धर्मशास्त्रहरू
२ नफी १७


अध्याय १७

एफ्राइम र आराम यहूदा विरुद्ध युद्ध गर्दछन्—ख्रीष्टको जन्म एक कन्याबाट हुनेछ—यशैया ७ सँग तुलना गर्नुहोस्। लगभग ई.पू. ५५९–५४५।

अनि यस्तो हुन गयो कि उज्जियाका नाति योतामका छोरा यहूदाका राजा आहाजका दिनहरूमा, आरामका राजा, त्यो रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकह, यरुशलेमका विरुद्धमा युद्ध गर्न त्यसतर्फ गए तर त्यसमाथि विजय पाउन सकेनन्।

अनि यो कुरा दाउदको घरानालाई यसो भन्दै भनियो: आरामले एफ्राइमसित सन्धि गऱ्यो। अनि उसको हृदय र उसका मानिसहरूका हृदय बनका रुखहरू बतासले हल्लाए झैँ हल्लिएका थिए।

तब परमप्रभुले यशैयालाई भन्नुभयो: तिमी र तिम्रा छोरा शार्यासूब, माथिल्लो पोखरीको कुलोको अन्त्य भागमा धोबीको खेतको राजमार्गमा अब आहाजलाई भेट्न अघि जाऊ;

अनि उसलाई भन: होसियार होऊ र शान्त होऊ, नडराऊ, यी धुवाँ उठ्ने अगुल्टा दुई पुच्छरका कारणले, रसीनको आरामसँग भयङ्कर रिस र रमल्याह्को छोराका कारण पनि कातर नहोऊ।

किनभने आराम, एफ्राइम र रमल्याह्को छोराले तिम्रा विरुद्ध यसो भन्दै दुष्ट परामर्श लिएका छन्:

हामी यहूदाविरुद्ध माथि जाऔँ र यसलाई पिरोलौँ र हाम्रालागि त्यहाँ एक अतिक्रमण गरौँ र त्यस बीचमा एक राजालाई नियुक्त गरौँ, हो, ताबेलका छोरा।

अनि परमप्रभु परमेश्वर यसो भन्नु हुन्छ: यो खडा हुनेछैन, न त यस्तो हुन जानेछ।

किनकि आरामको शिर दमस्कस हो र दमस्कसको शिर रसीन; र तीन बीस अनि पाँच वर्षको भित्रमा एफ्राइम टुक्र्याइनेछ कि ती एक मुलुक हुनेछैनन्।

अनि एफ्राइमको शिर सामरिया हो र सामरियाको शिर रमल्याहको छोरो। यदि तिमीहरूले विश्वास गर्दैनौ भने निश्चय नै तिमीहरूको यरुशलेममा स्थापना हुन सक्नेछैन।

१० यसबाहेक, परमप्रभुले आहाजसँग यसो भन्दै फेरि बोल्नुभयो:

११ परमप्रभु तिम्रा परमेश्वरसँग एउटा चिन्ह माग; या त गहिराइभित्र, वा माथि उचाइभित्र त्यो माग।

१२ तर आहाजले भने: म माग्दिनँ, न त म परमप्रभुको परीक्षा लिनेछु।

१३ अनि उनले भने: अब तिमीहरू सुन, हे दाउदका घराना; के मानिसहरूको धैर्यलाई जाँच्न तिमीहरूका लागि सानो कुरा हो, तर के तिमीहरू मेरा परमेश्वरको धैर्यलाई पनि जाँच्नेछौ?

१४ त्यसकारण, परमप्रभु आफैँले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ—हेर, एक कन्या गर्भवती हुनेछिन् र एउटा छोरा जन्माउनेछिन् र उनको नाउँ इम्मानुएल बोलाउनेछिन्।

१५ मक्खन र मह उहाँले खानुहुनेछ, ताकि दुष्टलाई अस्वीकार गर्न र असललाई रोज्न उहाँले जान्नुहोओस्।

१६ किनकि बालकले दुष्टलाई अस्वीकार र असललाई रोज्न जान्नु अघि तिमीले घृणा गर्ने त्यस भूमि तिनका दुबै राजाहरूबाट त्यागिनेछ।

१७ परमप्रभुले तिमीमाथि र तिम्रा जनमाथि र तिम्रा पिताका घरानामाथि, ती दिनहरू ल्याउनुहुनेछ जुन एफ्राइमले अश्शूरका राजा यहूदाबाट प्रस्थान गरेको दिनहरूपछि आइलागेका थिएनन्।

१८ अनि यस्तो हुनेछ कि त्यस दिन परमप्रभुले मिश्रदेशमा सबभन्दा भित्री भागमा रहेका झिँगाहरूलाई र अश्शूरका भूमिमा रहेका मौरीहरूलाई सुसेलीले बोलाउनुहुनेछ।

१९ अनि तिनीहरू आउनेछन् र ती सबै उजाड उपत्यकाहरूमा र चट्टानका प्वालहरूमा र सबै काँडाहरूमा र सबै झाडीहरूमा बस्नेछन्।

२० त्यही दिनमा परमप्रभुले भाडामा लिएको छुराले, नदीपारि रहेका तिनीहरूद्वारा, अश्शूरका राजाद्वारा, शिर र खुट्टाका रौँ खौरिनुहुनेछ; र यसले दाह्री पनि खौरिनेछ।

२१ अनि यस्तो हुनेछ कि त्यस दिन एउटा मानिसले एक कोरली गाई र दुई भेडा पाल्नेछ।

२२ अनि यस्तो हुन जानेछ, तिनीहरूले दिएको प्रशस्त दूधका कारण उसले मक्खन खानेछ; किनकि त्यस भूमिमा छाडिएका सबैले मक्खन र मह खानेछन्।

२३ अनि यस्तो हुन जानेछ कि त्यस दिन, जहाँ एक हजार चाँदीका मोहरको दाममा एक हजार दाखका बोटहरू भएका हरेक ठाउँ जुन ब्राइअरहरू र काँडाहरूका लागि हुनेछन्।

२४ वाणहरूका साथ र धनुहरूका साथ मानिसहरू त्यहाँ आउनेछन्, किनभने सम्पूर्ण भूमि ब्राइअरहरू र काँडाहरू बन्नेछन्।

२५ अनि सबै डाँडाहरू जसलाई कोदालोले खनिन्छ, त्यहाँ त्यस ठाउँमा ब्राइअरहरू र काँडाहरूको डर आउनेछैन, तर यो गोरु चर्ने ठाउँ र साना गाईवस्तुहरू कुद्ने ठाउँ हुनेछ।