धर्मशास्त्रहरू
हेलामान २


अध्याय २

हेलामानको छोरा हेलामान प्रधान न्यायकर्ता बन्छन्—गादियान्तोनले कीश्कुमेनको समूहको अगुवाइ गर्दछ—हेलामानको सेवकले कीश्कुमेनको बध गर्छ र गादियान्तोनको समूह उजाड स्थानतिर भाग्छन्। लगभग ई.पू. ५०–४९।

अनि न्यायकर्ताहरूको शासनको बयालिसौँ वर्षमा यस्तो हुन गयो, मोरोनीहाहले नफीहरू र लमानीहरूबीच पुन: शान्ति स्थापना गरेपछि, हेर, त्यहाँ न्यायको आसन लिने कोही थिएन; त्यसकारण जनमाझ कसले न्यायको आसन लिने भनी पुन: कलह हुन थाल्यो।

अनि यस्तो हुन गयो कि, जनताको मतद्वारा हेलामनको छोरा हेलामानलाई न्यायको आसन लिन नियुक्त गरियो।

तर हेर, पहोरानको हत्या गर्ने कीश्कुमेनले हेलामानलाई पनि विनाश गर्न कुऱ्यो; र उसलाई उसको दुष्टता कसैले थाहा पाउन हुँदैन भनी करारमा प्रवेश गर्ने उसको समूहको समर्थन थियो।

किनकि त्यहाँ एक गादियान्तोन थियो, जो धेरै वचनहरूमा र आफ्नो कलामा पनि, हत्याको र डकैँतीको गोप्य कार्य गर्न अत्यन्त सिपालु थियो; त्यसकारण ऊ कीश्कुमेनको समूहको अगुवा भयो।

त्यसकारण उसले उनीहरूलाई र कीश्कूमेनलाई पनि उक्सायो, कि यदि उनीहरूले उसलाई न्यायको आसनमा बसाले भने उसले उसको समूहका तिनीहरूलाई जनमाझको शक्तिका र अधिकारका स्थानहरूमा ठाउँ दिनेछ; त्यसकारण कीश्कुमेनले हेलामानको विनाश गर्न खोज्यो।

अनि यस्तो हुन गयो कि जब ऊ हेलामानको विनाश गर्न न्यायको आशनतर्फ गयो, हेर हेलामानका सेवकहरूमध्ये एक, रातमा बाहिर भएकाले, मुकुण्डोमार्फत्, यो समूहले बनाएको हेलामानको नाश गर्ने योजनाको ज्ञान प्राप्त गरेकाले—

अनि यस्तो हुन गयो कि उसले कीश्कुमेनलाई भेट्यो र उसलाई एक चिन्ह दियो; त्यसकारण कीश्कुमेनले आफ्नो चाहना उसलाई अवगत गरायो, यो चाहाँदै कि उसले न्यायको आसनमा जानेछ ताकि उसले हेलामानको हत्या गर्न सकोस्।

अनि जब हेलामानको सेवकले कीश्कुमेनको हृदयलाई थाहा पाएको थियो र कसरी कि उसको उद्देश्य हत्या गर्नु थियो र यो पनि कि उनीहरूको समूहमा भएका ती सबैको उद्देश्य हत्या गर्नु र लुट्नु र शक्ति हत्याउनु थियो, (अनि यो उनीहरूको गोप्य योजना र उनीहरूको गुटबन्दी थियो) हेलामानको सेवकले कीश्कुमेनसामु भन्यो: हामी न्यायको आसनसम्म जाऔँ।

अब यसले कीश्कुमेनलाई अत्यन्त खुसी दियो, किनकि उसले अनुमान गऱ्यो कि उसले आफ्नो योजना पूरा गर्नुपर्छ तर हेर, जब उनीहरू न्यायको आसनतिर अघि गइरहेका थिए, हेलामानको सेवकले कीश्कुमेनलाई मुटुमा छुरा रोप्यो, ताकि ऊ आर्तनाद बिना मरेर ढल्यो। अनि ऊ दौड्यो र हेलामानलाई उसले देखेका र सुनेका र गरेका सबै कुराहरू भन्यो।

१० अनि यस्तो हुन गयो कि हेलामानले यो डाँकाहरू र गोप्य हत्याराहरूको समूहलाई समात्न पठाए, कि उनीहरूलाई कानुनअनुसार गर्न सकियोस्।

११ तर, हेर, जब गादियान्तोनले पत्ता लायो कि कीश्कुमेन फर्केन ऊ डरायो कथंकदाचित् कि उसको विनाश गरियो; त्यसकारण उसले अह्रायो कि उसको समूहले उसलाई पछ्याउनु पर्छ। अनि उनीहरूले आफ्नो यात्रा भूमिबाहिर गोप्य बाटो हुँदै लिए, उजाड स्थानतिर; अनि यसरी जब हेलामानले उनीहरूलाई समात्न पठाए उनीहरूलाई कहीँ पनि फेलापार्न सकिएन।

१२ अनि गादियान्तोनका बारेमा अरुपछि बोलिनेछ। अनि यसरी नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको बयालीसौँ वर्षको अन्त्य भयो।

१३ अनि हेर, यो पुस्तकको अन्त्यमा तिमीहरूले देख्नेछौ कि यो गादियान्तोनले हराए, हो, नफीका जनको लगभग पूरै विनाशको सिद्ध गर्नेछ।

१४ हेर मेरो अर्थ हेलामानको पुस्तकको अन्त्य होइन, तर मेरो अर्थ नफीको पुस्तकको अन्त्य हो, जहाँबाट मैले सबै विवरण लिएको छु जुन मैले लेखेको छु।