धर्मशास्त्रहरू
एतेर १३


अध्याय १३

एतेरले योसेफका सन्ततिद्वारा अमेरिकामा बनाउने नयाँ यरुशलेमका बारेमा बोल्दछन्—उनले अगमवाणी गर्दछन् र उनलाई निकाला गरिन्छ, उनले येरेदीहरूको इतिहास लेख्दछन् र येरेदीहरूको विनाशको अग्रवाणी गर्दछन्—युद्ध सम्पूर्ण भूमिभरि फैलन्छ।

अनि अब, म मोरोनी ती जनको विनाशका बारेको मेरो अभिलेख सिध्याउन अगाडि बढ्छु जसका बारेमा मैले लेखिरहेको छु।

किनकि हेर, उनीहरूले एतेरका वचनहरू सबैलाई अस्वीकार गरे; किनकि उनले मानिसका प्रारम्भदेखिका सबै कुराहरू उनीहरूलाई साँचै नै भने; र भूमिको सतहबाट पानी सुकेपछि यो अन्य सबै भूमिहरू भन्दा उत्कृष्ट भूमि, अन्य सबै भूमिहरूभन्दा उत्तम भूमि बन्यो; यसकारण परमप्रभुले चाहानुहुन्छ कि सबै मानिसहरूले उहाँको सेवा गर्नुपर्छ जो यसको सतहमा बास गर्दछन्;

अनि कि यो स्वर्गबाट आउनुपर्ने नयाँ यरुशलेमको र परमप्रभुको पवित्र आरक्षणको स्थान थियो।

हेर, एतेरले ख्रीष्टका दिनहरू देखे र उनले यो भूमिमाथिको एक नयाँ यरुशलेमका बारेमा बोले।

अनि उनले इस्राएलका घरानाका र त्यो यरुशलेमका बारेमा पनि बोले जहाँबाट लही आउनुपर्नेछ—यसको विनाश भएपछि यसलाई फेरि परमप्रभुका निम्ति पवित्र सहर बनाइने छ; यसकारण, यो नयाँ यरुशलेम हुन सक्दैन किनकि यो प्राचीन समयमा थियो; तर यसलाई फेरि बनाइनेछ र परमप्रभुको पवित्र सहर बन्नेछ; र यो इस्राएलका घरानाका निम्ति बनाइनेछ—

अनि कि यो भूमिमा नयाँ यरुशलेम बनाइनुपर्दछ, योसेफका सन्ततिका अवशेषका निम्ति, जसका निम्ति नमुना भएको छ।

किनकि जसरी योसेफले उनका पितालाई मिश्रदेशको भूमिमा ल्याएका थिए, त्यसरी उनी त्यहाँ मरे; यसकारण, परमप्रभुले योसेफका सन्ततिका अवशेषलाई यरुशलेमको भूमिबाट बाहिर ल्याउनुभयो ताकि उहाँ योसेफका सन्ततिका अवशेषसँग कृपालु हुनसक्नुहुनेछ ताकि उनीहरूको नाश हुँदैन, जसरी उहाँ योसेफका पितासामु कृपालु हुनुभयो ताकि उनको नाश हुनुहुँदैन।

यसकारण, योसेफका घरानाका अवशेषलाई यो भूमिमा स्थापित गरिनेछ र यो उनीहरूको रिक्थको भूमि हुनेछ; र उनीहरूले परमप्रभुका निम्ति पवित्र सहर बनाउनेछन्, प्राचीनको यरुशलेम जस्तै; र उनीहरूलाई अरु खलबल्याइनेछैन, त्यो अन्त्य नआइन्जेलसम्म जब पृथ्वी बितेर जानेछ।

अनि त्यहाँ नयाँ स्वर्ग र पृथ्वी हुनेछ; र ती पूराना जस्तै हुनेछन् तर पूराना बितेर गैसकेका छन् र सबै कुराहरू नयाँ बनेकाछन्।

