धर्मशास्त्रहरू
१ नफी १५


अध्याय १५

पछिल्ला दिनहरूमा लहीका सन्तानले गैह्र-यहूदीहरूबाट सुसमाचार प्राप्त गर्नेछन्-इस्राएलको भेला जैतुनका कलमी गरिएका प्राकृतिक हाँगाहरूसँग तुलना गरिन्छ-नफीले जीवनको वृक्षको दर्शनको व्याख्या गर्छन् र धर्मात्माबाट दुष्टहरूलाई छुट्याउनमा परमेश्वरको न्यायका बारेमा बोल्दछन्। लगभग ई.पू. ६००–५९२।

अनि यस्तो हुन गयो कि म, नफी आत्मामा लगिएपछि र यी सब कुराहरू देखिसकेपछि, म मेरा पिताको पालमा फर्किएँ।

अनि यस्तो हुन गयो कि मैले मेरा बन्धुहरूलाई देखेँ, अनि मेरा पिताले उनीहरूसामु बोल्नुभएका कुराहरूका बारेमा उनीहरू एक-अर्कासँग विवाद गर्दै थिए।

किनकि उहाँले उनीहरूसामु साँचै नै धेरै गम्भीर कुराहरू बोल्नुभयो, जुन मानिसले परमप्रभुसँग सोधखोज नगरे बुझ्न कठिन थिए; अनि उनीहरू आफ्ना हृदयहरूमा कठोर भएकाले, त्यसकारण, उनीहरूले परमप्रभुतर्फ नजर दिएनन्, जुन उनीहरूले गर्नुपर्ने थियो।

अनि अब म नफी तिनका हृदयका कठोरताका कारणले र मानिसका छोराछोरीहरूको महान् दुष्टताको कारणले अपरिहार्य रुपमा आउनै पर्छ भनी मैले देखेका र जानेका कुराहरूका कारणले पनि शोकमग्न भएँ।

अनि यस्तो हुन गयो कि मेरा कष्टहरूका कारणले म विह्वल भएँ, किनकि मेरा जनको विनाशका कारणले मेरा कष्टहरू सबैभन्दा ठूलो भएको मैले अनुमान गरेँ, किनकि मैले उनीहरूको पतन देखेको थिएँ।

अनि यस्तो हुन गयो कि शक्ति पाइसकेपछि उनीहरूबाट तिनीहरुका विवादको कारण जान्ने इच्छा गर्दै मैले मेरा बन्धुहरूसामु बोलेँ।

अनि उनीहरूले भने: हेर, जैतूनको वृक्षका प्राकृतिक हाँगाहरू र गैह्र-यहूदीहरूका बारेमा पनि, हाम्रा पिताले बोल्नु भएका वचनहरू हामी बुझ्न सक्दैनौँ।

अनि मैले उनीहरूलाई भनेँ: के तिमीहरूले परमप्रभुसँग सोधखोज गरेका छौ?

अनि उनीहरूले मलाई भने: हामीले गरेका छैनौँ; किनकि परमप्रभुले यस्तो कुरा हामीलाई अवगत गराउनुहुन्न।

१० हेर, मैले उनीहरूलाई भनेँ: यस्तो कसरी हुन्छ कि तिमीहरू परमप्रभुका आज्ञाहरू पालना गर्दैनौ? यस्तो कसरी हुन्छ कि आफ्ना हृदयहरूका कठोरताको कारणले तिमीहरू नासिनेछौ?

११ के परमप्रभुले भन्नुभएका कुराहरू तिमीहरू याद गर्दैनौ?—यदि तिमीहरू आफ्ना हृदयहरू कठोर बनाउँदैनौ र मेरा आज्ञाहरू पालना गर्नमा लगनशीलताका साथ तिमीहरूले प्राप्त गर्नेछौ भनी विश्वास गर्दै आस्थामा मलाई सोध्छौ भने निश्चय नै यी कुराहरू तिमीहरूलाई अवगत गराइनेछ।

१२ हेर, म तिमीहरूलाई भन्दछु, कि हाम्रा पितामा भएको परमप्रभुको आत्माद्वारा इस्राएलका घरानालाई एउटा जैतूनको वृक्षसँग तुलना गरिएको थियो; अनि हेर, के हामी इस्राएलका घरानाबाट अलग्गिएका छैनौँ र के हामी इस्रायलको घरानाको एउटा हाँगा होइनौँ र?

