धर्मशास्त्रहरू
एतेर ११


अध्याय ११

युद्धहरू, मतभेदहरू र दुष्टताले येरेदीका जीवनमा प्रभुत्व जमाउँछ—अगमवक्ताहरूले येरेदीहरूको यदि उनीहरूले पश्चात्ताप नगरे पूरै विनाश हुने पूर्वसूचना गर्छन्—जनहरूले अगमवक्ताका वचनहरूलाई अस्वीकार गर्छन्।

अनि कोमका दिनहरूमा पनि धेरै अगमवक्ताहरू आए र तिनीहरूले पश्चात्ताप नगरे र परमप्रभुतर्फ नफर्के र उनीहरूका हत्याहरू र दुष्ट्याइँ नत्यागे ती महान् जनको विनाश हुने अगमवाणी उनीहरूले गरे।

अनि यस्तो हुन गयो कि अगमवक्ताहरूलाई जनद्वारा अस्वीकार गरियो र उनीहरू सुरक्षाका निम्ति कोमसामु भागे, किनकि जनले उनीहरूको विनाश गर्न खोजे।

अनि उनीहरूले कोमसामु धेरै कुराहरूको अगमवाणी गरे; र उनी उनका बाँकी सबै दिनहरूमा आशीषित भए।

अनि उनी राम्ररी बूढो उमेरसम्म बाँचे र शिब्लोमलाई जन्माए; र शिब्लोमले उनको सट्टामा शासन गरे। अनि शिब्लोमको भाइले उनका विरुद्ध विद्रोह गरे र भूमिमा अत्यन्त महान् युद्ध हुन थाल्यो।

अनि यस्तो हुन गयो कि शिब्लोमका भाईले अह्राए कि ती अगमवक्ताहरू जसले जनको विनाशको अगमवाणी गरेका थिए उनीहरू सबैलाई मारिनु पर्छ।

अनि सम्पूर्ण भूमिमा महान् प्रकोप भयो, किनकि उनीहरूले गवाही दिएका थिए कि भूमिमाथि र जनमाथि पनि भयानक सराप आउनेछ र उनीहरूमाझ भयानक विनाश हुनेछ, त्यस्तो एउटा कि पृथ्वीको सतहमाथि कहिल्यै भएको थिएन र उनीहरूका हड्डीहरू माटाका थुप्राझैं भूमिका सतहमा हुनेछन् यदि उनीहरूले आफ्ना दुष्टताका पश्चात्ताप नगरे।

अनि उनीहरूले परमप्रभुका आवाजलाई सुनेनन्, उनीहरूको दुष्ट गुटबन्दीहरूका कारण; यसकारण, सम्पूर्ण भूमिमा युद्धहरू र कलहहरू र धेरै अनिकालहरू र माहामारीहरू पनि हुन थाल्यो; यतिसम्म कि एक महान् विनाश भयो, त्यस्तो एउटा जुन पृथ्वीको सतहमा कहिले थाहा भएको थिएन; र यो सबै शिब्लोमका दिनहरूमा हुन गयो।

अनि जनले उनीहरूका दुष्टताको पश्चात्ताप गर्न थाले र जबसम्म उनीहरूले गरे परमप्रभुको कृपा उनीहरूमाथि रह्यो।

अनि यस्तो हुन गयो कि शिब्लोमको बध गरियो र सेतलाई बन्धनमा ल्याइयो र उनले आफ्ना सबै दिनहरू बन्धनमा बिताए।

१० अनि यस्तो हुन गयो कि उनका छोरा आहाहले अधिराज्य प्राप्त गरे; र उनले जनमाथि उनका सबै दिनहरूमा शासन गरे। अनि उनले उनका दिनहरूमा सबै प्रकारका दुष्टता गरे, जुनद्वारा उनले धेरै रक्तपात गर्न अह्राए; र उनका दिनहरू थोरै थिए।

