धर्मशास्त्रहरू
एतेर ५


अध्याय ५

तीन गवाहीहरू र यो कार्य आफैँ मोर्मोनको पुस्तकको सत्यताको गवाहीका रुपमा खडा हुनेछ।

अनि अब म, मोरोनीले ती वचनहरू लेखेको छु जुन मलाई आज्ञा दिइयो, मेरो स्मरणअनुसार र मैले तिमीलाई ती कुराहरू भनेको छु जुन मैले छाप लगाएर बन्द गरेकोछु; त्यसकारण ती नछोऊ कि तिमीहरूले रुपान्तरण गरौला; किनकि त्यो कुरा तिमीहरूलाई निषेधित गरिएको छ, त्यो समयमा बाहेक जब यो परमेश्वरमा ज्ञान हुनेछ।

अनि हेर, तिमीहरूले अवसर पाउला ताकि तिमीले ती पाताहरू तीसामु देखाउला जसले यो कार्यलाई अघि ल्याउन सहायता गर्नेछन्।

अनि ती तीन जनासामु परमेश्वरको शक्तिद्वारा देखाइनेछ; यसकारण उनीहरूले निश्चितताका साथ थाहा पाउनेछन् कि ती कुराहरू सत्य छन्।

अनि तीन गवाहीहरूको मुखमा यी कुराहरूको स्थापना गरिनेछ; र तीन जनाको गवाही र यो कार्य, जसमा परमेश्वरको र उहाँका वचनको शक्ति देखाइनेछ, जसका बारेमा पिता र पुत्र र पवित्र आत्मा गवाही दिनुहुन्छ—अनि यो सबै त्यो अन्तिम दिनमा संसारका विरुद्ध गवाहीका रुपमा खडा हुनेछन्।

अनि यस्तो भयो भने कि उनीहरूले पश्चात्ताप गर्छन् र पिताकहाँ येशूका नाउमा आउँछन्, उनीहरूलाईपरमेश्वरको अधिराज्य ग्रहण गरिनेछ।

अनि अब, यदि मसँग यी कुराहरूका निम्ति अधिकार नभए, तिमीहरूले मूल्याङ्कन गर; किनकि तिमीहरूले थाहा पाउनेछौ कि मसँग अधिकार छ जब तिमीहरूले मलाई देख्नेछौ र हामी अन्तिम दिनमा परमेश्वरअगाडि खडा हुनेछौँ। आमिन।