धर्मशास्त्रहरू
एतेर २


अध्याय २

येरेदीहरूले प्रतिज्ञाको भूमितिरको उनीहरूको यात्राका निम्ति तयारी गर्छन्—यो एक उत्तम भूमि हो जहाँ मानिसले ख्रीष्टको सेवा गर्नुपर्छ अन्यथा उनीहरूलाई बढारिनेछ—परमप्रभु येरेदका दाजुसँग तीन घण्टा कुरा गर्नुहुन्छ—येरेदीहरूले प्रमोदडुङ्गाहरू बनाउँछन्—परमप्रभुले येरेदका दाजुलाई कसरी प्रमोदडुङ्गाहरूलाई प्रकाश दिने भनी प्रस्ताव गर्न अनुरोध गर्नुहुन्छ।

अनि यस्तो हुन गयो कि येरेद र उनका दाजु र उनका परिवारहरू र येरेदका मित्रहरू पनि र उनका दाजु र उनीहरूका परिवारहरू, त्यस उपत्यकातिर तल गए जुन उत्तरतर्फ थियो, (र उपत्यकाको नाउँ निम्रोद थियो, शक्तिशाली सिकारीको नाउँबाट बोलाइएकाले) उनीहरूका वथानहरूका साथ जुन उनीहरूले एक साथ जम्मा गरेका थिए, भाले र पोथी, प्रत्येक किसिमका।

अनि उनीहरूले जालहरू पनि थापे र आकाशका चराहरूलाई समाते; र उनीहरूले एक भाँडो पनि तयार गरे, जसमा उनीहरूले पानीका माछा उनीहरूसँग लगे।

अनि उनीहरूले डेसेरेट पनि आफूसँग लगे, जुन भाषान्तरणअनुसार मह पार्ने मौरी हो; र यसरी उनीहरूले आफूसँग मौरीका झुण्डहरू र सबै प्रकारका ती जुन भूमिको सतहमाथि भएका, प्रत्येक किसिमका बीउहरू लगे।

अनि यस्तो हुन गयो कि जब उनीहरू निम्रोदको उपत्यकामा तल आएका थिए परमप्रभु तल आउनुभयो र येरेदका दाजुसँग कुरा गर्नुभयो; र उहाँ वादलमा हुनुहुन्थ्यो र येरेदका दाजुले उहाँलाई देखेनन्।

अनि यस्तो हुन गयो कि परमप्रभुले उनीहरूलाई आज्ञा दिनुभयो कि उनीहरू उजाड स्थानतिर अघि जानुपर्छ, हो, त्यस भागतिर जहाँ मानिसहरू कहिल्यै गएका थिएनन्। अनि यस्तो हुन गयो कि परमप्रभु उनीहरूअगाडि जानुभयो र उनीहरूसँग कुरा गर्नुभयो जब उहाँ बादलमा खडा हुनुहुन्थ्यो र उनीहरू कहाँ यात्रा गर्नुपर्छ भनी निर्देशन दिनुभयो।

अनि यस्तो हुन गयो कि उनीहरूले उजाड स्थानमा यात्रा गरे र प्रमोदडुङ्गाहरू बनाए, जुनमा उनीहरूले अथाह पानीलाई पारगरे, परमप्रभुका हातद्वारा निरन्तररुपमा निर्देशित भएकाले।

अनि परमप्रभुले सहनुभएन कि उनीहरू उजाड स्थानको समुन्द्रभन्दा पर रोकिनुपर्दछ, तर उहाँले चाहानुभयो कि उनीहरू प्रतिज्ञाको भूमिसम्म समेत अगाडि आउनुपर्दछ, जुन अन्य सबै भूमिहरूभन्दा उत्तम थियो, जुन परमप्रभु परमेश्वरले धर्मी जनका निम्ति संरक्षण गर्नुभएको थियो।

अनि उहाँले आफ्नो क्रोधमा येरेदका दाजुसँग कसम खानुभएको थियो, कि जसले यो प्रतिज्ञाको भूमि स्वामित्वमा लिन्छ, त्यस समयदेखि उपरान्त र सदासर्वदाका निम्ति, साँचो र एकमात्र परमेश्वर उहाँलाई सेवा गर्नुपर्दछ, अन्यथा उनीहरूलाई बढारिनेछ जब उहाँको क्रोधको पूर्णता उनीहरूमाथि आउनेछ।

अनि अब, हामीले यो भूमिका बारेमा परमेश्वरको उर्दी हेर्न सक्छौं, कि यो एउटा प्रतिज्ञाको भूमि हो र जुन राष्ट्रले यसलाई स्वामित्वमा लिनेछ उनीहरूले परमेश्वरलाई सेवा गर्नेछन्, अन्यथा उनीहरूलाई बढारिनेछ जब उहाँको क्रोधको परिपूर्णता उनीहरूमाथि आउनेछ। अनि उहाँको क्रोधको पूर्णता उनीहरूमाथि आउनेछ जब उनीहरू दुष्टतामा पाक्छन्।