११ अनि आहाहको सन्तति भएकाले एथेमले अधिराज्य प्राप्त गरे; र उनले पनि उनका दिनहरूमा त्यो गरे जुन दुराचारपूर्ण थियो।

१२ अनि यस्तो हुन गयो कि एथेमका दिनहरूमा धेरै अगमवक्ताहरू आए र जनसामु फेरि अगमवाणी गरे; हो, उनीहरूले अगमवाणी गरे कि परमप्रभुले उनीहरूलाई पृथ्वीका सतहबाट पूरै विनाश गर्नुहुनेछ यदि उनीहरूले उनीहरूका दुष्टताहरूको पश्चात्ताप नगरे।

१३ अनि यस्तो हुन गयो कि जनले आफ्ना हृदयहरूलाई कठोर बनाए र उनीहरूका वचनहरूलाई सुनेनन्; र अगमवक्ताहरूले विलाप गरे र जनमाझबाट हटे।

१४ अनि यस्तो हुन गयो कि एथेमले आफ्ना सबै दिनहरूमा न्यायको अभ्यास दुष्टतामा गरे; र उनले मोरोनलाई जन्माए। अनि यस्तो हुन गयो कि मोरोनले उनका सट्टामा शासन गरे; र मोरोनले त्यो गरे जुन परमप्रभुअगाडि दुष्ट थियो।

१५ अनि यस्तो हुन गयो कि जनमाझ विद्रोह उठ्यो, त्यो गोप्य गुटबन्दीका कारण जुन शक्ति पाउन र फाइदा लिन बनाइयो; र उनीहरूमाझ दुष्टतामा एक शक्तिशाली मानिस उठ्यो र मोरोनसँग लडाइँ लड्यो, जुनमा उसले आधा अधिराज्य हरायो; र उसले धेरै वर्षसम्म आधा आधिराज्य कायम राख्यो।

१६ अनि यस्तो हुन गयो कि मोरोनले उसलाई हरायो र अधिराज्य फेरि प्राप्त गरे।

१७ अनि यस्तो हुन गयो कि त्यहाँ अर्को शक्तिशाली मानिस उठे; र उनी येरेदका दाजुका सन्तति थिए।

१८ अनि यस्तो हुन गयो कि उनले मोरोनलाई हराए र अधिराज्य प्राप्त गरे; यसकारण, मोरोनले उनका बाँकी सबै दिनहरू बन्धनमा बिताए; र उनले कोरियान्तोरलाई जन्माए।

१९ अनि यस्तो हुन गयो कि कोरियान्तोरले आफ्ना सबै दिनहरू बन्धनमा बिताए।

२० अनि कोरियान्तोरका दिनहरूमा पनि धेरै अगमवक्ताहरू आए र महान् र अद्भुत कुराहरूको अगमवाणी गरे र जनसामु पश्चात्तापको उद्घोष गरे र यदि उनीहरूले पश्चाताप नगरे, परमप्रभु परमेश्वरले उनीहरूका विरुद्ध उनीहरूको पूरै विनाशको न्यायको अभ्यास गर्नुहुनेछ;

२१ अनि कि परमप्रभु परमेश्वरले यो भूमि स्वामित्वमा लिन अरु जनलाई उहाँको शक्तिद्वारा, पठाउनु हुनेछ अथवा ल्याउनुहुनेछ, त्यस तरिकाले जुन तरिकाबाट उहाँले हाम्रा पितापुर्खाहरुलाई ल्याउनुभयो।

२२ अनि उनीहरूले अगमवक्ताहरूका सबै वचनहरूलाई अस्वीकार गरे, उनीहरूका गोप्य समाज र दुष्ट कुकर्महरूका कारण।

२३ अनि यस्तो हुन गयो कि कोरियान्तोरले एतेरलाई जन्माए र उनी मरे, उनका सबै दिनहरू बन्धनमा बिताएर।