धर्मशास्त्रहरू
एतेर १


एतेरको पुस्तक

येरेदीहरूको अभिलेख, लिम्हीका जनले मोसियाह राजाका दिनहरूमा भेट्टाएका चौबीस पाताहरूबाट लिएको।

अध्याय १

मोरोनीले एतेरको लेखाइलाई संक्षेपीकरण गर्छन्—एतेरको वंशावली दिइन्छ—येरेदीहरूको भाषालाई बेबिलोनको धरहरामा खलबल्याउनु भएन—परमप्रभुले उनीहरूलाई एक उत्तम भूमितिर अगुवाइ गर्न र उनीहरूलाई महान् राष्ट्र बनाउन वाचा गर्नुहुन्छ।

अनि अब म, मोरोनी, ती प्राचीन बासिन्दाहरूको विवरण दिन अघि बढ्दछु जसलाई परमप्रभुका हातद्वारा यो उत्तर प्रदेशको सतहमाथि विनाश गरिएका थिए।

अनि मैले मेरो विवरण ती चौबीस पाताहरूबाट लिएँ जुन लिम्हीका जनद्वारा पत्ता लगाइएका थिए, जसलाई एतेरको पुस्तक भनिन्छ

अनि किनभने म अनुमान गर्दछु कि यो अभिलेखको पहिलो भाग, जसले संसारको सृष्टिका बारेमा र हारूनका बारेमा पनि र त्यससमयदेखि महान् धरहराको समयसम्मको एक विवरण र त्यस समयसम्म मानिसका छोराछोरीहरूमाझ जे कुराहरूभए ती बोल्दछ, त्यो यहूदीहरूमाझ रहेको छ—

त्यसकारण म ती कुराहरू लेख्दिनँ जुन आदमको समयदेखि त्यस समयसम्म भए; तर ती पाताहरूमा छन् र जसले ती पाउँछ, सोहीसँग शक्ति हुनेछ ताकि उसले पूर्ण विवरण पाउन सक्नेछ।

तर हेर, म पूरा विवरण दिन्नँ, तर धरहरादेखि उनीहरूको विनाश नभएसम्मको एक भागको विवरण म दिन्छु।

अनि यस तरिकाले म विवरण दिन्छु। जसले यो अभिलेख लेखे उनी एतेर थिए र उनी कोरियान्तोरका सन्तति थिए।

कोरियान्तोर मोरोनका पुत्र थिए।

अनि मोरोन एथेमका पुत्र थिए।

अनि एथेम आहाहका पुत्र थिए।

१० अनि आहाह शेतका पुत्र थिए।

११ अनि शेत शिब्लोनका पुत्र थिए।

१२ अनि शिब्लोन कोमका पुत्र थिए।

१३ अनि कोम कोरियान्तुमका पुत्र थिए।

१४ अनि कोरियान्तुम अम्निगद्दाहका पुत्र थिए।

१५ अनि अम्निगद्दाह हारूनका पुत्र थिए

१६ अनि हारून हितिका सन्तति थिए, जो हेर्थोमका पुत्र थिए।

१७ अनि हेर्थोम लीबका पुत्र थिए।

१८ अनि लीब कीशका पुत्र थिए।

१९ अनि कीश कोरोमका पुत्र थिए।

२० अनि कोरोम लेवीका पुत्र थिए।

२१ अनि लेवी कीमका पुत्र थिए।

२२ अनि कीम मोरियान्तोनका पुत्र थिए।

२३ अनि मोरियान्तोन रिप्लाकिशका सन्तति थिए।

२४ अनि रिप्लाकिश शेजका पुत्र थिए।

२५ अनि शेज हितिका पुत्र थिए।

२६ अनि हिति कोमका पुत्र थिए।

२७ अनि कोम कोरियान्तुमका पुत्र थिए।

२८ अनि कोरियान्तुम एमेरका पुत्र थिए।

२९ अनि एमेर ओमरका पुत्र थिए।

३० अनि ओमर शूलका पुत्र थिए।

३१ अनि शूल कीबका पुत्र थिए।

३२ अनि कीब ओरीहाहका पुत्र थिए, जो येरेदका पुत्र थिए;

३३ जुन येरेद आफ्ना दाजु र उनका परिवारसँग, केही अरु र उनीहरूका परिवारसँग, महान् धरहरादेखि, परमप्रभुले जनलाई भाषामा खलबल्याउनु भएको र उहाँको क्रोधमा उनीहरू पृथ्वीको सम्पूर्ण सतहमा तितर-बितर हुनुपर्दछ भनी कसम खानुभएको समयमा अघि आए; र परमप्रभुका वचनअनुसार जन तितर-बितर भए।