१० किनकि हेर, यो एक भूमि हो जुन अन्य सबै भूमिहरूभन्दा उत्तम भूमि हो; यसकारण जसले यसलाई स्वामित्वमा लिन्छ उसले परमेश्वरको सेवा गर्नेछ अन्यथा बढारिनेछ; किनकि यो परमेश्वरको चीरस्थायी उर्दी हो। अनि यो भूमिका छोराछोरीहरूमाझ दुष्टताको पूर्णता नआइन्जेल होइन, कि उनीहरूलाई बढारिनेछ।

११ अनि यो तिमीहरूसामु आउँछ, हे तिमी गैह्र-यहूदीहरू, कि तिमीहरूले परमेश्वरका उर्दीहरू थाहा पाउन सक—कि तिमीहरूले पश्चात्ताप गर्न सक र पूर्णता नआइन्जेल आफ्ना दुष्टताहरूमा निरन्तर नबस, कि तिमीहरूले परमेश्वरको क्रोधको पराकाष्ठा आफूमाथि नल्याऊ जसरी भूमिका बासिन्दाहरूले अहिलेसम्म गरेका छन्।

१२ हेर, यो एक उत्तम भूमि हो र जुन राष्ट्रले यसलाई स्वामित्वमा लिन्छ ऊ दासत्व र बन्धनबाट र स्वर्गमुनिका सबै राष्ट्रहरूबाट स्वतन्त्र हुनेछ यदि उनीहरूले भूमिका ती परमेश्वरलाई सेवा गरे भने जुन येशू ख्रीष्ट हुनुहुन्छ, जसलाई ती कुराहरूद्वारा प्रकट गरिएको छ जुन हामीले लेखेका छौँ।

१३ अनि अब हेर म मेरो अभिलेखमा अगाडि बढ्छु; किनकि हेर, यस्तो हुन गयो कि परमप्रभुले येरेद र उनका बन्धुहरूलाई त्यो महासमुद्रमा समेत अगाडि ल्याउनुभयो जुनले भूमिहरूलाई विभाजन गर्दछ। अनि जब उनीहरू त्यो समुन्द्रमा आए उनीहरूले आफ्ना पालहरू टाँगे; र उनीहरूले त्यो स्थानको नाउँ मोरियान्कुमेर राखे; र उनीहरू पालहरूमा बास गरे र चार वर्षको अन्तरालसम्म समुद्रको किनारमा पालहरूमा बास गरे।

१४ अनि चार वर्षको अन्त्यमा यस्तो हुन गयो कि परमप्रभु येरेदका दाजुसामु फेरि आउनुभयो र बादलमा खडा हुनुभयो र उनीसँग कुरा गर्नुभयो। अनि तीन घण्टाको अन्तरालसम्म परमप्रभुले येरेदका दाजुसँग कुरा गर्नुभयो र उनलाई ताडना दिनुभयो किनभने उनले परमप्रभुको नाउँमा पुकार्न सम्झेनन्।

१५ अनि येरेदका दाजुले ती दुष्कर्मको पश्चात्ताप गरे जुन उनले गरेका थिए र आफ्ना ती बन्धुहरूका निम्ति परमप्रभुका नाउँमा पुकारे जो उनीसँग थिए। अनि परमप्रभुले उनलाई भन्नुभयो: म तिमीलाई र तिम्रा बन्धुहरूलाई उनीहरूका पापहरूको क्षमा दिन्छु; तर तिमीहरूले अरु पापहरू नगर्नू, किनकि तिमीहरूले सम्झनेछौ कि मेरो आत्मा मानिससँग सँधैँ हुनेछैन; यसकारण, यदि तिमीहरूले आफू पापमा पूरै नपाकिन्जेल पाप गर्नेछौ भने तिमीहरू परमप्रभुको उपस्थितिबाट अलग्याइनेछौ। अनि यी यो भूमिका बारेमा मेरा विचारहरू हुन् जुन म तिमीलाई तिम्रो रिक्थका निम्ति दिनेछु; किनकि यो एउटा अन्य भूमिहरूभन्दा उत्तम भूमि हुनेछ।

१६ अनि परमप्रभुले भन्नुभयो: काम गर्न र बनाउन जाऊ, ती प्रमोदडुङ्गाहरूअनुसार जुन तिमीहरूले अहिलेसम्म बनाएका छौ। अनि यस्तो हुन गयो कि येरेदका दाजु काम गर्न गए र उनका बन्धुहरू पनि र उनीहरूले बनाएका जस्तै, परमप्रभुका निर्देशनहरूअनुसार प्रमोदडुङ्गाहरू बनाए। अनि ती साना थिए र ती पानीमाथि हलुका थिए, पानीमाथिको एक चरा जस्तो समेत हलुका थिए।

