धर्मशास्त्रहरू
१ नफी ८


अध्याय ८

लही जीवनको वृक्षको दर्शन देख्छन्—उनले त्यसको फल खान्छन् र उनका परिवारले पनि त्यसो गरून् भन्ने चाहान्छन्—उनी फलामको छड, कठिन र साँघुरो बाटो र मानिसलाई घेर्ने अन्धकारको तुवाँलो देख्छन्—सरीयाह, नफी र सामले फल खान्छन् तर लमान र लमुएलले अस्वीकार गर्छन्। लगभग ई.पू. ६००–५९२।

अनि यस्तो हुन गयो कि हामीले हरेक किसिमको सबै प्रकारका बीऊहरू, हरेक किसिमका अन्नको र साथै हरेक किसिमका फलको बीउहरू दुबै, जम्मा गरेका थियौँ।

अनि यस्तो हुन गयो कि जब मेरा पिता उजाड स्थानमा बास बस्नु भयो, उहाँले यसो भन्दै हामीसँग बोल्नु भयो: हेर, मैले एउटा सपना देखेको छु; अथवा, अर्को शब्दमा, मैले एउटा दर्शन देखेको छु।

अनि हेर, मैले देखेका कुराका कारणले, नफीको र सामको पनि कारणले मैले परमप्रभुमा खुशी हुनुको औचित्य छ; किनकि उनीहरू र उनीहरूका सन्ततिमध्ये धेरैलाई बचाइनेछ भनेर अपेक्षा गर्न मसँग औचित्य छ।

तर हेर, लमान र लमुएल, तिमीहरूको कारणले म अत्यन्त डराउँछु, किनकि हेर, मलाई लाग्यो मैले मेरो सपनामा एउटा अध्याँरो र उराठलाग्दो उजाड स्थान देखेँ।

अनि यस्तो हुन गयो कि मैले एउटा मानिस देखेँ र उनले सेतो लवेदा पहिरेका थिए, अनि उनी आए र मेरा अगाडि खडा भए।

अनि यस्तो हुन गयो कि उनी मसँग बोले र उनलाई पछ्याउन मलाई अह्राए।

अनि यस्तो हुन गयो कि जब मैले उनलाई पछ्याएँ मैले स्वयमलाई देखेँ कि म एउटा अध्याँरो र उराठलाग्दो निर्जन स्थानमा थिएँ।

अनि अन्धकारमा धेरै घण्टाको अन्तरालसम्म यात्रा गरिसकेपछि उहाँका कैयौँ कोमल कृपाहरूका अनुसार उहाँले ममाथि कृपा गर्नुहोला भनेर म परमप्रभुसामु प्रार्थना गर्न थालेँ।

अनि यस्तो हुन गयो कि मैले परमप्रभुसामु प्रार्थना गरिसकेपछि मैले एक विशाल र फराकिलो जमिन देखेँ।

१० अनि यस्तो हुन गयो कि मैले एउटा वृक्ष देखेँ जसको फल कसैलाई पनि खुशी पार्नका निम्ति रहरलाग्दो थियो।

११ अनि यस्तो हुन गयो कि म अघि बढेँ र त्यसको फल खाएँ; र मैले देखेँ कि यो मैले अहिलेसम्म चाखेका फलहरुभन्दा अत्यन्त बढी मीठो थियो। हो, अनि मैले देखेँ कि त्यसको फल मैले पहिला कहिल्यै देखेको सेतोपना भन्दा पनि अधिक सफेद थियो।

१२ अनि जब मैले त्यसको फल खाएँ यसले मेरो आत्मालाई अत्याधिक खुशीले भरिदियो; यसकारण; मेरो परिवारले पनि यसलाई खानुपर्छ भनी म इच्छुक हुन थालेँ; किनकि मलाई थाहा थियो कि यो फल अन्य सबै फलभन्दा बढी रहरलाग्दो थियो।

