धर्मशास्त्रहरू
एतेर १२


अध्याय १२

एतेर अगमवक्ताले जनलाई परमेश्वरमा विश्वास गर्न प्रोत्साहित गर्छन्—मोरोनीले आस्थाद्वारा गरिएका आश्चर्यहरू र विस्मयहरूको विवरण दिन्छन्—आस्थाले येरेदका दाजुलाई ख्रीष्टलाई देख्न सक्षम बनाउँछ—परमप्रभुले मानिसहरूलाई कमजोरी दिनुहुन्छ कि उनीहरू विनम्र होऊन्—येरेदका दाजुले आस्थाद्वारा जेरिन पर्वत हटाए—आस्था, आशा र ख्रीष्टिय प्रेम मुक्तिका लागि आवाश्यक छन्—मोरोनीले येशूलाई आफ्ना अगाडि देखे।

अनि यस्तो हुन गयो कि एतेरका दिनहरू कोरियान्तुम्रका दिनहरूमा थिए; र कोरियान्तुम्र सम्पूर्ण भूमिमाथि राजा थिए।

अनि एतेर परमप्रभुका अगमवक्ता थिए; यसकारण एतेर कोरियान्तुम्रका दिनहरूमा अघि बढे र जनसामु अगमवाणी गर्न थाले, किनकि परमप्रभुको त्यो आत्माको कारण उनलाई रोक्न सकिएन जुन उनमा थियो।

किनकि उनले बिहानदेखि, सूर्य नअस्ताइन्जेलसम्म कराए, जनलाई पश्चात्तापमा परमेश्वरमा विश्वास गर्न प्रोत्साहित गर्दै, कथंकदाचित् उनीहरूको विनाश हुनुपर्दछ, उनीहरूलाई यसो भन्दै कि आस्थाद्वारा सबै कुराहरू पूरा हुन्छन्—

यसकारण, जसले परमेश्वरमा विश्वास गर्छ उसले निश्चितताका साथ अझ राम्रो संसारको आशा गर्न सक्दछ, हो, परमेश्वरको दाहिने हाततिर स्थान समेत, जुन आशाबाट आस्था आउँछ, मानिसहरूका आत्माहरूका निम्ति भरोसा बनाउँछ, जसले उनीहरूलाई बलियो र अडिग बनाउँछ, सदैव असल कार्यहरू भरपूर भएर, परमेश्वरको महिमा गर्न अगुवाइ गर्दै।

अनि यस्तो हुन गयो कि एतेरले जनसामु महान् र अद्भूत कुराहरूको अगमवाणी गरे, जुन उनीहरूले विश्वास गरेनन्, किनभने उनीहरूले ती देखेनन्।

अनि अब म, मोरोनी यी कुराहरूका बारेमा केही भन्छु; म संसारसामु देखाउँछु कि आस्था ती कुराहरू हुन् जुनका निम्ति आशा गरिन्छ र देखिदैनन्; यसकारण, तिमीहरूले देखेनौ भनी विवाद नगर, किनकि तिमीहरूले तिम्रो आस्थाको परीक्षासम्म तिमीहरूले कुनै गवाही प्राप्त गर्दैनौ।

किनकि यो आस्थाद्वारा थियो कि ख्रीष्टले आफैँलाई हाम्रा पितापुर्खाहरुसामु देखाउनुभयो, उहाँ मृत्युबाट उठेपछि; र उहाँले आफैँलाई उनीहरूसँग उहाँमा आस्था नभइन्जेलसम्म देखाउनुभएन; यसकारण, यो आवश्यक थियो कि केहीसँग उहाँमा आस्था हुनुपर्थ्यो, किनकि उहाँले आफैँलाई संसारसामु देखाउनुभएन।

तर मानिसहरूका आस्थाका कारण उहाँले आफैँलाई संसारसामु देखाउनुभएको छ र पिताको नाउँ महिमित गर्नुभएको छ र मार्ग तयार गर्नुभएको छ कि जसबाट अरु स्वर्गीय उपहारको साझेदार बन्न सकून्, ताकि उनीहरूसँग ती कुराहरूमा आशा होस् जुन उनीहरूले देखेका छैनन्।

यसकारण, तिमीहरूसँग पनि आशा होओस् र तिमीहरू ती उपहारका साझेदारहरू बन्न सक, यदि तिमीहरूसँग आस्था भए भने मात्र।

