धर्मशास्त्रहरू
एतेर ४


अध्याय ४

मोरोनीलाई येरेदका दाजुका लेखाइहरूलाई छाप लगाएर बन्द गर्न आज्ञा दिइन्छ—ती मानिसहरूसँग येरेदका दाजुको जत्तिकै आस्था नभइन्जेलसम्म प्रकट गरिनेछैन—ख्रीष्टले मानिसहरूलाई उहाँका वचनहरूमा र उहाँका चेलाहरूका वचनहरूमा विश्वास गर्न आज्ञा दिनुहुन्छ—मानिसहरूलाई पश्चात्ताप गर्न, उहाँका सुसमाचारमा विश्वास गर्न र बच्न आज्ञा दिइन्छ।

अनि परमप्रभुले येरेदका दाजुलाई परमप्रभुको उपस्थितिबाट पर्वतबाट तल झर्न र ती कुराहरू लेख्न आज्ञा दिनुभयो जुन उनले देखेका थिए; र ती उहाँलाई क्रुसमा नउचालिन्जेलसम्म मानिसका छोराछोरीहरूसामु आउन निषेध गरिएको थियो; अनि यसकारणका निम्ति मोसीयाह राजाले राखे, ताकि ती तबसम्म संसारसामु आउन हुँदैन जबसम्म ख्रीष्टले यी जनसामु आफैँलाई देखाउनुहुन्न।

अनि ख्रीष्टले साँचैनै आफैँलाई उहाँका जनसामु देखाएपछि उहाँले आज्ञा दिनुभयो कि ती प्रकट गरिनुपर्दछ।

अनि अब, त्यसपछि, उनीहरू विश्वासमा क्षीण भएका छन् र लमानीहरूबाहेक अरु कोही छैनन् र उनीहरूले ख्रीष्टको सुसमाचारलाई अस्वीकार गरेकाछन्; त्यसकारण मलाई आज्ञा दिएको छ कि मैले ती फेरि पृथ्वीमा लुकाउनु पर्छ।

हेर, मैले ती पाताहरूमा ती कुराहरू लेखेको छु जुन येरेदका दाजुले देखे; र कहिल्यै पनि ती भन्दा महान् कुराहरू प्रकट गरिएको थिएन जुन येरेदका दाजुसामु प्रकट गरिएको थियो।

यसकारण परमप्रभुले मलाई ती लेख्न आज्ञा दिनुभएको छ; र मैले ती लेखेको छु। र उहाँले मलाई आज्ञा दिनुभयो कि मैले ती लुकाउनुपर्छ; र उहाँले यो पनि आज्ञा दिनुभएको छ कि मैले तिनको भाषान्तरण पनि छाप लगाएर बन्द गर्नुपर्छ; यसकारण मैले भाषान्तरकारहरू पनि लुकाएको छु, परमप्रभुको आज्ञाअनुसार।

किनकि परमप्रभुले मलाई भन्नुभयो: ती गैह्र-यहूदीहरूसामु त्यो दिनसम्म जानेछैनन् जब उनीहरूले आफ्ना दुष्टताको पश्चात्ताप गर्नेछन् र परमप्रभुअगाडि सफा हुनेछन्।

अनि त्यस दिनमा उनीहरूले ममा भएको आस्थाको अभ्यास गर्नेछन्, परमप्रभु भन्नुहुन्छ, येरेदका दाजुले जस्तै समेत, कि उनीहरू ममा पवित्र बन्न सकून्, तब म ती कुराहरू उनीहरूसामु प्रकट गर्नेछु जुन येरेदका दाजुले देखे, मेरा सबै प्रकाशहरू उनीहरूसामु खोल्नमा समेत, येशू ख्रीष्ट, परमेश्वरका पुत्र, स्वर्गका र पृथ्वीका र तिनीहरूमा भएका सबै कुराहरूका पिता भन्नुहुन्छ।

अनि जसले परमप्रभुका वचनविरुद्ध लड्छ, उसलाई श्रापित हुन देऊ; र जसले यी कुराहरूको अस्वीकार गर्दछ, उसलाई श्रापित हुन देऊ; किनकि उनीहरूसामु म अरु महान् कुराहरू देखाउन्नँ, येशू ख्रीष्ट भन्नुहुन्छ; किनकि म उही हुँ जो बोल्छु।

अनि मेरा आज्ञामा स्वर्गहरू खोलिन्छ र बन्द गरिन्छ; र मेरो आज्ञामा पृथ्वी हल्लिनेछ; र मेरो आज्ञामा त्यहाँका बासिन्दाहरू गुज्रनेछन्, आगोद्वारा समेत।

