धर्मशास्त्रहरू
२ नफी २७


अध्याय २७

अन्तिम दिनहरूमा अन्धकार र धर्मविमुखताले पृथ्वी ढाकिनेछ—मोर्मोनको पुस्तक अघि आउनेछ—तीन साक्षीले पुस्तकको गवाही दिनेछन्—शिक्षित मानिसले भन्नेछ उसले छाप लगाएर बन्द गरिएको पुस्तक पढ्न सक्दैन—परमप्रभुले उदेकमाथि उदेकका कार्यहरू गर्नुहुनेछ—यशैया २९ सँग तुलना गर्नुहोस्। लगभग ई.पु. ५५९–५४५।

तर, हेर, ती अन्तिम दिनहरूमा, अथवा ती गैह्र-यहूदीका दिनहरूमा—हो, गैह्र-यहूदीहरूका र यहूदीहरूका राष्ट्रहरूलाई पनि, यो भूमिमा आउनेहरूलाई र अन्य भूमिमा रहेकाहरूलाई, हो, पृथ्वीको भूमिमा रहेकाहरू सबैलाईसमेत हेर, हेर, उनीहरू दुष्टता अनि हरेक प्रकारका कुकर्महरूले मातिएका हुनेछन्—

अनि जब त्यो दिन आउनेछ जब मेघ गर्जनका साथ अनि भूकम्पका साथ, अनि ठुलो आवाजका साथ, अनि हुरीका साथ, अनि आँधिबेहरीका साथ, अनि विध्वँशकारी आगोको ज्वालाका साथ सैन्यहरूका अधिपतिद्वारा उनीहरूलाई भेटिनेछ।

अनि सबै राष्ट्रहरू जो सियोनको विरुद्धमा लड्दछन्, अनि उनलाई कष्ट दिन्छन्, तिनीहरूलाई रातिको सपनाको दृश्य जस्तै हुनेछ; हो, उसलाई त्यस्तै हुनेछ, जसरी भोको मान्छेले खाएको सपना देख्छ, तर ब्युँझिदा उसले आफ्नो आत्मालाई केवल पाउँदछ; अथवा एक तिर्खाएको मान्छेले सपनामा पिएको देख्दछ, तर ब्युँझिदा उसले आफूलाई कमजोर देख्दछ अनि उसको आत्मामा अझै तृष्णा छ; हो, सियोनको पर्वतबिरुद्द लड्ने सबै राष्ट्रहरूलाईसमेत त्यस्तै हुनेछ।

किनकि हेर, दुराचार गर्ने तिमीहरू सबै, तिमीहरू आश्चर्यचकित र छक्क पर, किनकि तिमीहरू रुनेछौ, अनि रोऊ, हो, तिमीहरू मातिने छौ, तर मदिराले होइन, तिमीहरूले धरमराउनेछौ तर बलियो जाँडले होइन।

किनकि हेर, परमप्रभुले तिमीहरूमाथि गहिरो निन्द्रा खन्याउनु भएको छ। किनकि हेर, तिमीहरूले तिमीहरूको आँखा बन्द गरेका छौ, अनि तिमीहरूले तिम्रो अगमवक्ताहरूलाई अनि शासकहरूलाई अस्वीकार गरेकाछौ, अनि उहाँले तिमीहरूको दुराचारको कारण तिमीहरूको द्रष्टाहरूलाई छोपिदिनुभएको छ।

अनि यस्तो हुन जानेछ कि परमप्रभु परमेश्वरले वचनहरूको पुस्तक तिमीहरूसामु ल्याउनुहुनेछ, अनि ती अल्छी गरेकाहरूको वचनहरू हुनेछ।

अनि हेर त्यो पुस्तक छाप लगाएर बन्द गरिएको हुनेछ, अनि त्यो पुस्तक परमेश्वरबाट आएको प्रकाश हुनेछ, संसारको प्रारम्भदेखि अन्त्यसम्मका।

यसकारण, बन्द गरिएको कुराहरूका कारण, छाप लगाएर बन्द गरिएका कुराहरू दुष्टता र कुकर्महरूका मानिसहरूमाझ हस्तान्तरण गरिइने छैन। यसकारण त्यो पुस्तक उनीहरूबाट लुकाइनेछ।

तर त्यो पुस्तक एउटा मानिसलाई दिइनेछ, अनि त्यो पुस्तकका वचनहरू उसले बुझाउनेछ, जुन वचनहरू धुलोमा अल्छी गर्नेहरूकाको हो, अनि उसले ती वचनहरू अर्कालाई बुझाउनेछ।

१० तर ती छाप लगाएर बन्द गरिएका वचनहरू हस्तान्तरण गरिनेछैन, न त उहाँले पुस्तक नै हस्तान्तरण गर्नुहुनेछ। किनकि त्यो पुस्तक परमेश्वरको शक्तिद्वारा छाप लगाएर बन्द गरिएको हो, अनि बन्द गरिएको त्यो प्रकाश परमप्रभुको आफ्नो समयसम्म लुकाइनेछ, कि ती अघि आउन सकून्; किनकि हेर, तिनीहरूले संसारको उत्पत्तिदेखि त्यसको अन्त्यसम्मका सबै कुराहरू प्रकट गर्छन्।

