धर्मशास्त्रहरू
एतेर ८


अध्याय ८

अधिराज्यमा कलह र झगडा हुन्छ—अकिशले राजालाई वध गर्न शपथ सहितको गोप्य गुटबन्दी बनाउँछन्—गोप्य गुटबन्दीहरू सैतानका हुन् र राष्ट्रहरूको विनाश गराउँछन्—आधुनिक गैह्र-यहूदीहरूलाई गोप्य गुटबन्दीहरूको विरुद्ध चेतावनी दिइएको छ जसले भूमिहरूको, राष्ट्रहरूको र देशहरूको स्वन्त्रतालाई हराउन खोज्नेछ।

अनि यस्तो हुन गयो कि उनले ओमरलाई जन्माए र ओमरले उनको सट्टामा शासन गरे। अनि ओमरले येरेदलाई जन्माए; र येरेदले छोराहरू र छोरीहरूलाई जन्माए।

अनि येरेदले उनका पिताविरुद्ध विद्रोह गरे र हितिको भूमिमा आए र बास गरे। अनि यस्तो हुन गयो कि उनको धुर्त वचनहरूका कारणले उनले आधा अधिराज्य प्राप्त नगरुन्जेल, धेरै जनको चाप्लुसी गरे।

अनि जब उनले आधा अधिराज्य प्राप्त गरेका थिए उनले उनका पितासँग लडाइँ गरे र उनले आफ्ना पितालाई बन्धनमा लगे र उनलाई बन्धनमा सेवा गर्न लगाए;

अनि अब, ओमरका शासनका दिनहरूमा उनका आधा दिनहरू उनी बन्धनमा थिए। अनि यस्तो हुन गयो कि उनले छोराहरू र छोरीहरू जन्माए, जसमाझ हेश्रोन र कोरियान्तुम्र थिए;

अनि उनीहरूका दाजु येरेदका कार्यहरूका कारण उनीहरू अत्यन्त रिसाए, यतिसम्म कि उनीहरूले एक सेना खडा गरे र येरेदसँग लडे। अनि यस्तो हुन गयो कि उनीहरूले उनीसँग रातमा लडे।

अनि यस्तो हुन गयो कि जब उनीहरूले येरेदका सेनाको बध गरेका थिए उनीहरूले उनको पनि बध गर्न लागे; र उनले उनीहरूसँग बिन्ती गरे कि उनीहरूले उनको बध नगरून् र उनले अधिराज्य आफ्ना पितालाई दिनेछन्। अनि यस्तो हुन गयो कि उनीहरूले उनलाई उनको जीवन दान दिए।

अनि अब येरेद अधिराज्यको क्षतिका कारण अत्यन्त दुखित भए, किनकि उनले आफ्नो हृदय अधिराज्य र संसारको महिमामाथि राखेका थिए।

अब येरेदकी छोरी अत्यन्त सिपालु भएकीले र आफ्ना पिताका दु:खहरूलाई देखेर, एक योजना बनाउन सोचिन् जसबाट उनले उनका पितासामु अधिराज्यको उद्धार गर्न सक्थिन्।

अब येरेदकी छोरी अत्यन्त सुन्दरी थिइन्। अनि यस्तो हुन गयो कि उनले आफ्ना पितासँग कुरा गरिन् र उनीसामु भनिन्: मेरा पितासँग किन यति धेरै दु:ख छ? के उहाँले ती अभिलेख पढ्नुभएको छैन जुन हाम्रा पितापुर्खाहरुले महान् गहिराइ पार गरेर ल्याए? हेर्नुहोस्, के त्यहाँ प्राचीनकालका उनीहरूका बारेमा विवरण छैन, कि उनीहरूले आफ्ना गोप्य योजनाहरूद्वारा अधिराज्यहरू र महान् महिमा प्राप्त गरे?

