धर्मशास्त्रहरू
हेलामान १५


अध्याय १५

परमप्रभुले नफीहरूलाई ताडना दिनुभयो किनभने उहाँले उनीहरूलाई माया गर्नुभयो—परिवर्तित लमानीहरू आस्थामा स्थिर र अडिग छन्—परमप्रभु पछिल्ला दिनहरूमा लमानीहरूप्रति कृपालु हुनुहुनेछ। लगभग ई.पू. ६।

अनि अब, मेरा प्रिय बन्धुहरू, हेर, म तिमीहरूसामु घोषणा गर्दछु कि यदि तिमीहरूले पश्चात्ताप नगरे तिमीहरूका घरहरू तिमीहरूसामु उजाड छाडिनेछ।

हो, यदि तिमीहरूले पश्चात्ताप नगरे, दुध खुवाउने ती दिनहरूमा तिमीहरूका आइमाईहरूले शोक गर्ने महान् कारण हुनेछ; किनकि तिमीहरू भाग्ने प्रयत्न गर्नेछौ र शरणका निम्ति कुनै स्थान हुनेछैन; हो र धिक्कार छ उनीहरूलाई जससँग बच्चा छन्, किनकि उनीहरू भारी हुनेछन् र भाग्न सक्ने छैनन्; त्यसकारण, उनीहरूलाई किचिमिची गरिनेछ र नाश हुनलाई छाडिनेछ।

हो, यदि उनीहरूले पश्चात्ताप नगरे धिक्कार छ यी जनलाई जसलाई नफीका जन भनिन्छ, जब उनीहरूले यी सबै चिन्हहरू र आश्चर्यहरू देख्नेछन् जुन उनीहरूलाई देखाइनेछ; किनकि हेर, उनीहरू परमप्रभुका चुनिएका जन भएका छन्; हो, उहाँले नफीका जनलाई माया गर्नुभएको छ र उनीहरूलाई ताडना दिनुभएको छ; हो, तिनीहरूका दुष्टताका दिनहरूमा उहाँले उनीहरूलाई हप्काउनुभएको छ किनभने उहाँले तिनीहरूलाई माया गर्नुहुन्छ।

तर हेर मेरा बन्धुहरू, लमानीहरूलाई उहाँले घृणा गर्नुभएको छ किनभने उनीहरूका कार्यहरू निरन्तर रुपमा खराब भएका छन् र यो उनीहरूका पितापुर्खाहरुका परम्पराका दुष्टताका कारण। तर हेर, नफीहरूका प्रवचनमार्फत् उनीहरूमा मुक्ति आएको छ; र यो अभिप्रायका निम्ति परमप्रभुले उनीहरूका दिनहरू लम्ब्याउनुभएको छ।

अनि म चाहान्छु कि तिमीहरूले देख्नेछौ कि उनीहरूका बढी भाग आफ्ना कर्तव्यका पथमा छन् र उनीहरू परमेश्वरअगाडि सावधानीका साथ हिँड्छन् र उनीहरूले उहाँका आज्ञाहरू र उहाँका कानुनहरू र उहाँका न्यायहरू, मोशाका व्यवस्थाअनुसार पालना गर्न ध्यान दिन्छन।

हो, म तिमीहरूसामु भन्छु, कि उनीहरूका बढी भागले यो गरिरहेका छन् र उनीहरूले नथाक्ने गरि लगनशीलताका साथ प्रयास गरिरहेका छन् कि उनीहरूले आफ्ना बाँकी बन्धुहरूलाई पनि सत्यताको ज्ञानमा ल्याउन सकून्; त्यसकारण उनीहरूको सङ्ख्या दैनिक बढाउने धेरै छन्।

अनि हेर, तिमीहरू आफैँलाई थाहा छ, किनकि तिमीहरूले यो प्रत्यक्ष देखेका छौ, कि जति धेरैलाई सत्यताको ज्ञानमा र उनीहरूका पितापुर्खाहरुका दुष्ट र घृणित परम्पराका बारेमा थाहा पाउन ल्याइएको छ र पवित्र धर्मशास्त्र, हो पवित्र अगमवक्ताहरूका अगमवाणीको विश्वास गर्न उनीहरूलाई अगुवाइ गरिएको छ, जे लेखिएका छन्, जसले उनीहरूलाई परमप्रभुमा आस्था र पश्चात्तापतिर अगुवाइ गर्छन्, जुन आस्था र पश्चात्तापले उनीहरूमा हृदयको परिवर्तन ल्याउँछन्—

