारण सन्तहरूका रगतको पुकारा जमिनबाट तिनीहरूविरुद्ध परमेश्वरकहाँ माथि उठ्नेछ।

यसकारण, ती सबै जो घमण्डी छन् र जसले दुष्ट्याइंकासाथ गर्छन्, आउने त्यो दिनले तिनीहरूलाई जलाउनेछ, सैन्यहरूका अधिपति भन्नुहुन्छ, किनकि तिनीहरू ठुटाझैँ हुनेछन्।

अनि तिनीहरू जसले अगमवक्ताहरू र सन्तहरूलाई मार्दछन्, पृथ्वीको गहिराइले तिनीहरूलाई निल्नेछ, सैन्यहरूका अधिपतिले भन्नुहुन्छ; र पर्वतहरूले तिनीहरूलाई ढाक्नेछ र हावाको भुमरीले तिनीहरूलाई उचालेर टाढा लैजानेछ र भवनहरू तिनीहरू माथि खस्नेछन् र तिनीहरूलाई पिँधेर टुक्रा टुक्रा पार्नेछन् र तिनीहरूलाई धूलो बनाई पिँध्नेछ।

अनि तिनीहरूलाई चट्याङहरू र बिजुलीको चमकहरू र भुकम्पहरू र सबै किसिमका विनाशहरूद्वारा भेट गरिनेछ, किनकि परमप्रभुको रिसको आगो तिनीहरूविरुद्ध जल्नेछ र तिनीहरू ठुटाझैँ हुनेछन् र आउने त्यो दिनले तिनीहरूलाई भष्म गर्नेछ, सैन्यहरूका अधिपतिले भन्नुहुन्छ।

हे त्यो पीडा र बध भई गुमेका मेरा मानिसहरूका कारणले मेरो हृदयको वेदना! किनकि म, नफीले यो देखेको छु र यसले मलाई परमप्रभुको उपस्थितिका सामु भष्म गर्न लागेको छ; तर मैले मेरा परमेश्वरसामु बिन्ती पुकार्नु पर्दछ: हजुरका मार्गहरू ठीक छन्।

तर हेर, धार्मिकहरू जसले अगमवक्ताहरूका वचनहरूलाई सुन्छन् र तिनीहरूको विनाश गर्दैनन्, तर उत्पीडनका बाबजुद दिइएका चिन्हहरूका लागि ख्रीष्टतर्फ दृढनिश्चयका साथ बाटो हेर्छन्—हेर, तिनीहरू ती हुन् जसको विनाश हुनेछैन।

तर धार्मिकताको पुत्र तिनीहरूमाझ प्रकट हुनुहुनेछ; र उहाँले तिनीहरूलाई चङ्गाइ ल्याउनुहुनेछ र तिनीहरूमा उहाँसँग शान्ति आउनेछ, तीन पुस्ताहरू नबितुन्जेलसम्म हुनेछ र चार पुस्ताका धेरै जनाहरू धार्मिकतामा बितिसकेका हुनेछन्।

१० अनि जब यी कुराहरू बितिसकेका हुनेछन् मेरा मानिसहरूमाथि तीव्र विनाश आउनेछ; किनकि, मेरो हृदयको पीडाका बाबजुद, मैले यसलाई देखेको छु; यसकारण, मलाई थाहा छ कि यसो हुन जानेछ; र तिनीहरूले आफूलाई बिना मूल्यमा बेच्नेछन्; किनकि, तिनीहरूका घमण्ड र तिनीहरूका मूर्खताका प्रतिफलका कारण तिनीहरूले विनाशको बाली टिप्नेछन्; किनकि तिनीहरूले सैतानलाई समर्पण गरेको र प्रकाशको साटो अन्धकारका कुराहरू रोजेको कारणले, त्यसकारण तिनीहरू नरक मुनि जानुपर्दछ।

११ किनकि परमप्रभुको आत्माले मानिससँग रहन सधैँ रहनेछैन। र जब आत्माले मानिससँग रहन छाड्नेछ त्यसपछि तीव्र विनाश आउनेछ र यसले मेरो आत्मा शोकाकूल हुन्छ।

१२ अनि त्यसैगरी यहूदीहरूको विश्वास दिलाउने सम्बन्धमा म बोलेँ, कि येशू नै सत्य ख्रीष्ट हुनुहुन्छ, यो आवश्यक छ कि गैह्र-यहूदीहरूलाई पनि चित्त बुझाउनु पर्छ कि येशू नै ख्रीष्ट, अनन्त परमेश्वर हुनुहुन्छ;

१३ अनि उहाँले आफूलाई ती सबैसामु प्रकट गर्नुहुनेछ जसले उहाँमा पवित्र आत्माको शक्तिद्वारा विश्वास राख्छ; हो, हरेक राष्ट्र, कुटुम्ब, भाषा र जनसामु, तिनीहरूका आस्थाअनुसार, मानिसका छोराछोरीहरूमाझ शक्तिशाली आश्चर्यजनक कुराहरू, चिन्हहरू र आश्चर्यहरू गर्नुहुन्छ।

