धर्मशास्त्रहरू
२ नफी २०


अध्याय २०

अश्शूरीको विनाश दोस्रो आगमनमा दुष्टको झैँ एक किसिमको विनाश हो—परमप्रभु फेरि आउनुहुँदा थोरै मानिसहरू बाँकी हुनेछन्—याकूबका अवशेष त्यस दिन फर्कनेछन्—यशैया १० सँग तुलना गर्नुहोस्। लगभग ई.पू. ५५९–५४५।

तिनीहरूलाई धिक्कार छ जसले अधर्मी उर्दीको निर्णय दिन्छन् र जसले उजुरी लेख्छन् जुन तिनीहरूले सिफारिस गरेका छन्;

गरिबलाई न्यायबाट फर्काउन र मेरा जनका गरिबका हक खोस्न, ताकि विधवाहरू तिनीहरूको सिकार होऊन् र ताकि तिनीहरूले टुहुरा-टुहुरीलाई लुटून्!

अनि तिमी के गर्नेछौ सजायको दिनमा र विनाशमा जुन टाढा टाढाबाट आउनेछ? तिमीहरू सहायताका लागि कसकहाँ भाग्नेछौ? र तिमीहरू आफ्ना महिमा कहाँ छाड्नेछौ?

मबिना तिनीहरूले कैदीहरू मुनि झुक्नेछन् र तिनीहरू मृतकहरू मुनि ढल्नेछन्। यतिमा पनि उहाँको रिस मारिएको छैन, तर उहाँका हात अझैपनि फैल्याइएका छन्।

हे अश्शूरीहरू, मेरो रिसको छड र उनीहरूका हातको लौरो उनीहरूका क्रोध हो।

म उसलाई ढोँगी राष्ट्रविरुद्ध पठाउनेछु र मेरा क्रोधका मानिसहरूविरुद्ध म उसलाई लूटका माल लिन र सिकार लिन र तिनीहरूलाई सडकहरूको हिलो झैँ किचिमिची गर्न आदेश दिनेछु।

तैपनि उसको यस्तो आसय छैन, नत उसको हृदयले यस्तो सोँच्दछ; तर उसको हृदयमा धेरै राष्ट्रहरूलाई विनाश गर्ने र अलग्याउने सोँचाइ छ।

किनकि उसले भन्छ: के मेरा सबै राजकुमारहरू राजाहरू होइनन् र?

के कल्नो कर्कमीशझैँ छैन र? के हमात अर्पादझैँ छैन र? के सामरिया दमस्कसझैँ छैन र?

१० त्यसैगरी मेरा हातले मूर्तिहरूका अधिराज्यहरू स्थापित गरेको छु र जहाँ कुँदिएका मुर्तिहरू यरुशलेम र सामरियाका भन्दा उत्कृष्ट रहेका छन्।

११ मैले सामरिया र त्यसका मूर्तिहरूलाई गरेझैँ, यरुशलेम र त्यसका मूर्तिहरूलाई के म त्यसो नगरुँ?

१२ यसकारण, यस्तो हुन जानेछ कि जब परमप्रभुले सियोन पर्वतमा र यरुशलेममा आफ्नो सम्पूर्ण काम निर्वाह गर्नुहुन्छ, म अश्शूरका राजाको घमण्डी हृदयको फललाई र उसका उँचो हेराइहरूका महिमालाई दण्ड दिनेछु।

१३ किनकि उनले भन्छन्: मेरो हातको बलद्वारा र मेरो ज्ञानद्वारा मैले यी कुराहरू गरेको छु; किनकि म विवेकी हुँ; र मैले मानिसहरूका सिमानाहरू सारेको छु र तिनीहरूका सम्पत्ति लुटेको छु र साहसी मानिसहरूझैँ मैले बासिन्दाहरूलाई हराएको छु;

१४ अनि चराको गुँडझैँ मानिसहरूका धन सम्पतिहरू मेरा हातले फेला पारेका छन्; र कसैले छाडिराखेका अन्डाहरू बटुलेझैँ मैले सबै पृथ्वीलाई बटुलेको छु; र त्यहाँ कोही थिएनन् जसले पखेंटा चलाए, अथवा मुख खोले, अथवा चिच्याए।

१५ के बन्चराले काट्नेको विरुद्ध आफैँ घमण्ड गर्ने? के आराले आफूलाई त्यसका विरुद्ध बढाइ चढाइ गर्छ जसले यसलाई हल्लाउँछ? लट्ठीले आफैँले त्यसलाई उठाउनेहरूका विरुद्धमा हल्लाएझैँ, अथवा लट्ठी आफैँले यो काठ नभएझैँ माथि उठाएझैँ!

