धर्मशास्त्रहरू
२ नफी ३


अध्याय ३

मिश्र देशका योसेफले नफीहरूलाई दर्शनमा देखे—उनले पछिल्ला दिनका द्रष्टा, योसेफ स्मिथ; इस्राएलको उद्धार गर्ने मोशा; र मोर्मोनको पुस्तकको आगमनका बारेमा अगमवाणी गरे। लगभग ई.पू. ५८८–५७०।

अनि अब म तिमीलाई भन्दछु, मेरो अन्तिम सन्तान। तिमी उजाड स्थानमा मेरा कष्टहरूमा जन्मेका हौ; हो, मेरा महान् दु:खका दिनहरूमा तिम्री आमाले तिमीलाई जन्माएकी थिईन्।

अनि परमप्रभुले तिम्रा लागि पनि यो भूमि पवित्रीकृत बनाउन सकून्, जुन सबैभन्दा मूल्यवान भूमि हो, तिम्रो रिक्थका लागि र तिम्रा सन्ततिसँगै तिम्रा दाजुहरूका रिक्थका लागि, सदासर्वदाका लागि तिम्रो सुरक्षाका लागि, यदि यसो हो भने तिमीले इस्राएलका पवित्र उहाँका आज्ञाहरू पालना गर्नुपर्नेछ।

अनि अब, योसेफ, मेरो अन्तिम सन्तान, जसलाई मैले उजाड स्थानका मेरा कष्टहरूबाट बाहिर ल्याएको छु, परमप्रभुले तिमीलाई सदासर्वदा आशीष दिऊन्, किनकि तिम्रा सन्तति पूरै नासिने छैनन्।

किनकि हेर, तिमी मेरो नितम्बका फल हौ; र म योसेफको सन्तति हुँ जसलाई मिश्र देशमा बन्दी बनाई लगिएको थियो। र परमप्रभुका करारहरू महान् थिए जुन उहाँले योसेफसँग गर्नुभयो।

यसकारण, योसेफले साँचै नै हाम्रा दिन देखे। र उनले परमप्रभुबाट वाचा प्राप्त गरे कि उनका नितम्बका फलबाट परमप्रभु परमेश्वरले इस्राएलको घरानामा एक धर्मी शाखा खडा गर्नुहुनेछ; मसीह होइन, तर एउटा शाखा जुन टुक्रा हुनुपर्नेछ, तैपनि, परमप्रभुको करारमा सम्झिन कि अन्तिम दिनहरूमा मसीहलाई तिनीहरूकहाँ प्रकट हुनुपर्नेछ, शक्तिको आत्मामा, उनीहरूलाई अध्यारोबाट उज्यालोमा ल्याउन—हो, लुकेका अध्यारोबाट र बन्धनबाट स्वतन्त्रतामा।

किनकि यसो भन्दै योसेफले साँचै नै गवाही दिए: परमप्रभु मेरो परमेश्वरले एउटा द्रष्टा खडा गर्नुहुनेछ, जो मेरा नितम्बका फलका लागि एउटा रोजिएको द्रष्टा हुनुहुनेछ।

हो, योसेफले साँचै नै भने: परमप्रभु मसँग यसो भन्नुहुन्छ: तिम्रो नितम्बका फलबाट म एउटा गतिलो द्रष्टा खडा गर्नेछु; र तिम्रा नितम्बका फलहरूमाझ उसको उच्च सम्मान गरिनेछ। र उसलाई म आज्ञा दिनेछु कि उसले तिम्रा नितम्बका फल, आफ्ना दाजुभाइमाझ एउटा काम गर्नेछ, जुन उनीहरूका लागि ठूलो मूल्यको हुनेछ, जुन तिम्रा पितापुर्खासँग मैले गरेको करारको ज्ञान उनीहरूसमक्ष ल्याउनका लागि पनि हो।

अनि म उसलाई एउटा आज्ञा गर्नेछु कि मैले आज्ञा गरेको कार्य बाहेक उसले अरु केही कार्य गर्नेछैन। र म उसलाई मेरो आँखाहरूमा महान् बनाउनेछु; किनकि उसले मेरो कार्य गर्नेछ।

अनि उनी मोशा झैँ महान् हुनेछन्, मैले भनेको छु जसलाई म तिमीहरूमाझ खडा गर्नेछु, मेरा जनको उद्धार गर्न, हे इस्राएलको घराना।

१० अनि म मोशालाई खडा गर्नेछु, तिम्रा जनलाई मिश्र देशबाट मुक्त गर्नका लागि।

११ तर तिम्रो नितम्बका फलबाट म एक द्रष्टा खडा गर्नेछु; र उसलाई म तिम्रा नितम्बका सन्ततिकासामु मेरो वचन ल्याउन शक्ति दिनेछु—र केवल मेरो वचन ल्याउन मात्र होइन, परमप्रभु भन्नुहुन्छ, तर उनीहरूलाई मेरा वचनमा विश्वास दिलाउन, जुन उनीहरूसामु गइसकेको हुनेछ।

१२ यसकारण, तिम्रो नितम्बका फलले लेख्नेछन्; र यहुदाका नितम्बका फलले लेख्नेछन्; र ती जुन तिम्रा नितम्बका फलले लेखेका; र एक साथ बढ्नेछन्, गलत सिद्धान्तहरूलाई असत्य प्रमाणित गर्दै र कलहलाई त्याग्दै र तिम्रा नितम्बका फलहरूबीच शान्तिको खडा गर्दै र पछिल्ला दिनहरूमा उनीहरूलाई पितापुर्खाहरुको ज्ञानमा र मेरो करारको ज्ञानमा पनि ल्याउँदै, परमप्रभु भन्नुहुन्छ।

