धर्मशास्त्रहरू
एतेर ९


अध्याय ९

अधिराज्य एकदेखि अर्कोसम्म वंशक्रम, षडयन्त्र र हत्याद्वारा हस्तान्तरण हुन्छ—एमेरले धार्मिकताका पुत्रलाई देखे—धेरै अगमवक्ताहरूले पश्चात्तापको घोषणा गर्छन्—अनिकाल र विषालु सर्पहरूले जनलाई सताउँछन्।

अनि अब म, मोरोनी मेरो अभिलेखका साथ अगाडि बढ्दछु। त्यसकारण, हेर, यस्तो हुन गयो कि अकिशका र उसका मित्रहरूका ती गोप्य गुटबन्दीहरूका कारण, हेर, उनीहरूले ओमरको अधिराज्यलाई हराए।

तैपनि, परमप्रभु ओमरमाथि र उनका छोराहरू र उनका छोरीहरूमाथि पनि कृपालु हुनुभयो जसले उनको विनाश खोजेनन्।

अनि परमप्रभुले सपनामा ओमरलाई सचेत गराउनुभयो कि उनले त्यस भूमिबाट बाहिर प्रस्थान गर्नुपर्छ; यसकारण ओमर उनका परिवार सहित त्यस भूमिबाट बाहिर प्रस्थान गरे र धेरै दिनहरूसम्म यात्रा गरे र आए र शिमको डाँडा हुँदै पारगरे र त्यो स्थानसम्म आए जहाँ नफीहरूको विनाश गरियो र त्यहाँदेखि पूर्वतर्फ र एक स्थानमा आए जसलाई अब्लोम भनिन्थ्यो, समुन्द्र किनारा नजिक र त्यहाँ उनले आफ्नो पाल र उनका छोराहरू र उनका छोरीहरूको पनि र येरेद र उसको परिवार बाहेक उनका सबै गृहस्थको पाल टाँगे।

अनि यस्तो हुन गयो कि येरेदलाई जनमाथि राज्याभिषेक गरियो, दुष्टताको हातद्वारा; र उसले अकिशलाई आफ्नी छोरी पत्नी बनाउन दियो।

अनि यस्तो हुन गयो कि अकिशले उसको ससुराको ज्यान लिन खोज्यो; र उसले तिनीहरूलाई प्रयोग गऱ्यो जसलाई उसले प्राचीनहरूका शपथद्वारा कसम खुवाएको थियो र उसले आफ्ना ससुराको टाउको प्राप्त गऱ्यो, जब आफ्ना जनलाई भेट्न उनी आफ्नो सिंहासनमा बसेका थिए।

किनकि यो दुष्टता र गोप्य समाज यस्तरी फैलिएको थियो कि यसले सम्पूर्ण जनका हृदयहरूलाई भ्रष्ट बनाएको थियो; त्यसकारण येरेदलाई उसको सिंहासनमाथि हत्या गरिएको थियो र अकिशले उसको सट्टामा शासन गरे।

अनि यस्तो हुन गयो कि अकिशले उसको छोराको ईर्ष्या गर्न थाल्यो, त्यसकारण उसले उनलाई कारागारमा बन्द गऱ्यो र ऊ नमरिन्जेलसम्म उसले थोरै खाना दिएर अथवा कुनै खाना नदिई आफ्नो छोरालाई राख्यो।

अनि अब उसको भाइ जसले मृत्यु सह्यो, (र उसको नाउँ निम्रा थियो) ऊ उसका पितादेखि रिसायो त्यस कुराका कारण जुन उसका पिताले उसका दाजुलाई गरेका थिए।

अनि यस्तो हुन गयो कि निम्राले मानिसहरूको एक सानो सङ्ख्या एक साथ भेला गरे र भूमिबाट बाहिर भागे र आए र ओमरसँग बास गरे।

१० अनि यस्तो हुन गयो कि अकिशले अरु छोराहरू जन्माए र उनीहरूले उससँग सबै प्रकारका दुष्टताहरू उसले चाहेअनुसार गर्न कसम खाएको हुँदाहुँदै पनि उनीहरूले जनको हृदयहरूलाई जिते।

११ अब अकिशका जन लाभका निम्ति इच्छुक थिए, जसरी अकिश पनि शक्तिका निम्ति इच्छुक थियो, यसकारण अकिशका छोराहरूले उनीहरूलाई पैसा दिए, जुन माध्यमद्वारा उनीहरूले जनका बढी भागलाई आफूहरूतिर ताने।

