धर्मशास्त्रहरू
१ नफी १९


अध्याय १९

नफी कच्चा धातुबाट पाताहरू बनाउँछन् र आफ्ना जनको इतिहासको अभिलेख बनाउँछन्—इस्राएलका परमेश्वर लहिले यरुशलेम छोडेको छ सय वर्षपछि आउनुहुनेछ—नफी उहाँको कष्ट र क्रूसको बारेमा बताउँछन्—उनीहरू आफ्ना परमप्रभूमा फर्केर आउने पछिल्ला दिनहरूसम्म यहूदीहरू घृणित हुनेछन् र तितर-वितर हुनेछन्। लगभग ई.पू. ५८८–५७०।

अनि यस्तो हुन गयो कि परमप्रभुले मलाई आज्ञा दिनुभयो, यसकारण मैले कच्चा धातुका पाताहरू बनाएँ ताकि तिनीहरूमाथि म मेरा जनको अभिलेख कुँद्न सकूँ। अनि मैले बनाएका पाताहरूमाथि मैले मेरा पिताको र उजाड स्थानमा हाम्रा यात्राहरूको पनि र मेरा पिताका अगमवाणीहरूको अभिलेख कुँदेँ; अनि धेरै मेरा आफ्नै अगमवाणीहरू पनि मैले तिनीहरूमाथि कुँदेको छु।

अनि मैले तिनीहरूलाई बनाएको समयमा मलाई परमप्रभुद्वारा यी पाताहरू बनाउन आज्ञा दिइनेछ भन्ने थाहा थिएन; यसकारण, मेरा पिताको अभिलेख र उहाँका पितापुर्खाहरुको वंशावली र उजाड स्थानमा हाम्रा सबै कामकारवाहीहरूको बढी भाग मैले बोलेका कुराहरू यी पहिलो पाताहरूमाथि कुँदिएका छन्; यसकारण, मैले ती पाताहरू बनाउनु भन्दा अगाडि घटेका कुराहरू, साँचै नै, खास गरी पहिलो पाताहरूमा धेरै उल्लेख गरिएका छन्।

अनि आज्ञाको तरिकाबाट यी पाताहरू बनाइसकेपछि म नफीले सेवा र अगमवाणीहरू, तिनका बढी स्पष्ट र बहुमूल्य भागहरू यी पाताहरूमाथि लेखिनु पर्दछ; अनि लेखिएका कुराहरू यो भूमिलाई स्वामित्वमा लिने मेरा जनको शिक्षाका लागि र परमप्रभुसामु ज्ञात भएका विवेकी प्रयोजनका लागि पनि राखिनुपर्दछ भन्ने आज्ञा प्राप्त गरेँ।

यसकारण, म नफीले अन्य पाताहरूमाथि अभिलेख बनाएँ, जसले एउटा विवरण दिन्छ, वा जसले मेरा जनको युद्धहरू, कलहहरू र विनाशहरूको अझ ठूलो विवरण दिन्छ। अनि मैले यसो गरेको छु र म गएपछि उनीहरूले के गर्नुपर्दछ भनी आज्ञा दिएको छु; र यी पाताहरूलाई परमप्रभुको थप आज्ञाहरू नआउन्जेलसम्म एक पिँढीदेखि अर्कोमा, वा एक अगमवक्ताबाट अर्कोमा हस्तान्तरण गरिनु पर्दछ।

अनि मैले यी पाताहरू बनाएको विवरण यस उपरान्त दिइनेछ; अनि त्यसपछि, हेर, मैले बोलेअनुसार म अगाडि बढ्दछु; अनि म यसो गर्छु ताकि बढि पवित्र कुराहरू मेरा जनको ज्ञानका लागि राख्न सकियोस्।

तथापि, मैले पवित्र छ भनी सोंचेको कुराबाहेक म यी पाताहरूमाथि केही लेख्दिनँ। अनि अब, यदि मैले गल्ती गरेँ भने, प्राचीन समयमा पनि उनीहरूले गल्ती गर्थे, अरू मानिसहरूका कारणले मैले स्वयमलाई क्षमा गर्ने त होइन, तर ममा भएको कमजोरीका कारणले, मांशशरीरअनुसार, म स्वयम्‌लाई क्षमा गर्दछु।

