धर्मशास्त्रहरू
१ नफी २०


अध्याय २०

परमप्रभुले आफ्नो प्रयोजन इस्राएललाई प्रकट गर्नुहुनेछ—कष्टको भट्टीमा इस्राएललाई चुनिएको हो र बबिलोनबाट अघि जानेछन्—यशैया ४८ सँग दाँज्नु होस्। लगभग ई.पू. ५८८–५७०।

ध्यान देऊ र यो सुन, हे याकूबका घराना, जो इस्राएलका नामबाट पुकारिन्छन् र यहूदाको पानीबाट बाहिर, वा बप्तिस्माको पानीबाट बाहिर आउँछन्, जो परमप्रभुको नामबाट शपथ लिन्छन् र इस्राएलका परमेश्वरको उल्लेख गर्छन्, अझै पनि उनीहरू न त सत्यमा न त धर्मिकतामा नै शपथ लिन्छन्।

तथापि, उनीहरू स्वयम्‌लाई पवित्र सहरका हौँ भन्छन्, तर उनीहरू स्वयम् इस्राएलका परमेश्वर, जो सैन्यहरूका अधिपति हुनुहुन्छ, उहाँमाथि भरोसा गर्दैनन्; हो, सैन्यहरूका अधिपति उहाँको नाम हो।

हेर, अघिल्ला कुराहरू मैले प्रारम्भदेखि नै घोषणा गरेको छु; र ती मेरो मुखबाट निस्केका हुन् र मैले तिनीहरूलाई देखाएँ। मैले अकस्मात् तिनीहरूलाई देखाएँ।

अनि मैले यस्तो गरेँ किनभने तिमी हठी छौ र तिम्रो घाँटी फलामे नशा हो, तिम्रो निधार काँसको हो भन्ने मलाई थाहा थियो;

अनि मैले प्रारम्भदेखि नै तिमीलाई घोषणा गरेको छु; यस्तो हुन जानु अगाडि मैले ती तिमीलाई देखाएको छु; अनि तिमीले यसो भन्छौ कि भन्ने डरले मैले ती देखाएँ—मेरो मूर्तिले ती गरेका हुन् र मेरो कुँदिएका प्रतिमाले र मेरो ढलान गरिएका प्रतिमाले ती निर्दिष्ट गरेका हुन्।

तिमीले यो सब देखेका र सुनेका छौ; र के तिमी तिनीहरूलाई अझै घोषणा गर्दैनौ? अनि यस समयदेखि मैले तिमीलाई नयाँ कुराहरू, लुकेका कुराहरू समेत, देखाएकोछु र तिमीलाई ती थाहा थिएनन्।

तिनीहरूको सृष्टि अहिले गरिएको हो र प्रारम्भदेखि होइन, तिमीले—हेर मलाई ती कुराहरू थाहा थियो भन्छौ भनेर तिमीले ती कुराहरु नसुनेको दिनअगाडि मात्रै तिमीसामु तिनको घोषणा गरिएको थियो।

हो, अनि तिमीले सुनेनौ; हो, तिमीलाई थाहा थिएन; हो, त्यस समयदेखि तिम्रो कान खुल्ला थिएन; किनकि तिमीले छलकपटपूर्वक व्यवहार गर्छौ र गर्भदेखि नै अपराधी कहलिएका थियौ भन्ने मलाई थाहा थियो।

तथापि, मेरो नामको निम्ति म मेरो रिस थाम्छु र मेरो प्रशंसाको लागि म तिमीबाट मलाई रोक्नेछु, ताकि मैले तिमीलाईं ननिकालूँ।

१० किनकि, हेर, मैले तिमीलाई परिष्कृत गरेको छु, कष्टको अगेनामा मैले तिमीलाई रोजेको छु।

११ मेरो आफ्नै निम्ति, हो, मेरो आफ्नै निम्ति म यसो गर्नेछु, किनकि मेरो नाम प्रदूषित भएको म सहने छैनँ र मेरो महिमा म अर्कालाई दिने छैनँ।

१२ मलाई सुन, हे याकूब र मैले बोलाएको इस्राएल, किनकि म उही हूँ; म प्रथम हूँ र म अन्तिम पनि हूँ।

१३ मेरो हातले पृथ्वीको जग पनि बसालेको छ र मेरो दाहिने हातले आकाश फिँजाएको छ। म उनीहरूलाई बोलाउँछु र उनीहरू एकसाथ खडा हुन्छन्।

१४ तिमीहरू सबै, स्वयम भेला होऊ र सुन; तिनीहरूमध्ये कसले तिनीहरूसामु यी कुराहरू घोषणा गरेको छ? परमप्रभुले उसलाई प्रेम गर्नुभएको छ; हो र तिनीहरूबाट घोषणा गर्नुभएको आफ्नो वचन उहाँले पूरा गर्नुहुनेछ; र बेबिलोनमाथि उहाँले आफ्नो मनखुशी गर्नुहुनेछ, अनि कल्दीहरूमाथि उहाँको बाहू आउनेछ।

१५ साथै, परमप्रभु भन्नुहुन्छ; म परमप्रभु, हो, मैले बोलेको छु; हो, घोषणा गर्न मैले उनलाई बोलाएको छु, मैले उनलाई ल्याएको छु र उनले आफ्नो बाटो उन्नतिशील बनाउनेछन्।

१६ मेरासामु नजिक आऊ; मैले गोप्यमा बोलेको छैन; प्रारम्भदेखि नै, यसको घोषणा भएको समयदेखि नै मैले बोलेको छु; र परमप्रभु परमेश्वर र उहाँको आत्माले मलाई पठाएको छ।

१७ अनि परमप्रभु, तिम्रो उद्धारकर्ता, इस्राएलका पवित्र उहाँ यसो भन्नु हुन्छ; मैले उनलाई पठाएको छु, परमप्रभु तिम्रा परमेश्वर, जसले तिमीलाई उन्नति गर्न सिकाउनु हुन्छ, जसले तिमीलाई तिमीले हिँड्नुपर्ने बाटोमा अगुवाइ गर्नु हुन्छ, उहाँले यसो गर्नुभएको छ।

१८ हे तिमीले मेरा आज्ञाहरूलाई सुनेको भए—त्यसपछि तिम्रो शान्ति नदी जस्तै र तिम्रो धर्मिकता समुद्रका छालहरू जस्तै हुने थियो।

१९ तिम्रा सन्तति पनि बालुवाजस्तै हुने थिए; तिम्रा कोखका सन्तानहरू त्यहाँको गिट्टी जस्तै हुने थिए; उनको नाम मेरो अगाडिबाट अलग्याइने वा विनाश गरिने थिएन।

२० बेबिलोनबाट तिमी अघि बढ, कल्दीहरूबाट तिमी भाग, गाउने आवाजमा तिमी घोषणा गर, यसो भन्दै, पृथ्वीको सिमान्तसम्मै उच्चारण गर; तिमी भन: परमप्रभुले उहाँको सेवक याकूबलाई उद्दार गर्नुभएको छ।

२१ अनि उनीहरू तिर्खाएनन्; उहाँले तिनीहरूलाई मरुभूमि हुँदै अगुवाइ गर्नुभयो; तिनीहरूका लागि उहाँले चट्टानबाट पानी बहाउनुभयो; उहाँले चट्टानलाई पनि चिर्नुभयो र पानी बाहिर निस्क्यो।

२२ अनि उहाँले यो सब र अझ महान् पनि गर्नु भए तापनि शान्ति छैन, दुष्टसामु परमप्रभु भन्नु हुन्छ।