धर्मशास्त्रहरू
मोसीयाह ४


अध्याय ४

बेन्यामिन राजाले आफ्नो सम्बोधन जारि राख्छन्—प्रायश्चितका कारण मुक्ति आउँदछ—बचाइनलाई परमेश्वरमा विश्वास गर—आस्थापुर्णता मार्फत् तिमीहरूका पापहरूका एक छुट्कारा राख—आफ्नो सम्पत्ति गरिबलाई बाँड—सबै कुराहरू वुद्धि र क्रममा गर। लगभग ई.पू. १२४।

अनि अब, यस्तो हुन गयो कि जब बेन्यामिन राजाले परमप्रभुका स्वर्गदूतले उनलाई हस्तान्तरण गरेका वचनहरू बोल्न अन्त्य गरेका थिए, कि उनले हुलहरूमाथि उनका आँखा डुलाए, अनि हेर, उनीहरू जमिनमा ढलेका थिए, किनकि परमप्रभुप्रतिको भय उनीहरूमा आएको थियो।

अनि उनीहरूले उनीहरू आफैँलाई पापमय अवस्थामा, पृथ्वीको धुलो भन्दा पनि कम देखेका थिए। अनि उनीहरू सबै एक आवाजमा ठूलो स्वरले यसो भन्दै कराए: हे कृपा होस्, अनि ख्रीष्टको प्रायश्चित्तको रगत लगाऔँ कि हामीहरू हाम्रा पापहरूबाट क्षमा प्राप्त गर्न सकौँ, अनि हाम्रा हृदयहरू शुद्ध पारियून्; किनकि मानिसका छोराछोरीहरूमाझ तल आउनुहुने र स्वर्ग र पृथ्वीको सृष्टि गर्नु हुने परमेश्वरका पुत्र येशू ख्रीष्टमा हामी विश्वास गर्दछौँ।

अनि यस्तो हुन गयो कि उनीहरूले यी वचनहरू बोलिसकेपछि परमप्रभुको आत्मा उनीहरूमाथि आयो र आफ्ना पापहरूबाट छुट्कारा प्राप्त गरेकाले, अनि बेन्यामिन राजाले उनीहरूसामु बोलेका वचनहरूअनुसार आउनुहुने येशू ख्रीष्टमाथिको उनीहरूमा भएको अधिक आस्थाका कारण शान्तिपुर्ण चेतना पाएकाले उनीहरू आनन्दले भरिएका थिए।

अनि बेन्यामिन राजाले फेरि उनको मुख खोले र यसो भन्दै उनीहरूसामु बोल्न थाले: मेरा मित्रहरू अनि मेरा बन्धुहरू, मेरा कुटुम्ब र मेरा जन, म तिमीहरूको ध्यान आर्कषण गर्न चाहन्छु, कि तिमीहरूले मैले तिमीहरूसामु बोल्ने बाँकी वचनहरू सुन्न अनि बुझ्न सक।

किनकि हेर, यदि तिमीहरूलाई परमेश्वरको कृपाको ज्ञानले यस समयमा तिमीहरूका शून्यता, अनि तिमीहरूका मूल्यविहीनता, अनि पतित अवस्थाको चेतना प्रति व्यूँझाएको छ भने—

म तिमिहरूसामु भन्दछु, यदि तिमीहरू परमेश्वरको कृपाको, अनि उहाँको अतुलनीय क्षमताको, अनि उहाँको विवेकको, अनि उहाँको धीरताको, अनि उहाँका मानिसका छोराछोरी प्रतिका सहनशीलताको ज्ञानमा आएका छौ भने; अनि प्रायश्चित्त पनि, जुन संसारको उत्पत्ति देखि तयार गरिएको थियो, कि त्यसबाट उसमा मुक्ति आओस् कि परमप्रभुमा उसले भरोसा राख्नु पर्दछ, अनि उहाँको आज्ञा पालना गर्नमा लगनशील हुन पर्दछ, अनि उसको जीवन, मेरो अर्थ यो मरणशील शरीरको जीवनको अन्त्यसम्म समेत आस्थामा निरन्तर रहनु पर्दछ—

म भन्दछु, कि यो त्यो मानिस हो जसले, आदमको पतनदेखि आएका, अनि अहिले आइरहेका, अथवा संसारको अन्त्यसम्म समेत आउने सबै मानव जातिका निम्ति संसारको उत्पत्तिदेखि तयार गरिएको प्रायश्चित्तमार्फत् मुक्ति प्राप्त गर्दछ।

