धर्मशास्त्रहरू
१ नफी ११


अध्याय ११

नफी परमप्रभूको आत्मालाई देख्छन् र उनलाई जीवनको वृक्षको दर्शन देखाइन्छ—उनी परमेश्वरका पुत्रकी आमालाई देख्छन् र परमेश्वरको विनितताका बारेमा सिक्छन्-उनी परमेश्वरका थुमाका बप्तिस्मा, सेवा र क्रुसको आरोहण देख्छन्-उनी थुमाका बाह्र प्रेरितहरूको नियुक्ति र सेवाका बारेमा देख्छन्। लगभग ई.पू. ६००–५९२।

किनकि यस्तो हुन गयो मेरा पिताले देख्नुभएका कुराहरू जान्ने इच्छा गरेपछि, अनि परमप्रभु मलाई ती कुराहरू ज्ञात गराउन सक्षम हुनुहुन्छ भन्ने विश्वास गर्दै जब म मेरो हृदयमा मनन गर्दै बसेँ, म परमप्रभुको आत्मामा टाढा लगिएँ, हो, अत्यन्तै उच्च पर्वततिर जुन मैले पहिले कहिल्यै देखेको थिइनँ र जसमाथि मैले पहिले कहिल्यै पाइला टेकेको थिइनँ।

अनि आत्माले मलाई भन्यो: हेर, के इच्छा गर्दछौ तिमी?

अनि मैले भनेँ: म मेरा पिताले देखेका कुराहरू हेर्न इच्छा गर्दछु।

अनि आत्माले मलाई भन्यो: के तिमी विश्वास गर्दछौ कि तिम्रा पिताले त्यो रुख देखेकै हुन् जसका बारेमा उनले बोलेका छन्?

अनि मैले भनेँ: हो, तिमीलाई थाहा छ कि म मेरा पिताका सबै वचनहरूमा विश्वास गर्दछु।

अनि जब मैले यी वचनहरू बोलिसकेँ, आत्मा यसो भन्दै चर्को आवाजमा करायो: परमप्रभु, सर्वोच्च परमेश्वरलाई होसन्ना; किनकि उहाँ सारा पृथ्वीको, हो, अझ सर्वोपरि परमेश्वर हुनुहुन्छ। अनि तिमी आशीषित छौ, नफी, किनभने तिमी सर्वोच्च परमेश्वरका पुत्रमा विश्वास गर्दछौ; यसकारण, तिमीले इच्छा गरेका कुराहरू तिमीले देख्नेछौ।

अनि हेर यो कुरा तिमीलाई एउटा चिन्हको लागि दिइनेछ, कि तिम्रा पिताले चाखेको फल भएको वृक्ष देखिसकेपछि तिमीले स्वर्गबाट ओर्लंदै गरेको एक जना मानिसलाई पनि देख्नेछौ र उनलाई तिमीले देख्नेछौ; अनि उनलाई देखिसकेपछि तिमीले गवाही दिनेछौ कि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ।

अनि यस्तो हुन गयो कि आत्माले मलाई भन्यो: हेर! अनि मैले हेरेँ र एउटा वृक्ष देखेँ र यो मेरा पिताले देखेको रुखजस्तै थियो; र त्यसको सुन्दरता असीम थियो, हो, सबै सुन्दरतालाई उछिन्ने; अनि त्यसको सेतोपना बगेको हिउँको सेतोपनालाई उछिन्ने खालको थियो।

अनि यस्तो हुन गयो वृक्ष देखिसकेपछि मैले आत्मालाई भने: मैले तिमीले मलाई देखाएको सबभन्दा मूल्यवान् रुख देखेँ।

१० अनि उसले मलाई भन्यो: के इच्छा गर्दछौ तिमी?