१० अनि जसले मेरा वचनहरूलाई विश्वास गर्दैन उसले मेरा शिष्यहरूलाई विश्वास गर्दैन; र यदि यस्तो हो भने कि म बोल्दिनँ, तिमीहरू मूल्याङ्कन गर; किनकि तिमीहरूले थाहा पाउनेछौ कि यो म हुँ जो बोल्छु, त्यो अन्तिम दिनमा।

११ तर जसले यी कुराहरूमा विश्वास गर्छ जुन मैले बोलेको छु, उसलाई म मेरा आत्माका प्रकटीकरणबाट भेट्नेछु र उसले थाहा पाउनेछ र गवाही दिनेछ। किनकि मेरा आत्माका कारण उसले थाहा पाउनेछ कि यी कुराहरू सत्य हुन्; किनकि यसले मानिसहरूलाई असल गर्न मनाउँछ।

१२ अनि जेले मानिसलाई असल गर्न मनाउँछ त्यो मबाट हो; किनकि असल म बाहेक कसैबाट आउँदैन। म उही हुँ जसले मानिसहरू सबैलाई असलतिर अगुवाइ गर्दछ; जसले मेरा वचनहरूमा विश्वास गर्नेछ उसले मलाई विश्वास गर्नेछ—कि म हुँ; र जसले मलाई विश्वास गर्नेछैन उसले पितालाई विश्वास गर्नेछैन जसले मलाई पठाउनुभयो। किनकि हेर, म पिता हुँ, म प्रकाश र जीवन र संसारको सत्य हुँ।

१३ मसमक्ष आओ, हे तिमी गैह्र-यहूदीहरू र म तिमीहरूसामु अझ महान् कुराहरू देखाउने छु, त्यो ज्ञान जुन अविश्वासका कारण लुकाइन्छ।

१४ मसमक्ष आओ, हे तिमी इस्राएलका घराना र यो तिमीहरूसामु प्रकट गरिनेछ तिम्रा निम्ति पिताले कति महान् कुराहरू राख्नुभएको छ, संसारको उत्पत्तिदेखि; र यो तिमीहरूसामु आएको छैन, अविश्वासका कारण।

१५ हेर, जब तिमीहरूले त्यो अन्धकारको पर्दालाई च्यात्छौ जसले तिमीहरूलाई तिमीहरूको त्यो दुष्टताको भयावह अवस्थामा र तिमीहरूका हृदयको कठोरतामा र मस्तिष्कको अन्धोपनमा रहन लगाउँछ, तब ती महान् र अद्भूत कुराहरू जुन संसारको उत्पत्तिदेखि तिमीहरूबाट लुकाइएका छन्—हो, जब तिमीहरूले पितासामु मेरा नाउँमा पुकार्नेछौ, चूर्ण हृदय र पछुताएको आत्माका साथ, तब तिमीहरूले थाहा पाउनेछौ कि पिताले त्यो करार सम्झनुहुनेछ जुन उहाँले तिमीहरूका पितापुर्खाहरुसँग गर्नुभएको थियो, हे इस्राएलका घराना।

१६ अनि तब मेरा ती प्रकाशहरू जुन मैले मेरा सेवक युहन्नाद्वारा लेख्न लगाएको छु सबै जनका आँखाहरूमा खोलिनेछ। याद राख्नु, जब तिमीहरूले यी कुराहरू देख्नेछौ, तिमीहरूले थाहा पाउनेछौ कि समय नजिक छ कि ती वास्तवमा प्रकट गरिनेछ।

१७ त्यसकारण, जब तिमीहरूले यो अभिलेख प्राप्त गर्नेछौ तिमीहरूले थाहापाउन सक कि पिताको कार्य भूमिको सम्पूर्ण सतहमाथि आरम्भ भएको छ।

१८ त्यसकारण, पश्चात्ताप गर पृथ्वीका पल्लो छेउका तिमीहरू र मसमक्ष आओ र मेरो सुसमाचारमा विश्वास गर र मेरा नाउँमा बप्तिस्मा लिय; किनकि जसले विश्वास गर्दछ र बप्तिस्मा लिन्छ उसलाई बचाइनेछ; तर जसले विश्वास गर्दैन ऊ दोषी ठहरिनेछ; र चिन्हहरूले उसलाई पछ्याउनेछन् जसले मेरो नाउँमा विश्वास गर्दछ।

१९ अनि ऊ आशीषित छ जसलाई अन्तिम दिनमा मेरा नाउँमा आस्थावान् फेला पारिन्छ, किनकि संसारको उत्पत्तिदेखि नै उसका निम्ति तयार पारिएको अधिराज्यमा बास गर्न उसलाई उच्च बनाइनेछ। अनि हेर त्यो म हुँ जसले बोलेको छु। आमिन।