१० अनि अब, यसकारण, मेरा पिताले कीम्नोरका छोरा अकिशलाई लिन पठाउनुहोस्; अनि हेर्नुहोस्, म सुन्दरी छु र म उनका अगाडि नाच्नेछु र म उनलाई खुसी पार्नेछु, कि उनले मलाई पत्नी बनाउन चाहनेछन्; यसकारण उसले तपाईँसँग इच्छा गर्नेछन् कि तपाईँले मलाई उनकी पत्नी हुन दिनुहुनेछ, तब तपाईँले भन्नुहुनेछ: यदि तिमीले मेरासामु मेरा पिता, राजाको शिर ल्यायौ भने म उनलाई दिनेछु।

११ अनि अब ओमर अकिशको मित्र थिए; यसकारण, जब येरेदले अकिशलाई लिन पठाए, येरेदकी छोरी उनका अगाडि नाचिन् कि उनले उनलाई खुसी बनाइन्, यतिसम्म कि उनले उनलाई पत्नी बनाउन चाहे। अनि यस्तो हुन गयो कि उनले येरेदलाई भने: तिम्री छोरी मलाई पत्नी बनाउन देऊ।

१२ अनि येरेदले उनलाई भने: म उनलाई तिम्रासामु दिनेछु, यदि तिमीले मेरा पिता, राजाको शिर मेरासामु ल्याउनेछौ भने।

१३ अनि यस्तो हुन गयो कि अकिशले उसका आफन्तहरूलाई येरेदको घरमा जम्मा गरे र उनीहरूलाई भने: के तिमीहरूले मेरासामु कसम खानेछौ कि तिमीहरू मप्रति ती कुराहरूमा आस्थावान् हुनेछौ जुन म तिमीहरूबाट चाहन्छु?

१४ अनि यस्तो हुन गयो कि उनीहरूले उससामु स्वर्गका परमेश्वरको र स्वर्गको पनि र पृथ्वीको पनि र आफ्ना शिरको कसम खाए कि जसले त्यो सहायताबाट विचलित हुनेछैनन् जुन अकिशले चाहेका थिए उनले आफ्नो शिर गुमाउनेछन्; र जसले त्यो कुराको रहस्य खोल्छ जुनकुरा आकिशले उनीहरूलाई अवगत गराउँछन्, सोहीले आफ्नो जीवन गुमाउनुपर्नेछ।

१५ अनि यस्तो हुन गयो कि उनीहरूले अकिशसँग सम्झौता गरे। अनि अकिशले उनीहरूलाई त्यो शपथ प्रदान गरे जुन प्राचीनकालका उनीहरूद्वारा दिइएको थियो जसले शक्ति खोज्दथ्यो, जुन कयिनको देखि हस्तान्तरण गरिएको थियो, जो प्रारम्भदेखि एक हत्यारा थियो।

१६ अनि ती सैतानको शक्तिद्वारा जनसामु यी कसमहरू प्रदान गर्न, उनीहरूलाई अन्धकारमा राख्न, शक्ति खोज्नेलाई शक्ति प्राप्त गर्न सहयोग गर्न र हत्या गर्न र लुट्न र झुटो बोल्न र सबै प्रकारका दुष्टता र वेश्यावृत्तिहरू गर्न राखियो।

१७ अनि यी येरेदकी छोरी थिइन् जसले यी प्राचीनकालका कुराहरू खोजी गर्न उनको हृदयमा राखिन्; र येरेदले आकिशको हृदयमा राखे; यसकारण, आकिशले आफ्ना कुटुम्बहरू र मित्रहरूलाई यो प्रदान गरे, मिठा प्रतिज्ञाहरूद्वारा आफूले चाहेका कुराहरूगर्न अगुवाइ गर्दै।

१८ अनि यस्तो हुन गयो कि उनीहरूले प्राचीनकालका उनीहरूजस्तै समेत गोप्य गुटबन्दी बनाए; जुन परमेश्वरका नजरमा सबभन्दा अति घृणित र दुष्ट छ।

१९ किनकि परमप्रभुले गोप्य गुटबन्दीहरूमा काम गर्नुहुन्न, न त उहाँले चाहानुहुन्छ कि मानिसले रगत बगाउनुपर्दछ, तर सबै कुराहरूमा मानिसको प्रारम्भदेखि नै यसलाई निषेध गर्नुभएको छ।

