धर्मशास्त्रहरू
एतेर ७


अध्याय ७

ओरिहाहले धार्मिकतामा शासन गर्छन्—अतिक्रमण र कलहकामाझ, शूलका र कोहोरका विद्रोही अधिराज्यहरू स्थापित गरिन्छ—अगमवक्ताहरूले जनका दुष्टता र मूर्तिपूजालाई दोषी ठहऱ्याउँछन्, जसले त्यसपछि पश्चात्ताप गर्छन्।

अनि यस्तो हुन गयो कि ओरीहाहले उनका सबै दिनहरूमा भूमिमाथि न्यायको अभ्यास धार्मिकतामा गरे, जसका दिनहरू अत्यन्त धेरै थिए।

अनि उनले छोराहरू र छोरीहरू जन्माए; हो, उनले एकतीस जना जन्माए, जसमध्ये तेईस छोराहरू थिए।

अनि यस्तो हुन गयो कि उनले उनको बूढो उमेरमा कीबलाई पनि जन्माए। अनि यस्तो हुन गयो कि कीबले उनको सट्टामा शासन गरे; र कीबले कोरिहोरलाई जन्माए।

अनि जब कोरिहोर बत्तीस वर्षका थिए उनले उनका पिताका विरुद्ध विद्रोह गरे र गए र नेहोरको भूमिमा बास गरे; र उनले छोराहरू र छोरीहरू जन्माए र उनीहरू अत्यन्त सुन्दर भए; यसकारण कोरिहोरले धेरै जनलाई आफूतिर ताने।

अनि जब उनले एक सेना एकसाथ जम्मा गरेका थिए उनी मोरोनको भूमिमा आए जहाँ राजाले बास गर्थे र उनलाई बन्दी बनाए, जुनले येरेदका दाजुले उनीहरूलाई बन्धनमा ल्याइनेछ भनी भनेको भनाइ पूरा गऱ्यो।

अब मोरोनको भूमि, जहाँ राजाले बास गर्थे, त्यो भूमिनजिक थियो जसलाई नफीहरूद्वारा उजाड भनिन्थ्यो।

अनि यस्तो हुन गयो कि कीब बन्धनमा बास गरे र उनका जन उनका छोरा कोरिहोर मुनि बास गरे, उनी अत्यन्त बूढो नभइन्जेलसम्म; तैपनि कीबले उनको बूढो उमेरमा शूललाई जन्माए, जब उनी अझै बन्धनमा थिए।

अनि यस्तो हुन गयो कि शूल उनका दाजूसँग रिसाए; र शूल बलियो भए र मानिसको शक्तिमा शक्तिशाली भए; र न्यायमा पनि उनी शक्तिशाली थिए।

यसकारण, उनी एफ्राइम डाँडामा आए र उनले डाँडाबाट पगाले र तिनीहरूका निम्ति इस्पातबाट तरबारहरू बनाए जसलाई उनले आफूसँग तानेका थिए; र उनले तिनीहरूलाई तरबारहरूका साथ सजाएपछि उनी नेहोर सहरमा फर्के र उनका दाजु कोरिहोरसँग लडाइँ गरे, जुन माध्यमद्वारा उनले अधिराज्य प्राप्त गरे र उनका पिता कीबमाथि पुनर्स्थापना गरे।

१० अनि अब ती कुराहरूका कारण जुन शूलले गरेका थिए, उनका पिताले उनीमाथि अधिराज्य दिए; त्यसकारण उनले उनका पिताको सट्टामा शासन गर्न थाले।

११ अनि यस्तो हुन गयो कि उनले न्यायको अभ्यास धार्मिकतामा गरे; र उनले आफ्नो अधिराज्य भूमिको सम्पूर्ण सतहमा फैलाए; किनकि जन अति नै अनगिन्ती बनेका थिए।

१२ अनि यस्तो हुन गयो कि शूलले पनि धेरै छोराहरू र छोरीहरू जन्माए।

१३ अनि कोरिहोरले ती धेरै दुष्टताहरूको पश्चात्ताप गरे जुन उनले गरेका थिए; यसकारण शूलले उनलाई आफ्नो अधिराज्यमा शक्ति दिए।

१४ अनि यस्तो हुन गयो कि कोरिहोरका धेरै छोराहरू र छोरीहरू थिए। अनि कोरिहोरका छोराहरूमाझ एउटा थिए जसको नाउँ नोआ थियो।

