धर्मशास्त्रहरू
२ नफी २२


अध्याय २२

सहस्राब्दीको दिन सबै मानिसहरूले परमप्रभुको जयजयकार गर्नेछन्—उहाँ तिनीहरूमाझ बास गर्नुहुनेछ—यशैया १२ सँग तुलना गर्नुहोस्। लगभग ई.पू. ५५९–५४५।

अनि त्यस दिन तिमीले भन्नेछौ: हे परमप्रभु, म तपाईँको जयजयकार गर्नेछु; तपाईँ मसँग रिसाउनु भए तापनि तपाईँको रिस रोकियो र तपाईँले मलाई सान्त्वना दिनुभयो।

हेर, परमेश्वर मेरो मुक्ति हुनुहुन्छ; म विश्वास गर्छु र डराउने छैन; किनकि परमप्रभु यहोवा मेरो शक्ति र मेरो गीत हुनुहुन्छ; उहाँ मेरो मुक्ति पनि बन्नुभएको छ।

त्यसकारण, खुशीका साथ तिमीले मुक्तिका कुवाहरूबाट पानी बाहिर निकाल्नेछौ।

अनि त्यस दिन तिमीले भन्नेछौ: परमप्रभुको जयजयकार गर, उहाँको नाउँ पुकार, उहाँका कार्यहरू मानिसहरूसामु घोषणा गर, उल्लेख गर कि उहाँको नाउँ उच्च पारिएको छ।

परमप्रभुमा गाओ; किनकि उहाँले सर्वोत्कृष्ट कुराहरू गर्नुभएको छ; यो सारा पृथ्वीलाई थाहा छ।

कराऊ र चिच्याऊ, तिमी सियोनका बासिन्दा; किनकि तिमीहरूका बीचमा इस्राएलका पवित्र उहाँ महान् हुनुहुन्छ।