१० हेर यो आस्थाद्वारा नै थियो कि प्राचीनकालका उनीहरूलाई परमेश्वरको पवित्र अनुक्रममा बोलाइयो।

११ यसकारण, आस्थाद्वारा नै मोशाका व्यवस्था दिइयो। तर उहाँका पुत्रको उपहारमा परमेश्वरले अझ उत्तम मार्ग तयार गर्नुभएको छ; र त्यो आस्थाद्वारा हो कि त्यो पूरा भएको छ।

१२ किनकि यदि मानिसका छोराछोरीहरूमाझ आस्था नभए परमेश्वरले उनीहरूमाझ आश्चर्यकर्म गर्न सक्नुहुन्न; यसकारण उनीहरूमा आस्था नभइन्जेलसम्म उहाँले आफैँलाई उनीहरूमाझ देखाउनुहुन्न।

१३ हेर, यो अल्मा र अमुलेकको आस्था थियो जसले कारागारलाई पृथ्वीमा ढाल्यो।

१४ हेर, यो नफी र लहीको आस्था मार्फत् थियो कि लमानीहरूमाथि परिवर्तन ल्याइयो, कि उनीहरूलाई आगोका साथ र पवित्र आत्माका साथ बप्तिस्मा दिइयो।

१५ हेर, यो अम्मोन र उनका बन्धुहरूको आस्था थियो जसले लमानीहरूमाझ त्यस्तो महान् आश्चर्यकर्म ल्यायो।

१६ हो, अनि जसले आश्चर्यकर्महरू ल्याए उनीहरू सबैले समेत आस्थाद्वारा ती ल्याए, ती समेत जो ख्रीष्टभन्दा अगाडि आए र ती पनि जो पछि आए।

१७ अनि यो आस्थाद्वारा थियो कि तीन शिष्यहरूले वाचा प्राप्त गरे कि उनीहरूले मृत्युको स्वाद पाउन पर्दैन; र उनीहरूले उनीहरूसँग आस्था नभइन्जेलसम्म त्यो वाचा प्राप्त गरेनन्।

१८ अनि न त कुनै पनि समयमा उनीहरूसँग आस्था नभइन्जेलसम्म आश्चर्यकर्महरू ल्याइएका छन; यसकारण उनीहरूले पहिला परमेश्वरको पुत्रमा विश्वास गरे।

१९ अनि त्यहाँ धेरै थिए जसको आस्था अत्यन्त बलियो थियो, ख्रीष्ट आउनुभन्दा अगाडि समेत, जसलाई पर्दा भित्र लुकाउन सकिएन, तर उनीहरूका आफ्नै आँखाहरूले ती कुराहरू साँचै नै देखे जुन उनीहरूले आस्थाका आँखाहरूले देखेका थिए र उनीहरू खुसी भए।

२० अनि हेर, मैले यो अभिलेखमा देखेको छु कि तीमध्ये एक येरेदका दाजु हुन्; किनकि उनको परमेश्वरमाथिको आस्था यस्तो महान् थियो, कि जब परमेश्वरले आफ्नो औंला अगाडि बढाउनुभयो उहाँले त्यसलाई येरेदका दाजुको दृष्टिबाट लुकाउन सक्नुभएन उहाँका वचनका कारण जुन उहाँले उनीसामु बोल्नुभएको थियो, जुन वचन उनले आस्थाद्वारा प्राप्त गरेका थिए।

२१ अनि येरेदका दाजुले परमप्रभुको औंलालाई देखेपछि, त्यो वाचाका कारण जुन येरेदका दाजुले आस्थाद्वारा प्राप्त गरेका थिए, परमप्रभुले कुनै कुरा उनका दृष्टिबाट लुकाउन सक्नुभएन; यसकारण उहाँले उनलाई सबै कुराहरू देखाउनुभयो, किनकि उनलाई पर्दा बाहिर अब अरु राख्न सकिएन।

२२ अनि यो आस्थाद्वारा हो कि मेरा पितापुर्खाहरुले त्यो वाचा प्राप्त गरेका छन् कि यी कुराहरू उनीहरूका बन्धुहरूसामु गैह्र-यहूदीहरूमार्फत् आउनुपर्छ; त्यसकारण परमप्रभुले, हो, येशू ख्रीष्टले समेत मलाई आज्ञा दिनुभएको छ।

