धर्मशास्त्रहरू
२ नफी २५


अध्याय २५

नफी सरलतामा महिमित हुन्छन्—यशैयाका अगमवाणीहरू अन्तिम दिनहरूमा बुझिनेछ—यहूदीहरू बेबिलोनबाट फर्कनेछन्, मसीहलाई क्रूसमा टाँग्नेछन् र छरपष्ट हुनेछन् र कोर्रा हानिनेछ—जब तिनीहरूले मसीहमा विश्वास राख्छन् तिनीहरूको पुनर्स्थापना हुनेछ—लहीले यरुशलेम छाडेको छ सय वर्षपछि उहाँ पहिलो पटक आउनुहुनेछ—नफीहरूले मोशाको व्यवस्था पालना गर्छन् र ख्रीष्टमा विश्वास राख्छन्, जो इस्राएलका पवित्र उहाँ हुनुहुन्छ। लगभग ई.पू. ५५९–५४५।

अब म, नफी, मैले लेखेका शब्दहरूका बारेमा केही बोल्दछु, जुन यशैयाको मुखबाट बोलिएको छ। किनकि हेर, यशैयाले धेरै कुराहरू बोल्नुभयो जुन मेरा मानिसहरूमध्ये धेरैलाई बुझ्न गाह्रो भयो; किनकि तिनीहरूलाई यहूदीहरूमाझको अगमवाणीको प्रकारको बारेमा थाहा छैन।

किनकि म, नफीले तिनीहरूलाई यहूदीहरूका तरिकाका बारेमा धेरै कुरा सिकाएको छैन; किनकि तिनीहरूका कामहरू अन्धकारका कामहरू थिए र तिनीहरूका क्रियाकलापहरू कुकर्मका क्रियाकलापहरू थिए।

यसकारण, म मेरा जनका लागि लेख्छु, ती सबैका लागि जसले यसपछि मैले लेखेका यी कुराहरू प्राप्त गर्नेछ, ताकि तिनीहरूले परमेश्वरका न्यायहरू थाहा पाऊन्, ताकि तिनीहरू सबै राष्ट्रहरूमा आऊन्, ती वचनअनुसार जुन उहाँले बोल्नुभएको छ।

यसकारण, सुन, हे मेरा जन, जुन इस्राएलका घरानाका हौ र मेरा वचनहरूलाई कान थाप; किनकि यशैयाका शब्दहरू तिमीहरूका लागि सरल छैनन्, तैपनि तिनीहरू ती सबैका लागि सरल छन् जो अगमवाणीको आत्माले भरिएका छन्। तर म तिमीहरूलाई अगमवाणी दिन्छु, त्यो आत्माकोअनुसार जुन ममा छ; यसकारण म सरलताका अनुसार अगमवाणी गर्छु जुन मेरा पिताका साथ यरुशलेमबाट बाहिर आएको समयदेखि मसँग रहेको छ; किनकि हेर, मेरो जीवात्मा मेरा जनसामु सरलतामा बोल्नमा रमाउँछ, ताकि तिनीहरूले बुझून्।

हो, अनि मेरो जीवात्मा यशैयाका वचनहरूमा रमाउँछ, किनकि म यरुशलेमबाट बाहिर आएँ र मेरा आँखाहरूले यहूदीहरूका कुराहरू देखेका छन् र मलाई थाहा छ कि यहूदीहरूले अगमवक्ताहरूका कुराहरू बुझ्छन् र यहूदीहरूको तरिकामा सिकाइएका बाहेक अरु कोही व्यक्तिहरू छैनन् जसले तिनीहरूलाई भनिएका कुराहरू बुझ्छन्, केवल तिनीहरू यहूदीहरूका कुराहरूका तरिकामा सिकाइएको हुनुपर्छ।

तर हेर, म नफीले मेरा छोराछोरीहरूलाई यहूदीहरूका तरिकामा सिकाएको छैन; तर हेर, म आफैँ यरुशलेममा बसेको छु, यसकारण मलाई त्यो वरिपरिको क्षेत्रहरूका बारेमा थाहा छ; र मैले मेरा छोराछोरीहरूलाई परमेश्वरका न्यायहरूका बारेमा अवगत गराएको छु, जुन यहूदीहरूमाझ, मेरा छोराछोरीहरूमाझ हुन गएको छ, ती सबैअनुसार जुन यशैयाले बोलेका छन् र म तिनीहरूलाई लेख्दिनँ।

तर हेर, म मेरा आफ्नै अगमवाणीहरूसहित अगाडि बढ्छु, मेरो सरलताअनुसार; जुन सरलता मलाई थाहा छ कि कुनै मानिसले गल्ती गर्न सक्दैन; तैपनि, त्यो दिन जब यशैयाका अगमवाणीहरू पूरा हुनेछन् मानिसहरूले निश्चितताका साथ थाहा पाउनेछन्, त्यो समयमा जब ती कुराहरू हुन जानेछन्।

