धर्मशास्त्रहरू
२ नफी २८


अध्याय २८

अन्तिम दिनहरूमा धेरै गलत चर्चहरू स्थापित हुनेछन्—उनीहरूले गलत, व्यर्थका, अनि मूर्ख सिद्धान्तहरू सिकाउनेछन्—गलत शिक्षाका कारण धर्मविमुखता फैलिनेछ—मानिसहरूका हृदयमा सैतान उर्लनेछ—उसले धेरै प्रकारका गलत सिद्धान्तहरू सिकाउनेछ। लगभग ई.पु. ५५९–५४५।

अनि अब, मेरा बन्धुहरू, म तिमीहरूसामु बोलेको छु, आत्माले मलाई बाध्य बनाएअनुसार; यसकारण, मलाई थाहा छ कि ती निश्चय नै हुनेछन्।

अनि यो पुस्तकबाट लेखिएका कुराहरू मानिसका छोराछोरीका लागि ठूलो मूल्यका हुनेछन्, अनि विशेषत: हाम्रा सन्ततिका लागि, जुन इस्राएलका घरानाका एक अवशेष हुन्।

किनकि त्यो दिन यस्तो हुन जानेछ कि चर्चहरू, जुन परमप्रभुकासामु बनाइएका होइनन्, जब एउटाले अर्कालाई भन्नेछ: हेर, म, म परमप्रभुको हुँ; अनि अर्काले भन्नेछ: म, म परमप्रभुको हुँ, अनि यसरी प्रत्येकले भन्नेछन् जसले चर्च बनाएका छन्, तर परमप्रभुकासामु होइन।

अनि उनीहरू एकअर्कासँग झगडा गर्नेछन्; अनि उनीहरूका पादरीहरू एक अर्कासँग झगडा गर्नेछन्, अनि उनीहरू उनीहरूका शिक्षाद्वारा सिकाउनेछन्, अनि अभिव्यक्ती दिन सिकाउने पवित्र आत्मालाई अस्वीकार गर्दछन्।

अनि तिनीहरूले परमेश्वर, इस्राएलका पवित्र उहाँको शक्तिको अस्वीकार गर्छन्; अनि उनीहरू मानिसहरूलाई भन्दछन्: हामीलाई सुन, अनि हाम्रा उपदेश सुन; किनकि आज परमेश्वर हुनुहुन्न, किनकि परमप्रभु अनि उद्धारकर्ताले उहाँको कार्य गर्नुभएको छ, अनि उहाँले आफ्नो शक्ति मानिसलाई दिनुभएको छ;

हेर, मेरा उपदेशलाई सुन; परमप्रभुका हातद्वारा आश्चर्यकर्म गरिएको छ भनेर यदि तिनीहरूले भन्नेछन् भने, त्यसलाई विश्वास नगर; किनकि यो दिनमा उहाँ आश्चर्यकर्महरूका परमेश्वर हुनुहुन्न; उहाँले आफ्ना कार्य गरिसक्नु भएको छ।

हो, अनि त्यहाँ धेरै हुनेछन् जसले भन्नेछन्: खाओ, पिय, अनि मोज गर, किनकि भोलि हामी मर्नेछौँ; अनि हामीलाई राम्रै हुनेछ।

अनि त्यहाँ धेरै हुनेछन् जसले भन्नेछन्: खाओ, पिय, अनि मोज गर; तैपनि परमेश्वर देखि डराऊ—उहाँले थोरै पाप गर्न छुट दिनुहुन्छ; हो अलिकति झुटो बोल, अर्काका वचनहरूका कारण उसबाट फाइदा लेओ, तिम्रा छिमेकीका लागि खाडल खन; त्यसमा कुनै हानि छैन; अनि यी सबै कुराहरू गर, किनकि भोलि हामी मर्दछौँ; अनि यदि यस्तो भयो कि हामी दोषी छौँ भने, परमेश्वरले हामीलाई केही कोर्रा हान्नुहुनेछ, अनि अन्त्यमा हामीलाई परमेश्वरको अधिराज्यमा बचाइनेछ।

हो, अनि त्यहाँ धेरै हुनेछन् जसले यसप्रकारले सिकाउने छन्, गलत र व्यर्थ र मूर्ख सिद्धान्तहरू, अनि उनीहरूका हृदयहरूमा फुल्नेछन्, अनि परमेश्वरबाट उनीहरूलाई दिइएका परामर्शहरूलाई लुकाउन गहन प्रयास गर्नेछन्; अनि उनीहरूका कार्यहरू अन्धकारमा हुनेछन्।

