धर्मशास्त्रहरू
मोसीयाह २७


अध्याय २७

मोसीयाहले सताउन निषेध गर्छन् र समान हुन आदेश दिन्छन्—कान्छो अल्मा र मोसीयाहका चार छोराहरू चर्चको विनाश गर्न खोज्दछन्—एक स्वर्गदूत देखापर्छन् र उनीहरूलाई उनीहरूको दुष्ट बाटो रोक्न आज्ञा दिन्छन्—अल्मालाई लाटो बनाइन्छ—मुक्ति पाउन सबै मानवजाति पुन: जन्मनु पर्दछ—अल्मा र मोसीयाहका छोराहरू खुशीको समाचार घोषणा गर्दछन्। लगभग ई.पू. १००–९२।

अनि अब यस्तो हुन गयो कि त्यो सतावट जुन अविश्वासीहरूले चर्चमाथि दिएका थिए, त्यो यति ठूलो भयो कि चर्चले गनगनाउन र उनीहरूका अगुवाहरूसामु यस विषयका बारेमा गुनासो गर्न थाले; र उनीहरूले अल्मासामु गुनासो गरे। अनि अल्माले त्यो मुद्धालाई मोसीयाह राजाअगाडि राखे। अनि मोसीयाह राजाले उनका पादरीहरूसँग सल्लाह गरे।

अनि यस्तो हुन गयो कि मोसीयाह राजाले वरिपरिका भूमिभरि एक घोषणा पठाए कि त्यहाँ कुनै अविश्वासीले परमेश्वरको चर्चका मातहतका कसैलाई पनि सताउन हुँदैन।

अनि त्यहाँ सबै चर्चहरूभरि कठोर आज्ञा थियो कि त्यहाँ उनीहरूमाझ कुनै सताई हुनुहुँदैन, कि त्यहाँ सबै मानिसहरूमाझ समानता हुनुपर्दछ।

कि उनीहरूले घमण्ड र शेखीलाई उनीहरूको शान्ति विथोल्न दिनुहुँदैन; कि प्रत्येक मानिसले उसको छिमेकीलाई आफूजस्तै ठान्नुपर्दछ, आफ्नो जीविकाको लागि आफ्नै हातले परिश्रम गर्दै।

हो, अनि उनीहरूका सबै पादरीहरू र शिक्षकहरूले उनीहरूका जीविकाको लागि उनीहरूका आफ्नै हातहरूले परिश्रम गर्नुपर्दछ, बिरामी भएको, अथवा धेरै आवश्यकतामा भएको बेलामा बाहेक सबै अवस्थाहरूमा; अनि यी कुराहरू गर्दा, उनीहरूलाई परमेश्वरको अनुग्रह अझ बढ्यो।

अनि भूमिमा पुन: धेरै शान्ति हुन थाल्यो; अनि मानिसहरू धेरै अनगिन्ती हुन थाले र पृथ्वीको सतहमाथि सर्वत्र यत्रतत्र छरिन थाले, हो, उत्तरमा र दक्षिणमा, पूर्वमा र पश्चिममा, भूमिको सबै भागहरूमा ठूला सहरहरू र गाउँहरूको निर्माण गरेर।

अनि परमप्रभुले उनीहरूलाई भेट्नु भयो र उनीहरूको उन्नति गराउनुभयो, अनि उनीहरू सङ्ख्यामा विशाल र धनी जन बने।

अब मोसीयाहका छोराहरू अविश्वासीहरूमाझ गनिएका थिए; र अल्माका छोराहरूमध्ये एक पनि उनीहरूमाझ गनिएको थियो, उसलाई उसको पिताको जस्तै अल्मा भनिन्थ्यो; तैपनि, ऊ एक धेरै दुष्ट र मूर्तिपूजक मानिस बन्यो। अनि ऊ धेरै वचनहरूको मानिस थियो र जनसामु धेरै चाप्लुसी बोल्यो; त्यसकारण उसले जनमध्ये धेरैलाई उसका दुष्ट्याइँहरू अनुसार गर्न अगुवाइ गऱ्यो।