११ अनि त्यो दिन आउनेछ कि त्यो पुस्तकका छाप लगाएर बन्द गरिएका वचनहरू घरका धुरीहरूबाट पढिनेछन् अनि तिनीहरू ख्रीष्टका शक्तिद्वारा पढिनेछन्; अनि मानिसका छोराछोरीहरूमाझ भएका अनि पृथ्वीको अन्त्यसम्ममा समेत हुने सबै कुराहरू मानिसका छोराछोरीहरूसामु प्रकट गरिनेछ।

१२ यसकारण, जसलाई मैले दिन्छु भनेर बोलेकोछु उसलाई त्यो पुस्तक दिने दिनमा, त्यो पुस्तक संसारको आँखाहरूबाट लुकाइनेछ, कि, परमेश्वरको शक्तिद्वारा, जसलाई त्यो पुस्तक दिएको हो ऊ बाहेक देख्ने तीन साक्षीहरू बाहेक कसैले पनि यसलाई देख्ने छैनन्; अनि तिनीहरूले यस पुस्तक र त्यसमा भएका कुराहरूको सत्यताको गवाही दिनेछन्।

१३ अनि मानिसका छोराछोरीहरूसामु उहाँको वचनको गवाही दिन, परमेश्वरको इच्छाअनुसारका हेर्ने केही बाहेक, अरु कसैले पनि देख्ने छैनन्; किनकि परमप्रभु परमेश्वरले भन्नु भएको छ कि आस्थावान्‌का वचनहरू मृतकहरूबाट आएकोजस्तै गरी बोल्नेछन्।

१४ यसकारण, परमप्रभु परमेश्वर त्यो पुस्तकका वचनहरू अगाडि ल्याउन थाल्नुहुनेछ; अनि उहाँका वचनहरू प्रमाणित गर्न जति शाक्षीहरूको मुखमा उहाँले असल ठहऱ्याउनु हुन्छ, अनि धिक्कार छ उसलाई जसले परमेश्वरका वचनलाई अस्वीकार गर्दछ।

१५ तर हेर, यस्तो हुन जानेछ कि परमप्रभु परमेश्वरले भन्नुहुनेछ उसलाई जसलाई उहाँले त्यो पुस्तक हस्तान्तरण गर्नु भएको थियो: यी वचनहरू जुन छाप लगाएर बन्द गरिएका छैनन् अर्का सामु लैजाऊ, कि उसले शिक्षितसामु देखाउन सकोस्, यसो भन्दै: यो पढिदिनुहोस्, म बिन्ती गर्छु। अनि त्यो शिक्षितले भन्नेछ: त्यो पुस्तक यहाँ ल्याऊ, अनि म त्यसलाई पढ़नेछु।

१६ अनि अब, संसारको महिमा र फाइदा पाउनका निम्ति उनीहरूले त्यसो भन्ने छन्, अनि परमेश्वरको महिमाको निम्ति होइन।

१७ अनि त्यो मानिसले भन्नेछ: म त्यो पुस्तक ल्याउन सक्दिनँ, किनकि यो छाप लगाएर बन्द गरिएको छ।

१८ अनि त्यो शिक्षितले भन्नेछ: म पढ्न सक्दिनँ।

१९ यसकारण यस्तो हुन जानेछ, कि परमप्रभु परमेश्वरले त्यो पुस्तक र त्यसका वचनहरू अशिक्षितलाई दिनुहुनेछ; अनि अशिक्षित त्यो मानिसले भन्नेछ: म शिक्षित छैनँ।

२० तब परमप्रभु परमेश्वरले उसलाई भन्नुहुनेछ: ती शिक्षितहरूले पढ्ने छैनन्, किनकि तिनीहरूले यी अस्वीकार गरेका छन्; अनि म आफ्नो कार्य आफैँ गर्न समर्थ छु; यसकारण मैले तिमीलाई दिने वचनहरू तिमी पढ्ने छौ।

२१ छाप लगाएर बन्द गरिएका कुराहरू नछोऊ, किनकि म तिनीहरूलाई आफ्नै समयमा अगाडि ल्याउनेछु; किनकि म मानिसका छोराछोरीहरूलाई देखाउनेछु कि म मेरो कार्य आफैँ गर्न समर्थ छु।

२२ यसकारण, जब तिमीले मैले आज्ञा दिएका वचनहरू पढ्दछौ, अनि मैले वाचा गरेकाको साक्षी प्राप्त गर्दछौ, तब यो पुस्तकलाई फेरि छाप लगाएर बन्द गर्नेछौ, अनि ममा लुकाउनेछौ, कि मानिसका छोराछोरीहरूसामु सबै कुराहरू प्रकट गर्न मेरो ज्ञानअनुसार मैले योग्य नठहऱ्याइन्जेलसम्म मैले तिमीले नपढेका वचनहरू जोगाउन सकूँ।

