धर्मशास्त्रहरू
२ नफी ३१


अध्याय ३१

नफीले भन्दछन् येशूले किन बप्तिस्मा लिनुभयो—मानिसहरूले मुक्ति पाउनलाई ख्रीष्टलाई पछ्याउनु पर्दछ, बप्तिस्मा लिनुपर्छ, पवित्र आत्मा प्राप्त गर्नुपर्छ, अनि अन्त्यसम्म सहनु पर्दछ—पश्चात्ताप र बप्तिस्मा कठिन र साँघुरो बाटोका द्वार हुन्—बप्तिस्मापछि आज्ञाहरू पालना गर्नेले अनन्त जीवन पाउँछन्। लगभग ई.पु. ५५९–५४५।

अनि अब म, नफीले तिमीहरूसामु मेरा अगमवाणीहरूको अन्त्य गर्दछु, मेरा प्रिय बन्धुहरू। अनि म लेख्न सक्दिनँ तर केही कुराहरू मात्रै, जुन मलाई थाहा छ निश्चय नै हुन जानेछन्; न त म लेख्न सक्छु तर मेरा भाइ याकूबका केही वचनहरू मात्रै।

यसकारण, ख्रीष्टका सिद्धान्तका बारेमा मैले बोल्नुपर्ने केही वचनहरूबाहेक मैले लेखेका कुराहरू मलाई पर्याप्त छन्; यसकारण, मेरा अगमवाणीको सरलताअनुसार, म तिमीहरूसामु सरलताका साथ बोल्नेछु।

किनकि मेरो जीवात्मा सरलतामा आनन्दित हुन्छ; किनकि यसप्रकारले परमप्रभु परमेश्वरले मानिसका छोराछोरीहरूमाझ कार्य गर्नुहुन्छ। किनकि परमप्रभु परमेश्वर जानकारीको निम्ति प्रकाश दिनुहुन्छ; किनकि मानिसहरूका भाषाअनुसार, उनीहरूका सुझबुझका निम्ति उहाँ बोल्नुहुन्छ।

यसकारण, म चाहन्छु कि तिमीहरूले सम्झनु कि मैले तिमीहरूलाई त्यस अगमवक्ताका बारेमा बोलेको छु, जसलाई परमप्रभुले मेरा सामु देखाउनुभयो, कि उनले संसारका पापहरू हरण गर्ने परमेश्वरका थुमालाई बप्तिस्मा दिनेछन्।

अनि अब, यदि परमेश्वरका थुमालाई, पवित्र हुँदाहुँदै पनि, सबै धार्मिकता पूरा गर्न, पानीद्वारा बप्तिस्मा लिन आवश्यक थियो भने, हे त्यसोभए, हामीलाई, अपवित्र भएकाले, अझ कति बढी आवश्यक छ होला, पानीद्वारा समेत, बप्तिस्मा लिनलाई!

अनि अब, म तिमीहरूलाई सोध्छु, मेरा प्रिय बन्धुहरू, परमेश्वरका थुमाले पानीद्वारा बप्तिस्मा लिएर कसरी धार्मिकता पूरा गर्नुभयो?

के तिमीहरूलाई थाहा छैन कि उहाँ पवित्र हुनुहुन्थ्यो? तर पवित्र हुँदाहुँदै पनि मानिसका छोराछोरीहरूसामु, उहाँको मांशशरीरअनुसार पिताका अगाडि विनम्र हुनहुन्छ, अनि पितासमक्ष साक्षी हुनुहुन्छ कि उहाँ उहाँले दिएका आज्ञाहरू पालना गर्नमा आज्ञाकारी हुनुहुनेछ।

यसकारण, उहाँले पानीमा बप्तिस्मा लिएपछि पवित्र आत्मा ढुकुरको रुपमा उहाँमाथि तल आयो।

अनि फेरि, उहाँले उनीहरूअगाडि उदाहरण दिएकाले, यसले मानिसका छोराछोरीहरूलाई बाटोको कठिनाइ, र उनीहरूले प्रवेश गर्नुपर्ने द्वारको साँघुरोपन देखाउँछ।

१० अनि उहाँले मानिसका छोराछोरीहरूलाई भन्नुभयो: तिमी मलाई पछ्याऊ। यसकारण, मेरा प्रिय बन्धुहरू, पिताका आज्ञाहरू पालना गर्न इच्छुक नभए के हामी येशूको पछि लाग्न सक्छौँ?

११ अनि पिताले भन्नुभयो: पश्चात्ताप गर, पश्चाताप गर, अनि मेरा प्रिय पुत्रको नाममा बप्तिस्मा लेओ।

१२ अनि अझ, पुत्रको आवाज मसामु आयो, यसो भन्दै: ऊ जो मेरा नाउँमा बप्तिस्मा लिन्छ, उसलाई पिताले, मलाईजस्तै, पवित्र आत्मा दिनुहुनेछ; यसकारण, मलाई पछ्याऊ, अनि मैले गरेको कुराहरू गर जुन तिमीहरूले देखेका छौ।