अनि ऊ चर्चको उन्नतिको लागि एक महान् बाधक बन्यो; जनका हृदयहरूलाई चोरेर, जनमाझ फाटाहरू उत्पन्न गराएर; परमेश्वरको शत्रुलाई जनमाथि उसको अधिकार अभ्यास गर्ने अवसर दिएर।

१० अनि अब यस्तो हुन गयो कि जब ऊ चर्चको विनाश गर्न गइरहेको थियो, किनकि ऊ गोपनीयतापूर्वक मोसीयाहका छोराहरूकासाथ चर्चको विनाश गर्न र परमप्रभुका जनलाई, परमेश्वरका, अथवा राजाका समेत आज्ञाहरू विपरीत, भ्रष्ट पथमा अगुवाइ गर्न गयो—

११ अनि जसरी मैले तिमीहरूसामु भने, जब उनीहरू परमेश्वरका विरुद्ध विद्रोह गर्दै गइरहेका थिए, हेर, परमप्रभुका स्वर्गदूत उनीहरूसामु देखा परे र उनी बादलमा झैँ अवतरण गरे; अनि उनले चट्यांगको आवाजमा झैं बोले, जुनले उनीहरू खडा भएको पृथ्वीलाई कमायो।

१२ अनि उनीहरूको आश्चर्य यति महान् थियो, कि उनीहरू जमिनमा ढले र उनले उनीहरूसामु बोलेका वचनहरू बुझेनन्।

१३ तैपनि उनी पुन: कराए, यसो भन्दै: अल्मा, उठ र खडा होऊ, किन तिमी परमेश्वरको चर्चलाई सताउँछौ? किनकि परमप्रभुले भन्नुभएको छ: यो मेरो चर्च हो र म यसको स्थापना गर्नेछु र मेरा जनको उल्लङ्घनले बाहेक कसैले पनि यसलाई हराउन सक्दैन।

१४ अनि फेरि, स्वर्गदूतले भने: हेर, परमप्रभुले उहाँका जनको र उहाँका सेवक, अल्मा जो तिम्रा पिता हुन, उनीहरूका प्रार्थनाहरू सुन्नुभएको छ; किनकि उनले धेरै आस्थाका साथ तिम्रा बारेमा प्रार्थना गरेका छन् कि तिमीलाई सत्यताको ज्ञानमा ल्याउन सकियोस्; त्यसकारण, किनकि तिमीलाई परमेश्वरको शक्ति र अधिकारका बारेमा विश्वास दिलाउने यो प्रयोजनको निम्ति म आएको हुँ, कि उनीहरूको आस्थाअनुसार उहाँका सेवकहरूका प्रार्थनाहरूको उत्तर मिलोस्।

१५ अनि अब हेर, के तिमी परमेश्वरको शक्तिको बारेमा विवाद गर्न सक्छौ? किनकि हेर, के मेरो आवाजले पृथ्वी कामेको छैन? अनि के तिमीहरूले मलाई पनि आफूअगाडि देख्न सक्दैनौ? अनि म परमेश्वरबाट पठाइएको हुँ।

१६ अब म तिम्रोसामु भन्दछु: जाऊ र हेलामको भूमिमा र नफीको भूमिमा तिम्रा पितापुर्खाहरुको बन्धनलाई सम्झ; अनि सम्झ उहाँले तिमीहरूका निम्ति कति महान् कुराहरू गर्नुभएको छ; किनकि उनीहरू दासत्वमा थिए र उहाँले उनीहरूलाई मुक्त गर्नुभएको छ। अनि अब म तिमीसामु भन्दछु, अल्मा, तिम्रो बाटो जाऊ र चर्चको अरु विनाश गर्न नखोज, कि उनीहरूका प्रार्थनाहरूको उत्तर मिलोस् र यो यदि तिमीले आफैँलाई निकाला गर्न चाहे पनि।

१७ अनि अब यस्तो हुन गयो कि स्वर्गदूतले अल्मासामु बोलेका वचनहरू यी थिए, अनि उनी प्रस्थान गरे।