१० अनि सन्तहरूका रगत जमिनबाट तिनीहरूका विरुद्धमा कराउनेछ।

११ हो, तिनीहरू सबै पथभ्रष्ट भएका छन्, तिनीहरू भ्रष्ट बनेका छन्।

१२ घमण्डका कारणले र गलत शिक्षकहरूका र गलत सिद्धान्तका कारणले, उनीहरूका चर्चहरू भ्रष्ट भएका छन्, अनि उनीहरूका चर्चहरू उचालिएका छन्; घमण्डका कारणले तिनीहरू फुलेका छन्।

१३ तिनीहरूका उच्चस्तरका आराधनालयका कारण तिनीहरू गरिबलाई लुट्दछन्; तिनीहरूका सुन्दर पोशाकका कारण तिनीहरू गरिबलाई लुट्दछन्; अनि तिनीहरू विनम्र र हृदयका गरिबलाई सताउँछन्, किनभने उनीहरूका घमण्डमा उनीहरू फुलेका छन्।

१४ तिनीहरूले आफ्ना घाँटीहरूलाई अटेरी र शिरहरूलाई घमण्डी बनाउँछन्; हो, अनि घमण्डको, अनि दुष्टताको, अनि कुकर्महरूका, अनि वेश्यावृत्तिहरूका कारण, कोही जो ख्रीष्टका विनम्र अनुयायीहरू हुन् उनीहरू बाहेक सबै पथभ्रष्ट भएका छन्; तैपनि, तिनीहरूको अगुवाइ गरिएको छ, कि धेरै पटक उनीहरू गल्ती गर्दछन् किनभने तिनीहरूलाई मानिसहरूका शिक्षामा सिकाईएका छ।

१५ हे बुद्धिमानी, अनि शिक्षित, अनि धनी, अनि हृदयहरूका घमण्डले फुलेका ती, अनि गलत सिद्धान्तहरूको प्रचार गर्नेहरू ती सबै, अनि वेश्यावृति गर्नेहरू ती सबै, अनि परमप्रभुका सही बाटाहरूलाई पथभ्रष्ट गर्नेहरू, धिक्कार, धिक्कार, धिक्कार छ तिनीहरूलाई, सर्वशक्तिमान परमप्रभु परमेश्वर भन्नुहुन्छ, किनकि तिनीहरूलाई नरकतिर पठाइनेछ।

१६ धिक्कार छ तिनीहरूलाई जो न्यायोचितलाई तुच्छ भनेर अन्यत्र मोड्दछन् र असल भएकाको विरुद्ध निन्दा गर्दछन्, अनि भन्दछन् यसको कुनै मूल्य छैन! किनकि त्यो दिन आउनेछ कि परमप्रभु परमेश्वर द्रूतगतिमा पृथ्वीका बासिन्दाहरूलाई भेट्नु हुनेछ; अनि त्यो दिनमा तिनीहरू दुष्टतामा पूरै पाकेको फलझैँ गल्नेछन् उनीहरूको विनाश हुनेछ।

१७ तर हेर, यदि पृथ्वीका बासिन्दाहरूले उनीहरूका दुष्टता र कुकर्महरूका पश्चाताप गरे भने, उनीहरूका विनाश गरिनेछैन, सैन्यहरूका अधिपति भन्नुहुन्छ।

१८ तर हेर, त्यो विशाल र घृणित चर्च, सारा पृथ्वीको वेश्या, पृथ्वीमा ढल्नु पर्दछ, यसको पतन बृहत् हुनुपर्दछ।

१९ किनकि सैतानको अधिराज्य हल्लिनु पर्छ, अनि उसका मातहतमा हुनेहरूलाई पश्चात्तापतिर प्रोत्साहन गर्न आवश्यक छ, अन्यथा सैतानले उनीहरूलाई उसको अनन्त साङ्लामा बाँध्नेछ, अनि उनीहरूलाई रिस र विनाश तिर भड्काउनेछ।

२० किनकि हेर, त्यो दिनमा ऊ मानिसका छोराछोरीहरूका हृदयमा उर्लनेछ, अनि उनीहरूलाई असलका विरुद्ध रिसतिर भड्काउनेछ।