अनि यो नै त्यो माध्यम हो जसबाट मुक्ति आउँछ। अनि जसका बारेमा बोलिएको छ त्यसबाहेक अर्को त्यस्तो मुक्ति छैन; न त मैले तिमीलाई भनेका सर्तहरू बाहेक अरु सर्तहरू नै छन् जसबाट मानिसलाई बचाउन सकिन्छ।

परमेश्वरमा विश्वास गर; विश्वास गर कि उहाँ हुनुहुन्छ; अनि कि दुबै स्वर्ग र पृथ्वीमा, भएका सवै कुराहरूको उहाँले सृष्टि गर्नुभएको हो; विश्वास गर कि उहाँमा स्वर्ग र पृथ्वी दुबैमा रहेका सबै विवेक र सबै शक्ति छन्; विश्वास गर कि मानिसले परमेश्वरले बुझ्न सक्ने सबै कुराहरू बुझ्दैनन्।

१० अनि फेरि, विश्वास गर कि तिमीले आफ्ना पापहरूको पश्चात्ताप गर्नुपर्छ अनि तिनीहरूलाई त्याग्नु पर्दछ र परमेश्वरअगाडि विनम्र हुनुपर्दछ; अनि हार्दिक हृदयकासाथ अनुरोध गर कि उहाँले क्षमा दिनुहुनेछ; अनि अब, यदि तिमीहरूले यी सबै कुराहरूमा विश्वास गर्छौ भने तिमीहरूले यो हेर कि तिमीहरूले ती गर्दछौ।

११ अनि फेरि म तिमीहरूलाई पहिले भनेजस्तै भन्न चाहन्छु, कि जसरी तिमीहरू परमेश्वरको महिमाको ज्ञानमा आएका छौ, अथवा यदि तिमीहरूले उहाँको कृपा थाहापाएका छौ अनि उहाँको माया चाखेका छौ, अनि तिम्रा पापहरूबाट छुट्कारा प्राप्त गरेका छौ, जसले तिम्रो जीवात्मामा त्यस्तो अत्यन्त आनन्द दिन्छ, यतिसम्म म चाहन्छु कि तिमीहरूले, परमेश्वरको महानता, अनि तिम्रो आफ्नो शून्यता, अनि उहाँको कृपा र तिमी, अयोग्य प्राणिहरू प्रतिको, धैर्यलाई सम्झ, सदैव सम्झनामा राख, अनि दैनिक परमप्रभुको नाउँमा बोलाउँदै, कटिबद्धताका साथ स्वर्गदूतका मुखबाट भविष्यमा आउनहुन्छ भनी भनिएका उहाँप्रतिको विश्वासमा खडा हुँदै विनम्रताको गहिराइहरूमा नम्र होऊ।

१२ अनि हेर, म तिमीहरूसामु भन्दछु कि यदि तिमीहरूले यी गऱ्यौ भने तिमीहरू सदैव खुशी हुनेछौ, अनि परमेश्वरको मायाले भरिइनेछौ, अनि तिमीहरूका पापहरूबाट छुट्कारा सदैव पाउनेछौ; अनि तिमीहरू तिमीहरूलाई सृष्टि गर्नेको महिमामा, अथवा सही र सत्यको ज्ञानमा बढ्नेछौ।

१३ अनि तिमीहरू एक अर्कालाई हानी गर्ने विचार गर्नेछैनौ, तर शान्तिपूर्वक जिउने, अनि प्रत्येक मानिसलाई उसको भाग जे हो सोहीअनुसार प्रदान गर्ने विचार गर्नेछौ।

१४ अनि तिमीहरूले सहनेछैनौ कि तिमीहरूका छोराछोरीहरू भोका, अथवा नाङ्गा हुन जाऊन्; न त तिमीहरूले सहने नै छौ कि तिनीहरूले परमेश्वरको व्यवस्थाको उल्लङ्घन गरून्, अनि एक अर्काबीच लडाइँ र झगडा गरून्, अनि दुष्टको सेवा गरून्, जो पापको मालिक हो, अथवा जुन सैतान आत्मा हो जसका बारेमा हाम्रा पितापुर्खाहरुद्वारा बोलिएका छन्, ऊ सबै धार्मिकताको शत्रु हो।