२३ अनि मैले उहाँसामु भनेँ: परमप्रभु, गैह्र-यहूदीहरूले यी कुराहरूको खिल्ली उडाउनेछन्, लेख्नमा हाम्रो कमजोरीका कारण; किनकि परमप्रभु हजुरले हामीलाई आस्थाद्वारा बोल्नमा शक्तिशाली बनाउनुभएको छ, तर हजुरले हामीलाई लेख्नमा शक्तिशाली बनाउनुभएको छैन; किनकि हजुरले यी जनलाई बनाउनुभएको छ कि उनीहरूले धेरै बोल्न सकून्, पवित्रआत्माका कारण जुन हजुरले उनीहरूलाई दिनुभएको छ;

२४ अनि हजुरले हामीलाई बनाउनुभएको छ कि हामीले थोरैमात्र लेख्न सकूँ, हाम्रा हातहरूको असक्षमताका कारण। हेर्नुहोस्, हजुरले हामीलाई येरेदका दाजुजस्तो लेख्नमा शक्तिशाली बनाउनुभएको छैन, किनकि हजुरले उनलाई बनाउनुभयो कि जुन कुरा उनले लेखे ती हजुर जस्तै शक्तिशाली थिए, मानिसलाई ती पढ्न बाध्य बनाउनमा समेत।

२५ हजुरले हाम्रा वचनहरूलाई पनि शक्तिशाली र महान् बनाउनुभएको छ, यति समेत कि हामी ती लेख्न सक्दैनौँ, यसकारण जब हामीले लेख्दछौँ हामीले हाम्रा कमजोरीहरू देख्छौँ र हाम्रा वचनहरूको स्थानका कारण अड्कन्छौँ; र म डराउँछु कि गैह्र-यहूदीहरूले हाम्रा वचनहरूको खिल्ली उडाउनेछन्।

२६ अनि जब मैले यो भनेको थिएँ, परमप्रभुले मेरासामु बोल्नुभयो, यसो भन्दै: मूर्खहरूले खिल्ली उडाउनेछन्, तर उनीहरूले विलाप गर्नेछन् र मेरा अनुग्रह विनम्रताका निम्ति पर्याप्त छ, कि उनीहरूले तिमीहरूका कमजोरीको फाइदा लिनेछैनन्।

२७ अनि यदि मानिसहरू मसमक्ष आए भने म उनीहरूलाई उनीहरूका कमजोरी देखाउनेछु। म मानिसहरूलाई कमजोरी दिन्छु कि उनीहरू विनम्र हुन सकून्; र मेरो अनुग्रह सबै मानिसहरूका निम्ति पर्याप्त छ जो मेरा अगाडि विनम्र हुन्छन्; किनकि यदि उनीहरू मेरा अगाडि विनम्र भए र ममा आस्था राखे भने, तब म कमजोर कुराहरूलाई उनीहरूका निम्ति बलियो बनाउनेछु।

२८ हेर, म गैह्र-यहूदीहरूलाई उनीहरूका कमजोरी देखाउनेछु र म उनीहरूलाई देखाउनेछु कि आस्था, आशा र ख्रीष्टिय प्रेमले मेरासामु—सम्पूर्ण धार्मिकताका मुहानसामु ल्याउनेछु।

२९ अनि म, मोरोनीले, यी कुराहरू सुनेकाले, सान्त्वना पाएँ र भनेँ: हे परमप्रभु, हजुरको धार्मिकता पूरा हुनेछ, किनकि मलाई थाहा छ कि हजुरले मानिसका छोराछोरीहरूसामु उनीहरूका आस्थाअनुसार गर्नुहुन्छ;

३० किनकि येरेदका दाजुले जेरिन पर्वतलाई भने, हट्—र त्यो हट्यो। अनि यदि उनीसँग आस्था नभएको भए त्यो हट्दैनथ्यो; यसकारण हजुरले मानिसहरूसँग आस्था भएपछि मात्र कार्य गर्नुहुन्छ।

३१ किनकि यस प्रकारले हजुरले आफ्ना शिष्यहरूसामु आफैँलाई प्रकट गर्नुभयो; किनकि उनीहरूसँग आस्था भएपछि र उनीहरूले हजुरका नाउँमा बोलेपछि, हजुरले उनीहरूसामु महान् शक्तिमा आफैँलाई देखाउनुभयो।

