धर्मशास्त्रहरू
एतेर १४


अध्याय १४

जनहरूको दुष्टताले भूमिमाथि श्राप ल्याउँछ—गिलाद, त्यसपछि लिब र त्यसपछि शिजविरुद्धको युद्धमा कोरियान्तुम्र सम्मिलित हुन्छन्—रक्तपात र हिँसाले भूमि ढाकिन्छ।

अनि अब जनको दुष्टताका कारण सम्पूर्ण भूमिमा महान् श्राप हुन थाल्यो, जुनमा, यदि मानिसले आफ्नो औजार, अथवा आफ्नो तरबार उसको दराजमा, अथवा उसले राख्ने स्थानमा राख्दा, भोलिपल्ट उसले भेट्टाउन सक्दैनथ्यो, भूमिमाथिको श्राप त्यस्तो ठूलो थियो।

यसकारण प्रत्येक मानिसले आफ्ना हातहरूमा त्यसलाई समाते जुन उसको आफ्नो थियो र अरुसँग मागेन न त उसले अरुलाई दियो नै; र प्रत्येक मानिसले आफ्नो दाहिने हाततिर उसको तरबारको बिंड राख्यो, आफ्नो सम्पत्तिको र आफ्नो जीवनको र आफ्ना पत्नी र छोराछोरीहरूको सुरक्षाका निम्ति।

अनि अब, दुई वर्षको अन्तरालपछि र शेरेदको मृत्युपछि, हेर, शेरेदका भाइ उठे र उनले कोरियान्तुम्रसँग लडे, जुनमा कोरियान्तुम्रले उनलाई हराए र अकिशको उजाड स्थानसम्म उनलाई लखेटे।

अनि यस्तो हुन गयो कि शेरेदका भाइले अकिशका उजाड स्थानमा उनीसँग लडे; र लडाइँ अत्यन्त कष्टप्रद बन्यो र कैयौँ हजारलाई तरबारद्वारा ढालियो।

अनि यस्तो हुन गयो कि कोरियान्तुम्रले उजाड स्थानलाई घेरा हाले; र शेरेदका भाइ रातमा उजाड स्थानबाट बाहिर अघि बढे र कोरियान्तुम्रका सेनाको एकभागको वध गरे, जब उनीहरू मातिएका थिए।

अनि उनी मोरोनको भूमितिर अघि बढे र आफैँलाई कोरियान्तुम्रको सिंहासनमा राखे।

अनि यस्तो हुन गयो कि कोरियान्तुम्रले आफ्ना सेनाका साथ उजाड स्थानमा दुई वर्षको अन्तरालसम्म बास गरे, जुनमा उनले उनको सेनामा ठूलो शक्ति प्राप्त गरे।

अब शेरेदका भाइले पनि, जसको नाउँ गिलाद थियो, आफ्ना सेनामा ठूलो शक्ति प्राप्त गरे, गोप्य गुटबन्दीहरूका कारण।

अनि यस्तो हुन गयो कि उनका उच्च पादरीले उनको हत्या गरे जब उनी आफ्नो सिंहासनमा बसेका थिए।

१० अनि यस्तो हुन गयो कि गोप्य गुटबन्दीहरूमध्ये एकले उनलाई एउटा गोप्य बाटोमा हत्या गऱ्यो र आफ्ना निम्ति अधिराज्य प्राप्त गऱ्यो; र उसको नाउँ लीब थियो र लीब विशाल कदको थियो, सम्पूर्ण जनमाझका कुनै पनि मानिसभन्दा विशाल थियो।

११ अनि यस्तो हुन गयो कि लीबको पहिलो वर्षमा, कोरियान्तुम्र मोरोनको भूमिसम्म माथि आए र लीबसँग लडाइँ गरे।

१२ अनि यस्तो हुन गयो कि उनले लीबसँग लडे, जुनमा लीबले उनका पाखुरामाथि प्रहार गरे कि उनी घाइते भए; तैपनि, कोरियान्तुम्रका सेना लीबमाथि अगाडि बढे, कि उनी समुन्द्र किनाराका सिमानातिर भागे।

१३ अनि यस्तो हुन गयो कि कोरियान्तुम्रले उनलाई लखेटे; र लीबले उनीसँग समुन्द्रको किनारामा लडाइँ गरे।

१४ अनि यस्तो हुन गयो कि लीबले कोरियान्तुम्रका सेनालाई प्रहार गरे कि उनीहरू फेरि अकिशको उजाड स्थानतिर भागे।

१५ अनि यस्तो हुन गयो कि लीबले उनलाई उनी अगोशका मैदानहरूसम्म नआइन्जेलसम्म लखेटे। अनि कोरियान्तुम्रले सबै जनलाई उनी जहाँ भागे पनि आफ्ना साथ लगेका थिए जब उनी लीब अगाडिको भूमिको त्यो भागमा भागे।

१६ अनि जब उनी आगोशका मैदानहरूमा आएका थिए उनले लीबसँग लडाइँ गरे र उनले तिनीमाथि तिनी नमरुन्जेलसम्म प्रहार गरे; तैपनि, लीबका भाइ कोरियान्तुम्रका विरुद्धमा उनको सट्टामा आए र लडाइँ अत्यन्त कष्टप्रद बन्यो, जुनमा कोरियान्तुम्र लीबका भाइका सेना अगाडिबाट फेरि भागे।

१७ अब लीबका भाइको नाउँ शिज भनिन्थ्यो। अनि यस्तो हुन गयो कि शिजले कोरियान्तुम्रलाई लखेटे र उनले धेरै सहरहरू जिते र उनले स्त्रीहरू र बालबालिकाहरू दुबैको बध गरे र उनले सहरहरू जलाए।

१८ अनि सम्पूर्ण भूमिभरि शिजको डर गयो: हो, भूमि भरि एक आवाज अघि गयो—शिजको सेनाअगाडि को खडा हुन सक्छ? हेर, उनले आफ्ना अगाडि पृथ्वी बढार्छन्!

