धर्मशास्त्रहरू
एतेर ३


अध्याय ३

परमप्रभुले सोह्र ढुङ्गाहरू छुँदा येरेदका दाजुले उहाँका औंलाहरू देख्छन्—ख्रीष्टले आफ्नो आत्माको शरीर येरेदका दाजुसामु देखाउनुहुन्छ—जससँग एउटा पूर्ण ज्ञान छ त्यसलाई पर्दाभित्र राख्न सकिदैन—येरेदीहरूका अभिलेखलाई प्रकाशमा ल्याउन भाषान्तरकारहरू उपलब्ध गराइन्छ।

अनि यस्तो हुन गयो कि येरेदका दाजु, (अब तयार गरिएका वाहकहरूको सङ्ख्या आठ थियो) त्यस पर्वतमा गए, जुनलाई यसको अत्यन्त उचाइका कारण शेलेम भनिन्थ्यो र एउटा चट्टानबाट सोह्रवटा साना ढुङ्गाहरू पगाले; र ती सफेद र, पारदर्शक सिसाजस्तै छर्लङ्ग थिए; अनि उनले ती आफ्ना हातहरूमा पर्वतको टुप्पासम्म लगे, परमप्रभुकहाँ फेरि आवाज उचाले, यसो भन्दै:

हे परमप्रभु, हजुरले भन्नुभएको छ कि हामी बाढीले घेरिनुपर्छ। अब हेर्नुहोस्, हे परमप्रभु, तपाईँका सेवकसँग हजुरका अगाडिका उसका कमजोरीहरूका कारण नरिसाउनुहोस्; किनकि हामीलाई थाहा छ कि हजुर पवित्र हुनुहुन्छ र स्वर्गमा विराजमान् हुन्हुहुन्छ र हामी हजुरअगाडि अयोग्य छौँ; पतनका कारण हाम्रो स्वभाव निरन्तर खराब बनेको छ; तैपनि, हे परमप्रभु, हजुरले हामीलाई आज्ञा दिनुभएको छ कि हामीले हजुरसामु बिन्ती गर्नुपर्छ, ताकि हामीले हजुरबाट हाम्रा इच्छाहरूअनुसार प्राप्त गर्न सकौँ।

हेर्नुहोस्, हे परमप्रभु, हाम्रा दुष्टताका कारणले हजुरले हामीलाई प्रहार गर्नुभएको छ र हामीलाई लखेट्नुभएको छ र यतिका धेरै वर्षसम्म हामी उजाड स्थानमा रहेका छौँ; तैपनि, हजुर हामीप्रति कृपालु हुनुभएको छ। हे परमप्रभु, ममाथि दयाले हेर्नुहोस् र यी हजुरका जनबाट आफ्नो क्रोध हटाउनुहोस् र नसहनुहोस् कि उनीहरू यी उर्लदो गहिराइ अन्धकारमा पार गरून्; तर यी कुराहरूलाई हेर्नुहोस् जुन मैले चट्टानबाट पगालेकोछु।

अनि मलाई थाहा छ, हे परमप्रभु, कि हजुरसँग सबै शक्ति छ, मानिसका भलाइका निम्ति हजुर जे चाहानुहुन्छ गर्नसक्नुहुन्छ; त्यसकारण यी ढुङ्गाहरूलाई छोइदिनुहोस्, हे परमप्रभु, हजुरका औँलाले र तिनलाई तयार गर्नुहोस् कि ती अन्धकारमा चम्कियून्; र ती यी वाहकहरूमा हाम्रासामु चम्किनेछन् जुन हामीले तयार पारेका छौँ, ताकि हामीसँग प्रकाश हुनेछ जब हामी समुद्र पार गर्नेछौँ।

हेर्नुहोस्, हे परमप्रभु, हजुरले यो गर्न सक्नुहुन्छ। हामीलाई थाहा छ कि हजुर महान् शक्ति देखाउन सक्षम हुनुहुन्छ, जुन मानिसहरूको सुझबुझमा सानो देखिन्छ।

अनि यस्तो हुन गयो कि जब येरेदका दाजुले यी वचनहरू भनेका थिए, हेर, परमप्रभुले आफ्नो हात फैलाउनुभयो र आफ्ना औँलाले ती ढुङ्गाहरूलाई एक एक गरेर छुनुभयो। अनि येरेदका दाजुका आँखाहरूबाट पर्दा हटाइएको थियो र उनले परमप्रभुका औँला देखे; र यो मानिसको औँला जस्तै थियो, मासु र रगतको जस्तै; र येरेदका दाजु परमप्रभूअगाडि ढले, किनकि उनी डरले भयभीत भए।

अनि परमप्रभुले देख्नुभयो कि येरेदका दाजु पृथ्वीमा ढलेका थिए; र परमप्रभुले उनलाई भन्नुभयो: उठ, तिमी किन ढलेकाछौ?