१८ अनि अब अल्मा र उनीसँग भएका सबै पृथ्वीमा ढले, किनकि उनीहरूको आश्चर्य महान् थियो; किनकि उनीहरूका आफ्नै आँखाहरूले उनीहरूले परमप्रभुका स्वर्गदूतलाई देखेका थिए; र उनको आवाज चट्याङजस्तो थियो, जुनले पृथ्वीलाई हल्लायो; अनि उनीहरूलाई थाहा थियो कि परमेश्वरको शक्तिबाहेक कसैले पनि पृथ्वीलाई हल्लाउन सक्दैनथ्यो र यसलाई टुक्रा-टुक्रामा विभाजित हुनेगरी कँपाउन सक्दैनथ्यो।

१९ अनि अब अल्माको आश्चर्य यति महान् थियो कि उनी लाटा बने, कि उनले आफ्नो मुख खोल्न सकेनन्; हो, अनि उनी कमजोर बने, यतिसमेत कि उनले आफ्नो हातहरू चलाउन सकेनन्; त्यसकारण उनको साथमा भएकाहरूद्वारा उनलाई लगियो र उनका पिताअगाडि उनलाई नसुताइन्जेलसम्म समेत नि:सहाय बोकियो।

२० अनि उनीहरूले उनका पितासामु उनीहरूलाई भएका सबै वर्णन गरे; अनि उनका पिता धेरै खुशी भए, किनकि उनलाई थाहा थियो कि यो परमेश्वरको शक्ति थियो।

२१ अनि उनले एक भिडलाई एकसाथ जम्मा हुन अह्राए कि उनीहरूले परमप्रभुले उनका छोरालाई र उनका साथमा भएकाहरूलाई पनि के गर्नुभएको छ भनी उनीहरू साक्षी बन्न सकून्।

२२ अनि उनले अह्राए कि पादरीहरू आफैँ एकसाथ भेला हुनुपर्दछ; र उनीहरूले उपवास बस्न र परमप्रभु उनीहरूका परमेश्वरसामु प्रार्थना गर्न थाले कि उहाँले अल्माको मुख खोलिदिनुहुनेछ, कि उनले बोल्न सकून् र उनका हातखुट्टाहरूले पनि शक्ति पाउन सकून्—कि परमेश्वरको कृपा र महिमा देख्न र थाहा पाउन जनका आँखाहरू खोलिऊन्।

२३ अनि यस्तो हुन गयो कि उनीहरूले दुई दिन र दुई रातको अन्तरालसम्म प्रार्थना गरे र उपवास बसेपछि, अल्माका हातखुट्टाहरूले शक्ति प्राप्त गरे र उनी खडा भए र उनीहरूसामु बोल्न थाले, सान्त्वना लिन अनुरोध गर्दै।

२४ किनकि, उनले भने, मैले पापहरूको पश्चात्ताप गरेको छु र परमप्रभुद्वारा उद्धार गरिएको छु; हेर म आत्माद्वारा जन्माइएको छु।

२५ अनि परमप्रभुले मेरासामु भन्नुभयो: अचम्म नमान, हो, महिलाहरू र पुरुषहरू, सबै राष्ट्रहरू, कुटुम्बहरू, भाषाहरू र जन, पुन: जन्मनु पर्छ; हो, परमेश्वरबाट जन्मनु, उनीहरूको पापमय र पतित अवस्थाबाट, धर्मिक अवस्थामा परिवर्तित हुन पर्दछ, परमेश्वरबाट उद्धार गरिँदै, उहाँका छोराहरू र छोरीहरू बन्दै।

२६ अनि यसरी उनीहरू नया सृष्टिहरू बने; अनि उनीहरूले यसो नगरेमा, उनीहरूले कुनै पनि हालतमा परमेश्वरको अधिराज्य रिक्थ प्राप्त गर्न सक्दैनन्।

२७ म तिमीहरूसामु भन्दछु, यो अवस्था नभएमा, उनीहरूको निकाला गरिनुपर्दछ, अनि यो मलाई थाहा छ, किनभने मलाई निकाला गरिन लागिएको थियो।

२८ तैपनि धेरै विपत्ति हुँदै यात्रा गरेपछि, मृत्यु नजिकसम्म पश्चात्ताप गर्दै, परमप्रभुले कृपामा मलाई एक चीरस्थायी ज्वालाबाट फुत्काउन योग्य देख्नुभयो र म परमेश्वरबाट जन्माइएको छु।