१५ तर तिमीहरूले उनीहरूलाई सत्यताका र गम्भीरताका मार्गहरूमा हिँड्न सिकाउनेछौ; तिमीहरूले उनीहरूलाई एक अर्कालाई माया गर्न र एक अर्काको सेवा गर्न सिकाउनेछौ।

१६ अनि यो पनि, तिमीहरू आफैँले तिमीहरूको सहायताको आवश्यकतामा परेकाहरूलाई सहायता गर्नेछौ; तिमीहरू आवश्यकतामा परेका उनीहरूलाई आफ्ना सम्पत्ति प्रदान गर्नेछौ; अनि तिमीहरू सहनेछैनौ कि मगन्तेले तिमीहरूसामु गरेको बिन्ती व्यर्थमा नहोस् र नाश हुनको लागि उसलाई नलखेट।

१७ सम्भवत: तिमीले भन्नेछौ: त्यो मानिसले आफ्नो दु:ख आफैँमाथि ल्याएको हो; त्यसकारण म मेरो हात रोक्नेछु र मेरो खाना उसलाई दिनेछैन, न त म मेरो सम्पत्ति उसलाई दिनेछु कि उसले सहन नपरोस्, किनकि उसका सजायहरू न्यायोचित छन्—

१८ तर म तिमीहरूलाई भन्दछु, हे मानिस, जसले यो गर्दछ उससँग पश्चाताप गर्ने महान् कारण छ; अनि उसले आफूले गरेकाको पश्चात्ताप गरेन भने ऊ सदासर्वदाका लागि विनाश हुन्छ; अनि परमेश्वरको राज्यमा उसका निम्ति कुनै स्थान छैन।

१९ किनकि हेर, के हामी सबै मगन्ते होइनौँ र? हामीसँग भएको सबै सम्पत्तिका निम्ति, खाना र वस्त्र दुबैका निम्ति र सुनका निम्ति र चाँदीका निम्ति, अनि हामीसँग भएका हरेक किसिमका सबै धनहरूका निम्ति उही व्यक्तिमा, परमेश्वरमा समेत, के हामी सबै भर पर्दैनौँ?

२० अनि हेर, यो समयमा समेत, तिमीहरू उहाँको नाउँमा पुकार गरिरहेका छौ, अनि तिमीहरूका पापहरूको छुट्काराका निम्ति मागिरहेका छौ। अनि के उहाँले सहनुभएको छ कि तिमीहरूले व्यर्थमा मागेका छौ? छैन, उहाँले आफ्नो आत्मा तिमीहरूमाथि खन्याउनु भएको छ र अह्राउनु भएको छ कि तिमीहरूका हृदयहरू आनन्दले भरिनुपर्दछ र अह्राउनुभएको छ कि तिमीहरूका मुखहरू बन्द हुनुपर्दछ कि तिमीहरूले उच्चारण गर्न सक्दैनौ, तिमीहरूको आनन्द यति अति नै धेरै थियो।

२१ अनि अब, यदि परमेश्वरले, जसले तिमीहरूको सृष्टि गर्नुभयो, जसमा तिमीहरू तिमीहरूका जीवनहरूका निम्ति र तिमीहरूसँग जे छ र तिमीहरू जे हौ सबैका निम्ति भर पर्दछौ, तिमीहरूले आस्थामा प्राप्त गर्नेछु भन्ने विश्वासमा मागेका कुनै पनि सही कुरा परमेश्वरले तिमीहरूलाई दिनुहुन्छ भने, हे त्यसो भए, तिमीहरूले कसरी तिमीहरूसँग भएको सम्पत्ति एक अर्कालाई बाड्नुपर्छ होला।

२२ अनि यदि तिमीहरूले ऊ नाश नहोस् भनेर तिमीहरूको सम्पत्तिको लागि बिन्ती गर्ने मानिसलाई मूल्याङ्कन गर्छौ र उसलाई दोषी ठहर्र्याउँछौ भने, तिमीहरूले आफ्नो सम्पत्ति रोक्दा तिमीहरूको तिरस्कार अझ कति बढी न्यायोचित हुनेछ, जुन तिमीहरूको मातहतमा छैन तर परमेश्वरकोमा छ, जसको मातहतमा तिमीहरूको जीवन पनि छ, अनि तैपनि तिमीहरूले कुनै बिन्ती चढाउँदैनौ, न त तिमीहरूले गरेको कुराको पश्चात्ताप नै गर्छौ।