२३ किनकि हेर, म परमेश्वर हुँ; अनि म आश्चर्यकर्महरूको परमेश्वर हुँ; अनि म संसारलाई देखाउने छु कि म हिजो, आज, अनि सदासर्वदा उस्तै छु; अनि म उनीहरूको आस्थाअनुसार बाहेक मानिसका छोराछोरीहरूमाझ कार्य गर्दिनँ।

२४ अनि फेरि यस्तो हुन जानेछ कि परमप्रभु यी दिइएका वचनहरू पढ्नेहरूसामु भन्नुहुनेछ कि:

२५ जहाँसम्म यी जन मुखले म नजिक हुन्छन् र ओठले मेरो सम्मान गर्दछन्, तर तिनीहरूले आफ्ना हृदयहरूलाई मबाट टाढा लगेकाछन र तिनीहरूको म प्रतिको डर मानिसहरूले सिकाएको शिक्षाअनुसार छ—

२६ त्यसकारण, म एक विस्मयकारी कार्य गर्नेछु, हो एक उदेकमाथि उदेकको काम, किनकि तिनीहरूको बुद्धिमानी र शिक्षितको ज्ञान नासिनेछ, अनि तिनीहरूको विवेकीको सुझबुझ लोपहुनेछ।

२७ अनि धिक्कार छ त्यसलाई जसले परमप्रभुको सल्लाहलाई गहिरो कुनामा लुकाउन खोज्दछ! अनि उनीहरूको कार्यहरू अन्धकारमा छन्; अनि उनीहरू भन्दछन्: हामीलाई कसले देख्छ, अनि कसले हामीलाई जान्दछ? अनि उनीहरू यसो पनि भन्दछन्: निश्चय नै, तिमीहरूको कुराहरूको ऊल्टाई-पल्टाई कुमालेको माटो जस्तै ठान्दछौ। तर हेर, म उनीहरूलाई देखाउनेछु, सैन्यहरूको अधिपति भन्नुहुन्छ, कि उनीहरूको काम सबै मलाई थाहा छ। किनकि के बनाइएको चिजले बनाउनेलाई मलाई तिमीले बनाएको होइन भन्ने? अथवा के शरीर पाउनेले शरीर दिनेलाई, उसले केही जान्दैन भन्ने?

२८ तर हेर, सैन्यहरूका अधिपति भन्नुहुन्छ: म मानिसका छोराछोरीलाई देखाउनेछु कि अझै एकक्षण बाँकी छ अनि लेबनानलाई एक मलिलो खेतमा परिणत गरिनेछ; अनि एक मलिलो खेतलाई जङ्गल ठानिनेछ।

२९ अनि त्यो दिनमा बहिराहरूले त्यो पुस्तकका वचनहरू सुन्नेछन्, अनि अन्धाहरूका आँखाहरूले अस्पष्टता र अन्धकारमा देख्नेछन्।

३० अनि विनयी पनि बढ्नेछन्, अनि तिनीहरूको आनन्द परमप्रभुमा हुनेछ, अनि मानिसहरू बीचका गरिब इस्राएलका पवित्र उहाँमा खुशी हुनेछन्।

३१ किनकि विश्वासका साथ जसरी परमप्रभु जीवित हुनहुन्छ त्यसरी उनीहरूले देख्नेछन् कि भयानक एकलाई तुच्छतामा ल्याइनेछ, अनि अवहेलना गर्नेलाई नाश गरिनेछ, अनि दुष्टताको बाटो हेर्नेहरूलाई अलग्याइनेछ;

३२ अनि उनीहरू जो मानिसलाई एक वचनका निमित्त फँसाउछन्, अनि द्वारमा गालि गर्नेहरूलाई जाल बन्दछन्, अनि न्यायिकलाई तुच्छ बनाउदछन्।

३३ त्यसकारण, याकूबको घरानाका बारेमा अब्राहामलाई उद्दार गर्ने परमप्रभू यसो भन्नुहुन्छ: याकूब अब लज्जित हुनुपर्दैन, न त उनको अनुहार पहेंलो हुनेछ।

३४ तर जब उनले उनको माझमा उनका सन्तानहरू, मेरा हातहरूका कामलाई देख्नेछन्, उनीहरूले मेरो नाउँलाई पवित्र पार्नेछन्, अनि याकूबका पवित्र एकलाई पवित्र पार्नेछन्, इस्राएलका परमेश्वरको भय मान्नेछन्।

३५ उनीहरू जो आत्मामा गल्ती गरेका छन् उनीहरू ज्ञानमा आउनेछन्, अनि गनागनाउनेहरूले सिद्धान्त सिक्नेछन्।