१३ अनि अब, गैह्र-यहूदीहरूको पूर्णता मार्फत् प्राकृतिक हाँगाहरूको कलमी गर्ने बारेमा हाम्रा पिताको अर्थ यो हो कि पछिल्ला दिनहरूमा, हो, मसीह मानिसका छोराछोरीहरूसामु शरीरमा प्रकट हुनुभएपछि धेरै वर्षहरू र धेरै पुस्ताहरूको अन्तरालसम्ममा, जब हाम्रा सन्तति विश्वासमा क्षीण हुनेछन्, त्यसपछि मसीहको सुसमाचारको पूर्णता गैह्र-यहूदीहरूसामु र गैह्र-यहूदीहरूबाट हाम्रा सन्ततिको अवशेषसम्म आउनेछ—

१४ अनि त्यस दिनमा हाम्रा सन्ततिका अवशेषले थाहा पाउनेछन् कि उनीहरू इस्राएलका घरानाका हुन् र उनीहरू परमप्रभुका करारवद्ध जन हुन्; अनि त्यसपछि उनीहरूले आफ्ना पितापुर्खाहरूलाई चिन्नेछन् र उनीहरूका बारेमा ज्ञान पाउनेछन् र आफ्नो उद्धारकर्ताको सुसमाचारका बारेमा पनि ज्ञान पाउनेछन्, जुन उहाँद्वारा तिनका पितापुर्खाहरुसामु सेवा गरिएको थियो; यसकारण, उनीहरूले तिनका उद्धारकर्ता र उहाँको सिद्धान्तका सोही बुँदाहरूको बारेमा ज्ञान पाउनेछन्, ताकि उहाँसामु कसरी आउने र मुक्ति पाउने भनी थाहा पाउन सकून्।

१५ अनि त्यसपछि त्यस दिनमा के उनीहरू खुशी नहोलान् र चीरस्थायी परमेश्वर, तिनीहरूका चट्टान र तिनीहरूका मुक्ति, उहाँलाई प्रशंसा नगर्लान् त? हो, त्यस दिनमा, के उनीहरूले साँचो लहराबाट शक्ति र पालनपोषण नपाउलान् त? हो, के उनीहरू परमेश्वरको साँचो समूहमा नआउलान् त?

१६ हेर, म तिमीलाई भन्दछु, हो; उनीहरू इस्राएलका घरानामाझ पुन: सम्झिइनेछन्; जैतूनको वृक्षको प्राकृतिक हाँगा भएको नाताले उनीहरूलाई वास्तविक जैतूनको वृक्षमा कलमी गरिनेछ।

१७ अनि हाम्रा पिताको अर्थ यही हो; अनि उहाँको अर्थ यो हो कि उनीहरूलाई गैह्र-यहूदीहरूद्वारा तितर-बितर नपारिएसम्म यस्तो हुन जाने छैन; र उहाँको अर्थ यो हो कि गैह्र-यहूदीहरूको माध्यमबाट यो आउनेछ, ताकि यहूदीहरूद्वारा, वा इस्राएलका घरानाद्वारा अस्वीकार गरिनुहुने सोही कारणका लागि परमप्रभुले गैह्र-यहूदीहरूसामु आफ्नो शक्ति देखाउन सक्नुहुनेछ।

१८ यसकारण, हाम्रा पिताले हाम्रा सन्ततिका बारेमा मात्र बोल्नुभएको छैन; तर पछिल्ला दिनहरूमा पूरा गरिनुपर्ने करार तिर औल्याउँदै इस्राएलका सारा घरानाको बारेमा पनि बोल्नुभएको छ; जुन करार परमप्रभुले यसो भन्दै हाम्रा पिता अब्राहामसँग गर्नुभयो: तिम्रा सन्ततिद्वारा पृथ्वीका सबै कुटुम्बहरू आशीषित हुनेछन्।

१९ अनि यस्तो हुन गयो कि म, नफीले यी कुराहरूका बारेमा उनीहरूसामु धेरै बोलेँ; हो, मैले पछिल्ला दिनहरूमा यहूदीहरूको पुनर्स्थापनाका बारेमा उनीहरूसामु बोलेँ।

२० अनि मैले उनीहरूसामु यशैया, जसले यहूदीहरूको, वा इस्राएलका घरानाको पुनर्स्थापनाको बारेमा बोलेका थिए, उहाँका वचनहरू पाठ गरेँ; अनि पुनर्स्थापित गरिएपछि उनीहरूलाई अरू खल्बलाइने छैन, न त पुन: छरिने नै छ। अनि यस्तो हुन गयो कि मैले मेरा बन्धुहरूसामु धेरै वचनहरू बोलेँ, कि उनीहरू शान्त भए र परमप्रभुसामु स्वयमलाई विनम्र तुल्याए।

२१ अनि यस्तो हुन गयो कि यसो भन्दै उनीहरू मसँग पुन: बोले: हाम्रा पिताले सपनामा देख्नुभएको यो कुराको अर्थ के हो?

२२ अनि मैले उनीहरूलाई भनेँ: यो जीवनको वृक्षको नमूना थियो।

२३ अनि उनीहरूले मलाई भने: हाम्रा पिताले देख्नु भएको वृक्षसम्म अगुवाइ गरेर लैजाने फलामको छडको अर्थ के हो?