यसकारण, तिनीहरू मानिसका छोराछोरीका लागि मूल्यवान् छन् र त्यो जसले तिनीहरू मूल्यवान् छैनन् भन्ठान्छ, तिनीहरूसमक्ष म खासगरी बोल्नेछु र मेरा आफ्नै मानिसहरूमा ती वचनहरू सीमित गर्नेछु; किनकि मलाई थाहा छ कि ती अन्तिम दिनहरूमा उनीहरूका लागि ठूलो मूल्यका हुनेछन्; किनकि त्यस दिन उनीहरूले यसलाई बुझ्नेछन्; यसकारण, उनीहरूका भलाइका लागि मैले यसलाई लेखेको छु।

अनि दुष्टताका कारण पुस्ता यहूदीहरूमाझ विनाश भएको झैँ, त्यसरी उनीहरूका दुष्टताका कारण एक पिँढीदेखि अर्को पिँढीसम्म उनीहरूको विनाश भएको छ; र परमप्रभुका अगमवक्ताहरूले उनीहरूलाई भविष्यवाणी गरेको बाहेक उनीहरूको कसैको पनि कहिल्यै विनाश भएको छैन।

१० यसकारण, मेरा पिताले यरुशलेम छाड्ने बित्तिकै उनीहरूमाथि आइपर्ने विनाशका बारेमा उनीहरूलाई भनिएको थियो;तैपनि उनीहरूले आफ्ना हृदयहरू कठोर पारे; र मेरो अगमवाणीअनुसार बेबिलोनमा बन्दी बनाएर लगिएकाहरू बाहेक उनीहरूको विनाश गरिएको छ।

११ अनि अब ममा भएको त्यो आत्माको कारण म यो बोल्छु। र उनीहरूलाई बन्दी बनाएर लगिएको हुँदाहुँदै पनि उनीहरू पुनः फर्कनेछन् र यरुशलेमको भूमिलाई स्वामित्वमा लिनेछन्; यसकारण, उनीहरूलाई आफ्नो रिक्थको भूमिमा फेरि पुनर्स्थापना गरिनेछ।

१२ तर, हेर, उनीहरूले युद्ध गर्नेछन् र युद्धका हल्लाहरू; र जब त्यो दिन आउँछ कि पिताबाट जन्माइएका एकमात्र पुत्र, हो स्वर्गका र पृथ्वीका पिता समेतले आफूलाई शरीरमा तिनीहरूसामु प्रकट हुनुहुनेछ, हेर, उनीहरूले उहाँलाई अस्वीकार गर्नेछन्, उनीहरूका दुष्टता र उनीहरूका हृदयका कठोरता र उनीहरूका हठीपनाका कारण।

१३ हेर, तिनीहरूले उहाँलाई क्रूसमा टाँग्नेछन्; र उहाँ तीन दिनको अन्तरालसम्म कब्रिस्थानमा सुत्नुभएपछि उहाँ मृत्युबाट उठ्नुहुनेछ, आफ्नो पँखेटाहरूमा चङ्गाईका साथ; र उहाँको नाउँमा विश्वास गर्ने सबैलाई परमेश्वरको अधिराज्यमा बचाइनेछ। यसकारण, मेरो जीवात्मा उहाँको बारेमा अगमवाणी गर्न रमाउँछ, किनकि मैले उहाँको दिन देखेको छु र मेरो हृदयले उहाँको पवित्र नाउँको प्रशंसा गर्छ।

१४ अनि हेर यस्तो हुन जानेछ कि मसीह मृत अवस्थाबाट ब्युँतनुभएपछि र आफूलाई उहाँको नाउँमा विश्वास गर्ने, आफ्ना जनमाझ देखाउनु भएपछि, हेर, यरुशलेमको पुन विनाश हुनेछ; किनकि उनीहरूलाई धिक्कार छ जो परमेश्वरको र उहाँका चर्चका मानिसहरूका विरुद्धमा लडाइं गर्छन्।

१५ यसकारण, यहूदीहरू सारा राष्ट्रहरूमा तितर वितर हुनेछन्; हो र बेबिलोनको पनि विनाश हुनेछ; यसकारण, यहूदीहरूलाई अरु राष्ट्रहरूद्वारा छरपष्ट पारिनेछ।

