धर्मशास्त्रहरू
एतेर ६


अध्याय ६

येरेदी प्रमोदडुङ्गाहरू हुरीद्वारा प्रतिज्ञाको भूमितिर हाँकिन्छन्—जनहरूले परमप्रभुलाई उहाँको कृपाका निम्ति जयजयकार गर्छन्—ओरीहाहलाई उनीहरूमाथि राजा नियुक्त गरिन्छ—येरेद र उनका दाजु मर्छन्।

अनि अब म, मोरनी, येरेद र उनका दाजुको अभिलेख दिनअगाडि बढ्छु।

किनकि यस्तो हुन गयो परमप्रभुले ती ढुङ्गाहरू तयार गर्नुभएपछि जुन येरेदका दाजुले पर्वतमा ल्याएका थिए, येरेदका दाजु पर्वतबाट तल आए र उनले ती ढुङ्गाहरू वाहकहरूमा राखे जुन तयार गरिएको थियो, तिनको प्रत्येक अन्त्यमा; र हेर, तिनले वाहकमा प्रकाश दिए।

अनि यसरी परमप्रभुले अन्धकारमा ढुङ्गाहरू चम्कन, मानिसहरू, आइमाईहरू र बालबालिकाहरूसामु प्रकाश दिन अह्राउनुभयो, ताकि उनीहरूले अन्धकारमा त्यो अथाह पानी पार गर्न नपरोस्।

अनि यस्तो हुन गयो कि जब उनीहरूले हरेक प्रकारका खाना तयार गरेका थिए, कि जसबाट उनीहरूले पानीमाथि निर्वाह गर्न सकून् र उनीहरूका बथान र झुण्डहरूलाई र जे जन्तु अथवा जनावर र चरा उनीहरूले आफूसँग लग्नुपर्छ तिनलाई खाना पनि—अनि यस्तो हुन गयो कि जब उनीहरूले यी सबै कुराहरू गरेका थिए उनीहरू आफ्ना वाहकहरूमा अथवा प्रमोदडुङ्गाहरूमा चढे र समुन्द्रमा अघि बढे, आफैँलाई परमप्रभु आफ्ना परमेश्वरसामु अर्पण गर्दै।

अनि यस्तो हुन गयो कि परमपभु परमेश्वरले अह्राउनुभयो कि पानीका सतहमाथि भयानक बतास प्रतिज्ञाको भूमितर्फ उड्नुपर्छ; अनि यसरी उनीहरूलाई समुन्द्रका छालहरूमाथि बतासअगाडि पछारियो।

अनि यस्तो हुन गयो कि उनीहरूलाई धेरै पटक समुन्द्रको गहिराइमा डुबाइयो, ती पर्वत जत्रा छालहरूका कारण जुन उनीहरूमाथि आए र ती महान् र भयानक आँधिबेहेरीले पनि जुन बतासको तिब्रताले ल्याएको थियो।

अनि यस्तो हुन गयो कि जब उनीहरूलाई गहिराइमा डुबाइयो त्यहाँ कुनै पानी थिएन कि जसले उनीहरूलाई दु:ख दिन सक्थ्यो, उनीहरूका बाहकहरू भाँडोजस्तै कस्सिएका भएकाले र ती नोआको पानीजहाजजस्तै समेत कस्सिएका थिए; त्यसकारण जब उनीहरू अथाह पानीले घेरिए उनीहरूले परमप्रभुसामु पुकारे र उहाँले तिनीहरूलाई पानीका सतहसम्म फेरि ल्याउनुभयो।

अनि यस्तो हुन गयो कि जब उनीहरू पानीमाथि थिए प्रतिज्ञाको भूमितर्फ बतास बहन कहिल्यै रोकिएन; र यसरी उनीहरूलाई बतासअगाडि हाँकियो।

अनि उनीहरूले परमप्रभुका सामु जयजयकार गाए; हो, येरेदका दाजुले परमप्रभुकोसामु जयजयकार गाए र उनले सारा दिनभरि परमप्रभुलाई धन्यवाद दिए र जयजयकार गरे; र जब रात आयो, उनीहरूले परमप्रभुको जयजयकार गर्न छाडेनन्।

१० अनि यसरी उनीहरूलाई अघि हाँकियो; र कुनै समुद्रको राक्षसले उनीहरूलाई तोड्न सकेन, न त कुनै व्हेलले उनीहरूलाई क्षति नै गर्न सक्यो; र उनीहरूसँग निरन्तररुपमा प्रकाश थियो, चाहे त्यो पानीमाथि होस् या पानीमुनि होस्।

११ अनि यसरी उनीहरूलाई पानीमाथि तीनसय चौसठ्ठी दिन अघि हाँकियो।

१२ अनि उनीहरू प्रतिज्ञाको भूमिको किनारमा आइपुगे। अनि जब उनीहरूले प्रतिज्ञाको भूमिको किनारमा पाइला टेके उनीहरूले आफैँ भूमिको सतहमाथि शिर झुकाए र परमप्रभुसामु विनम्र भए र परमप्रभुअगाडि खुशीका आँसु झारे, उनीहरूमाथिका उहाँका कैंयौ कोमल कृपाहरूका कारण।