केही मानिसहरूले शरीर र जीवात्मा दुबैको लागि ठूलो मूल्यको ठानेको कुराहरूलाई अरूले तुच्छ ठान्दछन् र आफ्नो पाउ मुनि कुल्चन्छन्। हो, इस्राएलका उही परमेश्वरलाईसमेत मानिसहरू आफ्नो पाउमुनि कुल्चन्छन्; म भन्दछु, आफ्ना पाउमुनि कुल्चन्छन् तर अर्को शब्दमा भन्दा—उनीहरूले उहाँलाई तुच्छ ठान्दछन् र उहाँका सल्लाहका आवाजहरूलाई सुन्दैनन्।

अनि हेर, स्वर्गदूतका वचनहरूअनुसार, मेरा पिताले यरुशलेम छाडेको समयदेखि छ सय वर्षमा उहाँ आउनुहुन्छ।

अनि संसारले आफ्नो कुकर्मका कारणले उहाँलाई तुच्छ कुरा भनेर फैसला गर्नेछ; यसकारण उनीहरूले उहाँलाई कोर्रा हान्छन् र उहाँले त्यो सहनुहुन्छ; अनि उनीहरूले उहाँलाई प्रहार गर्छन् र उहाँले त्यो सहनुहुन्छ। हो, मानिसका छोराछोरीहरूप्रति उहाँको प्रेमपूर्ण दया र सहनशीलताका कारण उनीहरूले उहाँलाई थुक्छन् र उहाँले त्यो सहनुहुन्छ।

१० अनि मिश्रदेशबाट दासत्वबाट मुक्त गरिएका र उजाड स्थानमा उहाँद्वारा जोगाइएका हाम्रा पितापुर्खाहरुका परमेश्वर, हो, अब्राहामका र इसहाकका परमेश्वर र याकूबका परमेश्वरले, आफूलाई समर्पण गर्नुहुन्छ, स्वर्गदूतका वचनहरूअनुसार, मानिसको रुपमा, येनोकका वचनहरूअनुसार, माथि उचालिनका लागि, र, नेउमका वचनहरूअनुसार, क्रूसमा टाँगिनका लागि, र, तीन दिनको अन्धकार, जो समुद्रका टापुहरूमा बस्नेहरूकालागि उहाँको मृत्युको सङ्केतका रुपमा दिइनेछ, बढि विशेष गरी इस्राएलका घरानाकाहरूको लागि दिइनेछ, उहाँको बारेमा उनले बोलेका येनोसका वचनहरूअनुसार, चिहानमा दफनाइनका लागि स्वयमलाई दुष्ट मानिसहरूको हातमा सुम्पनु हुनेछ।

११ किनकि अगमवक्ता यसरी बोल्नुहुन्छ: परमप्रभु परमेश्वरले निश्चय नै त्यस दिनमा इस्राएलका सबै घरानालाई भेटघाट गर्नुहुनेछ, कसैलाई उनीहरूको धर्मिकताका कारणले ठूलो आनन्द र मुक्ति हुनेगरी उहाँको आवाजद्वारा र अरुलाई उहाँको शक्तिको गर्जन र चमकद्वारा, आँधिबेहरीद्वारा, आगोद्वारा र धुँवाद्वारा र अन्धकारको तुँवालोद्वारा र पृथ्वीको धाँजा फटाईद्वारा र माथि उचालिने पर्वतहरूद्वारा भेट्न् आउनुहुनेछ।

१२ अनि यी सबै कुराहरू निश्चय नै आउनु पर्दछ, अगमवक्ता येनोस भन्दछन्। अनि पृथ्वीका चट्टानहरू टुक्रा टुक्रा हुनुपर्छ; र पृथ्वीका आर्तनादहरूका कारणले परमेश्वरको आत्माले समुद्रका टापुहरूका राजाहरूमध्ये धेरैमाथि प्रकृतिका परमेश्वर पीडा भोग्नुहुन्छ भनी घोषणा गर्न काम गराउनेछ।

१३ अनि यरुशलेममा रहेकाहरूका सम्बन्धमा, अगमवक्ता भन्नुहुन्छ, उनीहरूलाई सबै जनद्वारा कोर्रा हानिनेछ किनभने उनीहरू इस्राएलका परमेश्वरलाई क्रूसमा टाङ्छन्, अनि चिन्हहरू र आश्चर्यहरू र इस्राएलका परमेश्वरको शक्ति र महिमालाई अस्वीकार गर्दै आफ्ना हृदयहरूलाई अन्यत्र मोड़दछन्।

