धर्मशास्त्रहरू
२ नफी १०


अध्याय १०

याकूबले व्याख्या गर्दछन् कि यहूदीहरूले आफ्ना परमेश्वरलाई क्रूसमा टाङ्छन्—तिनीहरूले उहाँलाई विश्वास गर्न शुरू नगरेसम्म तिनीहरू तितर-वितर पारिनेछन्—अमेरिका स्वतन्त्रताको भूमि हुनेछ जहाँ कुनै राजाले राज्य गर्नेछैन—परमेश्वरसँग तिम्रो मिलाप गर र उहाँको कृपाद्वारा मुक्ति प्राप्त गर। लगभग ई.पू. ५५९–५४५।

अनि अब म, याकूब, मैले बोलेका ती धर्मी शाखाका सवालमा तिमीहरूसामु पुन: बोल्दछु, मेरा प्रिय बन्धुहरू।

किनकि हेर, हामीले प्राप्त गरेका ती वाचाहरू हाम्रा लागी मांशशरीरअनुसार गरिएका वाचाहरू हुन्; यसकारण, अविश्वासका कारण हाम्रा धेरै सन्तानहरू शरीरमा नासिने छन् भनेर मलाई देखाइएको छ, तैपनि, परमेश्वर धेरैमाथि कृपालु हुनुहुनेछ; र हाम्रा सन्तानहरूको पुनर्स्थापना हुनेछ, ताकि तिनीहरू त्यसमा आउन सकून् कि जसले तिनीहरूलाई आफ्नो उद्धारकर्ताका बारेमा साँचो ज्ञान दिनेछ।

यसकारण, मैले भनेअनुसार, यो हुनु आवश्यक छ कि ख्रीष्ट—स्वर्गदूतले गए राती मसामु भन्नुभयो कि यो उहाँको नाम हुनेछ—जो यहूदीहरूमाझ आउनुहुनेछ, तिनीहरूमाझ जो संसारको बढी दुष्ट भाग हुन्; र तिनीहरूले उहाँलाई क्रूसमा टाङ्नेछन्—किनकि हाम्रा परमेश्वरका लागि यो आवश्यक छ र त्यहाँ पृथ्वीमा अरु कुनै राष्ट्र छैन जसले आफ्नो परमेश्वरलाई क्रूसमा टाङोस्।

किनकि यदि अरु राष्ट्रहरूमा ती शक्तिशाली आश्चर्यजनक कुराहरू भएको भए तिनीहरूले पश्चाताप गर्ने थिए र थाहा पाउने थिए कि उहाँ नै उनीहरूका परमेश्वर हुनुहुन्छ।

तर पुरोहित्याइँ र दुष्टताका कारण, यरुशलेममा तिनीहरूले आफ्ना टाउको उहाँविरुद्ध उठाउने छन्, ताकि उहाँलाई क्रूसमा टाँगीयोस्।

यसकारण, तिनीहरूका दुष्टताका कारण, तिनीहरूमाथि विनाश, अनिकाल, महामारी र रक्तपात आउनेछ; र तिनीहरू जसको विनाश गरिईनेछैन उनीहरूलाई सबै राष्ट्रहरूमाझ छरपष्ट पारिनेछ।

तर हेर, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: जब त्यो दिन आउँछ कि तिनीहरूले मलाई विश्वास गर्नेछन्, कि म नै ख्रीष्ट हुँ, तब मैले तिनीहरूका पितापुर्खाहरुसँग करार गरेको छु तिनीहरूलाई यस पृथ्वीमा, तिनीहरूको आफ्नो रिक्थ भूमिहरूमा, शरीरमा पुनर्स्थापना गरिनेछ।

अनि यस्तो हुनेछ कि तिनीहरूको लामो तितरबितरबाट तिनीहरूलाई समुद्रका टापुहरूबाट र पृथ्वीका चार भागहरूबाट एकत्रित गरिनेछ; र आफ्नो रिक्थका भूमिहरूमा तिनीहरूलाई अघि ल्याएर गैह्र-यहूदीका राष्ट्रहरू मेरो दृष्टिमा महान् हुनेछन्, परमेश्वर भन्नुहुन्छ।

हो, गैह्र-यहूदीहरूका राजाहरू तिनीहरूका धाईबुबाहरू हुनेछन्, तिनीहरूका रानीहरू तिनका धाईआमाहरू हुनेछन्; यसकारण, गैह्र-यहूदीहरूका लागि परमप्रभुका वाचाहरू महान् छन्, किनकि उहाँले भन्नुभएको छ र कसले विवाद गर्न सक्छ?

१० तर हेर, यो भूमि, परमेश्वर भन्नुहुन्छ, तिमीहरूको रिक्थको एउटा भूमि हुनेछ र यस भूमिमा गैह्र-यहूदीहरूलाई आशीषित गरिनेछ।

११ अनि यो भूमि गैह्र-यहूदीहरूका लागि स्वतन्त्रताको भूमि हुनेछ र यस भूमिमा कुनै राजाहरू हुनेछैनन्, जो गैह्र-यहूदीहरूमाझ खडा हुनेछन्।

१२ अनि म यस भूमिलाई अरु सबै राष्ट्रहरू भन्दा बलियो बनाउनेछु।

१३ अनि ऊ जो सियोनविरुद्ध लड्दछ ऊ नासिनेछ, परमेश्वर भन्नुहुन्छ।

१४ किनकि ऊ जसले मेरो विरुद्ध एक राजा खडा गर्दछ नाशिनेछ, किनकि म, परमप्रभु, स्वर्गको राजा, तिनीहरूको राजा हुनेछु र म तिनीहरूमाथि सदासर्वदाका लागि प्रकाश हुनेछु, जसले मेरा वचनहरू सुन्दछन्।

