धर्मशास्त्रहरू
मोसीयाह ६


अध्याय ६

बेन्यामिन राजाले जनका नाउँहरूको अभिलेख राख्छन् र उनीहरूलाई सिकाउन पादरीहरूको नियुक्त गर्छन्—मोसीयाह धर्मी राजाका रुपमा शासन गर्छन्। लगभग ई.पू. १२४–१२१।

अनि अब, बेन्यामिन राजाले सोचे यो उचित थियो, मानिसहरूसामु बोली सकेपछि, कि उनले परमेश्वरसँग उहाँका आज्ञाहरू पालना गर्ने करारमा प्रवेश गरेका ती सबैका नाउँहरू लेख्नुपर्दछ।

अनि यस्तो हुन गयो कि त्यहाँ साना बालबालिकाहरू बाहेक एक जीवात्मा थिएन, जसले करारमा प्रवेश गरेका थिएनन् र ख्रीष्टको नाउँ उनीहरूमाथि ग्रहण गरेका थिएनन्।

अनि फेरि, यस्तो हुन गयो कि जब बेन्यामिन राजाले यी कुराहरू सबैको अन्त्य गरे पछि र आफ्नो छोरा मोसीयाहलाई उनका जनको शासक र राजा हुन अभिषेक गरेपछि र अधिराज्यका बारेमा सबै जिम्मेवारी दिएपछि र जनलाई सिकाउन पादरीहरूको नियुक्ति गरेपछि पनि, कि उनीहरूले परमेश्वरका आज्ञाहरू सुन्न र जान्न सकून्, अनि त्यसकारण उनीहरूले गरेका शपथको सम्झनामा उनीहरूलाई घच्घच्याउनका लागि, उनले भीडलाई विदा गरे, अनि उनीहरू फर्के, प्रत्येक, आफ्नो परिवारहरूअनुसार, उनीहरूका आफ्नै घरहरूमा।

अनि मोसीयाह उनका पिताका सट्टामा राज्य गर्न प्रारम्भ गरे। अनि उनले उनको उमेरको तिसौँ वर्षमा राज्य गर्न प्रारम्भ गरे, पूरा बनाउँदै, लहीले यरुशलेम छाडेको समय देखि लगभग चार सय र छहत्तर वर्ष।

अनि बेन्यामिन राजा तीन वर्ष बाँचे र उनी मरे।

अनि यस्तो हुन गयो कि मोसीयाहले परमप्रभुका मार्गहरूमा हिँडे, अनि उहाँका न्यायहरू र उहाँका कानुनहरू पालना गरे, सबै कुराहरूमा उहाँका आज्ञाहरू पालना गरे जे उहाँले उनीहरूलाई आज्ञा दिनुभयो।

अनि मोसीयाह राजाले उनका जनलाई अह्राए कि उनीहरूले जमिनमा खेती गर्नु पर्दछ। अनि उनी, आफैँले पनि, पृथ्वीमा खेती गरे, कि जसबाट उनी उनका जनका लागि बोझ नबनून्, कि उनले उनका पिताले सबै कुराहरूमा गरेअनुसार गरून्। अनि त्यहाँ तीन वर्षको अन्तरालका लागि उनका जनमाझ कुनै कलह भएन।