२३ म तिमीहरूलाई भन्छु, धिक्कार छ त्यो मानिसलाई, किनकि उसको सम्पत्ति उससँग नाश हुनेछ; अनि अब, म यी कुराहरू उनीहरूलाई भन्छु जो यो संसारका कुराहरूको सरोकारमा धनी छन्।

२४ अनि फेरि, म गरिबसामु भन्दछु, तिमीहरू जससँग छैन र तैपनि पर्याप्त छ, कि तिमीहरू दिनदिनै रहन्छौ, मेरो अर्थ तिमीहरू सबै जसले मगन्तेहरूको अस्वीकार गर्छौ, किनभने तिमीहरूसँग छैन; म चाहान्छु कि तिमीहरूले आफ्ना हृदयहरूमा भन कि: म दिन्नँ किनभने मसँग छैनँ, तर यदि मसँग भएको भए म दिने थिएँ।

२५ अनि अब, यदि तिमीहरूले तिमीहरूका हृदयहरूमा यो भन्दछौ भने तिमीहरू निर्दोष रहन्छौ, अन्यथा तिमीहरूलाई दोषी ठहऱ्याइन्छ; अनि तिम्रो तिरस्कार न्यायोचित छ किनकि तिमीहरूले त्यसको लोभ लालचा गर्छौ जुन तिमीहरूले प्राप्त गरेका छैनौ।

२६ अनि अब, मैले तिमीहरूसामु बोलेका यी कुराहरूका निमित्त—त्यो हो, तिमीहरूका दिन दिनैका पापहरूबाटको एक छुटकारा राख्नका निमित्त, कि तिमीहरू परमेश्वरअगाडि निर्दोष हिँड्न सक—म चाहान्छु कि तिमीहरू, प्रत्येक मानिसले आफूसँग भएअनुसार, जस्तै भोकालाई खुवाउन, नाङ्गालाई लगाउन, बिरामीलाई भेट्न र उनीहरूको राहतका लागि सेवा गर्न, आत्मिक र सांसारिक दुबै, उनीहरूका चाहानाहरूअनुसार, आफ्नो सम्पत्ति गरिबलाई बाँड।

२७ अनि देख कि यी सबै कुराहरू वुद्धिमा र क्रममा होओस्; किनकि यो आवश्यक छैन कि एउटा मानिस ऊसँग भएको बल भन्दा छिटो दौड़ोस्। अनि फेरि, यो उचित छ कि ऊ लगनशील होओस्, कि त्यसबाट उसले पुरस्कार जित्न सकोस्; त्यसकारण, सबै कुराहरू व्यवस्थित तरिकाले गरिनुपर्छ।

२८ अनि म चाहान्छु कि तिमीहरूले सम्झनुपर्छ, कि तिमीहरूमध्ये जसले आफ्नो छिमेकीबाट सापटी लिएका छौ सापटी लिएको त्यो कुरा फर्काउनुपर्छ, उसले मन्जुरी गरेअनुसार, अन्यथा तिमीले पाप गर्नेछौ; अनि सम्भवत: तिमीले तिम्रो छिमेकीलाई पनि पाप गर्न लगाउनेछौ।

२९ अनि अन्त्यमा, म तिमीहरूलाई सबै कुराहरू भन्न सक्दिनँ जसबाट तिमीहरू पाप गर्न सक्छौ; किनकि त्यहाँ थरिथरिका बाटाहरू र माध्यमहरू छन्; यति धेरै समेत कि म तिनीहरूलाई गणना गर्न सक्दिनँ।

३० तर यति म तिमीहरूलाई भन्न सक्छु, कि यदि तिमीहरूले आफ्नो र आफ्ना विचारहरूको र आफ्ना वचनहरूको र आफ्ना कार्यहरूको ख्याल गरेनौ र परमेश्वरका आज्ञाहरू पालना गरेनौ भने र तिमीहरूका जीवनहरूका अन्त्यसम्म समेत, हाम्रा परमप्रभुको आगमनका बारेमा तिमीहरूले जे सुनेका छौ तिनका आस्थामा निरन्तर रहेनौ भने, तिमीहरूको नाश हुनु पर्दछ। अनि अब, हे मानिस, सम्झ, अनि नास नहोऊ।