१० अनि तब नयाँ यरुशलेम आउँछ; र आशीषित छन् ती जो त्यहाँ बास गर्छन्, किनकि यी ती हुन् जसका वस्त्रहरू थुमाका रगतमार्फत् सेता छन्; र ती उनीहरू हुन् जसलाई योसेफका सन्ततिका अवेशेषमाझ गनिनेछन्, जो इस्राएलका घरानाका थिए।

११ अनि तब पुरानो यरुशलेम आउँछ; र त्यहाँका बासिन्दाहरू, उनीहरू आशीषित छन्, किनकि उनीहरूलाई थुमाका रगतमा धोइएको छ; र उनीहरू ती हुन् जसलाई छरपष्ट पारियो र पृथ्वीका चारै दिशाबाट र उत्तरका देशहरूबाट जम्मा गराइयो र त्यो करार पूरा गर्नमा सहभागी छन् जुन परमेश्वरले उनीहरूका पिता अब्राहामसँग गर्नुभयो।

१२ अनि जब यी कुराहरू आउँछन्, ती धर्मशास्त्र पूरा हुन्छन् जसले भन्छन्, त्यहाँ उनीहरू छन् जो पहिला थिए, ती अन्तिम हुनेछन्; र त्यहाँ उनीहरू छन् जो अन्तिम थिए, ती पहिला हुनेछन्।

१३ अनि मैले अरु लेख्न लागेको थिएँ, तर मलाई निषेध गरियो; तर एतेरका अगमवाणीहरू महान् र अद्भूत थिए, तर उनीहरूले उनलाई तुच्छ सम्झे र उनलाई निकाला गरे; र उनले दिनमा आफैँलाई चट्टानको गुफामा लुकाए र रातमा उनी ती कुराहरू हेर्न अघि गए जुन ती जनमाथि आउनुपर्छ।

१४ अनि जब उनी चट्टानको गुफामा बास गरे उनले यो अभिलेखको अवशेष बनाए, रातमा त्यो विनाशलाई हेर्दै जुन जनमाथि आयो।

१५ अनि यस्तो हुन गयो कि त्यो सोही वर्षमा जसमा उनलाई जनमाझबाट निकाला गरिएको थियो जनमाझ महान् युद्ध हुन थाल्यो, किनकि त्यहाँ धेरै थिए जो उठे, जो शक्तिशाली मानिसहरू थिए र दुष्टताका गोप्य योजनाहरू मार्फत् कोरियान्तुम्रको विनाश गर्न खोजे, जसका बारेमा बोलिसकेको छ।

१६ अनि अब कोरियान्तुम्रले, युद्धका सबै कलाहरूमा र संसारका सबै धुर्त्याइँहरूमा आफैँले अध्ययन गरेकाले, यसकारण उनले उनीहरूसामु लडाइँ गरे जसले उनको विनाश गर्न खोजे।

१७ तर उनले पश्चात्ताप गरेनन्, न त उनका सुन्दर छोरा र छोरीहरूले; न त कोहोरका सुन्दर छोरा र छोरीहरूले; न त कोरिहोरका सुन्दर छोरा र छोरीहरूले; र निष्कर्षमा सारा पृथ्वीको सतहमा कसैका सुन्दर छोरा र छोरीहरू थिएनन् जसले आफ्ना पापहरूको पश्चात्ताप गरे।

१८ यसकारण, यस्तो हुन गयो कि त्यो प्रथम वर्षमा जहिले एतेर चट्टानको गुफामा बास गरे, त्यहाँ धेरै जन थिए जसलाई ती गोप्य गुटबन्दीहरूका तरबारद्वारा बध गरियो, कोरियान्तुम्रका विरुद्ध लड्दै कि उनीहरूले अधिराज्य प्राप्त गर्न सकून्।

