धर्मशास्त्रहरू
हेलामान १६


अध्याय १६

शमुएललाई विश्वास गर्ने नफीहरूलाई नफीले बप्तिस्मा दिन्छन्—शमुएललाई पश्चात्ताप नगर्ने नफीहरूका बाणहरू र ढुङ्गाहरूले बध गर्न सकिँदैन—कसैले आफ्ना हृदयहरू कठोर बनाउँछन् र अरुहरूले स्वर्गदूतहरू देख्छन्—अविश्वासीहरूले भन्छन् ख्रीष्टमा र उहाँको यरुशलेमको आगमनमा विश्वास गर्नु उचित छैन। लगभग ई.पू. ६–१।

अनि अब, यस्तो हुन गयो कि लमानी शमुएलका वचनहरू सुन्ने धेरै थिए, जुन उनले सहरको पर्खालमाथि बोलेका थिए। अनि जत्तिले उनका वचनहरूलाई विश्वास गरे, नफीलाई खोज्न अघि गए; अनि जब उनीहरू आएका थिए र उनलाई फेला पारेका थिए उनीहरूले आफ्ना पापहरूलाई उनकासामु स्वीकार गरे र अस्वीकार गरेनन्, यो चाहँदैं कि उनीहरूले परमप्रभुमा बप्तिस्मा लिन सकून्।

तर जत्तिले शमुएलका वचनहरूको विश्वास गरेनन् उनीहरू उनीसँग रिसाए; र उनीहरूले तिनलाई पर्खालमाथि ढुङ्गाले हानें र जब उनी पर्खालमा खडा भैरहेका थिए धेरैले उनलाई बाणहरू पनि हाने; तर परमप्रभुको आत्मा उनीसँग थियो, यतिसम्म कि उनीहरूका ढुङ्गाहरूले उनलाई हान्न सकेनन् न त उनीहरूका बाणहरूले नै।

अब जब उनीहरूले देखे कि उनीहरूले तिनलाई हान्न सकेनन्, त्यहाँ उनका वचनहरूमा विश्वास गर्ने धेरै भए, यतिसम्म कि उनीहरू बप्तिस्मा लिन नफीसामु गए।

किनकि हेर, नफी बप्तिस्मा दिइरहेका र अगमवाणी गरिरहेका र प्रवचन दिइरहेका, जनसामु पश्चात्तापको घोषणा गरिरहेका, चिन्हहरू र आश्चर्यहरू देखाइरहेका, जनमाझ आश्चर्यकर्महरू गरिरहेका थिए, कि उनीहरूले जान्न सकून् कि ख्रीष्ट छिट्टै आउनु पर्दछ—

उनीहरूलाई शिघ्र आउनुपर्ने कुराहरूका बारेमा भन्दै, कि ती आउने समयमा उनीहरूले जानून् र सम्झून् कि उनीहरूलाई ती पहिले नै अवगत गराइएको थियो, यो अभिप्रायले कि उनीहरूले विश्वास गर्न सकून्, त्यसकारण शमुएलका वचनहरूमा विश्वास गर्ने जति अघि गए र बप्तिस्मा लिए, किनकि उनीहरू पश्चात्ताप गर्दै र आफ्ना पापहरू स्वीकार्दै आए।

तर उनीहरूका बढी भागले शमुएलका वचनहरूमा विश्वास गरेनन्; त्यसकारण जब उनीहरूले देखे कि उनीहरूले उनलाई आफ्ना ढुङ्गाले र आफ्ना बाणले हान्न सकेनन्, उनीहरूले उनीहरूका कप्तानहरूसामु यसो भन्दै कराए: यो मानिसलाई ल्याओ र उसलाई बाँध; किनकि हेर ऊसँग सैतान छ; र उसमा भएको सैतानको शक्तिका कारणले गर्दा हामीले उसलाई हाम्रा ढुङ्गाले र बाणले हान्न सक्दैनौँ; त्यसकारण उसलाई समात र उसलाई बाँध र उसलाई लैजाओ।

अनि जब उनीहरूले उनीमाथि आफ्ना हातहरू हाल्न गए, हेर, उनले आफैँलाई पर्खालबाट तल फ्याँके र उनीहरूका भूमिहरूबाट बाहिर, हो, उनको आफ्नै देशतिर समेत भागे र उनका आफ्ना जनसामु प्रवचन दिन र अगमवाणी गर्न थाले।

अनि हेर, नफीहरूकामाझ उनकाबारेमा अरु केही सुनिएन; र जनका कारोबारहरू यस्ता थिए।

अनि नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको छयासीयौँ वर्षको यसरी अन्त्य भयो।

१० अनि न्यायकर्ताहरूको शासनको सतासीयौँ वर्षको अन्त्य पनि यसरी नै भयो, जनको बढी भाग आफ्ना घमण्ड र दुष्टतामा रहेर र थोरै भाग परमेश्वरअगाडि अझ बढी सावधानी पूर्वक हिँड्दै।