१४ तर हेर, म अन्तिम दिनहरूका बारेमा अगमवाणी गर्छु; ती दिनहरूका बारेमा जब परमप्रभु परमेश्वरले यी कुराहरू मानिसका छोराछोरीहरूसामु ल्याउनुहुनेछ

१५ मेरा सन्तति र मेरा बन्धुहरूका सन्तति विश्वासमा क्षीण भएपछि र गैह्र-यहूदीहरूद्वारा प्रताडित भएपछि; हो, परमप्रभु परमेश्वरले तिनीहरूविरुद्ध वरिपरि छाउनी बनाउनु भएपछि र एउटा डाँडासहित तिनीहरूका विरुद्ध घेरेपछि र तिनीहरूविरुद्ध किल्लाहरूमाथि उठाएपछि; र तिनीहरूलाई धूलोमा तल खसालेपछि, तिनीहरू नभए तापनि, तैपनि धर्मीहरूका वचनहरू लेखिनेछन् र आस्थावान्‌का प्रार्थनाहरू सुनिनेछ र ती सबै विश्वासमा क्षीण भएकाहरूलाई बिर्सिने छैन।

१६ किनकि ती जसको विनाश गरिनेहरू उनीहरूसामु जमिनबाट बोल्नेछन्, अनि तिनीहरूको बोली धुलो तल भित्रबाट हुनेछ, तिनीहरूको आवाज एक परिचित आत्माको जस्तो हुनेछ; किनकि परमप्रभु परमेश्वरले उनीहरूलाई शक्ति दिनुहुनेछ, कि उहाँले उनीहरूमा कानेखुशी गर्नुहुनेछ, जमिनबाट बाहिर आएजस्तै समेत, अनि उनीहरूको कानेखुशी धुलोबाट आउनेछ।

१७ किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: उनीहरूले आफूमाझ गरेको कुराहरू लेख्नेछन्, अनि ती एउटा पुस्तकमा लेखिने छन् र छाप लगाएर बन्द गरिने छन्, अनि ती जो विश्वासमा क्षीण भएका छन उनीहरूले पाउने छैनन्, किनकी उनीहरू परमेश्वरका कुराहरूको नाश गर्न खोज्छन्।

१८ यसकारण, नाश गरिएकाहरूलाई द्रूतगतिले नाश गरिएकोछ; अनि उनीहरूका भयावहहरूको हुल उडाएर जाने भुस जस्तै हुनेछन्—हो, परमप्रभु परमेश्वर भन्नुहुन्छ: यो एकै क्षणमा एक्कासि हुनेछ—

१९ अनि यस्तो हुन जानेछ, कि ती जो विश्वासमा क्षीण भएका छन उनीहरूलाई गैह्र-यहूदीहरूका हातबाट प्रताडित गरिनेछ।

२० अनि गैह्र-यहूदीहरू उनीहरूका आँखाको घमण्डले उचालिनेछन्, अनि अल्झिने छन, उनीहरूलाई ठूलो ठेस लगाउने कारण, कि उनीहरूले धेरै चर्चहरू बनाएका छन्, तैपनि, परमेश्वरको शक्ति र आश्चर्यकर्महरूलाई होच्याउँछन्, अनि आफ्ना ज्ञान र आफ्ना शिक्षाको प्रचार गर्छन्, कि उनीहरूले फाइदा लिन पाऊन अनि गरिबको अनुहारमाथि लाद्न पाऊन।

२१ अनि धेरै चर्चहरू बनाइएका छन् जसले ईर्ष्याहरू, अनि कलहहरू, अनि द्वैषहरू ल्याउँछन्।

२२ अनि त्यहाँ गोप्य गुटबन्दीहरू छन्, प्राचीन समयहरूमा जस्तै समेत, सैतानको गोप्य गुटबन्दीहरूअनुसार, किनकि ऊ यी सवै कुराहरूको संस्थापक हो, हो, हत्याको, अनि अन्धकारका कामहरूको संस्थापक हो; हो, अनि ऊ तिनीहरूलाई बलियो डोरीले सदासर्वदाका लागि नबाँधिन्जेलसम्म, उसले तिनीहरूलाई आलसको डोरीले घाँटीमार्फत् डोऱ्याउँछ।

२३ किनकि हेर, मेरा प्रिय बन्धुहरू, म तिमीलाई भन्दछु कि परमप्रभु परमेश्वरले अन्धकारमा कार्य गर्नुहुन्न।