२९ मेरो जीवात्मा तिक्तता र अधर्मको बन्धनबाट उद्धार गरिएको छ। म एक अन्धकारको अतलमा थिएँ; तर अब म परमेश्वरको विस्मयकारी प्रकाश देख्दछु। मेरो जीवात्मा अनन्त पीडाका साथ यातनामा सताइएको थियो, तर मलाई फुत्काइयो र मेरो जीवात्मा अरु पीडित छैन।

३० मैले मेरो उद्धारकर्तालाई अस्वीकार गरेँ र मेरा पितापुर्खाहरुले बोलेका वचनहरूलाई अस्वीकार गरें; तर अब कि उनीहरूले देखेका छन् कि उहाँ आउनुहुनेछ र उहाँले सृष्टि गरेका आफ्नो प्रत्येक प्राणीलाई सम्झनु हुनेछ, उहाँले आफैँलाई सबैसामु प्रकट गर्नुहुनेछ।

३१ हो, प्रत्येक घुँडा निहुरिनेछन्, अनि प्रत्येक जिब्राले उहाँअगाडि स्वीकार्ने छन्। हो, त्यो अन्तिम दिनमा समेत, जब सबै मानिसहरू उहाँबाट न्याय पाउन खडा हुनेछन्, तब उनीहरूले स्वीकार्ने छन् कि उहाँ परमेश्वर हुनुहुन्छ; तब उनीहरूले स्वीकार्ने छन्, जो संसारमा परमेश्वरबिना जिउँदछन्, कि उनीहरूमाथि चीरस्थायी सजायको न्याय न्यायोचित छ; र उनीहरू काँप्ने छन् र थर्थराउनेछन् र उहाँका सबैतिर खोज्ने आँखाको नजरमुनि खुम्चिने छन्।

३२ अनि अब यस्तो हुन गयो कि अल्मा र स्वर्गदूत उनीसामु देखापरेको समयमा अल्मासँग भएकाहरूले, यस समयदेखि अगाडि, वरिपरिको सबै भूमिमार्फत् यात्रा गर्दै, उनीहरूले सुनेका र देखेका कुराहरू प्रकाशित गर्दै, धेरै विपत्तिमा परमेश्वरका वचनको प्रचार गर्दै, अविश्वासीहरूद्वारा धेरै सताइँदै, उनीहरूमध्ये धेरैद्वारा प्रहारित हुँदै जनलाई सिकाउन थाले।

३३ तर यो सबै हुँदाहुँदै, उनीहरूको आस्थाको पुष्टि गर्दै र परमेश्वरका आज्ञाहरू पालना गर्नमा धीरता र कष्टका साथ प्रोत्साहित गर्दै उनीहरूले चर्चमा धेरै सान्त्वना दिए।

३४ अनि उनीहरूमध्ये चार मोसीयाहका छोराहरू थिए; र उनीहरूको नाउँहरू अम्मोन र हारुन र ओम्नेर र हिम्नी थिए; यी मोसीयाहका छोराहरूका नाउँहरू थिए।

३५ अनि, उनीहरूले चर्चमा गरेका सबै हानीहरूको उत्साहपूर्वक उद्धार गर्ने प्रयत्न गर्दै, उनीहरूका सबै पापहरू स्वीकार्दै र उनीहरूले देखेका सबै कुराहरूको प्रकाशन गर्दै र उनीहरूलाई सुन्न चाहानेहरूलाई अगमवाणीहरू र धर्मशास्त्रहरूको व्याख्या गर्दै जरहेम्लाको भूमिभरि र मोसीयाह राजाका शासनमुनी भएका सबै जनमाझ उनीहरूले यात्रा गरे।

३६ अनि यसरी उनीहरू धेरैलाई सत्यताको ज्ञानमा ल्याउन, हो, उनीहरूको उद्धारकर्ताको ज्ञानमा ल्याउन परमेश्वरको हातहरूको औजार बने।

३७ अनि उनीहरू कति आशीषित छन्! किनकि उनीहरूले शान्ति प्रकाशन गरे; उनीहरूले सुभ-समाचार प्रकाशन गरे; र उनीहरूले जनसामु घोषणा गरे कि परमप्रभु शासन गर्नुहुन्छ।