धर्मशास्त्रहरू
२ नफी २


अध्याय २

पवित्र मसीहद्वारा उद्धार आउँदछ—छनोटको स्वतन्त्रता (अभीकरण) अस्तित्व र प्रगतिका लागि आवश्यक छ—आदमको पतन भयो ताकि मानिसहरू होऊन्—मानिसहरू स्वतन्त्रता र अनन्त जीवन रोज्न स्वतन्त्र छन्। लगभग ई.पू. ५८८–५७०।

अनि अब, याकूब, म तिमीलाई भन्दछु: तिमी नै यस विपत्तिको समयमा यस उजाड स्थानमा जन्मिएका मेरा पहिला हौ। अनि हेर, तिम्रा दाजुहरूको अभद्र व्यवहारले गर्दा तिमीले तिम्रो बाल्यकालमा कष्ट र धेरै दु:ख सहेका छौ।

तैपनि, याकूब, उजाड स्थानमा जन्मेका मेरो पहिलो छोरा, तिमीलाई परमेश्वरको महान्‌ता थाहा छ; र उहाँले तिमीलाई तिम्रा कष्टहरू तिम्रा प्रगतिका लागि पवित्र गर्नुहुनेछ।

यसकारण, तिम्रो जीवात्मालाई आशीषित गरिनेछ र तिमी तिम्रा दाजु नफीसँग सुरक्षाका साथ बसोबास गर्नेछौ; र तिम्रा दिनहरू तिम्रा परमेश्वरको सेवामा बित्नेछन्। यसकारण, मलाई थाहा छ कि तिम्रा उद्धारकर्ताको धार्मिकताका कारण तिम्रो उद्धार गरिएको छ; किनभने तिमीले देखेका छौ कि समयको पूर्णतामा उहाँ मानिसहरूलाई मुक्ति दिन आउनुहुनेछ।

अनि तिमीले तिम्रो युवावस्थामा उहाँको महिमा देखेका छौ; यसकारण, तिमीलाई उनीहरूलाई झैँ आशीषित गरिएको छ जसलाई उहाँले मरणशील जीवनमा सेवा गर्नुहुनेछ; किनकि आत्मा हिजो, आज र सदासर्वदा उस्तै छ। र मानिसको पतनदेखि नै त्यो मार्ग तयार गरिएको छ र मुक्ति निशुल्क पाइन्छ।

अनि मानिसहरूलाई पुग्दो निर्देशन दिइएको छ ताकि तिनीहरूलाई असल र खराब थाहा छ। अनि मानिसहरूलाई व्यवस्था दिइएको छ। अनि त्यो व्यवस्थाद्वारा कुनै मानिसको सफाइ गरिनेछैन; अथवा व्यवस्थाद्वारा मानिसलाई अलग्याइन्छ। हो, लौकिक नियमद्वारा उनीहरूलाई अलग्याइयो; अनि आत्मिक व्यवस्थाद्वारा असल कुराबाट उनीहरू वञ्चित हुन्छन् र सदासर्वदाका लागि दयनीय हुन्छन्।

यसकारण, उद्धार पवित्र मसीहमा र उहाँमार्फत् आउँछ; किनकि उहाँ अनुग्रह र सत्यले भरिपूर्ण हुनुहुन्छ।

हेर, उहाँले आफूलाई पापका लागि बलिदान अर्पण गर्नुभयो, नियमका अन्त्यहरूको उत्तर दिन, ती सबैका लागि जससँग एक चूर्ण हृदय र पछुताएको आत्मा छ; र अरु कसैलाई पनि नियमका अन्त्यहरूको उत्तर दिन सकिन्न।

यसकारण, पृथ्वीका बासिन्दाहरूलाई यी कुराहरू थाहा दिलाउन अति नै धेरै महत्वपूर्ण छ, ताकि तिनीहरूले थाहा पाऊन् कि परमेश्वरको उपस्थितिमा बास गर्न सक्ने कुनै मानिस छैनन्, केवल पवित्र मसीहको योग्यता र कृपा र अनुग्रह मार्फत् मात्र सकिन्छ जसले मांशशरीरअनुसार आफ्नो जीवन अर्पण गर्नुहुन्छ र आत्माको शक्तिद्वारा फेरि फिर्ता लिनुहुन्छ, ताकि मृतकहरूको पुनरुत्थान पूरा गर्न सकियोस्, किनकि उहाँनै पहिलो हुनुहुन्थ्यो जो उठ्नु पर्दथ्यो।

उहाँ परमेश्वरकासामु पहिलो फल हुनुहुन्छ, जहाँसम्म मानिसका छोराछोरीहरूका लागि उहाँले मध्यस्थता गर्नुहुनेछ; र तिनीहरू जसले उहाँलाई विश्वास गर्दछन् उनीहरूलाई बचाइनेछ।