१६ यसकारण के परमप्रभु, सैन्यहरूका अधिपतिले तिनका मोटाहरूका बीचमा दुब्ल्याँइ पठाउनुहुनेछ; र उसका महिमासामु उहाँले आगो बाले झैँ एक आगो बाल्नुहुनेछ।

१७ अनि इस्राएलको ज्योति आगोझैँ हुनेछ र उसको पवित्र जन ज्वालाझैँ र यसका काँढाहरू र उसका ब्राइअरहरू एक दिनमै भष्म पार्नेछ र निल्नेछन्।

१८ अनि उसको जङ्गलको महिमा र उसको मलिलो खेत पनि भष्म गर्नेछ, दुबै आत्मा र शरीर; र अनि तिनीहरू ध्वजापताका समात्ने व्यक्ति अशक्त भएझैँ हुनेछन्।

१९ अनि उसका जङ्गलका बाँकी रुखहरू थोरै हुनेछन्, ताकि एक बालकले तिनीहरूलाई गन्नेछ।

२० अनि यस्तो हुन जानेछ त्यो दिन, कि इस्राएलका अवशेष र ती जो याकूबका घरानाबाट उम्केका छन्, तिनीहरूलाई प्रहार गर्ने उसलाई पुनः कहिल्यै पनि विश्वास गर्नेछैनन्, तर परमप्रभु, इस्राएलका पवित्र उहाँलाई, सत्यतामा विश्वास गर्नेछन्।

२१ ती आवशेषहरू फर्कनेछन्, हो, याकूबका अवशेष समेत, सर्वशक्तिमान् परमेश्वरसमक्ष।

२२ किनकि इस्राएल तिमीहरूका मानिसहरू समुद्रका बालुवाझैँ भए तापनि, केवल तिनीहरूका अवशेष फर्कनेछन्; सर्वनाशको निर्णय धार्मिकता सहित पोखिनेछ।

२३ किनकि सैन्यहरूका अधिपति परमप्रभु परमेश्वरले सर्वनाश ल्याउनुहुनेछ, सबै भूमिहरूमा कृतसङ्कल्प समेत भएर।

२४ त्यसकारण, सैन्यहरूका अधिपति परमप्रभु परमेश्वरले भन्नुहुन्छ: सियोनमा वसोवास गर्ने हे मेरा जन, अश्शूरीहरूदेखि नडराऊ, मिश्र देशले गरेझैँ, उसले तिमीहरूलाई एउटा छडले हिर्काउनेछ र आफ्नो लौरो तिमीहरूविरुद्ध उचाल्नेछ।

२५ किनकि केही समयका लागि मात्रै र त्यो क्रोध र तिनीहरूका सर्वनाशका निम्ति मेरो रिस रोकिनेछ।

२६ अनि सैन्यहरूका अधिपतिले उसका लागि ओरेबको चट्टानमा मिद्धानलाई संहार गरेझैँ कोर्रा तयार पार्नुहुनेछ; र जसरी उहाँको छड समुद्रमा थियो त्यसरी नै उहाँले मिश्र देशको तरिकामा यसलाई उचाल्नुहुनेछ।

२७ अनि यस्तो हुनेछ कि त्यो दिन कि उसको बोझ तिम्रो काँधबाट हटाइनेछ र उसको जुवा तिम्रो घाँटीबाट र अभिषेकका कारण त्यो जुवाको विनाश गरिनेछ।

२८ ऊ अय्यातमा आउँछ, ऊ मिग्रोन भएर जान्छ; मिकमाशमा उसले आफ्नो बग्गी राखेको छ।

२९ तिनीहरू घाटी हुँदै जान्छन्; तिनीहरूले गेबामा आफ्नो वास लिएका छन्; रामा डराएको छ; शौलको गिबा भाग्छ।

३० आवाज उच्च पार, हे गल्लीमकी छोरी; लैशासम्म यसलाई सुन्ने बनाऊ, हे दुखी अनातोत।

३१ मदमेनालाई हटाइयो; गेबिमका बासिन्दाहरू भाग्नलाई भेला भएका छन्।

३२ त्यो दिन ऊ नोबमा नै रहनेछ; सियोनकी छोरीको पर्वत, यरुशलेमको डाँडाको विरुद्ध उसले आफ्ना हात हल्लाउनेछ।

३३ हेर, परमप्रभु, सैन्यहरूका अधिपतिले भयका साथ ठूला हाँगाहरू काटेर ढालिनेछ; र कदमा अग्ला भएकाहरूलाई ढाल्नुहुनेछ; र अहङ्कारीलाई विनम्र बनाइनेछ।

३४ अनि उहाँले वनका झाडीहरूलाई फलामले ढाल्नुहुनेछ र लेबनान शक्तिशालीद्वारा ढल्नेछ।