धर्मशास्त्रहरू
२ नफी ३०


अध्याय ३०

परिवर्तित गैह्र-यहूदीहरू करारबद्ध जनमा गनिनेछन्—धेरै लमानीहरू र यहूदीहरू वचनमा विश्वास गर्नेछन् अनि आनन्ददायक बन्नेछन्—इस्राएलको पुनर्स्थापना अनि सैतानको नाश गरिनेछ। लगभग ई.पु. ५५९–५४५।

अनि अब, मेरा प्रिय बन्धुहरू, म तिमीहरूसामु बोल्न चाहन्छु; किनकि म नफी तिमीहरूले यो ठानेको सहन्न कि तिमीहरू गैह्र-यहूदीहरू हुने भन्दा धर्मी छौ; किनकि हेर, तिमीहरूले परमेश्वरका आज्ञाहरू पालना गरेनौ भने तिमीहरूको त्यस्तै विनाश हुनेछ; अनि बोलिएका वचनहरूका कारण तिमीहरू नठान कि गैह्र-यहूदीहरूको पूरै विनाश गरिन्छ।

किनकि हेर, म तिमीहरूलाई भन्दछु कि गैह्र-यहूदीहरूमध्ये पश्चात्ताप गर्ने जति परमप्रभुका करारवद्ध जन हुन्; यहूदीहरूमध्ये पश्चाताप नगर्नेहरू जतिलाई निकाला गरिनेछ; किनकि पश्चात्ताप गर्ने अनि इस्राएलका पवित्र उहाँ, उहाँको पुत्रमा विश्वास गर्ने बाहेक अरुसँग परमप्रभु करार गर्नुहुनेछैन।

अनि अब, म यहूदीहरू र गैह्र-यहूदीहरूका बारेमा केही अगमवाणी गर्न चाहन्छु। किनकि मैले बोलेको पुस्तक अघि आएपछि, अनि गैह्र-यहूदीहरूका निम्ति लेखिएपछि, अनि परमप्रभुका निम्ति छाप लगाएर बन्द गरेपछि, लेखिएका वचनहरूमा विश्वास गर्ने धेरै हुनेछन्; अनि उनीहरूले ती हाम्रा सन्तानका अवशेषसामु अघि लैजानेछन्।

अनि तब हाम्रा सन्ततिले हाम्रा बारेमा थाह पाउनेछन्, हामी कसरी यरुशलेमबाट आयौँ, अनि उनीहरू यहूदीहरूका सन्तति हुन्।

अनि येशू ख्रीष्टको सुसमाचार उनीहरूमाझ घोषणा गरिनेछ; यसकारण, उनीहरूलाई उनीहरूका पितापुर्खाहरुका ज्ञानमा, अनि उनीहरूका पितापुर्खाहरुमाझ भएको येशू ख्रीष्टको ज्ञानमा पनि, पुनर्स्थापित गरिनेछ।

अनि तब उनीहरू खुशी मनाउने छन्; किनकि तिनीहरूले थाह पाउनेछन् कि यो एउटा उनीहरूका लागि परमेश्वरको हातबाट पाएको आशीष हो; अनि उनीहरूका आँखाबाट अन्धकारका कत्लाहरू झर्न थाल्नेछन्; अनि उनीहरू एक पवित्र अनि एक आनन्ददायक मानिसहरू बन्नु पहिले धेरै पुस्ताहरू बित्ने छैनन्।

अनि यस्तो हुन जानेछ कि छरपष्ट पारिएका यहूदीहरूपनि ख्रीष्टमा विश्वास गर्न सुरु गर्नेछन्; अनि उनीहरू भूमिको सतहमा जम्मा हुन सुरु गर्नेछन्; अनि जतिले ख्रीष्टमा विश्वास गर्नेछन् एक आनन्ददायक जन बन्नेछन।

अनि यस्तो हुन जानेछ कि परमप्रभु परमेश्वरले आफ्ना कार्य सबै राष्ट्रहरू, कुटुम्बहरू, भाषाहरू, अनि मानिसहरूमाझ पृथ्वीमाथिका आफ्ना जनमा ल्याउन आरम्भ गर्नुहुनेछ।

अनि धार्मिकतामा परमप्रभु परमेश्वर गरिबको न्याय गर्नुहुनेछ, अनि विनयीका निम्ति निष्पक्षताका साथ गाली गर्नुहुनेछ। अनि उहाँको मुखको छडले पृथ्वीलाई प्रहार गर्नुहुनेछ; अनि उहाँको मुखको सासले दुष्टको बध गर्नुहुनेछ।

१० किनकि समय द्रूतगतिले आउनेछ कि परमप्रभु परमेश्वरले मानिसहरूमाझ महान् विभाजन ल्याउनुहुनेछ, अनि दुष्टलाई उहाँले नाश गर्नुहुनेछ, अनि उहाँका जनलाई उहाँले जोगाउनु हुनेछ, हो, यदि यस्तो समेत हुन गयो भने कि उहाँले दुष्टलाई आगोले नाश गर्नुपर्नेछ।

११ अनि धार्मिकता उहाँको पटुका बन्नेछ, वफादारिता उहाँका शासनको लगाम बन्नेछ।

१२ अनि तब ब्वाँसो थुमासँग रहनेछ, अनि चितुवा पाठो, अनि बाच्छो, अनि डमरु, अनि मोटो गाईवस्तुसँग एकसाथ रहनेछ; अनि एउटा सानो बालकले तिनीहरूलाई डोऱ्याउनेछ।

१३ अनि गाई र भालु चर्नेछन्; तिनीहरूका बच्चाहरू एकसाथ रहनेछन्; अनि सिंह गोरुले जस्तै पराल खानेछ।

१४ अनि दुधे बालक गोमन सर्पको कुरमा खेल्नेछ, अनि भर्खर दुध छाडेको बालकले विषालु सर्पको दुलोमा हात हाल्नेछ।

१५ तिनीहरूले मेरा पवित्र पर्वतमा न त हानि गर्नेछन् न त विनाश नै गर्नेछन्; किनकि पानीले समुद्र भरिए जस्तै परमप्रभुको ज्ञानले पृथ्वी भरिनेछ।

१६ यसकारण, सबै राष्ट्रका कुराहरू अवगत गराइनेछ; हो, मानिसका छोराछोरीहरूसामु सबै कुराहरू अवगत गराइनेछ।

१७ त्यहाँ त्यस्तो गोप्य केही छैन जुन प्रकट गरिँदैन; त्यहाँ त्यस्तो अन्धकारको काम छैन जुन प्रकाशमा प्रकट गरिदैन; अनि पृथ्वीमा छाप लगाएर बन्द गरिएको त्यस्तो केही छैन जुन खोलिने छ।

१८ यसकारण, मानिसका छोराछोरीसामु प्रकट गरिएका सबै कुराहरू त्यो दिन प्रकट गरिनेछ; अनि मानिसका छोराछोरीमाथि सैतानको शक्ति अरु धेरै समयका लागि हुनेछैन। अनि अब, मेरा प्रिय बन्धुहरू, म मेरो भनाइको अन्त्य गर्दछु।