अनि उनले परमप्रभुसामु भने: मैले परमप्रभुका औँला देखेँ र म कथंकदाचित् परमप्रभुले मलाई प्रहार गर्नुहुन्छ कि भनी डराएँ; किनकि मलाई थाहा थिएन कि परमप्रभुसँग मासु र रगत रहेछ।

अनि परमप्रभुले उनीसामु भन्नुभयो: तिम्रा आस्थाका कारण तिमीले देखेका हौ कि मैले मासु र रगत आफूमाथि लिनुपर्नेछ; र मानिस मेरा अगाडि तिमीसँग भए जस्तो अत्यन्त आस्थाका साथ कहिल्यै आएको छैन; किनकि यदि त्यसो नभएको भए तिमीले मेरो औँला देख्न सक्ने थिएनौ। के तिमीले यो भन्दा बढी देख्छौ?

१० अनि उनले उत्तर दिए: देख्दिनँ; परमप्रभु, मेरासामु आफैँलाई देखाउनुहोस्।

११ अनि परमप्रभुले उनलाई भन्नुभयो: के तिमी ती वचनहरूमा विश्वास गर्छौ जुन मैले बोल्नेछु?

१२ अनि उनले उत्तर दिए: हो, परमप्रभु, मलाई थाहा छ कि हजुर सत्य बोल्नुहुन्छ, किनकि हजुर सत्यताको परमेश्वर हुनुहुन्छ र ढाँट्न सक्नुहुन्न।

१३ अनि जब उनले यी कुराहरू भनेका थिए, हेर, परमप्रभुले उनीसामु आफैँलाई देखाउनुभयो र भन्नुभयो: किनभने तिमीलाई यी कुराहरू थाहा छ तिमी पतनबाट उद्धार हुन्छौ; त्यसकारण तिमीलाई मेरो उपस्थितिमा फिर्ता ल्याइन्छ; त्यसकारण मैले तिमीसामु आफैलाई देखाउँछु।

१४ हेर, म उही हुँ जसलाई मेरा जनको उद्धार गर्न संसारको उत्पत्तिदेखि तयार गरिएको थियो। हेर, म येशू ख्रीष्ट हुँ। म पिता र पुत्र हुँ। ममा नै सबै मानवमात्रले जीवन पाउनेछन् र त्यो अनन्तसम्म, ती समेत जसले मेरा नाउँमा विश्वास गर्नेछन्; र ती मेरा छोराहरू र मेरी छोरीहरू बन्नेछन्।

१५ अनि मैले आफैँलाई कहिल्यै पनि मानिसहरूसामु देखाइनँ जसलाई मैले सृष्टि गरेकोछु, किनकि मानिसले कहिल्यै पनि तिमीले विश्वास गरे जति मलाई विश्वास गरेको छैन। के तिमीले देख्दछौ कि तिमी मेरा आफ्नो स्वरुपअनुसार सृष्टि गरिएका हौ? हो, सबै मानिसहरूको समेत प्रारम्भदेखि नै मेरा आफ्नो स्वरुपअनुसार सृष्टि गरियो।

१६ हेर, यो शरीर, जुन तिमीले अहिले देख्छौ, मेरो आत्माको शरीर हो; र मानिसहरूलाई मैले मेरो आत्माको शरीरअनुसार सृष्टि गरेको छु; र जसरी म तिमीसामु आत्मामा देखिन्छु त्यसरी नै म मेरा जनसामु शरीरमा देखिनेछु।

१७ अनि अब, जसरी म, मोरोनीले भनेँ मैले यी कुराहरूको एउटा पूर्ण विवरण दिन सक्दिनँ जुन लेखिएको छ, त्यसकारण मलाई यति भन्न पर्याप्त छ कि येशूले यो मानिससामु आफैँलाई आत्मामा देखाउनुभयो, त्यस प्रकारले र सोही शरीर जस्तै गरी जुन रुपमा उहाँले आफैँलाई नफीहरूसामु देखाउनुभयो।