२१ अनि अरुलाई शान्त पार्नेछ, अनि तिनीहरूलाई पापमय शुरक्षातिर झुलाउनेछ, कि तिनीहरूले भन्नेछन्: सियोनमा सबै ठीक छ; हो, सियोन उन्नति गर्दछ, सबै ठीक छ—अनि यसरी सैतानले उनीहरूका जीवात्माहरूलाई ठग्नेछ, अनि उनीहरूलाई होसियारीका साथ नरकतिर डोऱ्याउनेछ।

२२ अनि हेर, अरुलाई ऊ फुर्क्याउँछ, अनि उनीहरूलाई भन्दछ नरक छैन; अनि उनीहरूलाई ऊ भन्दछ: म दुष्ट होइन, किनकि त्यहाँ कुनै छैन—अनि यसरी उसले उनीहरूका कानहरूमा खुसुक्क भन्दछ, तिनीहरूलाई उसले त्यो भयावह साङ्लामा नबाँधिन्जेलसम्म, जसबाट कुनै मुक्ति छैन।

२३ हो, तिनीहरू मृत्यु र नरकले समातिए; अनि मृत्यु, अनि नरक, अनि सैतान, अनि यीबाट समातिएका सबै परमेश्वरको सिंहासनअगाडि खडा हुनुपर्दछ, अनि उनीहरूका कार्यहरूअनुसार न्याय पाउनु पर्दछ, जहाँबाट उनीहरूका निम्ति तयार पारिएको, आगो र गन्धकको कुण्ड समेत, अन्तहीन पीडा भएको ठाउँतिर जानुपर्छ।

२४ त्यसकारण, धिक्कार छ उसलाई जो सियोनमा चैनमा रहेको छ!

२५ धिक्कार छ उसलाई जो कराउँछ: सब ठीक छ!

२६ हो, धिक्कार छ उसलाई जो मानिसका शिक्षाहरूलाई सुन्दछ, अनि परमेश्वरको शक्ति र पवित्र आत्माको उपहारलाई अस्वीकार गर्छ!

२७ हो, धिक्कार छ उसलाई जो भन्दछ: हामीले प्राप्त गरेका छौँ, अनि हामीलाई अरु आवश्यक छैन!

२८ अनि निष्कर्षमा धिक्कार छ सबैलाई जो परमेश्वरको सत्यका कारण काँपेका, अनि रिसाएका छन्! किनकि हेर, ऊ जो चट्टानमा बनाइएको छ खुशीका साथ ग्रहण गर्दछ; अनि ऊ जो बालुवाको जगमा बनाइएको छ काँप्दछ ताकि उसको पतन होस्।

२९ धिक्कार छ, उसलाई जो भन्नेछ: हामीले परमेश्वरका वचन प्राप्त गरेका छौँ, अनि परमेश्वरका अरु वचन हामीलाई आवश्यक छैनन्, किनकि हामीसँग पर्याप्त छ।

३० किनकि हेर, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म मानिसका छोराछोरीलाई हरफमाथि हरफ, शिक्षामाथि शिक्षा, यता अलिकति त्यता अलिकति दिनेछु; अनि जसले मेरा शिक्षाहरूलाई सुन्दछ, अनि जो मेरा परामर्शलाई कान थाप्दछ उनीहरू आशीषित हुनेछन्, किनकि उनीहरूले ज्ञान सिक्नेछन्; किनकि जसले प्राप्त गर्दछ उसलाई म अझ बढी दिनेछु; अनि जसले भन्दछ, हामीलाई पर्याप्त छ, उनीहरूबाट उनीहरूसँग भएको पनि खोसिनेछ।

३१ ऊ श्रापित छ जसले मानिसमा भरोसा राख्दछ, अथवा शरीरलाई आफ्नो पाखुरा बनाउँछ, अथवा पवित्र आत्माको शक्तिले दिएका शिक्षाहरू बाहेकका मानिसका शिक्षाहरूलाई सुन्दछ।

३२ धिक्कार छ गैह्र-यहूदीहरूलाई, सैन्यहरूका अधिपति परमप्रभु परमेश्वर भन्नुहुन्छ! किनकि मैल दिनदिनै उनीहरूसामु मेरा बाहू फैल्याउँदा फैल्याउँदै पनि, तिनीहरूले मलाई अस्वीकार गर्नेछन्; तैपनि म उनीहरूसामु कृपालु हुनेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, यदि उनीहरू पश्चात्ताप गरेर मेरासामु आए भने; किनकि मेरा बाहू सारा दिनभरि फैल्याइएका छन्, सैन्यहरूका अधिपति परमप्रभु परमेश्वर भन्नुहुन्छ।