धर्मशास्त्रहरू
२ नफी ३२


अध्याय ३२

स्वर्गदूतहरू पवित्र आत्माको शक्तिद्वारा बोल्दछन्—मानिसहरू आफैँले प्रार्थना गर्नुपर्दछ र पवित्र आत्माबाट ज्ञान प्राप्त गर्नु पर्दछ। लगभग ई.पू. ५५९–५४५।

अनि अब, हेर, मेरा प्रिय बन्धुहरू, म ठान्दछु कि तिमीहरूले बाटोमा प्रवेश गरेपछि तिमीले गर्नुपर्ने तिनको बारेमा तिमीहरूका हृदयहरूमा केही चिन्तन गरेका होऔला। तर, हेर, तिमीहरू यी कुराहरूका बारेमा तिमीहरूका हृदयहरूमा किन चिन्तन गर्छौ?

के तिमीहरू सम्झँदैनौ कि मैले तिमीहरूलाई तिमीहरूले पवित्र आत्मा प्राप्त गरेपछि तिमीहरू स्वर्गदूतहरूका भाषामा बोल्न सक्छौ भनेर भनेको? अनि अब, पवित्र आत्माद्वारा बाहेक तिमीहरू स्वर्गदूतहरूका भाषामा कसरी बोल्न सक्छौ?

स्वर्गदूतहरू पवित्र आत्माको शक्तिद्वारा बोल्दछन्; यसकारण, तिनीहरू ख्रीष्टका वचनहरू बोल्छन्। यसकारण, मैले तिमीहरूलाई भनें, ख्रीष्टका वचनहरूमा भोज गर; किनकि हेर, ख्रीष्टका वचनहरूले तिमीले गर्नुपर्ने सबै कुराहरू भन्नेछन्।

यसकारण, अब मैले यी वचनहरू बोलेपछि, यदि तिमीहरूले त्यसलाई बुझ्न सक्दैनौ भने यो किनकि तिमीहरूले सोध्दैनौ, न त तिमीहरूले ढक्ढक्याएका छौ; यसकारण तिमीहरूलाई प्रकाशमा ल्याइएको छैन, तर अन्धकारमा नाशिनु पर्दछ।

किनकि हेर, फेरि म तिमीहरूलाई भन्दछु कि यदि तिमीहरूले बाटोबाट प्रवेश गऱ्यौ भने, अनि पवित्र आत्माको प्राप्ति गऱ्यौ भने, तिमीहरूले गर्नुपर्ने सबै कुराहरू यसले तिमीहरूलाई देखाउनेछ।

हेर, यो ख्रीष्ट को सिद्धान्त हो, अनि उहाँ आफैँ शरीरमा प्रकट नभइन्जेलसम्म अरु कुनै सिद्धान्त दिइने छैन। अनि जब उहाँ आफैँ तिमीसामु शरीरमा प्रकट हुनुहुन्छ, जुनकुराहरू उहाँ भन्नुहुनेछ ती कुराहरू तिमीहरूले गर्नू।

अनि अब, म नफी, अरु भन्न सक्दिनँ; आत्माले मेरो अभिव्यक्ति रोक्दछ, अनि मलाई मानिसहरूका अविश्वास, अनि दुष्टता, अनि अज्ञानता, अनि हठीपनका कारण शोक गर्न मात्र बाँकी छ;किनकि तिनीहरूले ज्ञानको खोजी गर्नेछैनन्, न त महान् ज्ञानलाई बुझ्दछन्, जब कि यो उनीहरूलाई सरलतामा दिइएको छ, वचन जति सरल हुनसक्छ त्यतिसम्म समेत।

अनि अब, मेरा प्रिय बन्धुहरू, म ठान्दछु कि तिमीहरू अझै हृदयहरूमा मनन गर्दैछौ; अनि यसले मलाई चिन्ता दिन्छ कि मैले यी कुराहरूका बारेमा बोल्नुपर्छ। किनकि यदि तिमीहरूले आत्मालाई सुन्यौ जसले मानिसलाई प्रार्थना गर्न सिकाउँदछ, तिमीहरूले जान्नेछौ कि तिमीहरूले प्रार्थना गर्नुपर्छ; किनकि दुष्ट आत्माले मानिसलाई प्रार्थना गर्न सिकाउँदैन, तर उसलाई सिकाउँदछ कि उसले प्रार्थना गर्न हुँदैन।

तर हेर, म तिमीलाई भन्छु कि तिमीले सदैव प्रार्थना गर्नुपर्दछ, अनि कम्जोर हुनुहुँदैन; कि पहिला पितासमक्ष ख्रीष्टको नाउँमा प्रार्थना नगरीकन परमप्रभुसामु कुनै पनि कार्य निर्वाह गर्नु हुँदैन, कि उहाँले तिम्रो कार्यलाई तिम्रो निम्ति पवित्रीकृत गर्नुहुनेछ; कि तिम्रो कार्य तिम्रो आत्माको कल्याणको निम्ति होओस्।