१२ अनि त्यहाँ अकिशका छोराहरू र अकिशका बीच युद्ध हुन थाल्यो, जुन धेरै वर्षको अन्तरालसम्म रह्यो, हो, लगभग अधिराज्यका सबै जनको विनाशसम्म, हो, सबै समेत, तीस आत्माहरू बाहेक र ती बाहेक जो ओमरको गृहस्थसँग भागे।

१३ यसकारण, ओमरलाई उनको रिक्थको भूमिमा फेरि पुनर्स्थापित गरियो।

१४ अनि यस्तो हुन गयो कि ओमर बूढा हुन थाले; तैपनि, उनको बूढो उमेरमा उनले एमेरलाई जन्माए; र उनले एमेरलाई उनको सट्टामा शासन गर्ने राजा बनाउन अभिषेक गरे।

१५ अनि त्यसपछि कि उनले एमेरलाई राजा हुन अभिषेक गरेका थिए उनले दुई वर्षको अन्तरालसम्म भूमिमा शान्ति देखे र उनी मरे, अन्त्यन्त धेरै दिनहरू देखेर, जुन दु:खले भरिएका थिए। अनि यस्तो भयो कि एमेरले उनको सट्टामा शासन गर्न थाले र उनका पिताका कदमहरू पछ्याए।

१६ अनि परमप्रभुले फेरि भूमिको श्राप हटाउन थाल्नुभयो र एमेरको गृहस्थले एमेरको शासनमुनि अत्यन्त उन्नति गर्न थाले; र बैसठ्ठी वर्षको अन्तरालमा उनीहरू अत्यन्त बलिया बनेका थिए, यतिसम्मकि उनीहरू अत्यन्त धनी बने—

१७ हरेक प्रकारका फल र अन्न र रेशम र मलमल र सुन र चाँदी र मूल्यवान् कुराहरू पाएर;

१८ अनि हरेक प्रकारका गाईवस्तु, गोरु र गाईहरू र भेडा र सुँगुर र बाख्राहरू र अरु धेरै किसिमका जनावरहरू पनि जुन मानिसको खानाका लागि उपयोगी थिए।

१९ अनि उनीहरूसँग घोडाहरू र गधाहरू थिए र त्यहाँ हात्तीहरू र कुरलोमहरू र कूममहरू थिए; जुनमध्ये सबै मानिसका निम्ति उपयोगी थिए र अझ विशेष गरी हात्तीहरू र कुरलोमहरू र कूममहरू।

२० अनि यसरी परमप्रभुले यो भूमिमाथि आफ्ना आशीषहरू खन्याउनुभयो, जुन अन्य भूमिहरूभन्दा उत्तम थियो र उहाँले आज्ञा दिनुभयो कि जसले यो भूमि स्वामित्वमा लिन्छ परमप्रभुका निम्ति स्वामित्वमा लिनुपर्नेछ, अन्यथा उनीहरूलाई विनाश गरिनेछ जब उनीहरू दुष्टतामा पाकिए; किनकि त्यस्तालाई, परमप्रभु भन्नुहुन्छ: म मेरो क्रोधको परिपूर्णता खन्याउनेछु।

२१ अनि एमेरले उनका सम्पूर्ण दिनहरूमा धार्मिकतामा न्यायको अभ्यास गरे र उनले धेरै छोराहरू र छोरीहरू जन्माए; र उनले कोरियान्तुमलाई जन्माए र उनले उनको सट्टामा शासन गर्न कोरियान्तुमलाई अभिषेक गरे।

२२ अनि उनले कोरियान्तुमलाई उनको सट्टामा शासन गर्न अभिषेक गरेपछि उनी चार वर्ष बाँचे र उनले भूमिमा शान्ति देखे; हो उनले धार्मिकताका पुत्रलाई समेत देखे र उनले उनका दिनमा खुशी मनाए र महिमा गरे; र उनी शान्तिमा मरे।

२३ अनि यस्तो हुन गयो कि कोरियान्तुम उनका पिताका कदमहरूमा हिँडे र धेरै शक्तिशाली सहरहरू बनाए र उनका सबै दिनहरूमा त्यो प्रशासन गरे कि जुन उनका जनका निम्ति असल थियो। अनि यस्तो हुन गयो कि उनी अत्यन्त बूढा नभइन्जेलसम्म पनि उनका कुनै छोराछोरीहरू भएनन्।

