धर्मशास्त्रहरू
२ नफी १९


अध्याय १९

यशैयाले मसीहका लागि बोल्दछन्—अन्धकारमा रहेका मानिसहरूले महान् प्रकाश देख्नेछन्—हामीमा एक बालकको जन्म हुन्छ—उहाँ शान्तिको राजकुमार हुनुहुनेछ र दाउदका सिंहासनमा शासन गर्नुहुनेछ—यशैया ९ सँग तुलना गर्नुहोस्। लगभग ई.पू. ५५९–५४५।

तैपनि, धमिलोपना त्यस्तो हुनेछैन जस्तो उनको सङ्कट थियो, जब पहिले उहाँले जबूलूनको भूमि र नप्तालीको भूमिलाई हल्का पीडित पार्नुभयो र त्यसपछि लाल समुद्रको मार्ग यर्दनपारिका राष्ट्रहरूका गालीलमा असह्यरुपमा ग्रसित पार्नुभयो।

अन्धकारमा हिँडेका मानिसहरूले महान् प्रकाश देखेका छन्; मृत्युको छाँयाको भूमिमा बास गर्ने तिनीहरूमाथि त्यो प्रकाश प्रज्वलित भएको छ।

तपाईँले त्यो राष्ट्रलाई फैलाउनुभएको छ र आनन्द बढाउनुभएको छ—बाली काट्ने बेलाको आनन्दझैँ र लूटका माल बाँड्दा मानिसहरूमा आनन्द भएझैँ तिनीहरू तपाईँसामु आनन्दित हुन्छन्।

किनकि तपाईँले उसको बोझको जुवा, उसको काँधको लौरो, उसका शोषकका छड भाँच्नुभएको छ।

किनकि योद्धाको हरेक लडाइं अस्तव्यस्त आवाजसहित छ र वस्त्रहरू रगतमा मुछिएका छन्; तर यो आगोको जलाइ र इन्धनसहित हुनेछ।

किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ, हाम्रा निम्ति एउटा छोरो दिइएको छ; र सरकार उहाँको काँधमा हुनेछ; र उहाँको नाउँ राखिनेछ चामत्कारिक, सल्लाहकार, शक्तिशाली परमेश्वर, चीरस्थायी पिता, शान्तिका राजकुमार।

सरकार र शान्तिको वृद्धिको अन्त्य छैन, दाउदको सिंहासन माथि र तिनको अधिराज्यमाथि त्यसको व्यवस्थानका लागि र निर्णय र न्यायका साथ त्यसलाई स्थापित गर्नका लागि, यस उपरान्त, सदासर्वदाका लागि समेत। सैन्यहरूका अधिपतिको उत्साहले यो पूरा हुनेछ।

परमप्रभुले आफ्ना वचन याकूबलाई पठाउनुभयो र यसले इस्राएलमाथि चम्किलो पारेको छ।

अनि सबै मानिसहरूले थाहा पाउनेछन्, एफ्राइम र सामरियाका बासिन्दाहरूले समेत, जसले घमण्ड र साहसी हृदयका साथ भन्नेछन्:

१० इँटहरू तल ढलेका छन्, तर हामी कुँदिएका ढुङ्गाले बनाउनेछौँ; अन्जिरका रुखहरू ढालिएका छन्, तर हामी त्यसलाई देवदारुहरूमा बदल्नेछौँ।

११ त्यसकारण परमप्रभुले रसीनका शत्रुहरूलाई उसका विरुद्धमा बलिया तुल्याउनुहुनेछ; अनि उनका शत्रुहरूलाई एक साथ जम्मा गर्नुहुनेछ;

१२ दमस्कसकाहरूले अगाडिबाट र पलिश्तीहरूले पछाडिबाट; र तिनीहरूले इस्राएललाई खुलेको मुखले निल्नेछन्। यतिले पनि उहाँको रिस मारिएको छैन, तर उहाँको हात अझैपनि फैलिएको छ।

१३ किनकि मानिसहरू उनीहरूलाई हिर्काउने उहाँ तर्फ फर्कदैनन्, न त तिनीहरूले सैन्यहरूका अधिपतिलाई खोजेका छन्।

१४ त्यसकारण परमप्रभुले इस्राएलबाट शिर र पुच्छर, हाँगा काट्नुहुनेछ र एकै दिनमा हतार गर्नुहुनेछ।

१५ आदरणीय वृद्ध, उनी शिर हुन्; र अगमवक्ता जसले झुट सिकाउँछ, ऊ पुच्छर हो।

१६ किनकि यी मानिसहरूका अगुवाहरूले तिनीहरूलाई बरालेर लैजाने छन्; र तिनीहरू जसबाट तिनीहरू डोऱ्याइएका छन् नासिनेछन्।

१७ त्यसकारण परमप्रभु तिनीहरूका युवा समूहदेखि प्रसन्न हुनुहुनेछैन, नत तिनीहरूका टुहुरा टुहुरीहरू र विधवाहरूका साथ कृपालु हुनुहुनेछ; किनकि तिनीहरू हरेक एक ढोँगी र एक कुकर्मी हुन् र हरेक मुखले मूर्खता बोल्नेछ। यतिमा पनि उहाँको रिस मरेको छैन, तर उहाँका हात अझै पनि फैलिएका छन्।

१८ किनकि दुष्टता आगो झैँ बल्दछ; यसले ब्राइअर र काँडाहरूलाई भष्म पार्छ र वनका झाडीलाई जलाउँछ र तिनीहरू धुवाँ माथितिर उचालिएझैँ उँभो लाग्दछ।

१९ सैन्यहरूका अधिपतिका क्रोधले भूमि अँध्यारो हुन्छ र मानिसहरू आगोको इन्धन झैँ हुनेछन्; कुनै मानिसले आफ्नो भाइलाई पनि छोड्नेछैन।

२० अनि उसले दाहिने हाततिर खानेछ र भोकै हुनेछ; र उसले देब्रे हाततिर खानेछ र सन्तुष्ट हुनेछैन; तिनीहरू हरेक मानिसले आफ्नै बाहूको मासु खानेछन्—

२१ मनश्शे एफ्राइम; र एफ्राइम मनश्शेविरुद्ध; तिनीहरू एकसाथ यहूदाका विरुद्धमा हुनेछन्। यतिमा पनि उहाँको रिस मरेको छैन, तर उहाँको हात अझैपनि फैलिएको छ।