२४ अनि मैले उनीहरूलाई भनेँ कि यो परमेश्वरको वचन हो; र ज-जसले परमेश्वरको वचनलाई सुन्यो र यसलाई दह्रिलोसँग अँगाल्यो, उनीहरू कहिल्यै नाशिने छैनन्; न त प्रलोभन र शत्रुका आगाका सोइलाहरूले अन्धा हुने गरी विनाशतिर अगुवाइ गरेर लैजान उनीहरूलाई वशमा नै पार्न सक्नेछन्।

२५ यसकारण, म, नफीले परमप्रभुका वचनलाई वास्ता गर्न उनीहरूलाई आग्रह गरेँ; हो, मेरो जीवात्माका सारा ऊर्जाहरूका साथ र मसँग भएको सारा सामर्थ्यका साथ मैले उनीहरूलाई आग्रह गरेँ कि उनीहरूले परमेश्वरका वचनलाई वास्ता गरून् र सँधै सबै कुराहरूमा उहाँका आज्ञाहरू पालना गर्न ध्यान दिऊन्।

२६ अनि उनीहरूले मलाई भने: हाम्रा पिताले देख्नु भएको पानीको नदीको अर्थ के हो?

२७ अनि मैले उनीहरूलाई भनेँ कि मेरा पिताले देख्नुभएको पानी घिनलाग्दो थियो; अनि उहाँको मस्तिष्क अन्य कुराहरूमा यति डुबेको थियो कि उहाँले त्यो घिनलाग्दो पानी देख्नुभएन।

२८ अनि मैले उनीहरूलाई भनेँ कि यो भयावह खाडी हो, जसले दुष्टहरूलाई जीवनको वृक्षबाट र परमेश्वरको सन्तहरूबाट पनि अलग्यायो।

२९ अनि मैले उनीहरूलाई भनेँ कि यो त्यस भयावह नरकको नमूना थियो, जुन स्वर्गदूतले मलाई भने दुष्टहरूका लागि तयार गरिएको थियो।

३० अनि मैले उनीहरूलाई भनेँ कि परमेश्वरको न्यायले समेत दुष्टहरूलाई धर्मीहरूबाट छुट्याएको पनि हाम्रा पिताले देख्नुभयो; अनि त्यसको चमक बल्दो आगोको चमक जस्तो थियो, जुन परमेश्वरसामु सदासर्वदाका लागि निरन्तर माथि आरोहण गर्दछ र त्यसको कुनै अन्त्य छैन।

३१ अनि उनीहरूले मलाई भनेँ: के यो कुराको अर्थ परीक्षणका दिनहरूमा शरीरको पिडा हो, वा यसको अर्थ भौतिक शरीरको मृत्युपश्चात् जीवात्माको अन्तिम अवस्था हो, कि यसले लौकिक कुराहरूको बारेमा बोल्छ?

३२ अनि यस्तो हुन गयो कि मैले उनीहरूलाई भनेँ कि यो भौतिक र आत्मिक दुबै कुराहरूको प्रतिनिधित्व थियो; किनकि त्यो दिन आउनेछ कि उनीहरूलाई तिनीहरूका कामहरू, हो, परीक्षणका दिनहरूमा भौतिक शरीरद्वारा गरिएका कामहरू समेतका आधारमा न्याय गरिनेछ।

३३ यसकारण, यदि उनीहरू आफ्ना दुष्टतामा मर्दछन् भने उनीहरूलाई निकाला पनि गरिन्छ, ती कुराहरूको सम्बन्धमा जुन आत्मिक छन्, जुन धार्मिकतासँग सरोकार राख्दछन्; यसकारण, उनीहरूलाई तिनीहरूका कामहरूका आधारमा फैसला गरिन परमेश्वरको अगाडि खडा गरिनेछ; अनि यदि तिनीहरूका कामहरू घिनलाग्दो भएका छन् भने उनीहरू पनि घिनलाग्दा हुनेछन्; र यदि उनीहरू फोहोरी छन् भने यस्तो हुनेछ कि उनीहरू परमेश्वरको अधिराज्यमा बास गर्न सक्दैनन्; यदि त्यसो हुने हो भने, परमेश्वरको अधिराज्य पनि घिनलाग्दो हुनेछ।

३४ तर हेर, म तिमीहरूलाई भन्दछु, परमेश्वरको अधिराज्य घिनलाग्दो छैन, अनि परमेश्वरको अधिराज्यमा कुनै पनि अशुद्ध कुरा प्रवेश गर्न सक्दैन; यसकारण यस्तो हुन आवश्यक छ कि घिनलाग्दो कुराको लागि एउटा घिनलाग्दो स्थान तयार गरिएको हुनुपर्दछ।

३५ अनि एउटा स्थान तयार छ, हो, त्यो भयावह नरक समेत जसका बारेमा मैले बोलिसकेको छु, अनि सैतान यसको तयारीकर्ता हो; यसकारण मानिसहरूका जीवात्माहरूको अन्तिम अवस्था परमेश्वरको अधिराज्यमा बास गर्नु हो, वा मैले बोलिसकेको न्यायका कारणले निकाला गरिनु हो।

३६ यसकारण, दुष्टहरू धर्मीहरू देखि र जीवनको वृक्ष, जसको फल अन्य सबै फलहरू भन्दा अति मूल्यवान र अति रहरलाग्दो छ, हो, अनि यो परमेश्वरका सबै उपहारहरू भन्दा बढी महान् छ त्यसदेखि पनि अस्वीकृत हुन्छन्। अनि यसरी मैले मेरा बन्धुहरूसामु बोलेँ। आमिन।