३४ अनि येरेदका दाजु एक महान् र शक्तिशाली मानिस र परमप्रभुको धेरै कृपा पाएका मानिस भएको हुनाले, येरेद, उनका भाइले उनीसामु भने: परमप्रभुसामु पुकार, कि उहाँले हामीलाई खलबल्याउनु हुनेछैन ताकि हामीले हाम्रा वचनहरू बुझ्न नसकौँ।

३५ अनि यस्तो हुन गयो कि येरेदका दाजुले परमप्रभुसामु पुकारे र परमप्रभुको येरेदमाथि सहानुभूति भयो; त्यसकारण उहाँले येरेदको भाषालाई खलबल्याउनु भएन; र येरेद र उनका दाजु खलाबलिएनन्।

३६ तब येरेदले आफ्ना दाजुसँग भने: परमप्रभुकहाँ फेरि पुकार र यो होस् कि उहाँले आफ्नो क्रोध उनीहरूबाट त्याग्नुहोस् जो हाम्रा मित्रहरू हुन्, ताकि उहाँले उनीहरूको भाषा खलबल्याउनु हुन्न।

३७ अनि यस्तो हुन गयो कि येरेदका दाजुले परमप्रभुसामु फेरि पुकारे र परमप्रभुको उनीहरूका मित्रहरूमाथि र तिनीहरूका परिवारहरूमाथि पनि सहानुभूति भयो, ताकि उनीहरूलाई खलबल्याइएन।

३८ अनि यस्तो हुन गयो कि येरेदले उनका दाजुसामु फेरि बोले, यसो भन्दै: जाऊ र परमप्रभुसँग सोधखोज गर कि उहाँले हामीलाई यो भूमिबाट भगाउनुहुन्छ र यदि हामीलाई उहाँले यो भूमिबाट भगाउनुहुन्छ भने, उहाँकहाँ आवाज उठाऊ हामी कहाँ जानुपर्छ। अनि कसलाई थाहा छ तर परमप्रभुले हामीलाई त्यस भूमिमा लानुहुनेछ जुन सम्पूर्ण पृथ्वीको सबभन्दा उत्तम छ? अनि यदि त्यसो भए, हामी परमप्रभुमा आस्थावान् होऔँ, ताकि हामीले त्यस भूमि रिक्थका निम्ति प्राप्त गर्न सकौँ।

३९ अनि यस्तो हुन गयो कि येरेदका दाजुले त्यसअनुसार परमप्रभुसामु पुकारे जुन येरेदको मुखबाट बोलिएको थियो।

४० अनि यस्तो हुन गयो कि परमप्रभुले येरेदका दाजुलाई सुन्नुभयो र उनीमाथि सहानुभूति राख्नुभयो र उनलाई भन्नुभयो:

४१ जाऊ र आफ्ना बथान, प्रत्येकको भाले र पोथी दुबै लाई एकसाथ जम्मा गर; र पृथ्वीका हरेक किसिमका बीउहरू पनि; र आफ्ना परिवारहरू; र तिम्रो भाइ येरेद र उनका परिवार पनि; र तिम्रा मित्रहरू र उनीहरूका परिवार पनि र येरेदका मित्रहरू र उनीहरूका परिवारहरूलाई पनि।

४२ अनि जब तिमीले यो गरिसकेका छौ तिमी उनीहरूको अगाडि त्यो उपत्यका तिर तल जानु जुन उत्तरतर्फ छ। अनि त्यहाँ म तिमीलाई भेट्नेछु र म तिमी अगाडि एक भूमितिर जानेछु जुन पृथ्वीका सम्पूर्ण भूमिहरू मध्ये सबभन्दा उत्तम छ।

४३ अनि म त्यहाँ तिमीलाई र तिम्रा सन्ततिलाई आशीषित गर्नेछु र मेरा लागि तिम्रा सन्ततिबाट र तिम्रा भाइ र उनीहरू जो तिमीसँग जानेछन् उनीहरूबाट एउटा महान् राष्ट्र उठाउनेछु। अनि त्यहाँ पृथ्वीको सतहमाथि त्यो राष्ट्रभन्दा महान् अरु कुनै हुनेछैनन् जुन मैले तिम्रा सन्ततिबाट मेरा निम्ति उठाउनेछु। अनि यसरी म तिम्रा निम्ति गर्नेछु किनभने यति लामो समयसम्म तिमीले मेरासामु बिन्ती गरेका छौ।