१९ अनि यस्तो हुन गयो कि भूमिको सम्पूर्ण सतहभरि जन सेनाहरूमा एकसाथ जम्मा हुन थाले।

२० अनि उनीहरू विभाजित भए; र उनीहरूका एक भाग शिजको सेनातिर भागे र उनीहरूको एक भाग कोरियान्तुम्रको सेनातिर भागे।

२१ अनि युद्ध यति भयानक र लामो भएको थियो र रक्तपात र संहारको दृश्य यति लामो भएको थियो कि भूमिको पूरै सतह मृतकका शरीरहरूले भरिएको थियो।

२२ अनि युद्ध यति छिटो र द्रूतगतिको थियो कि मृतकहरूलाई गाड्ने कोही बाँकी भएनन्, तर उनीहरू रक्तपात देखि रक्तपातसम्म अघि बढे, पुरुषहरू, स्त्रीहरू र बालबालिकाहरू दुबैका शरीरहरूलाई भूमिको सतहमाथि छरे, मासुका कीराहरूको आहारा बन्न छाड्दै।

२३ अनि त्यो गन्ध भूमिको सतहमाथि अघि गयो, भूमिको सम्पूर्ण सतहमाथि समेत; यसकारण जन दिनमा र रातमा, त्यस्तो गन्धका कारण, समस्यामा परे।

२४ तैपनि, शिजले कोरियान्तुम्रलाई लखेट्न छाडेनन्; किनकि उनले कोरियान्तुम्रमाथि उनका दाजुको रगतको बदला लिने कसम खाएका थिए, जसलाई बध गरिएको थियो र परमप्रभुका वचन जुन एतेरसामु आयो कि कोरियान्तुम्र तरबारद्वारा ढल्ने छैनन्।

२५ अनि यसरी हामी देख्छौँ कि परमप्रभुले उनीहरूलाई आफ्नो क्रोधको परिपूर्णतामा भेट्नुभयो र उनीहरूको दुष्टता र कुकर्महरूले उनीहरूको चीरस्थायी विनाशको मार्ग तयार गरेको थियो।

२६ अनि यस्तो हुन गयो कि शिजले कोरियान्तुम्रलाई पूर्वतर्फ लखेटे, समुद्र किनारका सिमानाहरूसम्म समेत र त्यहाँ उनले शिजसँग तीन दिनको अन्तरालसम्म लडाइँ गरे।

२७ अनि शिजका सेनाहरूमाझको विनाश यति भयानक थियो कि जन डराउन थाले र कोरियान्तुम्रका सेनाहरूबाट भाग्न थाले र उनीहरू कोरिहोरको भूमितिर भागे र उनीहरू अगाडि बासिन्दाहरूलाई बढारे, उनीहरू सबैलाई जो उनीहरूसँग सम्मिलित भएनन्।

२८ अनि उनीहरूले कोरिहोरको उपत्याकामा आफ्ना पालहरू टाँगे र कोरियान्तुम्रले शुरको उपत्यकामा आफ्ना पालहरू टाँगे। अब शुरको उपत्यका कोम्नोर डाँडाको नाजिक थियो; यसकारण, कोरियान्तुम्रले आफ्ना सेनाहरू कोम्नोर डाँडामाथि जम्मा गरे र शिजका सेनाहरूसामु विगुल फुके उनीहरूलाई लडाइँमा निम्ता गर्न।

२९ अनि यस्तो हुन गयो कि उनीहरू अघि आए, तर फेरि धपाइए; र उनीहरू दोस्रो पटक आए र उनीहरूलाई दोस्रो पटक फेरि धपाइयो। अनि यस्तो हुन गयो कि उनीहरू तेस्रो पटक फेरि आए र लडाइँ अत्यन्त कष्टप्रद बन्यो।

३० अनि यस्तो हुन गयो कि शिजले कोरियान्तुम्रलाई प्रहार गरे कि उनले उनलाई धेरै गहिरा चोटहरू लगाए; र कोरियान्तुम्र, आफ्नो रगत गुमाएकाले, बेहोस भए र उनी मृतक भएझैँ उनलाई लगियो।

३१ अब दुबै पक्षहरूमा पुरुष, स्त्री र बालबालिकाहरूको क्षति यति महान् थियो कि शिजले आफ्ना जनलाई आज्ञा दिए कि उनीहरूले कोरियान्तुम्रका सेनाहरूलाई लखेट्न हुँदैन, यसकारण, उनीहरू आफ्नो शिविरमा फर्के।