११ अनि न्यायकर्ताहरूको शासनको अठासीयौँ वर्षमा पनि परिस्थिति यस्तै नै थियो।

१२ अनि न्यायर्कर्ताहरूको शासनको उनान्नब्बेऔँ वर्षमा जनका कारोबारहरूमा थोरै फेरबदल भयो, केवल जन दुष्टतामा अझ बढी कठोर बन्न र बढी भन्दा बढी परमेश्वरका आज्ञा विपरीत गर्न थाले।

१३ तर न्यायकर्ताहरूको शासनको नब्बेऔँ वर्षमा यस्तो हुन गयो, जनसामु महान् चिन्हहरू र आश्चर्यहरू दिइयो; र अगमवक्ताका वचनहरू पूरा हुन थाले।

१४ अनि स्वर्गदूतहरू मानिस, विवेकी मानिसहरूसामु देखा परे र महान् आनन्दका खुसीका खबरहरू घोषणा गरे, यसरी यो वर्षमा धर्मशास्त्रहरू पूरा हुन थाले।

१५ तैपनि, नफीहरू र लमानीहरू पनि दुबै को सबभन्दा विश्वास गर्ने भागले बाहेक सबै जनले आफ्ना हृदयहरूलाई कठोर बनाउन थाले र यसो भन्दै आफ्नै शक्ति र आफ्नै विवेकमा भर पर्न थाले:

१६ त्यति धेरैमध्ये केही कुराहरू उनीहरूले सही अनुमान गरेका होलान्; तर हेर, हामीलाई थाहा छ कि यी सबै महान् र अद्भूत कार्यहरू पूरा हुन सक्दैनन्, जसका बारेमा बोलिएको छ।

१७ अनि उनीहरूले आफूहरूमाझ झगडा गर्न र विवाद गर्न थाले, यसो भन्दै:

१८ कि यो उचित छैन कि ख्रीष्टजस्तो एउटा व्यक्ति आउनुहुनेछ; यदि हो भने र भनिएको जस्तै उहाँ परमेश्वरका पुत्र, स्वर्ग र पृथ्वीका पिता भए, किन आफैँलाई हामीसामु र यरुशलेममा भएका उनीहरूसामु देखाउनुहुन्न?

१९ हो, यो भूमिमा साथै यरुशलेमको भूमिमा उहाँले आफैँलाई किन देखाउनुहुन्न?

२० तर हेर, हामीलाई थाहा छ कि यो दुष्ट परम्परा हो, जुन हामीलाई हाम्रा पितापुर्खाहरुले हस्तान्तरण गरेका हुन्, हामीलाई अह्राउन कि हामीले कुनै महान् र अद्भूत कुरामा विश्वास गर्न सकौं जुन हामीमाझ होइन, तर एक टाढा दूरीको भूमिमा, त्यो भूमिमा पूरा हुनुपर्दछ जुन हामीलाई थाहा छैन; त्यसकारण उनीहरूले हामीलाई अज्ञात राख्न सक्छन्, किनकि हामीले आफ्नै आँखाले प्रत्यक्ष देख्न सक्दैनौँ कि ती सत्य हुन्।

२१ अनि उनीहरूले, त्यो दुष्टको धूर्त र रहस्यमय कलाहरूद्वारा, केही महान् रहस्य गर्नेछन् जुन हामीले बुझ्न सक्दैनौँ, जुनले हामीलाई उनीहरूका वचनहरूको र उनीहरूका पनि सेवकहरू बनाएर राख्नेछ, किनकि हामीहरूलाई वचनहरू सिकाउन हामीहरू उनीहरूमा भर पर्दछौँ; र यसरी उनीहरूले हामीलाई अज्ञानमा राख्ने छन् यदि हामीहरूले आफैँलाई हाम्रा जीवनहरूका सम्पूर्ण दिनहरूमा उनीहरूसामु समर्पण गऱ्यौँ भने।

२२ अनि जनले आफ्ना हृदयहरूमा धेरै कुराहरूको कल्पना गरे, जुन मूर्ख र व्यर्थ थिए; अनि उनीहरू धेरै विचलित थिए किनकि सैतानले उनीहरूलाई निरन्तर दुष्टयाइँ गर्नका लागि उक्सायो, हो, ऊ भूमिको सम्पूर्ण सतहमा अफवाहहरू र कलहहरू फैलाउँदै गयो, कि उसले जनका हृदयहरू असल र आउनु पर्ने कुराहरूविरुद्ध कठोर बनाउन सकोस्।

२३ अनि उनीहरूका माझ भएका चिन्हहरू र आश्चर्यहरू र उनीहरूले गरेका आश्चर्यकर्महरू हुँदाहुँदै पनि, सैतानले भूमिका सम्पूर्ण सतहका जनका हृदयहरूलाई महान् अधीनमा लियो।

२४ अनि नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको नब्बेऔँ वर्षको यसरी अन्त्य भयो।

२५ अनि हेलामान र उनका छोराहरूको अभिलेखअनुसार, हेलामानको पुस्तकको यसरी अन्त्य भयो।