२० अनि अब म, मोरोनी, उनीहरूका शपथहरू र गुटबन्दीहरूका तरिकाहरू लेख्दिन, किनकि मलाई यो अवगत गराइएको छ कि ती सबै जनमाझ भएझैँ छन् र ती लमानीहरूमाझ भएझैँ छन्।

२१ अनि तिनले यी जनको विनाश गराए जसका बारेमा म अहिले बोलिरहेको छु र नफीका जनको पनि विनाश गराए।

२२ अनि जुन राष्ट्रले त्यस्ता गोप्य गुटबन्दीहरूको समर्थन गर्नेछ, शक्ति पाउन र फाइदा लिन, ती राष्ट्रभरी नफैलिन्जेलसम्म, हेर, उनीहरूको विनाश गरिनेछ; किनकि परमप्रभु सहनुहुनेछैन कि उहाँका सन्तहरूको रगत, जुन उनीहरूद्वारा बगाइनेछ, उनीहरूमाथि बदलाको निम्ति जमिनबाट उहाँसामु सदैव पुकार्नेछ र तैपनि उहाँले त्यसको बदला लिनुहुन्न।

२३ यसकारण, हे तिमी गैह्र-यहूदीहरू, यो परमेश्वरमा विवेक हो कि यी कुराहरू तिमीहरूसामु देखाइनेछ, कि त्यसबाट तिमीहरूले आफ्ना पापहरूको पश्चात्ताप गर्न सक र नसह कि यी हत्यारा गुटबन्दीहरू तिमीहरूमाथि आउनेछन् जुन शक्ति र फाइदा पाउन बनाइएको छ—र काम, हो त्यो विनाशको काम तिमीहरूमाथि आउनेछ, हो अनन्त परमेश्वरको न्यायको तरबारसमेत तिमीहरूमाथि झर्नेछ, तिमीहरूलाई हराउन र विनाशका निम्ति यदि तिमीहरूले यी कुराहरू हुन दियौ भने।

२४ यसकारण, परमप्रभुले तिमीहरूलाई आज्ञा दिनुहुन्छ, जब तिमीहरूले यी कुराहरू तिमीहरूमाझ आएको देख्नेछौ तब तिमीहरू तिमीहरूको त्यो भयावह अवस्थाको चेतनामा व्युँझिनेछौ, यो गोप्य गुटबन्दीका कारण जुन तिमीहरूमाझ हुनेछ; अन्यथा तिमीहरूमा धिक्कार होओस्, उनीहरूका रगतका कारण जसको बध गरिएको छ; किनकि उनीहरू धुलोबाट यसमाथिको बदलाका निम्ति कराउँछन् र तीमाथि पनि जसले यो बनाए।

२५ किनकि यो यस्तो हुन जानेछ कि जसले यो बनाउँदछ उसले सम्पूर्ण भूमिहरूको, राष्ट्रहरूको र देशहरूको स्वतन्त्रतालाई हराउन खोज्दछ; र यसले सबै जनको विनाश ल्याउँदछ; किनकि यो त्यो सैतानद्वारा बनाइएको छ, जो सबै झुटहरूको पिता हो; त्यो उही झुटोबोल्ने समेत हो जसले हाम्रा प्रथम मातापितालाई झुक्कायो, हो, त्यो उही झुटोबोल्नेवाला हो जसले मानिसलाई प्रारम्भदेखि नै हत्या गर्न अह्रायो, जसले मानिसका हृदयहरूलाई कठोर बनाएको छ ताकि उनीहरूले प्रारम्भ देखि नै अगमवक्ताहरूको हत्या गरेका छन् र उनीहरूलाई ढुङ्गाले हानेकाछन् र बाहिर फ्याँकेका छन्।

२६ यसकारण, म, मोरोनीलाई यी कुराहरू लेख्न आज्ञा गरिएको छ कि दुष्टता हराएर जाओस् र समय आओस् कि सैतानसँग मानिसका छोराछोरीहरूका हृदयहरूमाथि शक्ति नहोओस्, तर कि उनीहरू निरन्तर असल गर्न मानून्, कि उनीहरू धार्मिकताको मुहानसामु आऊन् र बचून्।