१३ अनि जब मैले आफ्नो परिवारलाई पनि भेट्टाउन सक्छु कि भनेर आफ्नो नजर वरपर डुलाएँ, मैले पानीको नदी देखेँ, अनि यो बगेको थियो र यो त्यो वृक्षनजिक थियो जसको फल म खाँदैँ थिएँ।

१४ अनि यो कहाँबाट आएको रहेछ भनी देख्न मैले हेरेँ; र अलि पर मैले त्यसको शिर देखेँ; अनि त्यसको शिरमा मैले तिम्री माता सरियाह र साम र नफीलाई देखेँ; र उनीहरू कहाँ जानुपर्छ भन्ने उनीहरूलाई थाहा नभएको जस्तो गरी उनीहरू उभिएका थिए।

१५ अनि यस्तो हुन गयो कि मैले उनीहरूलाई इसारा गरेँ; र ठूलो आवाजमा मैले उनीहरूलाई मसमक्ष आउन र त्यो फल, जुन अन्य सबै फल भन्दा रहरलाग्दो थियो, खान भनेँ।

१६ अनि यस्तो हुन गयो कि उनीहरू मसमक्ष आए र फल खाए।

१७ अनि यस्तो हुन गयो कि लमान र लमुएल पनि आएर फल खानुपर्छ भनी म इच्छुक थिएँ; यसकारण, सायद उनीहरूलाई देख्न सक्छु कि भनेर मैले नदीको शिरतर्फ नजर डुलाएँ।

१८ अनि यस्तो हुन गयो कि मैले उनीहरूलाई देखेँ, तर उनीहरू मसमक्ष आएनन् र फल खाएनन्।

१९ अनि मैले फलामको छड देखेँ, अनि यो नदीको तट हुँदै लम्बिएको थियो र त्यो रुखतिर गएको थियो जसको छेउमा म उभिएको थिएँ।

२० अनि मैले एउटा कठिन र साँघुरो बाटो पनि देखेँ जुन फलामको छड सँगसँगै त्यस रुखसम्मै आएको थियो जसको छेउमा म उभिएको थिएँ; अनि त्यो फोहराको शिर हुँदै संसार जत्रै विशाल र फराकिलो जमिनसम्म आउँथ्यो।

२१ अनि मैले मानिसहरूको असङ्ख्य जमातहरू देखेँ, जसमध्ये धेरै अगाडि बढ्दै थिए ताकि उनीहरू त्यो मार्ग प्राप्त गर्न सकून् जुन त्यो रुखसम्म आइपुग्थ्यो जसको छेउमा म उभिएको थिएँ।

२२ अनि यस्तो हुन गयो कि उनीहरू अघि आए र रुखतिर आउने मार्गमा लागे।

२३ अनि यस्तो हुन गयो कि त्यहाँ एउटा अन्धकारको तुवाँलो उठ्यो, हो, अत्यन्तै ठूलो अन्धकारको तुवाँलो समेत, यतिसम्म कि मार्गमा लागेकाहरूले बाटो बिराए, उनीहरू बरालिए र हराए।

२४ अनि यस्तो हुन गयो कि मैले अरुहरू अघिल्तिर बढ्दै गरेको देखेँ, अनि उनीहरू अघि आए र त्यो फलामको छडको छेउलाई समाते; अनि फलामको छडलाई समाउँदै अघि आएर त्यस रुखको फल नखाउन्जेलसम्म अन्धकारको तुवाँलो हुँदै उनीहरू अघिल्तिर बढे।

२५ अनि त्यस रुखको फल खाइसकेपछि उनीहरूले लज्जित भए जस्तो गरी वरपर नजर दौडाएँ।

२६ अनि मैले पनि वरपर नजर दौडाएँ र पानीको नदीको अर्को तर्फ एउटा विशाल र फराकिलो भवन देखेँ; र यो हावामा भए जस्तै पृथ्वीमाथि अग्लो रुपमा खडा रहेको थियो।