१६ अनि उनीहरू छरपष्ट भएपछि र धेरै पुस्ताहरूको अन्तरालसम्म, ख्रीष्टमा, परमेश्वरको पुत्र र मानवजातिका लागि अनन्त प्रायश्चित्तमा, विश्वास राख्न उनीहरू नमानेसम्म, हो, एक पिँढीदेखि अर्को पिँढीसम्म समेत, परमप्रभु परमेश्वरले तिनीहरूलाई अरु राष्ट्रहरूद्वारा कोर्रा हान्नुभएकोछ, र, जुन अनन्त छ—र जब त्यो दिन आउँछ कि उनीहरूले ख्रीष्टमा विश्वास राख्नेछन् र उहाँको नाउँमा पिताको आराधना गर्नेछन्, शुद्ध हृदय र सफा हातहरू र अर्को मसीहका लागि फेरि अगाडि हेर्नेछैनन्, त्यसपछि, त्यो समयमा, त्यो दिन आउनेछ कि यो हुनु आवश्यक छ कि उनीहरूले यी कुराहरूमा विश्वास राख्नुपर्दछ।

१७ अनि परमप्रभुले दोस्रो पटक उहाँका जनलाई उनीहरूका हराएका र पतित अवस्थाबाट पुनर्स्थापना गर्नका निम्ति फेरि आफ्नो हात फैल्याउनुहुनेछ। यसकारण, उहाँले मानिसका छोराछोरीहरूकासामु उदेकमाथि उदेकको कार्य गर्न अगाडि बढ्नुहुनेछ।

१८ यसकारण, उहाँले आफ्ना वचनहरू उनीहरूकासामु अघि ल्याउनुहुनेछ, जुन वचनहरूले उनीहरूको अन्तिम दिनमा न्याय गर्नेछ, किनकि उनीहरूले अस्वीकार गरेका साँचो मसीहको उनीहरूमा विश्वास दिलाउने प्रयोजनले यी उनीहरूलाई दिइनेछ; र उनीहरूलाई विश्वास दिलाउन ताकि उनीहरूले मसीहको आगमनका लागि फेरि बाटो हेर्नुपर्दैन, किनकि त्यहाँ कोही आउनुहुनेछैन, केवल झूठो मसीह हुनसक्दछ जसले मानिसहरूलाई छकाउँछ; किनकि त्यहाँ अगमवक्ताहरूले बोल्नुभएको केवल एक मसीह हुनुहुन्छ र त्यो मसीह उहाँ नै हुनुहुन्छ जसलाई यहूदीहरूद्वारा अस्वीकार गरिनुपर्दछ।

१९ किनकि अगमवक्ताहरूका वचनहरूअनुसार, मेरा पिताले यरुशलेम छाड्नुभएको छ सय वर्षको समयपछि मसीह आउनुहुनेछ; र अगमवक्ताहरूका वचनहरू र परमेश्वरका स्वर्गदूतका वचनअनुसार, उहाँको नाउँ येशू ख्रीष्ट, परमेश्वरको पुत्र हुनेछ।

२० अनि अब, मेरा बन्धुहरू, मैले स्पष्ट बोलेको छु ताकि तिमीहरू अन्यथा गर्नु पर्दैन। र जसरी परमप्रभु परमेश्वर जिउनुहुन्छ जसले इस्राएललाई मिश्र देशको भूमिबाट बाहिर ल्याउनुभयो र मोशालाई शक्ति दिनुभयो ताकि विषालु सर्पहरूले उनीहरूलाई टोकेपछि, यदि उनीहरूले आफ्नासामुन्ने उनले उठाएको सर्पतर्फ आँखा लगाए भने उसले राष्ट्रहरूलाई निको पारोस् र उनलाई शक्तिपनि दिइयो ताकि उनले त्यो ढुङ्गालाई प्रहार गरून् र पानी बाहिर आओस्; हो, हेर म तिमीलाई भन्दछु, कि जसरी यी कुराहरू सत्य छन् र जसरी परमप्रभु परमेश्वर जिउनुहुन्छ, त्यहाँ स्वर्गमुनि अरु कुनै नाउँ दिइएको छैन केवल यो यही येशू ख्रीष्ट, जसको बारेमा मैले बोलेको छु, जसद्वारा मानिसलाई बचाइन सक्छ।

२१ यसकारण, किनभने परमप्रभु परमेश्वरले मलाई वाचा गर्नुभएको छ ताकि यी कुराहरू जुन मैले लेख्दछु राखिनु र संरक्षण गरिनु पर्दछ र मेरा सन्ततिलाई हस्तान्तरण गरिनु पर्दछ, एक पिँढीदेखि अर्को पिँढीसम्म, ताकि योसेफको वाचा पूरा होओस्, ताकि पृथ्वी रहेसम्म उनका सन्ततिको कहिल्यै विनाश नहोओस्।