१७ अनि ती त्यस प्रकारले बनाइएका थिए कि ती अत्यन्त कस्सिएका थिए, यतिसम्म कि तिनले थालमा जस्तै पानी लिन सक्थे; र तिनको पिँध थालको जस्तै कस्सिएको थियो; र पाटाहरू थालजस्तै कस्सिएका थिए; र तिनका अन्त्यहरू चुच्चा थिए; र तिनको टुप्पो थालजस्तै कस्सिएको थियो; र त्यसको लम्बाइ एउटा वृक्षको लम्बाइ थियो; र तिनको ढोका, जब बन्द हुँदा, थालजस्तै कस्सिएको थियो।

१८ अनि यस्तो हुन गयो कि येरेदका दाजुले परमप्रभुकहाँ कराए, यसो भन्दै: हे परमप्रभु, मैले ती कार्यहरू गरेकोछु जुन हजुरले मलाई आज्ञा दिनुभएको छ र मैले प्रमोदडुङ्गाहरू हजुरले दिएको निर्देशनअनुसार बनाएको छु।

१९ अनि हेर्नुहोस्, हे परमप्रभु, तिनमा कुनै प्रकाश छैन, हामीले यसलाई कहाँ लैजाने? अनि हाम्रो नाश हुनेछ, किनकि तिनमा हामीले सास फेर्न सक्दैनौँ, यो हावा बाहेक जुन तिनमा छ; त्यसकारण हामी नासिनेछौँ।

२० अनि परमप्रभुले येरेदका दाजुसामु भन्नुभयो: हेर, तिमीले टुप्पोमा र पिँधमा पनि एउटा प्वाल बनाऊ; र जब तिमीहरू हावाका निम्ति पीडित हुनेछौ तिमीले प्वाल खोल्नेछौ र हावा प्राप्त गर्नेछौ। अनि यस्तो भयो कि तिमीहरूमाथि पानी आयो भने, हेर, तिमीहरूले प्वाल बन्द गर्नेछौ, ताकि तिमीहरू बाढीमा ननासिय।

२१ अनि यस्तो हुन गयो कि येरेदका दाजुले परमप्रभुले आज्ञा दिएअनुसार गरे।

२२ अनि उनले परमप्रभुकहाँ यसो भन्दै फेरि आवाज उचाले: हे परमप्रभु, हेर्नुहोस् मैले हजुरले मलाई आज्ञा दिए जस्तै गरी समेत गरेको छु र मैले मेरा जनका निम्ति वाहकहरू तयार गरेकोछु र हेर्नुहोस् तिनमा कुनै प्रकाश छैन। हेर्नुहोस्, हे परमप्रभु, के हजुर हामी यी महान् पानी अन्धकारमा पार गरेको सहनुहुन्छ?

२३ अनि परमप्रभुले येरेदका दाजुलाई भन्नुभयो: तिमी के चाहान्छौ कि मैले गर्नुपर्दछ ताकि तिमीहरूका वाहकहरूमा तिमीहरूसँग प्रकाश होओस्? किनकि हेर, तिमीहरूसँग झ्यालहरू हुन सक्दैन, किनकि ती टुक्राहरूमा फुट्नेछन्; न त तिमीहरूले आफूसँग आगो लान सक्छौ, किनकि तिमीहरू आगाको प्रकाशबाट जानेछैनौ।

२४ किनकि हेर, तिमीहरू समुन्द्रकामाझमा एक व्हेलजस्तै हुनेछौ; किनकि पर्वत जात्रा छालहरूले तिमीहरूलाई हल्लाउनेछन्। तैपनि, म तिमीहरूलाई समुद्रको गहिराइबाट फेरि बाहिर ल्याउनेछु; किनकि मेरा मुखबाट हुरीहरू गएका छन् र वर्षाहरू र बाढीहरू पनि मैले पठाएकोछु।

२५ अनि हेर, मैले यी कुराहरूका निम्ति तिमीहरूलाई तयार गरेको छु; किनकि यदि मैले तिमीहरूलाई समुद्रका छाल र गैसकेका हुरी र आउने बाढीका निम्ति तयार नगरे तिमीहरूले यो महान् गहिराइ पार गर्न सक्दैनौ। त्यसकारण तिमी के चाहान्छौ कि मैले तिम्रा निम्ति तयार गर्नुपर्छ ताकि तिमीहरूसँग प्रकाश हुन सकोस् जब तिमीहरूलाई समुन्द्रको गहिराइमा निलिनेछ?