२७ अनि यो वृद्ध र तरुण, पुरुष र महिला दुबै किसिमका मानिसहरूले भरिएको थियो; अनि उनीहरूको वस्त्रको प्रकार अत्यन्तै राम्रो थियो; र उनीहरू खिल्ली उडाउने र आएर फल खानेहरूतर्फ औँला ठड्याउने प्रवृतिेमा थिए।

२८ अनि उनीहरूको खिल्ली उडाउनेहरुका कारणले फल चाखिसकेपछि उनीहरू लज्जित भए; र उनीहरू निषेधित मार्गहरूतिर पतन भए र हराए।

२९ अनि अब म, नफी, मेरा पिताका सबै वचनहरू व्यक्त गर्दिनँ।

३० तर, छोटकरीमा लेख्नुपर्दा, हेर, उहाँले अन्य समूहहरू पनि अघिल्तिर बढ्दै गरेको देख्नुभयो; अनि उनीहरू आए र फलामको छडको छेउमा समाते; अनि अगाडि नआउन्जेलसम्म र नढलेसम्म र त्यस रुखको फल नखाएसम्म फलामको छडलाई निरन्तर रुपमा दह्रिलोसँग समात्दै उनीहरू आफ्नो बाटोमा अघिल्तिर बढे।

३१ अनि उहाँले त्यो ठूलो र फराकिलो भवनतर्फको बाटो खोजीरहेका अन्य समूहहरूलाई पनि देख्नुभयो।

३२ अनि यस्तो हुन गयो कि धेरै नदीको गहिराइमा डुबे; अनि धेरै अनौठा सडकहरूमा भौँतारिँदै उहाँको दृष्टिबाट हराए।

३३ अनि ठूलो थियो त्यो जमात जो त्यस अनौंठो भवन भित्र प्रवेश गऱ्यो। अनि उनीहरू त्यस भवनभित्र प्रवेश गरिसकेपछि उनीहरूले उपेक्षाको औँला मतिर र जो फल खाइरहेका थिए, तिनीहर तिर पनि ठड्याए; तर हामीहरूले उनीहरूको वास्ता गरेनौँ।

३४ मेरा पिताका वचनहरू यी हुन्: किनकि जतिले उनीहरूलाई वास्ता गरे पतन भएर गए।

३५ अनि लमान र लमुएलले फल खाएनन्, मेरा पिताले भन्नुभयो।

३६ अनि यस्तो हुन गयो कि मेरा पिताले आफ्नो सपना वा दर्शनका सारा वचनहरू, जुन धेरै थिए, बोलिसकेपछि उहाँले हामीलाई भन्नुभयो, उहाँले दर्शनमा देख्नुभएका यी कुराहरूका कारणले लमान र लमुएलका लागि उहाँ अत्यन्तै डराउनुभयो; हो, कदाचित उनीहरूले परमप्रभुको उपस्थितिबाट फ्याँकिनु पर्ने हो कि भनेर उहाँ डराउनुभयो।

३७ अनि त्यसपछि एक कोमल माता पिताको सम्पूर्ण भावनाले उहाँले उनीहरूसँग आग्रह गर्नुभयो, कि उनीहरूले उहाँका वचनहरू सुनून्, कि सायद परमप्रभु उनीहरूप्रति कृपालु हुनुहोओस् र उनीहरूलाई नत्याग्नुहोओस्; हो, मेरा पिताले उनीहरूलाई प्रवचन दिनुभयो।

३८ अनि उनीहरूलाई प्रवचन दिइसकेपछि र उनीहरूसामु धेरै कुराहरूको अगमवाणी गरिसकेपछि उहाँले तिनीहरूलाई परमप्रभुका आज्ञाहरू पालना गर्न अह्राउनुभयो; अनि उहाँले उनीहरूसँग बोल्न रोक्नुभयो।