१३ यसकारण, मेरा प्रिय बन्धुहरू, मलाई थाहा छ कि यदि तिमीहरूले हृदयको पूरा प्रयोजनले, परमेश्वरअगाडि कुनै बाहाना र छलकपट बिना, तर सच्चा आशयले तिम्रा पापहरूका पश्चाताप गर्दै, पितासमक्ष बप्तिस्माद्वारा शाक्षी बस्दै, कि तिमीहरू आफूमा ख्रीष्टको नाम लिन इच्छुक छौ—हो, उहाँको वचनअनुसार, तिम्रो परमप्रभु र तिम्रो मुक्तिदातालाई पानीसम्मै पछ्याउँदैँ, पुत्रलाई पछ्यायौ भने, तब तिमीहरूले पवित्र आत्मा प्राप्त गर्ने छौ; हो, त्यसपछि आगोको र पवित्र आत्माको बप्तिस्मा आउँछ, अनि तब तिमीहरू स्वर्गदूतका भाषा बोल्न, अनि इस्राएलका पवित्र उहाँमा प्रशंसाहरू पुकार्न सक्नेछौ।

१४ तर, हेर, मेरा प्रिय बन्धुहरू, पुत्रको आवाज ममा यसो भन्दै आयो: तिमीले पापहरूको पश्चाताप गरेपछि, र पानीको बप्तिस्मा द्वारा मेरा आज्ञाहरू पालना गर्छु भनी पितासमक्ष साक्षी बसेपछि, अनि आगोको र पवित्र आत्माको बप्तिस्मा प्राप्त गरेपछि, अनि नयाँ भाषा, हो स्वर्गदूतहरूका भाषा बोल्न सकेपछि, अनि यसपछि यदि तिमीले मलाई अस्वीकार गऱ्यौ भने, तिम्रोलागि मलाई नचिनेको नै राम्रो हुनेथियो।

१५ अनि मैले पिताबाट एउटा आवाज सुनें, यसो भन्दै: हो, मेरा प्रियका वचनहरू सत्य र विश्वासिला छन्। ऊ जो अन्त्यसम्म सहन्छ, उसलाई बचाइनेछ।

१६ अनि अब, मेरा प्रिय बन्धुहरू, मलाई यसबाट थाहा छ कि जीवित परमेश्वरको पुत्रको उदाहरण पछ्याउनमा एक मानिसले अन्त्यसम्म नसहे, उसलाई बचाउन सकिदैन।

१७ यसकारण, त्यो काम गर जुन मैले तिमीहरूलाई भनेँ मैले देखेँ कि तिम्रा परमप्रभु र उद्धारकर्ताले गर्नुहुनेछ; किनकि, यसकारणका निम्ति मलाई तिनीहरू देखाइएका हुन्, कि तिमीहरूले प्रवेश गर्नुपर्ने त्यो द्वारलाई तिमीहरूले चिन। किनकि तिमीहरूले प्रवेश गर्ने त्यो द्वार पश्चात्ताप र पानीद्वारा बप्तिस्मा हो; अनि तब आउँछ आगोद्वारा र पवित्र आत्माद्वारा तिम्रा पापहरूको छुटकारा।

१८ अनि तब तिमीहरू यो कठिन र साँघुरो बाटोमा छौ जसले अनन्त जीवनतिर डोऱ्याउछ; हो तिमीले द्वारबाट प्रवेश गरेकाछौ; हो तिमीले पिता र पुत्रको आज्ञाहरूअनुसार गरेकाछौ; अनि उहाँले गरेको वाचा पुरा गर्नमा पिता र पुत्रको साक्षी दिने पवित्र आत्मा तिमीहरूले प्राप्त गरेका छौ, कि यदि तिमीहरू यसबाटोबाट प्रवेश गऱ्यौ भने तिमीले प्राप्त गर्नेछौ।

१९ अनि अब, मेरा प्रिय बन्धुहरू, तिमीहरूले कठिन र साँघुरो बाटोमा लागेपछि, म सोध्न चाहान्छु के सबै सकियो? हेर म तिमीलाई भन्दछु, छैन; किनकि बचाउनमा शक्तिशाली उहाँको योग्यतामा पूर्ण रुपमा भरपर्दै, उहाँमाथिको निश्चल आस्थाका साथ ख्रीष्टको वचनद्वारा बिना तिमीहरू यहाँसम्म आउन सक्दैनथ्यौ।

२० यसकारण, सबै मानिसहरूप्रतिको र परमेश्वरप्रतिको प्रेम र आशाको परिपूर्ण चमक लिएर, तिमीहरूले ख्रीष्टमाथिको स्थिरताका साथ अगाडि बढ्नु पर्दछ। यसकारण यदि ख्रीष्टका वचनहरूमा भोज गर्दै अगाडि बढ्यौ र अन्त्यसम्म नै सह्यौ भने, हेर, पिता यसो भन्नुहुन्छ: तिमीले अनन्त जीवन प्राप्त गर्नेछौ।

२१ अनि अब, हेर, मेरा प्रिय बन्धुहरू, यो त्यो बाटो हो, अनि स्वर्गमुनि न त अर्को बाटो छ न त अर्को नाम छ जसद्वारा मानिसलाई परमेश्वरको अधिराज्यमा बचाउन सकिन्छ। अनि अब, हेर,यो ख्रीष्टको सिद्धान्त हो, अनि यो एकमात्र अनि सत्य सिद्धान्त हो पिताको, अनि पुत्रको, अनि पवित्र आत्माको, जो अन्त्यबिनाका परमेश्वर हुनुहुन्छ। आमिन।