धर्मशास्त्रहरू
हेलामान ४


अध्याय ४

नफीका विमति राख्नेहरू र लमानी सेनाहरू सम्मिलित हुन्छन् र जरहेम्लाको भूमिलाई लिन्छन्—नफीहरूका पराजय उनीहरूको दुष्टताका कारण आउँछन्—चर्च कमजोर हुन्छ र जन लमानीहरूजस्तै कमजोर हुन्छन्। लगभग ई.पू. ३८–३०।

अनि चवन्नौँ वर्षमा यस्तो हुन गयो चर्चमा धेरै मतभेदहरू आए र जनमाझ कलह पनि भयो, यतिसम्म कि त्यहाँ धेरै रक्तपात भयो।

अनि विद्रोही समूहलाई बध गरियो र भूमिबाट लखेटियो र उनीहरू लमानीहरूका राजासामु गए।

अनि यस्तो हुन गयो कि उनीहरूले लमानीहरूलाई नफीहरूविरुद्ध युद्ध गर्न उक्साउन प्रयत्न गरे; तर हेर, लमानीहरू अत्यन्त त्रसित भए, यतिसम्म कि उनीहरूले ती विमति राख्नेहरूका वचनहरूलाई सुनेनन्।

तर न्यायकर्ताहरूको शासनको छपन्नौँ वर्षमा यस्तो हुन गयो, त्यहाँ नफीहरूबाट लमानीहरूसामु जाने विमति राख्नेहरू थिए; अनि उनीहरूले अरुसँग मिलेर नफीहरूविरुद्ध रिस उठाउन उनीहरूलाई उक्साउनमा सफल भए; अनि उनीहरूले त्यो वर्ष पूरै युद्धको तयारी गरिरहेका थिए।

अनि सन्तावन्नौँ वर्षमा उनीहरू नफीहरू विरुद्ध लडाइँ गर्न तल आए र उनीहरूले मृत्युको कार्य आरम्भ गरे; हो, यतिसम्म कि न्यायकर्ताहरूको शासनको अन्ठाउन्नौँ वर्षमा, उनीहरू जरहेम्लाको भूमि, हो, सबै भूमिहरू पनि, बाउन्टिफूल भूमिको नजिकको भूमिसमेत अधीनमा प्राप्त गर्न सफल भए।

अनि नफीहरूका र मोरोनीहाहका सेनाहरूलाई बाउन्टिफूलको भूमितर्फ समेत लखेटिएको थियो।

अनि उनीहरूले लमानीहरूविरुद्ध बलियो बनाए, पश्चिम समुन्द्रदेखि, पूर्वसम्म समेत; यो नफीका निम्ति एक दिनको यात्रा भएकाले, त्यो रेखामा जसमा उनीहरूले उनीहरूको उत्तरतर्फको देशलाई सुरक्षा गर्न बलियो बनाएका थिए र उनीहरूका सेनाहरू तैनाथ गरेका थिए।

अनि यसरी नफीका ती विमति राख्नेहरूले, लमानीहरूका अनगिन्ति सेनाहरूको सहयोगका साथ्, दक्षिणतर्फको भूमिमा रहेको नफीहरूको सबै सम्पत्ति प्राप्त गरेका थिए। अनि यो सबै न्यायकर्ताहरूको शासनको अन्ठावन्नौँ र उनान्साठीयौँ वर्षमा गरियो।

अनि न्यायकर्ताहरूको शासनको साठीयौं वर्षमा यस्तो हुन गयो, मोरोनीहाहले उनका सेनाहरूका साथ भूमिका धेरै भागहरू प्राप्त गर्न सफल भए; हो, उनीहरूले लमानीहरूका हातहरूमा परेका धेरै सहरहरू फिर्ता लिए।

१० अनि न्यायकर्ताहरूको शासनको एकसठ्ठीयौँ वर्षमा, उनीहरू आफ्ना अधीनका सबैको आधा फिर्ता लिनमा समेत सफल भए।

११ अब उनीहरूमाझ भएको नफीहरूको यो महान् क्षति र महान् संहार हुँदैनथ्यो यदि उनीहरूमाझको उनीहरूको दुष्टता र उनीहरूको कुकर्म नभएको भए; हो, अनि यो परमेश्वरको चर्चका हौँ भन्ने तिनीहरूमाझ पनि थियो।