१५ अनि यस्तो हुन गयो कि नोआले शूल राजा र आफ्ना पिता कोरिहोरका विरुद्ध विद्रोह गरे र उनको भाइ कोहोरलाई र उसका सबै दाजुभाइहरूलाई पनि र जनमध्ये धेरैलाई पनि ताने।

१६ अनि उनले शूल राजासँग लडाइँ गरे, जुनमा उनले उनीहरूको प्रथम रिक्थको भूमि प्राप्त गरे; र उनी भूमिको त्यो भागमाथि राजा बने।

१७ अनि यस्तो हुन गयो कि उनले फेरि शूल राजासँग लडाइँ गरे र उनले शूल राजालाई लगे र मोरोनमा बन्दी बनाएर लगे।

१८ अनि यस्तो हुन गयो जब उनले तिनलाई मृत्यु दिन लागेका थिए, शूलका छोराहरू लुकेर नोआको घरसम्म रातमा आए र उनको बध गरे र कारागारको ढोकालाई फुटाए र उनीहरूका पितालाई बाहिर ल्याए र तिनको आफ्नो अधिराज्यमा तिनको सिंहासनमाथि तिनलाई राखे।

१९ यसकारण, नोआका छोराहरूले उनको अधिराज्य उनका सट्टामा बनाए; तैपनि, उनीहरूले शूल राजामाथि अरु शक्ति पाउन सकेनन् र ती जन जुन शूल राजाका शासनमुनि थिए उनीहरूले अत्यन्त उन्नति गरे र महान् बने।

२० अनि देश विभाजित भयो; र त्यहाँ दुई अधिराज्यहरू थिए, शूलको अधिराज्य र नोआका छोरा कोहोरको अधिराज्य।

२१ अनि नोआका छोरा कोहोरले अह्राए कि उनका जनले शूलसँग लडाइँ गर्नुपर्दछ, जसमा शूलले उनीहरूलाई हराए र कोहोरको वध गरे।

२२ अनि अब कोहोरका एउटा छोरा थिए जसको नाउँ निम्रोद थियो; निम्रोदले शूललाई कोहोरको अधिराज्य दिए र उनले शूलका नजरमा कृपा पाए; यसकारण शूलले उनीमाथि महान् कृपा गरे र उनले शूलको अधिराज्यमा उनको इच्छाअनुसार गरे।

२३ अनि शूलको शासनकालमा जनमाझ अगमवक्ताहरू पनि आए, जो परमप्रभुबाट पठाइएका थिए, अगमवाणी गर्दै कि जनको दुष्टता र मूर्तिपूजाले भूमिमाथि श्राप ल्याइरहेको थियो र यदि उनीहरूले पश्चात्ताप नगरे उनीहरूको विनाश गरिनुपर्दछ।

२४ अनि यस्तो हुन गयो कि जनले अगमवक्ताहरूविरुद्ध विद्रोह गरे र उनीहरूको खिल्ली उडाए। अनि यस्तो हुन गयो कि शूल राजाले ती सबैका विरुद्ध न्यायको अभ्यास गरे जसले अगमवक्ताहरूका विरुद्ध निन्दा गरे।

२५ अनि उनले सम्पूर्ण भूमिभरि एक कानुन बनाए, जुनले अगमवक्ताहरूलाई शक्ति दियो कि उनीहरूले जहाँ चाहे त्यहीँ जान पाए; र यसकारणले जनलाई पश्चात्तापमा ल्याइयो।

२६ अनि किनभने जनले उनीहरूका दुष्टता र मूर्तिपूजाहरूको पश्चात्ताप गरे परमप्रभुले उनीहरूलाई जोगाउनुभयो र उनीहरूले भूमिमा फेरि उन्नति गर्न थाले। अनि यस्तो हुन गयो कि शूलले आफ्नो बूढो उमेरमा छोराहरू र छोरीहरू जन्माए।

२७ अनि शूलका दिनहरूमा अरु थप युद्धहरू भएनन्; र उनले ती महान् कुराहरू सम्झे जुन परमप्रभुले उनीहरूका पितापुर्खाहरुका निम्ति उनीहरूलाई ती गहिराइ पार गरेर प्रतिज्ञाको भूमिसम्म ल्याउनमा गर्नुभएको थियो; यसकारण उनले उनका सम्पूर्ण दिनहरूमा धार्मिकतामा न्यायको अभ्यास गरे।