२४ अनि यस्तो हुन गयो कि उनकी पत्नी एकसय दुई वर्षकी भएर मरिन्। अनि यस्तो हुन गयो कि कोरियान्तुमले उनको बूढो उमेरमा एक भरखरकी महिलालाई पत्नी बनाए र छोराहरू र छोरीहरू जन्माए; किनकि उनी एक सय बयालीस वर्षको उमेरको नभइन्जेलसम्म बाँचे।

२५ अनि यस्तो हुन गयो कि उनले कोमलाई जन्माए र कोमले उनको सट्टामा शासन गरे; अनि उनले उनान्पचास वर्ष शासन गरे र हितिलाई जन्माए; र उनले अरु छोराहरू र छोरीहरू पनि जन्माए।

२६ अनि जन भूमिको सतहभरि फेरि फैलिएका थिए र भूमिको सतहमाथि फेरि अत्यन्त ठूलो दुष्टता हुन थाल्यो र हितिले आफ्ना पितालाई विनाश गर्न फेरि प्राचीनकालका गोप्य योजनाहरूलाई अँगाल्न थाले।

२७ अनि यस्तो हुन गयो कि उनले उनका पितालाई सत्ताच्युत गरे, किनकि उनले उनका पितालाई आफ्नै तरबारले बध गरे; र उनले उनको सट्टामा शासन गरे।

२८ अनि भूमिमा फेरि अगमवक्ताहरू आए, उनीहरूसामु पश्चात्तापको घोषणा गर्दै—कि उनीहरूले परमप्रभुको बाटो तयार गर्नुपर्दछ अन्यथा भूमिको सतहमाथि श्राप आउनेछ; हो, महान् अनिकाल आउनेछ, जसमा यदि उनीहरूले पश्चात्ताप नगरे उनीहरूको विनाश हुनेछ।

२९ तर जनले अगमवक्ताहरूका वचनहरूलाई विश्वास गरेनन्, तर उनीहरूले उनीहरूलाई निकाला गरे; र उनीहरूमध्ये केहीलाई खाडलहरूमा हाले र उनीहरूलाई नाश गर्न त्यहाँ छाडे। अनि यस्तो हुन गयो कि उनीहरूले यी सबै कुराहरू हिति राजाका आज्ञाअनुसार गरे।

३० अनि यस्तो हुन गयो कि भूमिमा महान् अभाव हुन थाल्यो र त्यो अभावका कारण बासिन्दाहरूको अत्यन्त छिटो विनाश हुन थाल्यो, किनकि पृथ्वीको सतहमा वर्षा भएन।

३१ अनि त्यहाँ विषालु सर्पहरू भूमिको सतहमाथि आए र धेरै जनलाई विषले डसेँ। अनि यस्तो हुन गयो कि उनीहरूका बथान ती विषालु सर्पहरूदेखि, दक्षिणतर्फको भूमितर्फ भाग्न थाले, जसलाई नफीहरूद्वारा जरहेम्ला भनिन्थ्यो।

३२ अनि यस्तो हुन गयो कि तीमध्ये धेरै थिए जुन बाटामा नाश भए; तैपनि, त्यहाँ केही थिए जुन दक्षिणतर्फको भूमिसम्म भागे।

३३ अनि यस्तो हुन गयो कि परमप्रभुले ती सर्पहरूलाई अह्राउनुभयो कि तिनले उनीहरूलाई अरु लखेट्नहुँदैन, तर कि तिनले बाटामा बारलगाउँनु पर्दछ कि जनले पार गर्न नसकून्, कि जसले पारगर्न प्रयास गर्दछ ऊ विषालु सर्पद्वारा ढालियोस्।

३४ अनि यस्तो हुन गयो कि जनले पशुहरूको बाटो पछ्याए र तिनका सिनोहरू खाए जुन बाटामा ढले, उनीहरूले ती सबै नखाइन्जेलसम्म। अब जब जनले देखे कि उनीहरूको विनाश हुनेभयो उनीहरूले आफ्ना दुष्टताहरूको पश्चात्ताप गर्न र परमप्रभुसामु पुकार्न थाले।

३५ अनि यस्तो हुन गयो कि जब उनीहरूले आफैँलाई परमप्रभुअगाडि पर्याप्त विनम्र बनाएका थिए परमप्रभुले पृथ्वीको सतहमा वर्षा पठाउनुभयो; र जन फेरि ब्युँझन थाले र उत्तर भेगहरूमा र वरिपरिका सबै भेगहरूमा फलहरू हुन थाले। अनि परमप्रभुले उनीहरूसामु उनीहरूलाई अनिकालबाट संरक्षण गर्नमा आफ्नो शक्ति देखाउनुभयो।