१९ अनि यस्तो हुन गयो कि कोरियान्तुम्रका छोराहरूले धेरै लडे र धेरै रगत बगाए।

२० अनि दोस्रो वर्षमा परमप्रभुको वचन एतेरकहाँ आयो, कि उनी जानुपर्छ र कोरियान्तुम्रसामु अगमवाणी गर्नुपर्छ कि, यदि उनले र उनका सम्पूर्ण घरानाले पश्चात्ताप गरे, परमप्रभुले उनलाई उनको अधिराज्य दिनुहुनेछ र जनलाई छाडिदिनुहुनेछ—

२१ अन्यथा उनको बाहेक उनीहरूको र उनका गृहस्थ सबैको विनाश गरिनुपर्छ। अनि उनी ती अगमवाणी पूरा भएको देख्नमात्र जिउनेछन् जुन अर्का जनले उनीहरूको रिक्थको भूमिप्राप्त गर्ने बारेमा बोलिएको छ; र कोरियान्तुम्रले उनीहरूद्वारा समाधि प्राप्त गर्नेछन् र कोरियान्तुम्र बाहेक प्रत्येक आत्मालाई विनाश गरिनुपर्छ।

२२ अनि यस्तो हुन गयो कि कोरियान्तुम्रले पश्चात्ताप गरेनन्, न त उनका गृहस्थले, न त जनले; र युद्ध रोकिएन; र उनीहरूले एतेरलाई मार्न खोजे, तर उनी उनीहरू अगाडिबाट भागे र चट्टानका गुफामा फेरि लुके।

२३ अनि यस्तो हुन गयो कि शेरेद उठे र उनले पनि कोरियान्तुम्रसँग लडे र उनले उनलाई जिते, यतिसम्म कि तेस्रो वर्षमा उनले उनलाई बन्धनमा ल्याए।

२४ अनि कोरियान्तुम्रका छोराहरूले, चौथो वर्षमा, शेरेदलाई जिते र उनीहरूका पिताका निम्ति अधिराज्य फेरि प्राप्त गरे।

२५ अब भूमिको सम्पूर्ण सतहमा युद्ध हुन थाल्यो, प्रत्येक मानिस आफ्नो समूहसँग त्यसका निम्ति लड्दै जुन उसले चाह्यो।

२६ अनि भूमिको सम्पूर्ण सतहमा डाँकाहरू र निष्कर्षमा, सबै प्रकारका दुष्टता थिए।

२७ अनि यस्तो हुन गयो कि कोरियान्तुम्र शेरेदसँग अत्यन्त रिसाए र उनी उनका विरुद्ध आफ्ना सेनाहरूका साथ लड्न गए; र उनीहरूले भयानक क्रोधमा भेट गरे र उनीहरूको गिलगालको उपत्यकामा भेट भयो; र लडाइँ अत्यन्त कष्टप्रद बन्यो।

२८ अनि यस्तो हुन गयो कि शेरेदले उनीसँग तीन दिनको अन्तरालसम्म लडे। अनि यस्तो हुन गयो कोरियान्तुम्रले उनलाई हराए र उनलाई उनी हेश्लोनका मैदानहरूमा नपुगिन्जेलसम्म लखेटे।

२९ अनि यस्तो हुन गयो कि शेरेदले उनीसँग ती मैदानहरूमा फेरि लडाइँ गरे; र हेर, उनले कोरियान्तुम्रलाई जिते र उनलाई फेरि गिलगालको उपत्यकासम्म लखेटे।

३० अनि कोरियान्तुम्रले शेरेदसँग गिलगालको उपत्यकामा फेरि लडाइँ गरे, जसमा उनले शेरेदलाई हराए र उनको बध गरे।

३१ अनि शेरेदले कोरियान्तुम्रलाई उनको तिघ्रामा घाइते बनाए, कि उनी दुई वर्षको अन्तरालसम्म फेरि लडाइँ गर्न गएनन्, जुन समयमा भूमिको सतहमाथिका सम्पूर्ण जनले रगत बगाइरहे र त्यहाँ उनीहरूलाई रोक्ने कोही थिएनन्।