३२ अनि मैले यो पनि सम्झन्छु कि हजुरले भन्नुभएको छ कि हजुरले मानिसहरूका निम्ति, हो, हजुरका पिताका महलहरूमाझ समेत, मानिसका निम्ति भवन तयार पार्नुभएको छ, जसमा मानिसले अझ उत्तम आशा पाओस्; यसकारण मानिसले आशा गर्नुपर्छ, अन्यथा उसले त्यो स्थान रिक्थमा प्राप्त गर्नसक्दैन जुन हजुरले तयार गर्नुभएको छ।

३३ अनि फेरि, म सम्झन्छु कि हजुरले भन्नुभएको छ कि हजुरले संसारलाई माया गर्नुभएको छ, संसारका निम्ति आफ्नो जीवन अर्पण गर्नमा समेत, कि हजुरले यसलाई मानिसका छोराछोरीहरूको निम्ति स्थान तयार गर्न फेरि लिन सक्नुहोस्।

३४ अनि अब मलाई थाहा छ कि यो माया जुन हजुरसँग मानिसका छोराछोरीहरू प्रति छ त्यो ख्रीष्टिय प्रेम हो; यसकारण, मानिसहरूसँग ख्रीष्टिय प्रेम नभए उनीहरूले त्यो स्थान रिक्थमा पाउन सक्दैनन् जुन हजुरले आफ्ना पिताका महलहरूमा तयार गर्नुभएको छ।

३५ यसकारण, म यी कुराहरूद्वारा थाहा पाउँछु जुन हजुरले भन्नुभएको छ, कि यदि गैह्र-यहूदीहरूसँग ख्रीष्टिय प्रेम नभए, हाम्रा कमजोरीहरूका कारण, कि हजुरले उनीहरूसामु प्रमाणित गर्नुहुनेछ र उनीहरूका सिक्का खोस्नुहुनेछ, हो, त्यो समेत जुन उनीहरूले प्राप्त गरेका छन् र उनीहरूलाई दिनुहुनेछ जोसँग प्रचूरमात्रामा छ।

३६ अनि यस्तो हुन गयो कि मैले परमप्रभुसामु प्रार्थना गरेँ ताकि उहाँले गैह्र-यहूदीहरूलाई अनुग्रह दिनुहुनेछ, कि उनीहरूसँग ख्रीष्टिय प्रेम होओस्।

३७ अनि यस्तो हुन गयो कि परमप्रभुले मलाई भन्नुभयो: यदि उनीहरूसँग ख्रीष्टिय प्रेम नभए तिमीलाई यसको कुनै मतलब छैन, तिमी आस्थावान् भएकाछौ; यसकारण तिम्रा वस्त्रहरूलाई सफा बनाइनेछ। अनि किनभने तिमीले तिम्रा कमजोरीहरूलाई देखेका छौ तिमीलाई बलियो बनाइनेछ, त्यो स्थानमा बस्ने गरी समेत जुन मैले मेरा पिताका महलहरूमा तयार पारेको छु।

३८ अनि अब म, मोरोनी, गैह्र-यहूदीहरूसँग, हो, मैले माया गर्ने मेरा बन्धुहरूसँग पनि बिदा लिन्छु, हामी ख्रीष्टको न्यायको आसनअगाडि नभेटिन्जेलसम्मलाई, जहाँ सबै मानिसहरूले थाहा पाउनेछन् कि मेरा वस्त्रहरूमा तिम्रा रगतका दाग छैनन्।

३९ अनि तब तिमीहरूले थाहा पाउने छौ कि, मैले येशूलाई देखेको छु र उहाँले मसँग आम्नेसाम्ने गरी बोल्नुभएको छ र उहाँले स्पष्ट विनम्रतामा, यी कुराहरूका बारेमा, जसरी एक मानिसले अर्कोलाई उसको आफ्नै भाषामा भन्छ, त्यसरी भन्नुभयो;

४० अनि लेख्नमा मेरो कमजोरीका कारण, मैले केही मात्र लेखेको छु।

४१ अनि अब म तिमीहरूलाई येशूलाई खोज्न सल्लाह दिन्छु जसका बारेमा अगमवक्ताहरू र प्रेरितहरूले लेखेका छन्, कि परमेश्वर पिताको र परमप्रभु येशू ख्रीष्टको पनि र उहाँहरूको गवाही दिने पवित्र आत्माको अनुग्रह तिमीहरूमा हुन र सदासर्वदाका लागि रहन सकोस्। आमिन।