१८ अनि उहाँले उनको त्यसरी सेवा गर्नुभयो जसरी उहाँले नफीहरूको सेवा गर्नुभयो; र यो सबै, कि उनले थाहा पाउन सकून् कि उहाँ परमेश्वर हुनुहुन्थ्यो, ती धेरै महान् कार्यहरूका कारण जुन परमप्रभुले उनीसामु देखाउनुभएको थियो।

१९ अनि यो मानिसको ज्ञानको कारण उनलाई पर्दा भित्रको हेर्नबाट बञ्चित गर्न सकिएन; र उनले येशूका औँलालाई देखे, जुन, जब उनले देखे, उनी डरले ढले; किनकि उनलाई थाहा भयो कि यो परमप्रभुको औँला थिए; र उनीसँग अरु आस्था रहेन, किनकि उनलाई नि:सन्देह थाहा भयो।

२० यसकारण, परमेश्वरको यो पूर्ण ज्ञान भएकोले, उनलाई पर्दा भित्रबाट वञ्चित गर्न सकिएन; त्यसकारण उनले येशूलाई देखे; र उहाँले उनको सेवा गर्नुभयो।

२१ अनि यस्तो हुन गयो कि परमप्रभुले येरेदका दाजुलाई भन्नुभयो: हेर, तिमीले यी कुराहरू संसारसामु गएको सहनेछैनौ जुन तिमीले देखेका र सुनेका छौ, त्यो समयसम्म जब म मेरो नाउँ शरीरमा महिमित गर्नेछैन; यसकारण, तिमीले ती कुराहरूलाई जोगाउनेछौ जुन तिमीले देखेका र सुनेका छौ र कुनै मानिसलाई देखाउनेछैनौँ।

२२ अनि हेर, जब तिमी मसमक्ष आउनेछौ, तिमीले ती लेख्नेछौ र तिनलाई छाप लगाएर बन्द गर्नेछौ, कि कसैले तिनको भाषान्तरण गर्न सक्दैन; किनकि तिमीले ती एक भाषामा लेख्नेछौ जुन उनीहरूले पढ्न सक्दैनन्।

२३ अनि हेर, यी दुइटा ढुङ्गाहरू म तिमीलाई दिनेछु र तिमीले यिनलाई पनि ती कुराहरूका साथ छाप लगाएर बन्द गर्नु जुन तिमीले लेख्नेछौ।

२४ किनकि हेर, त्यो भाषा जुन तिमीले लेख्नेछौ मैले खलबल्याएको छु; यसकारण मैले मेरो आफ्नो उचित समयमा अह्राउनेछु कि यी ढुङ्गाहरूले मानिसहरूका आँखाहरूमा यी कुराहरूको विस्तृतिकरण गर्नेछन् जुन तिमीले लेख्नेछौ।

२५ अनि जब परमप्रभुले यी वचनहरू भन्नुभएको थियो, उहाँले येरेदका दाजुसामु पृथ्वीका ती सबै बासिन्दाहरू देखाउनुभयो जुन रहेका थिए र ती सबै पनि जुन आउनेछन्; र उहाँले ती उनको दृष्टिबाट लुकाउनुभएन, पृथ्वीका पल्लो छेउसम्म पनि।

२६ किनकि उहाँले पहिलेका समयहरूमा उनलाई भन्नुभएको थियो, कि यदि उनले उहाँमा विश्वास गर्छन् भने उहाँले उनीसामु सबै कुराहरू देखाउन सक्नुहुन्थ्यो—यो उनलाई देखाइनु पर्दछ; त्यसकारण परमप्रभुले उनीबाट केही पनि लुकाउन सक्नुभएन; किनकि उनलाई थाहा थियो कि परमप्रभुले सबै कुराहरू उनलाई देखाउन सक्नुहुन्छ।

२७ अनि परमप्रभुले उनलाई भन्नुभयो: यी कुराहरू लेख र तिनलाई छाप लगाएर बन्द गर; र म ती मेरो आफ्नो उचित समयमा मानिसका छोराछोरीहरूसामु देखाउनेछु।

२८ अनि यस्तो हुन गयो कि परमप्रभुले उनलाई आज्ञा दिनुभयो कि उनले ती दुई ढुङ्गाहरू लुकाउनुपर्छ जुन उनले प्राप्त गरेका थिए र परमप्रभुले ती मानिसका छोराछोरीहरूसामु नदेखाउन्जेलसम्म ती देखाउन हुँदैन।