११ अनि मैले उसलाई भनेँ: त्यसको व्याख्या जान्न—किनकि मैले उनीसँग एउटा मानिसले बोलेजस्तै गरी बोलेँ; किनकि मैले देखेँ कि ऊ मानिसको रुपमा थियो; मलाई थाहा थियो कि यो परमप्रभुको आत्मा थियो; र उसले मसँग बोल्यो जसरी एउटा मानिसले अर्कोसँग बोल्दछ।

१२ अनि यस्तो हुन गयो कि उनले मलाई भने: हेर! अनि उनलाई हेर्नलाई जस्तै गरी मैले हेरेँ, अनि मैले उसलाई देखिनँ; किनकि ऊ मेरो उपस्थितिबाट गइसकेका थियो।

१३ अनि यस्तो हुन गयो कि मैले हेरेँ र महान् यरुशलेम सहर र अन्य सहरहरू पनि देखेँ, अनि मैले नाशरत सहर देखेँ; र नाशरत सहरमा एउटी कन्यालाई देखेँ र उनी अत्यन्तै सुन्दर र सफेद थिइन्।

१४ अनि यस्तो हुन गयो कि मैले स्वर्गहरू खुलेको देखेँ; अनि एउटा स्वर्गदूत तल आए र मेरा अगाडि खडा भए; र उनले मलाई भने: नफी, के देख्दछौ तिमी?

१५ अनि मैले उनलाई भनेँ: एउटी कन्या, अन्य सबै कन्याहरू भन्दा अति सुन्दर र स्वच्छ।

१६ अनि उनले मलाई भने: परमेश्वरको विनीतता थाहा छ तिमीलाई?

१७ अनि मैले उनलाई भनेँ: मलाई थाहा छ कि उहाँले आफ्ना छोराछोरीहरूलाई प्रेम गर्नुहुन्छ; तथापि, मलाई सबै कुराहरूको अर्थ थाहा छैन।

१८ अनि उनले मलाई भने: हेर, जसलाई तिमी देख्दछौ, ती कन्या शरीरको रुपमा परमेश्वरका पुत्रकी माता हुन्।

१९ अनि यस्तो हुन गयो कि मैले देखेँ कि उनलाई आत्मामा पर लगियो; र उनलाई समयको केही अन्तरालसम्म आत्मामा पर लागिइसकेपछि स्वर्गदूत मसँग यसो भन्दै बोले: हेर!

२० अनि मैले हेरेँ र आफ्ना वाहुमा एउटा बालकलाई बोकिरहेकी ती कन्यालाई पुन: देखेँ।

२१ अनि स्वर्गदूतले मलाई भने: परमेश्वरका थुमा, अनन्त पिताका पुत्र समेतलाई हेर! के तिम्रा पिताले देखेको वृक्षको अर्थ तिमीलाई थाहा छ?

२२ अनि मैले यसो भन्दै जवाफ दिएँ: हो, यो परमेश्वरको प्रेम हो, जुन मानिसका छोराछोरीहरूका हृदयहरूमा सर्वत्र स्वयम फैलन्छ; यसकारण, यो सबै कुराहरू भन्दा अति रहरलाग्दो छ।

२३ अनि उनले यसो भन्दै म सँग बोले: हो, अनि आत्मालाई अति आनन्ददायक।

२४ अनि उनले यी वचनहरू भनिसकेपछि, उनले मलाई भने: हेर! अनि मैले हेरेँ र परमेश्वरका पुत्रलाई मानिसका छोराछोरीहरूमाझ अघि गइरहेको देखेँ; अनि धेरैले उहाँको पाउमा निहुरेको र उहाँको आराधना गरेको मैले देखेँ।

२५ अनि यस्तो हुन गयो कि मैले देखेँ कि मेरा पिताले देख्नु भएको फलामको छड परमेश्वरको वचन थियो जसले जीवित पानीको तलाउतिर, वा जीवनको वृक्षतिर अगुवाइ गर्दथ्यो, जुन पानी परमेश्वरको प्रेमको प्रतिरुप हुन्; अनि मैले यो पनि देखेँ कि जीवनको वृक्ष परमेश्वरको प्रेमको प्रतिरुप थियो।

२६ अनि स्वर्गदूतले मलाई पुन: भने: हेर र परमेश्वरको विनितता देख।

२७ अनि मैले हेरेँ र संसारको उद्धारकर्तालाई देखेँ, जसका बारेमा मेरा पिताले बोल्नुभएको थियो; अनि मैले ती अगमवक्तालाई पनि देखेँ जसले उहाँअगाडि बाटो तयार पार्नु पर्दछ। अनि परमेश्वरका थुमा अघि जानुभयो र उनीद्वारा बप्तिस्मायुक्त हुनुभयो; अनि उहाँ बप्तिस्मायुक्त हुनुभएपछि मैले स्वर्गहरू खुलेको र पवित्र आत्मा स्वर्गबाट तल आएको र एउटा ढुकुरको स्वरुपमा उहाँमाथि बसेको देखेँ।