त्यसकारण, जति यसमा आएका छन्, तिमीहरू आफैँलाई थाहा छ आस्थामा र उनीहरूलाई स्वतन्त्र बनाएका ती कुराहरूमा स्थिर र अडिग छन्।

अनि तिमीहरूलाई यो पनि थाहा छ कि उनीहरूले आफ्ना युद्धका हतियारहरू गाडेका छन् र उनीहरूले ती उठाउन डराउँछन् कथंकदाचित् कुनै माध्यम बाट उनीहरूले पाप गर्नु पर्दछ; हो, तिमीहरूले देख्न सक्दछौ कि उनीहरू पापदेखि डराउँछन्—किनकि हेर उनीहरू आफैँले सहेका छन् कि उनीहरू बरु उनीहरूका शत्रुहरूद्वारा किचिमिची होऊन् र बध गरियून् र तिनीहरूविरुद्ध उनीहरूका तरबारहरू उठाउँदैनन् र यो उनीहरूको ख्रीष्टमाथिको विश्वासका कारणले हो।

१० अनि अब, उनीहरूका दृढताका कारण जब उनीहरूले जेमा विश्वास गर्छन त्यसमा विश्वास गर्छन, किनकि उनीहरूको स्थिरताका कारण जब उनीहरू एक पटक ज्ञान पाउँछन्, हेर, परमप्रभुले उनीहरूलाई आशीष दिनुहुनेछ र उनीहरूका दिनहरू लम्ब्याउनु हुनेछ, उनीहरूको दुष्टता हुँदाहुँदै—

११ हो, यदि उनीहरू विश्वासमा क्षीण भए पनि परमप्रभुले उनीहरूका दिनहरू लम्ब्याउनुहुनेछ, हाम्रा पितापुर्खाहरुले, अगमवक्ता येनोसद्वारा पनि र अरु धरै अगमवक्ताहरूले, हाम्रा बन्धु लमानीहरूको फेरि सत्यताको ज्ञानमा हुने पुनर्स्थापनाका बारेमा बोलेको त्यो समय नआइन्जेल—

१२ हो, म तिमीहरूलाई भन्दछु, कि पछिल्ला समयहरूमा परमप्रभुका वाचाहरू हाम्रा बन्धु, लमानीहरूतिर पनि फैलाइएको छ; र उनीहरूसँग धेरै कष्टहरू हुँदाहुँदै र पृथ्वीका सतहमाथि यत्रतत्र लखेटिँदा लखेटिँदै, खोजिँदा खोजिँदै, प्रताडित हुनेछनन् र छरिनेछन्, शरणका निम्ति कुनै स्थान नभएकाले, परमप्रभु उनीहरूसामु कृपालु हुनुहुनेछ।

१३ अनि यो अगमवाणीअनुसार हो, कि उनीहरूलाई फेरि सत्यको ज्ञानमा ल्याइनेछ, जुन उनीहरूको उद्धारकर्ताको र उनीहरूका महान् र सत्य गोठालोको ज्ञानमा हो र उहाँका भेंडाहरूका माझमा गनिनेछन्।

१४ त्यसकारण म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले पश्चात्ताप नगरे उनीहरूलाई तिमीहरूलाई भन्दा राम्रो हुनेछ।

१५ किनकि हेर, तिमीहरूलाई देखाइएका शक्तिशाली कार्यहरू उनीहरूलाई देखाएको भए, हो, तिनीहरूलाई जो उनीहरूका पितापुर्खाहरुका परम्पराका कारण विश्वासमा क्षीण भएका छन्. तिमीहरू आफैँले देख्न सक्छौ कि उनीहरू कहिल्यै विश्वासमा क्षीण हुने थिएनन्।

१६ त्यसकारण, परमप्रभु भन्नुहुन्छ: मैले उनीहरूको पूरै विनाश गर्नेछैन, तर म अह्राउने छु कि मेरो विवेको दिनमा उनीहरूलाई फेरि ममा फर्काउनेछु, परमप्रभु भन्नुहुन्छ।

१७ अनि अब हेर, नफीका जनका बारेमा परमप्रभु भन्नुहुन्छ: यदि तिमीहरूले पश्चात्ताप नगरे र मेरो इच्छा गर्न ध्यान नदिए, म उनीहरूलाई पूरै विनाश गर्नेछु, परमप्रभु भन्नुहुन्छ, उनीहरूको अविश्वासका कारण उनीहरूमाझ मैले गरेका धेरै शक्तिशाली कार्यहरू हुँदाहुँदै; र जति निश्चयका साथ परमप्रभु जिउँदो हुनुहुन्छ यी कुराहरू हुनेछन्, परमप्रभु भन्नुहुन्छ।