१३ अनि कम्जोरीपनामा उसलाई बलियो बनाइनेछ, त्यस दिनमा जब मेरो कार्य मेरा सबै जनमा प्रारम्भ हुन्छ, तिम्रो पुनर्स्थापना गरिनेलाई, हे इस्राएलका घराना, परमप्रभु भन्नुहुन्छ।

१४ अनि यसरी योसेफले अगमवाणी गर्नुभयो, यसो भन्दै, हेर, त्यस द्रष्टालाई परमप्रभुले आशीषित गर्नुहुनेछ; र ती जसले उनको विनाश गर्न खोज्छ तीनलाई पराजित गरिनेछ, यो अशीष जुन मैले परमप्रभुबाट मेरा नितम्बका फलका लागि प्राप्त गरेको छु सो पूरा हुनेछ। हेर, यो वाचा पूरा हुन्छ भन्नेमा मा निश्चित छु।

१५ अनि उनको नाम मेरो नामअनुसार राखिनेछ; र त्यो उनको पिताको नाम अनुसार हुनेछ। र उनी मजस्तै हुनेछन्; ती कुराहरू, जुन परमप्रभुले उनको हातबाट गराउनुहुनेछ, परमप्रभुको शक्तिद्वारा मेरा मानिसहरूलाई मुक्ति मिल्नेछ।

१६ अनि यसरी योसेफले अगमवाणी गर्नुभयो: म यो कुरामा निश्चित छु, मोशाका वाचा झैँ म निश्चित छु; किनकि परमप्रभुले मलाई भन्नुभएको छ, म तिम्रा सन्ततिलाई सदासर्वदाका लागि जोगाउनेछु।

१७ अनि परमप्रभुले भन्नुभएको छ: म एक मोशालाई खडा गर्नेछु; र म उसलाई एक छडमा शक्ति दिनेछु; र म उसलाई लेख्ने सीप दिनेछु। तथापि म उसको जिब्रोको बन्धन खोल्दिनँ, किनकि म उसलाई बोल्नमा शक्तिशाली बनाउँदिनँ। तर म उसका सामु मेरो व्यवस्था लेख्नेछु, मेरा आफ्नै हातले; र म उसका लागि प्रवक्ताको नियुक्ति गर्नेछु।

१८ अनि परमप्रभुले मलाईपनि भन्नुभयो: म तिम्रा नितम्बका फलका लागि (द्रष्टा) खडा गर्नेछु; र म उसका लागि एक प्रवक्ता नियुक्त गर्नेछु। र म, हेर, म उसलाई (अधिकार) दिनेछु ताकि उसले तिम्रा नितम्बका फलका लेखहरू लेखून्, तिम्रा नितम्बका फलका फाइदाका लागि र तिम्रा नितम्बका फलका प्रवक्ताले घोषणा गर्नेछन्।

१९ अनि ती शब्दहरू जुन उनले लेख्नेछन् मेरो ज्ञानअनुसार उचित भएको शब्दहरू हुनेछन् जुन तिम्रा नितम्बका फलकासामु जानेछन्। र यो यस्तो हुनेछ कि तिम्रा नितम्बका फलहरूले धुलोबाट उनीहरूसामु कराइरहे झैँ हुनेछ, किनकि मलाई तिनीहरूको आस्थाबारे ज्ञान छ।

२० अनि तिनीहरू धुलोबाट आफ्ना दाजुभाइहरूसामु पश्चात्तापले कराउनेछन्, तिनीहरूसामु बाट धेरै पुस्ताहरू बितिसकेपछि पनि। अनि यस्तो हुन जानेछ कि तिनीहरूको रोदन जानेछ, तिनीहरूका सरल वचनअनुसार समेत।

२१ तिनीहरूका आस्थाका कारण तिनका वचनहरू मेरो मुखबाट तिनीहरूका दाजुभाइ जुन तिम्रा नितम्बका फलहरू हुन् उनकासामु अघि बढ्नेछन्; र म तिनीहरूका आस्थाका कारण तिनका वचनहरूका कमजोरीलाई दरिलो बनाउनेछु, ताकि तिनीहरूले मेरो करारलाई सम्झून् जुन मैले तिम्रा पितापुर्खाहरुसँग गरेको थिएँ।

२२ अनि अब, हेर, मेरा पुत्र योसेफ, प्राचीनकालका मेरा पिताले यस प्रकार अगमवाणी गरे।

२३ यसकारण, यो करारको कारण तिमीलाई अशीष दिइएको छ, ताकि तिम्रा सन्ततिको विनाश नहोस्, किनकि तिनीहरूले त्यस पुस्तकका वचनहरूलाई सुन्नेछन्।

२४ अनि तिनीहरूमाझ एक शक्तिमान् खडा हुनेछ, जसले धेरै असल काम गर्नेछ, दुबै शब्दमा र कार्यमा, परमेश्वरको हातको औजार बनेर, अधिक आस्थाका साथ, महान् आश्चर्यका कार्य गर्न र त्यो कुरा गर्न जुन परमेश्वरको दृष्टिमा महान् छ, जसकारण इस्राएलको घरानामा र तिम्रा बन्धुहरूका सन्ततिमा धेरै पुनर्स्थापना हुनेछ।

२५ अनि अब, तिमी अशीषित छौ, योसेफ। हेर, तिमी सानै छौ; त्यसकारण तिम्रा दाजु, नफीका वचनहरू सुन र मैले भनेका शब्दहरूका अनुसार साँचै नै तिमीमाथि हुनेछ। मर्न लागेका तिम्रा पिताका शब्दहरूलाई स्मरण गर। आमिन।