२४ संसारलाई लाभ हुनेकुरा बाहेक अरु केही पनि उहाँले गर्नुहुन्न; किनकि उहाँले संसारलाई माया गर्नुहुन्छ, यहाँसम्म कि उहाँले आफ्नो जीवन अर्पण गर्नुहुन्छ कि उहाँले सबै मानिसहरूलाई आफूतिर तान्न सक्नुहोओस्। यसकारण, उहाँले कसैलाई पनि आज्ञा दिनुहुन्न कि उनीहरूले उहाँको मुक्तिमा भाग लिन नपाऊन्।

२५ हेर, के उहाँ जो कसैका सामु यसो भनेर कराउनुहुन्छ: मबाट भाग? हेर, म तिमीहरूलाई भन्दछु, भन्नुहुन्न; तर उहाँ भन्नुहुन्छ: पृथ्वीका पल्लो छेउका तिमीहरू सबै मसमक्ष आओ, बिना मूल्य र बिना पैसाको, दुध र मह किन।

२६ हेर, के उहाँले आज्ञा दिनुभएको छ कि तिनीहरू सभा-घरबाट, या आराधनाका भवनहरूबाट निस्क? म तिमीलाई भन्दछु, छैन।

२७ के उहाँले कसैलाई आज्ञा दिनुभएको छ कि उनीहरूले उहाँको मुक्तिमा भाग नलिऊन? म तिमीलाई भन्दछु, छैन; तर उहाँले सबै मानिसहरूलाई सित्तैमा दिनु भएको छ; अनि उहाँले उहाँका जनलाई आज्ञा दिनुभएको छ कि उनीहरूले सबै मानिसहरूलाई पश्चात्ताप गर्न मनाउनु पर्दछ।

२८ हेर, परमप्रभुले के कसैलाई उहाँको भलाईमा सहभागी नबन्नू भनी आज्ञा दिनुभएको छ? हेर म तिमीलाई भन्दछु, छैन; तर सबै मानिसहरूलाई एकलाईजस्तै अर्कोलाई उत्तिकै सुबिधा उपलब्ध छ; कोही निषेधित छैनन्।

२९ उहाँले आज्ञा दिनुभएको छ कि त्यहाँ कुनै पुरोहित्याइँ हुनुहुन्न; किनकि, हेर, पुरोहित्याइं त्यो हो कि मानिसहरू प्रवचन दिएर उनीहरू आफैँलाई संसारको प्रकाशको रुपमा उचाल्छन्, कि उनीहरूले फाइदा र संसारको प्रशंसा पाऊन; तर उनीहरू सियोनको कल्याण खोज्दैनन्।

३० हेर, परमप्रभुले यी कुरा निषेधित गर्नुभएको छ; यसकारण, परमप्रभु परमेश्वरले एउटा आज्ञा दिनुभएको छ कि सबै मानिसहरूसँग ख्रीष्टिय प्रेम हुनुपर्छ, जुन ख्रीष्टिय प्रेम माया हो। अनि यदि उनीहरूसँग ख्रीष्टिय प्रेम छैन भने उनीहरू केही होइनन्। यसकारण, यदि उनीहरूसँग प्रेम छ भने उनीहरूले सियोनका श्रमिकको विनाश सहने छैनन्।

३१ तर सियोनका श्रमिकले सियोनका निम्ति परिश्रम गर्नेछन्; किनकि यदि उनीहरूले ज्यालाको निम्ति परिश्रम गरे भने उनीहरूको विनाश हुनेछ।

३२ अनि फेरि, परमप्रभु परमेश्वरले आज्ञा दिनुभएको छ कि मानिसले हत्या गर्नुहुन्न; कि उनीहरूले झुटो बोल्नुहुन्न; कि उनीहरूले चोरि गर्नु हुन्न, कि उनीहरूले परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा लिनु हुन्न; कि उनीहरूले ईर्ष्या गर्नु हुन्न कि उनीहरूमा द्वैष हुनु हुन्न; कि उनीहरूबीच एक अर्कासँग झगडा हुनु हुन्न, कि उनीहरूले वेश्यावृति गर्नु हुन्न; अनि कि उनीहरूले यी कुनै कुराहरू गर्नु हुन्न; किनकि जसले यी गर्दछ उसको विनाश हुनेछ।

३३ किनकि यी कुनै दुष्टताहरू परमप्रभुबाट आउदैनन्; किनकि उहाँले त्यो गर्नुहुन्छ जुन मानिसका छोराछोरीहरूकामाझ असल छ; अनि उहाँले सबैलाई उहाँमा आउन अनि उहाँको असलपनामा भाग लिन निन्त्याउनु हुन्छ; अनि उहाँले चाहे कालो होस् वा गोरो, बन्धी होस् वा स्वतन्त्र, पुरुष वा महिला कसैलाई अस्वीकार गर्नुहुन्न; उहाँले बेधर्मीलाई सम्झनुहुन्छ; परमेश्वरसामु, दुबै यहूदी र गैह्र-यहूदीहरू, सबै मानिसहरू बराबर हुन्छन्।