१५ यसकारण, किनभने, ताकि मेरा करारहरू पूरा होऊन् जुन मैले मानिसहरूका छोराछोरीसँग गरेको छु, ताकि मैले तिनीहरूको शरीर छँदै गर्नेछु, मैले अन्धकारका गोप्य कामहरू र हत्याहरू र कुकर्महरूको विनाश गर्न आवश्यक छ।

१६ यसकारण, ती जो सियोनविरुद्ध लड्दछन्, यहूदी र गैह्र-यहूदी दुबै, बन्दी र स्वतन्त्र दुबै, पुरुष र महिला दुबै, नासिनेछन्; किनकि तिनीहरू ती हुन् जो यस सारा पृथ्वीको वेश्या हुन्; किनकि तिनीहरू जो मेरा लागि होइनन् मेरा बिरोधी हुन्, परमेश्वर भन्नुहुन्छ।

१७ किनकि मैले मानिसका छोराछोरीहरूसँग गरेका वाचाहरू म पूरा गर्नेछु, कि म तिनीहरू शरीरमा छँदै तिनीहरूमाझ गर्नेछु।

१८ यसकारण, मेरा प्रिय बन्धुहरू, हाम्रो परमेश्वर यसो भन्नुहुन्छ: म गैह्र-यहूदीहरूको हातबाट तिम्रा सन्ततिलाई कष्ट दिनेछु; तैपनि, म गैह्र-यहूदीहरूका हृदय नरम बनाउनेछु, ताकि तिनीहरू उनीहरूका लागि पिताझैँ हुनेछन्; यसकारण, गैह्र-यहूदीहरूलाई आशीषित गरिनेछ र इस्राएलका घरानामाझ गनिनेछ।

१९ यसकारण, म यस भूमिलाई तिम्रा सन्तति र तिनीहरू जो तिम्रा सन्ततिमाझ गणना गरिनेछ तिनीहरूका रिक्थको भूमिका लागि सदासर्वदाका लागि समर्पित गर्दछु; किनकि यो अरु सबै भूमिहरूमध्ये उत्तम भूमि हो, परमेश्वर मलाई भन्नुहुन्छ, यसकारण म त्यहाँ बसोबास गर्ने सबै मानिसहरूलाई मेरो आराधना गर्न लगाउनेछु, परमेश्वर भन्नुहुन्छ।

२० अनि अब, मेरा प्रिय बन्धुहरू, हाम्रा कृपालु परमेश्वरले यी कुराहरूका बारेमा धेरै महान् ज्ञान दिनुभएको देखेर, आओ हामी उहाँलाई सम्झौँ र आफ्ना पापहरू त्यागौँ र आफ्ना शिर नझुकाऔँ, किनकि हामीलाई निकाला गरिएको छैन; तैपनि, हामीलाई हाम्रा रिक्थको भूमिबाट लखेटिएको छ; तर हामीलाई झन राम्रो भूमिमा अगुवाइ गरिएको छ, किनकि परमप्रभुले समुद्रलाई हाम्रा मार्ग बनाउनुभएको छ र हामी समुद्रको एक टापुमा छौँ।

२१ तर परमप्रभुका वाचाहरू तिनीहरूका लागि महान् छन् जो समुद्रको टापुहरूमा छन्; यसकारण जहाँ यसलाई टापुहरू भनिन्छन्, त्यहाँ यो भन्दा अरु बढी हुनुपर्दछ; र तिनीहरूमा पनि हाम्रा दाजुभाइहरू बसोबास गर्दछन्।

२२ किनकि हेर, उहाँको इच्छा र चाहनानुसार, परमप्रभु परमेश्वरले मानिसहरूलाई समय समयमा इस्राएलको घरानाबाट अगुवाइ गर्नुभएको छ। अनि अब, परमप्रभुले ती सबैलाई सम्झनु हुन्छ जो छुट्टिएका थिए, यसकारण, उहाँले हामीलाई पनि सम्झनु हुन्छ।

२३ यसकारण, आफ्ना हृदयहरूलाई खुशी तुल्याऊ र सम्झ कि तिमीहरू आफ्ना लागि जे पनि गर्न स्वतन्त्र छौ—अजर मृत्युको मार्ग अथवा अनन्त जीवनको मार्ग रोज्न।

२४ यसकारण, मेरा प्रिय बन्धुहरू, परमेश्वरको इच्छासँग आफूलाई मिलाप गर र सैतान र शरीरको इच्छासंग होइन; र सम्झ, परमेश्वरसँग तिम्रो मिलन भएपछि, यो केवल परमेश्वरको अनुग्रहमा र उहाँको अनुग्रहमार्फत् तिमीहरूलाई बचाइनेछ।

२५ यसकारण, परमेश्वरले तिमीहरूलाई पुनरुत्थानको शक्तिद्वारा मृत्युबाट उठाउन र प्रायश्चित्तको शक्तिद्वारा अजर मृत्युबाट पनि, ताकि तिमीहरूलाई परमेश्वरको अनन्त अधिराज्यमा ग्रहण गरियोस्, ताकि तिमीहरूले दैवी कृपाद्वारा उहाँलाई प्रशंसा गर्न सक। आमिन।