१३ अनि यस्तो हुन गयो कि उनीहरू भूमिको सतहमा अघि गए, र जमिन जोत्न थाले।

१४ अनि येरेदका चार छोराहरू थिए; र उनीहरूलाई यकोम र गिल्गाह र महाह र ओरीहाह भनिन्थ्यो।

१५ अनि येरेदका दाजुले पनि छोराहरू र छोरीहरू जन्माए।

१६ अनि येरेद र उनका दाजुका मित्रहरू सङ्ख्यामा लगभग बाइस आत्माहरू थिए; र उनीहरूले पनि उनीहरू प्रतिज्ञाको भूमिमा आउनुभन्दा पहिले छोराहरू र छोरीहरू जन्माए; र त्यसकारण उनीहरू धेरै हुन थाले।

१७ अनि उनीहरूलाई परमप्रभुअगाडि विनम्रताका साथ हिंड्न सिकाइयो; र उनीहरूलाई उच्चाशनबाट पनि सिकाइयो।

१८ अनि यस्तो हुन गयो कि उनीहरू भूमिको सतहमाथि छरिन र फैलिन र जमिन जोत्न थाले; र उनीहरू भूमिमा बलिया भए।

१९ अनि येरेदका दाजु बूढा हुन थाले र ख्याल गरे कि उनी छिट्टै नै समाधिस्थलतिर जानुपर्दछ; यसकारण उनले येरेदलाई भने: हामी हाम्रा जनलाई भेला गरौँ कि हामी उनीहरूलाई गणना गर्न सकौँ, कि हामी उनीहरूका बारेमा जान्न सकौँ उनीहरूले हामी हाम्रा समाधिस्थलतिर जानु पहिले हामीबाट के चाहान्छन्।

२० अनि त्यसअनुसार जन एक साथ जम्मा भए। अब येरेदका दाजुका छोरा र छोरीको सङ्ख्या बाइस थियो; र येरेदका छोराहरू र छोरीहरूको सङ्ख्या बाह्र थियो, उनका चार छोरा भएकाले।

२१ अनि यस्तो हुन गयो कि उनीहरूले आफ्ना जनको गणना गरे; र उनीहरूले तिनीहरूको गणना गरेपछि, उनीहरूले तिनीहरूबाट ती कुराहरू चाहे कि जुन तिनीहरूले चाहन्थे कि उनीहरू आफ्ना समाधिस्थलतिर जानु पहिले उनीहरूले गर्नुपर्छ।

२२ अनि यस्तो हुन गयो कि जनले उनीहरूबाट चाहे कि उनीहरूले उनीहरूका छोराहरूमध्ये एकलाई उनीहरूमाथि राजा हुन अभिषेक गर्नुपर्छ।

२३ अनि अब हेर, यो उनीहरूका निम्ति शोकमय थियो। अनि येरेदका दाजुले उनीहरूलाई भने: निश्चय नै यसले बन्धनतिर अगुवाइ गर्दछ।

२४ तर येरेदले उनका दाजुलाई भने: उनीहरूलाई सहौँ कि उनीहरूसँग राजा होस्। अनि त्यसकारण उनले उनीहरूलाई भने: तिमीहरू हाम्रा छोराहरूमाझ बाट एकलाई छान, तिमीहरूले जसलाई चाहे पनि।

२५ अनि यस्तो हुन गयो कि उनीहरूले येरेदका दाजुको जेठो छोरालाई समेत चुने; र उनको नाउँ पगाग थियो। अनि यस्तो हुन गयो कि उनले अस्वीकार गरे र उनीहरूका राजा भएनन्। अनि जनले चाहे कि उनका पिताले उनलाई बाध्य बनाउनु पर्दछ, तर उनका पिताले चाहेनन्; र उनले तिनीहरूलाई आज्ञा दिए कि तिनीहरूले कुनै मानिसलाई पनि राजा हुन बाध्य गर्न हुँदैन।

२६ अनि यस्तो हुन गयो कि उनीहरूले पगागका सबै भाइहरूलाई चुने र उनीहरूले चाहेनन्।

२७ अनि यस्तो हुन गयो कि एउटा बाहेक न त येरेदका सबै छोराहरूले नै चाहे; र ओरीहाहलाई जनमाथि राजा हुन अभिषेक गरियो।

२८ अनि उनले शासन गर्न थाले र जनले उन्नति गर्न थाले; र उनीहरू अत्यन्त धनी भए।

२९ अनि यस्तो हुन गयो कि येरेद मरे र उनका दाजु पनि मरे।

३० अनि यस्तो हुन गयो कि ओरीहाह परमप्रभुअगाडि विनम्रताका साथ हिँडे र परमप्रभुले उनीहरूका पितापुर्खाहरुका निम्ति कति महान् कुराहरू गर्नुभएको थियो भनी सम्झे र उनका जनलाई परमप्रभुले उनीहरूका पितापुर्खाहरुलाई कति महान् कुराहरू गर्नुभएको थियो भनी सिकाए।