१० अनि सबैका लागि मध्यस्थताका कारण, सबै मानिसहरू परमेश्वरसामु आउँछन्; यसकारण, तिनीहरू उहाँसामु उभिनेछन्, उहाँमा भएको सत्यता र पवित्रताद्वारा उहाँबाट न्याय पाउन। यसकारण, व्यवस्थाका अन्त्यहरू जुन पवित्र जनले दिनुभएको छ, कष्टको दण्डका लागि जुन जोडिएकोछ, त्यो दण्ड जुन जोडिएको छ खुशी जुन जोडिएको छ त्यसको विरोधमा छ, प्रायश्चित्तका अन्त्यहरूको जवाफ दिनका लागि।

११ किनकि यसो हुन आवश्यक छ, कि त्यहाँ सबै कुराहरूमा विरोध छन्। अन्यथा, उजाड स्थानमा जन्मिएको मेरो पहिलो छोरा, धार्मिकता ल्याउन सकिँदैनथ्यो, न त दुष्टतानै, न त पवित्रता वा दु:ख नै, न त असल वा खराब नै। यसकारण, सबै कुराहरू एकमा संयुक्त हुनुपर्दछ; यसकारण, यदि यो शरीर भएको भए यो मृतक अवस्थामा रहन आवश्यक थियो, न त जीवन वा मरण, न त अपभ्रंस वा शुद्ध, नत सुख वा दु:ख, न त चेतना अथवा अचेतना हुन्थ्यो।

१२ यसकारण, यसको सृष्टि गरिनुको कारण निरर्थक हुन आवश्यक थियो; यसकारण यसको सृष्टिको अन्त्यमा त्यहाँ कुनै प्रयोजन हुनेथिएन। यसकारण, यस कुराले परमेश्वरको ज्ञान र उहाँका अनन्त प्रयोजनहरूलाई र शक्तिलाई पनि र कृपालाई र परमेश्वरको न्यायलाई विनाश गर्ने थियो।

१३ अनि यदि तिमी भन्छौ त्यहाँ व्यवस्था छैन, तिमीले यो पनि भन्नेछौ कि त्यहाँ पाप छैन। यदि तिमी भन्छौ त्यहाँ पाप छैन, तिमीले यो पनि भन्नेछौ त्यहाँ धार्मिकता छैन। र यदि त्यहाँ धार्मिकता छैन भने त्यहाँ खुशी हुनेछैन। र यदि त्यहाँ न त धार्मिकता वा खुशी छैन भने त्यहाँ न त दण्ड वा दु:ख हुनेछ। र यदि यी कुराहरू छैनन् भने त्यहाँ परमेश्वर हुनुहुन्न। र यदि त्यहाँ परमेश्वर हुनुहुन्न भने त्यहाँ हामी छैनौँ, न त पृथ्वी नै हुनेछ; किनकि त्यहाँ कुनै कुराको सृष्टि हुनेथिएन, न त ती कुराहरुले काम गर्न वा ती कुराहरुहरुका निम्ति काम गरिने नै; यसकारण, सबै कुराहरू हराएर जाने थिए।

१४ अनि अब, मेरा छोराहरू, म तिमीहरूसामु तिम्रा फाइदा र शिक्षाका लागि यी कुराहरू भन्दछु; किनकि त्यहाँ परमेश्वर हुनुहुन्छ र उहाँले सबै कुराहरूको सृष्टि गर्नुभएको छ, दुबै स्वर्गहरूमा र पृथ्वीमा र त्यहाँ भएका सबै कुराहरू, काम गर्ने र काम गरिने कुराहरू।

१५ अनि मानिसको अन्त्यमा उहाँका अनन्त प्रयोजनहरू पूरा गर्नका लागि, उहाँले हाम्रा प्रथम मातापितापुर्खाहरुको र जमिनका जनावरहरूको र आकाशका चराहरूको सृष्टि गर्नुभएपछि र निस्कर्षमा, सबै कुराहरू जुन सृष्टि गरिएको छ, त्यहाँ विरोध हुन आवश्यक थियो; निषेधित फलका विरुद्ध जीवनको वृक्षसमेत; एउटा गुलियो थियो र अर्को तितो।

१६ यसकारण, परमप्रभुले मानिसलाई क्षमता दिनुभयो ताकि उसले आफ्नो लागि काम गर्न सकोस्। यसकारण, मानिसले एक या अर्काद्वारा प्रलोभित नभएसम्म आफ्नो लागि काम गर्न सकेन।

१७ अनि म, लही, मैले पढेका कुराहरूअनुसार, यो सम्झन आवश्यक छ कि परमेश्वरका एक स्वर्गदूत, लेखिएकोअनुसार, स्वर्गबाट खसेका थिए; यसकारण, उनी सैतान बने, परमेश्वरका अगाडि दुष्टता रोजेका हुनाले।

१८ अनि उनी स्वर्गबाट खसेका हुनाले र सदासर्वदाका लागि दयनीय भएका हुनाले, उनले मानब जाति सबैलाई पनि दयनीय बनाउन खोजे। यसकारण, उनले हव्वालाई भने, हो, त्यो बूढो सर्पले समेत, जो सैतान हो, जो सबै झुटका पिता हो, यसकारण उसले भन्यो: यस निषेधित फल खाऊ र तिमी मर्नेछैनौ, तर तिमी परमेश्वर झैँ हुनेछौ, असल र खराब जानेर।