२२ यसकारण, पृथ्वी रहेसम्म यी कुराहरू एक पिँढीदेखि अर्को पिँढीसम्म जानु पर्दछ; र तिनीहरू परमेश्वरको चाहाना र इच्छानुसार जानुपर्दछ; र ती राष्ट्रहरू जसले यसलाई स्वामित्वमा राख्दछ यसमा लेखिएका वचनहरूअनुसार तिनीहरूको न्याय हुनुपर्दछ।

२३ किनकि हामी लेख्नलाई लगनशीलतापूर्वक परिश्रम गर्छौँ, हाम्रा छोराछोरीहरूलाई विश्वास दिलाउन र हाम्रा बन्धुहरूलाई पनि, ख्रीष्टमा विश्वास गर्न र परमेश्वरसँग मिलाप गर्न; किनकि हामीलाई थाहा छ कि यो अनुग्रहद्वारा हो कि हामीलाई बचाइन्छ, हामीले गर्न सक्ने गरेपछि।

२४ अनि, हामी ख्रीष्टमा विश्वास गर्ने हुँदाहुँदै, हामी मोशाको व्यवस्थाको पालना गर्छौँ र नियम पूरा नभएसम्म, ख्रीष्टको दृढनिश्चयका साथ बाटो हेर्छौँ।

२५ किनकि, यही अन्त्यका लागि यो व्यवस्था दिइएको थियो; यसकारण व्यवस्था हाम्रा लागि मृत भएको छ र हामी हाम्रा आस्थाका कारण ख्रीष्टमा जीवित बनाइएका छौँ; हामी आज्ञाहरूका कारण अझैपनि व्यवस्थाको पालना गर्छौँ।

२६ अनि हामी ख्रीष्टका बारेमा बोल्छौँ, हामी ख्रीष्टमा खुशी हुन्छौँ, हामी ख्रीष्टका बारेमा प्रवचन दिन्छौँ, हामी ख्रीष्टका बारेमा अगमवाणी गर्छौँ र हामी हाम्रा अगमवाणीहरूका अनुसार लेख्छौँ, ताकि हाम्रा छोराछोरीहरूले थाहा पाऊन् कि तिनीहरूका पापहरूको छुट्काराका लागि कुन स्रोतलाई तिनीहरूले हेर्नुपर्दछ।

२७ यसकारण, हामी व्यवस्थाका सम्बन्धमा बोल्छौँ ताकि हाम्रा छोराछोरीहरूले व्यवस्थाको मृतावस्था थाहा पाऊन् र उनीहरू नियमको मृतावस्था थाहा पाएर, त्यो जीवनको बाटो हेर्न सकून् जुन ख्रीष्टमा छ र थाहा पाउन सकून् कि कुन अन्त्यका लागि व्यवस्था दिइएको थियो। र त्यो व्यवस्था ख्रीष्टमा पूरा भएपछि, कि जब व्यवस्थाको अन्त्य हुनुपर्दछ उनीहरूले आफ्ना हृदयहरू उहाँका विरुद्ध कठोर तुल्याउनु पर्नेछैन।

२८ अनि अब हेर, मेरा जन, तिमीहरू हठी जन हौ; यसकारण, मैले तिमीहरूलाई स्पष्टसँग भनेको छु, कि तिमीहरूमा भ्रम हुनै सक्दैन। र मैले बोलेका वचनहरू तिमीहरूका विरुद्ध गवाही भएर खडा हुनेछन्; किनकि उनीहरू कसैलाई पनि सही बाटो सिकाउन प्रशस्तै छन्; किनकि सही बाटो नै ख्रीष्टलाई विश्वास गर्नु हो र उहाँलाई अस्वीकार नगर्नु हो; किनकि उहाँलाई अस्वीकार गर्नु भनेको अगमवक्ताहरू र व्यवस्थाको अस्वीकार गर्नु हो।

२९ अनि अब हेर, म तिमीहरूलाई भन्दछु कि सही बाटो ख्रीष्टलाई विश्वास गर्नु हो र उहाँलाई तिरष्कार नगर्नु हो; र ख्रीष्ट इस्राएलका परमपवित्र उहाँ हुनुहुन्छ; यसकारण तिमीहरू उहाँसामु झुक्नुपर्छ र उहाँलाई तिमीहरूको सारा बल, मस्तिष्क र शक्तिले र तिमीहरूका पूरै आत्माले आराधना गर्नुपर्छ; र यदि तिमीहरूले यसो गरेमा तिमीहरूलाई कुनै हालतमा पनि निकाला गरिनेछैन।

३० अनि, जबसम्म यो उचित हुनेछ, मोशालाई दिइएको व्यवस्था पूरा नभएसम्म तिमीहरूले परमेश्वरको अनुष्ठानहरू र विधिहरू पालना गर्नुपर्छ।