१४ अनि उनीहरूले आफ्ना हृदयहरू अन्यत्रै मोडेकाले, अगमवक्ता भन्नुहुन्छ र इस्राएलका पवित्र उहाँलाई अपमान गरेकाले उनीहरू शरीरमा भौँतारिनेछन् र नासिनेछन् र निन्दा र उखानको पात्र बन्नेछन् र सारा राष्ट्रहरूमाझ घृणित हुनेछन्।

१५ तथापि, जब त्यो दिन आउँछ, अगमवक्ता भन्नुहुन्छ, कि उनीहरू इस्राएलका पवित्र उहाँविरुद्ध आफ्ना हृदयहरूलाई अन्यत्रैतिर मोड़दैनन्, त्यसपछि उहाँले उनीहरूका पितापुर्खाहरुसँग बाँध्नुभएका करारहरू सम्झनुहुनेछ।

१६ हो, त्यसपछि उहाँले समुद्रका टापुहरूलाई सम्झनुहुनेछ; हो र पृथ्वीको चारै दिशाबाट म इस्राएलका घरानाका सबै जनलाई जम्मा गर्नेछु, अगमवक्ता येनोसका वचनहरूअनुसार, परमप्रभु भन्नुहुन्छ।

१७ हो, अनि सारा पृथ्वीले परमप्रभुको मुक्ति देख्नेछ, अगमवक्ता भन्नुहुन्छ, प्रत्येक राष्ट्र, कुटुम्ब, भाषा र जन आशीषित हुनेछन्।

१८ अनि म नफीले यी कुराहरू मेरा जनका लागि लेखेको छु, ताकि सायद उनीहरूले परमप्रभु तिनका उद्धारकर्तालाई सम्झून् भनेर म उनीहरूलाई मनाउन सकूँ।

१९ यसकारण, म सबै इस्राएलका घरानासामु बोल्दछु, यदि यस्तो भयो कि उनीहरूले यी कुराहरू प्राप्त गर्नेछन्।

२० किनकि हेर, मसँग यरुशलेममा रहेकाहरूका लागि मेरा जोर्नीहरूसमेत कमजोर हुने गरी थकित तुल्याउने गरी आत्मामा कामहरू छन्; किनकि उनीहरूका बारेमा प्राचीनकालका अगमवक्ताहरूलाई झैँ मलाई देखाउन परमप्रभु दयालु नभएको भए म पनि नासिने थिएँ।

२१ अनि उहाँले निश्चय नै प्राचीनकालका अगमवक्ताहरूलाई उनीहरूका बारेमा सबै कुराहरू देखाउनुभयो; अनि हाम्रा बारेमा पनि उहाँले धेरैलाई देखाउनुभयो; यसकारण, यो आवश्यक छ कि हामीलाई उनीहरूका बारेमा थाहा हुनुपर्दछ किनकि ती काँसका पाताहरूमाथि लेखिएका छन्।

२२ अब यस्तो हुन गयो कि म नफीले मेरा बन्धुहरूलाई यी कुराहरू सिकाएँ; अनि यस्तो हुन गयो कि मैले उनीहरूलाई काँसका पाताहरूमाथि कुँदिएका धेरै कुराहरू पढेर सुनाएँ ताकि अन्य भूमिहरूमा प्राचीनकालका जनमाझ परमप्रभुका कामहरूका बारेमा उनीहरूले जानून्।

२३ अनि मोशाका पुस्तकहरूमा लेखिएका धेरै कुराहरू मैले उनीहरूसामु पढेँ; तर उनीहरूलाई परमप्रभु तिनका उद्धारकर्तामा विश्वास गर्न पूर्ण रुपले मनाउन सकूँ भनेर अगमवक्ता यशैयाले लेखेको कुरा मैले उनीहरूसामु पढेँ; किनकि यो हाम्रो फाइदा र शिक्षाका लागि होस् भनेर मैले सबै धर्मशास्त्रहरूलाई हामीमा लागू गरेँ।

२४ यसकारण यसो भन्दै मैले उनीहरूसामु बोलेँ: तिमीहरू अगमवक्ताका वचनहरू सुन, तिमीहरू जो इस्राएलका घरानाका अवशेष हौ, छुट्टिएका एउटा हाँगा हौ; तिमीहरू अगमवक्ताका वचनहरू सुन, जुन इस्राएलका सबै घरानाको लागि लेखिएको हो र तिनीहरूलाई आफैँमा लागू गर, ताकि तिमीहरूका छुट्टिएका बन्धुहरू लगायत तिमीहरूमा आशा होस्; यस प्रकारले अगमवक्ताले लेख्नुभएको छ।