१९ अनि आदम र हव्वाले त्यो निषेधित फल खाएपछि तिनीहरूलाई अदनको बगैँचाबाट निकालियो, पृथ्वीमा खेती गर्नका लागि।

२० अनि तिनीहरूले सन्तान जन्माएका छन्; हो, सबै पृथ्वीका परिवार समेत।

२१ अनि मानिसहरूका छोराछोरीहरूका दिनहरू लम्ब्याइयो, परमेश्वरको इच्छाअनुसार, ताकि तिनीहरूले शरीरमा छँदा नै पश्चाताप गरून्; यसकारण, तिनीहरूको अवस्था परीक्षणको अवधिको अवस्था बन्यो र तिनीहरूको समय लम्व्याइयो, मानिसहरूका छोराछोरीलाई परमप्रभु परमेश्वरले दिनुभएका आज्ञाअनुसार। किनकि उहाँले आज्ञा दिनुभयो कि सबै मानिसले पश्चाताप गर्नुपर्दछ; किनकि उहाँले सबै मानिससामु देखाउनुभयो कि तिनीहरू हराएका थिए, तिनीहरूका मातापिताले गरेका उल्लङ्घनका कारण।

२२ अनि अब, हेर, यदि आदमले उल्लङ्घन नगरेको भए उनको पतन हुनेथिएन, तर उनी अदनको बगैँचामा रहिरहने थिए। र सृष्टि भएका सबै कुराहरू सृष्टि भएपछिको त्यही अवस्थामा नै रहिरहने थिए; र तिनीहरू त्यही अवस्थामा सदासर्वदाका लागि रहिरहनु पर्ने थियो र अन्त्य हुनेथिएन।

२३ अनि तिनीहरूका कुनै सन्तान हुनेथिएनन्; यसकारण तिनीहरू अज्ञानताको अवस्थामा रहिरहने थिए, कुनै आनन्द नपाईकन, किनकि तिनीहरूलाई कुनै दु:ख थाहा थिएन; कुनै असल काम नगरीकन, किनकि तिनीहरूलाई कुनै पाप थाहा थिएन।

२४ तर हेर, सबै कुराहरू उहाँको ज्ञानअनुसार गरिएका छन् जसलाई सबै कुराहरू थाहा छ।

२५ आदमको पतन भयो ताकि मानिसहरू होऊन्; र मानिसहरू छन्, ताकि तिनीहरूले आनन्द पाऊन्।

२६ अनि मसीह समयको पूर्णतामा आउनुहुनेछ, ताकि उहाँले मानिसका छोराछोरीलाई पतनबाट मुक्ति दिलाउन सक्नुहोस्। र तिनीहरूले पतनबाट मुक्ति पाएका हुनाले तिनीहरू सदा-सर्वदाका लागि स्वतन्त्र भएका छन्, खराबबाट असल थाहा पाएर; आफ्ना लागि काम गर्न हो र काम गरिनका लागि होइन, त्यो महान् र अन्तिम दिनमा केवल व्यवस्थाको दण्डद्वारा, परमेश्वरले दिनुभएको आज्ञाअनुसार।

२७ यसकारण, मानिसहरू मांशशरीरअनुसार स्वतन्त्र छन्; र सबै कुराहरू उनीहरूलाई दिईएका छन् जुन मानिसका लागि आवश्यक छन्। र तिनीहरू मुक्ति र अनन्त जीवन रोज्न स्वतन्त्र छन्, सबै मानिसहरूका ती महान् मध्यस्थकर्ता मार्फत्, अथवा बन्धन र मृत्यु रोज्न, ती सैतानको बन्धन र शक्ति मार्फत्; किनकि ऊ कोसिस गर्छ कि सबै मानिसहरू आफू झैँ दुखी होऊन्।

२८ अनि अब, मेरा छोराहरू, म चाहन्छु कि तिमीहरूले ती महान् मध्यस्थकर्तालाई हेर्नुपर्दछ र उहाँका महान् आज्ञाहरूलाई सुन्नुपर्दछ; र उहाँका शब्दहरूमा आस्थावान् हुनुपर्दछ र उहाँको पवित्र आत्माको इच्छाद्वारा अनन्त जीवन रोज्नुपर्दछ;

२९ अनि शरीर र त्यहाँ भएको दुष्टको इच्छाद्वारा अनन्त मृत्यु रोज्नु हुँदैन, जसले सैतानको आत्मालाई बन्धक बनाउने शक्ति प्रदान गर्दछ, तिमीहरूलाई नरकमा तल ल्याउन ताकि उसले आफ्नो अधिराज्यमा तिमीहरूमाथि शासन गरोस्।

३० मैले यी केही शब्दहरू मेरा परीक्षणका यी अन्तिम दिनहरूमा तिमीहरूसामु बोलेको छु, मेरा छोराहरू हो; र मैले अगमवक्ताका शब्दहरूअनुसार असल भाग रोजेको छु। र तिमीहरूको आत्माको अनन्त कल्याण बाहेक मेरो अरु केही अभिप्राय छैन। आमिन।