धर्मशास्त्रहरू
२ नफी १८


अध्याय १८

ख्रीष्ट ठेस लाग्ने ढुङ्गा र अप्रसन्नताको एक चट्टान झैँ हुनुहुनेछ—परमप्रभुलाई खोज, तिखो स्वर निकाल्ने झाँक्रीलाई होइन—निर्देशनका लागि नियम र गवाहीतर्फ मोड—यशैया ८ सँग तुलना गर्नुहोस्। लगभग ई.पू. ५५९–५४५।

यसबाहेक, परमप्रभुका वचनले मलाई भन्यो: आफ्ना निम्ति कागतको एक ठूलो मुठ्ठा लिय र यसमा महर-शालल-हाज-बजका बारेमा एक मनिसका कलमले लेख।

अनि मैले आफूसँग आस्थावान्‌का गवाहीहरू लिएँ, उरियाह पादरी र येबेरक्याहका छोरा जकरिया।

अनि म अगमवादिनीसँग गएँ; र तिनी गर्भवती भइन् र एक छोरो जन्माइन्। त्यसपछि परमप्रभुले मलाई भन्नुभयो: त्यसको नाउँ महर-शालल-हाज-बज राख।

किनकि हेर, त्यस बालकले मेरा वुवा र मेरी आमा भनेर रुने ज्ञान पाएको हुनेछैन त्यस अघि अश्शूरका राजाअगाडि दमस्कसको धन र सामरियाको लूट खोसेर लगिनेछ।

परमप्रभु मसँग पनि फेरि यसो भन्दै बोल्नुभयो:

किनभने यी मानिसहरूले शीलोको शान्तिसँग बग्ने पानीलाई तिरस्कार गर्छन् र रसीन र रमल्याहको छोरामा आनन्द मनाउँछन्;

अब त्यसकारण, हेर, परमप्रभु तिनीहरूमा नदीका पानीमाथि ल्याउनुहुन्छ, बलियो र धेरै, अश्शूरका राजा र तिनका सबै महिमा समेत; र ऊ आफ्ना सबै नदीका नहरहरूमाथि आउनेछ र आफ्ना सबै नदीका तीरहरूमाथि जानेछ।

अनि ऊ यहूदामार्फत् बग्नेछ; ऊ सीमा नाघेर बग्नेछ र माथि उठेर जानेछ, ऊ घाँटीसम्म समेत पुग्नेछ; र तिनका फिँजाइएका पखेटाहरूले तिम्रो भूमिको चौडाइलाई ढाक्नेछ, हे इम्मानुएल।

आफूहरूलाई संलग्न गराओ, हे तिमी मानिसहरू र तिमीहरूलाई चकनाचूर पारिनेछ; र टाढा देशहरूका तिमीहरू सबैले कान थाप; आफूहरूलाई भिराओ र तिमीहरूलाई चकनाचूर पारिनेछ, आफूहरूलाई भिराओ र तिमीहरूलाई चकनाचूर पारिनेछ।

१० एक साथ परामर्श लेओ र त्यो तुच्छ हुनेछ; वचन बोल र त्यो खडा हुनेछैन; किनकि परमेश्वर हामीसित हुनुहुन्छ।

११ किनकि परमप्रभु मसँग एक बलियो हातका साथ यसो बोल्नुभयो र यसो भन्दै मलाई निर्देशन दिनुभयो कि मैले यी मानिसहरूका मार्गमा हिँड्नुहुँदैन:

१२ जुन सबैलाई यी मानिसहरू एक षड्यन्त्र भन्छन् त्यसलाई तिमी एक षड्यन्त्र नभन; उनीहरूको डरदेखि तिमी नडराऊ, नत भयभीत होऊ।

१३ सैन्यहरूका अधिपति उहाँलाई नै पवित्र मान र तिम्रो भय उहाँ हुनुहोओस् र तिम्रो डर उहाँ हुनुहोओस्।

१४ अनि उहाँ एक आरक्षण हुनुहुनेछ; तर दुबै इस्राएलका घरानाका लागि ठेस लाग्ने ढुङ्गा र अप्रसन्नताको चट्टान, यरुशलेमका बासिन्दाका लागि धराप र पासो हुनुहुनेछ।

१५ अनि तिनीहरूमध्ये धेरैजनालाई ठेस लाग्नेछ र लड्नेछन् र टुक्र्याइनेछन् र पासोमा पारिनेछन् र लगिनेछन्।

१६ गवाहीलाई बाँध, मेरा चेलाहरूमाझ व्यवस्थालाई छाप लगाएर बन्द गर।

१७ अनि याकूबको घरानादेखि आफ्नो मुख लुकाउनुहुने परमप्रभुको म प्रतीक्षा गर्नेछु र म उहाँलाई खोज्नेछु।

१८ हेर, म र परमप्रभुले मलाई दिनुभएका सन्तानहरू सियोन पर्वतमा विराजमान हुनुहुने सैन्यहरूका अधिपतिद्वारा इस्राएलका लागि चिन्हहरू र आश्चर्यहरू हुन्।

१९ अनि जब तिनीहरूले तिमीहरूलाई भन्दछन्: जोसँग भूतप्रेत छन्, धामी झाँक्रीहरू जो चिच्याउँछन् र कराउँछन् तिनीहरूसँग सल्लाह लेओ—के मानिसहरूले जीवितका निम्ति मृतकबाट सुन्नुको सट्टा तिनीहरूका परमेश्वरसँग सल्लाह लिनुपर्दैन?

२० नियम र गवाहीका लागि; र यदि तिनीहरूले यी वचनअनुसार बोलेनन् भने, यो हो किनभने तिनीहरूसित त्यहाँ प्रकाश छैन।

२१ अनि तिनीहरू त्यहाँबाट साह्रै कष्ट पाएर र भोका भएर हिँड्नेछन्; र यस्तो हुनेछ कि जब तिनीहरू भोका हुनेछन्, तिनीहरू आफैँमा दुखित हुनेछन् र आफ्ना राजा र आफ्ना परमेश्वरलाई सराप्नेछन् र माथि हेर्नेछन्।

२२ अनि तिनीहरूले पृथ्वीतर्फ हेर्नेछन् र समस्या र अन्धकार, वेदनाको धमिलोपना देख्नेछन् र तिनीहरूलाई अन्धकारमा धकेलिनेछ।