२८ अनि मैले देखेँ कि उहाँ शक्ति र ठूलो महिमामा मानिसहरूको सेवा गर्दै अघि जानुभयो; र उहाँलाई सुन्न भीड जम्मा भएका थिए; अनि मैले देखेँ कि उनीहरूले उहाँलाई उनीहरूका माझबाट निकाला गरे।

२९ अनि मैले अन्य बाह्रले उहाँलाई पछ्याइरहेको पनि देखेँ। अनि यस्तो हुन गयो कि उनीहरू आत्मामा मेरो सम्मुखबाट पर लगिए र मैले उनीहरूलाई देखिनँ।

३० अनि यस्तो हुन गयो कि स्वर्गदूतले यसो भन्दै पुन: मसँग बोले: हेर! अनि मैले हेरेँ र स्वर्गहरू पुन: खुलेको देखेँ, अनि मैले स्वर्गदूतहरू मानिसका छोराछोरीहरूतिर ओर्लिरहेको देखेँ; र उनीहरूले तिनीहरूको सेवा गरे।

३१ अनि उनले मसँग यसो भन्दै पुन: बोले: हेर! अनि मैले हेरेँ र परमेश्वरका थुमा मानिसका छोराछोरीहरूमाझ अघि गइरहनुभएको देखेँ। अनि मैले मानिसको भीड देखेँ जो बिरामी थिए र जो सबै किसिमका रोगहरूबाट, दुष्टहरू र अशुद्ध आत्माहरूबाट ग्रसित थिए; र स्वर्गदूतले यी सबै कुराहरू मलाई देखाए। अनि परमेश्वरका थुमाको शक्तिद्वारा तिनीहरूलाई निको पारियो; र पिशाचहरू र अशुद्ध आत्माहरूलाई निष्काशन गरियो।

३२ अनि यस्तो हुन गयो कि स्वर्गदूतले मसँग यसो भन्दै पुन: बोले: हेर! अनि मैले हेरेँ र परमेश्वरका थुमालाई देखेँ, कि मानिसहरुद्वारा उहाँलाई लगियो; हो, चीरस्थायी परमेश्वरका पुत्रमाथि संसारद्वारा फैसला गरियो र मैले देखेँ र गवाही दिन्छु।

३३ अनि म, नफीले देखेँ कि उहाँलाई क्रूसमा उचालियो र संसारका पापहरूका लागि बध गरियो।

३४ अनि उहाँको बध गरिएपछि मैले पृथ्वीमा भीड देखेँ, कि उनीहरू थुमाका प्रेरितहरूविरुद्ध लड्न एकसाथ जम्मा भएका थिए; किनकि ती बाह्रलाई परमप्रभुको स्वर्गदूतद्वारा यसरी नै बोलावट गरिएको थियो।

३५ अनि पृथ्वीको भीड एकसाथ जम्मा भएको थियो; र मैले देखेँ कि उनीहरू मेरा पिताले देख्नु भएको भवन जस्तै एउटा ठूलो र फराकिलो भवनमा थिए। अनि परमप्रभुका स्वर्गदूतले मसँग यसो भन्दै पुन: बोले: संसार र त्यसको विवेक हेर; हो, थुमाका बाह्र प्रेरितहरूविरुद्ध लड्न इस्राएलका घराना एकसाथ जम्मा भएको हेर।

३६ अनि यस्तो हुन गयो कि मैले देखेँ र यो गवाही दिन्छु, कि त्यो ठूलो र फराकिलो भवन संसारको घमण्ड थियो; र यो पतन भयो र त्यसको पतन अत्यन्तै ठूलो थियो। अनि परमप्रभुको स्वर्गदूतले मसँग यसो भन्दै पुन: बोले: थुमाका बाह्र प्रेरितहरूविरुद्ध लड्ने सबै राष्ट्रहरू, कुटुम्बहरू, भाषाहरू र जनको विनाश यस्तै हुनेछ।