१२ अनि यो उनीहरूका हृदयहरूका घमण्डका कारणले, उनीहरूका अत्यन्त धनका कारणले थियो, हो, यो उनीहरूको गरिबप्रतिको शोषणका कारण, भोकालाई आफ्नो खाना रोक्नाले, नाङ्गाहरूबाट आफ्नो पोशाक रोक्नाले र उनीहरूका विनम्र बन्धुहरूलाई उनीहरूका गालामा प्रहार गर्नाले, पवित्र भएका ती कुराहरूको खिल्ली उडाउनाले, अगमवाणी र प्रकाशका आत्माको अस्वीकार गर्नाले, हत्या गर्नाले, लुट्नाले, झुटो बोल्नाले, चोरी गर्नाले, व्यभिचार गर्नाले, महान् कलहहरू उठाउनाले र त्यागेर नफीको भूमिमा लमानीहरूमाझ जानाले थियो—

१३ अनि यो उनीहरूको अधिक दुष्टता र उनीहरूको आफ्नो शक्तिमाथिको उनीहरूका घमण्डहरूका कारण, उनीहरूलाई उनीहरूकै आफ्नै शक्तिमाथि छाडिएको थियो, त्यसकारण उनीहरूको उन्नति भएन, तर उनीहरु पीडित र प्रताडित भए, लमानीहरू अगाडि उनीहरूको अधीनका लगभग सबै भूमिहरू नगुमाएसम्म उनीहरुलाई लखेटियो।

१४ तर हेर, मोरोनीहाहले उनीहरूका दुष्टताका कारण जनसामु धेरै कुराहरूको प्रचार गरे र नफी र लहीले पनि, जो हेलामानका छोराहरू थिए, जनसामु धेरै कुराहरूको प्रचार गरे, हो र उनीहरूसामु उनीहरूका दुष्टताका र यदि उनीहरूले आफ्ना पापहरूको पश्चात्ताप नगरे के हुन्छ त्यसका बारेमा धेरै कुराहरू उनीहरूसामु प्रवचन दिए।

१५ अनि यस्तो हुन गयो कि उनीहरूले पश्चात्ताप गरे र जबसम्म उनीहरूले पश्चात्ताप गरे तबसम्म उनीहरूले उन्नति गर्न थाले।

१६ किनकि जब मोरोनीहाहले देखे कि उनीहरूले पश्चात्ताप गरे उनले उनीहरूलाई ठाउँ पिच्छे, सहर पिच्छे, उनीहरूले आफ्नो सम्पत्तिको आधा र आफ्नो सबै भूमिको आधा पुन: प्राप्त नगरिन्जेलसम्म अगुवाइ गर्ने प्रयास गरे।

१७ अनि यसरी न्यायकर्ताहरूको शासनको एकसठ्ठीयौँ वर्षको अन्त्य भयो।

१८ अनि न्यायकर्ताहरूको शासनको बैसठ्ठीयौँ वर्षमा यस्तो हुन गयो, कि मोरोनिहाहले लमानीहरूबाट अरु अधीनमा प्राप्त गर्न सकेनन्।

१९ त्यसकारण उनीहरूले आफ्ना बाँकी भूमिहरूलाई प्राप्त गर्ने योजनाको परित्याग गरे, किनकि लमानीहरू यति धेरै थिए कि नफीहरूलाई उनीहरूमाथि अरु शक्ति प्राप्त गर्न असम्भव भयो; त्यसकारण मोरोनीहाहले उनका सबै सेनाहरूलाई आफूले लिएका ती भागहरूलाई कायम गर्न परिचालन गरे।

२० अनि यस्तो हुन गयो, लमानीहरूका सङ्ख्याको महान्‌ताका कारण नफीहरू महान् त्राशमा थिए, कथंकदाचित् उनीहरूलाई जितेर र किचिमिची गरिन्छ र बध गरिन्छ र विनाश गरिन्छ।

२१ हो, उनीहरूले अल्माका अगमवाणीहरूलाई र मोसीयाहका वचनहरूलाई पनि सम्झन थाले; र उनीहरूले देखे कि उनीहरू एक हठी जन बनेका थिए र उनीहरूले परमेश्वरका आज्ञाहरूलाई तुच्छ सोचेका थिए।

२२ अनि कि उनीहरूले मोसीयाहका कानुनहरूलाई बदलेका थिए र उनीहरूका पाउहरूमुनि कुल्चेका थिए, अथवा कि जुन परमप्रभुले उनलाई जनसमक्ष दिनु भनी आज्ञा दिनुभएको थियो; र उनीहरूले देखे कि उनीहरूका कानुनहरू भ्रष्ट भएका थिए र उनीहरू दुष्ट जन बनेका थिए, यतिसम्म कि उनीहरू लमानीहरूजस्तै समेत दुष्ट थिए।

२३ अनि उनीहरूको दुष्टताका कारण चर्च कमजोर हुन थालेको थियो; र उनीहरूले अगमवाणीको आत्मा र प्रकाशको आत्मामा अविश्वास गर्न थाले; र परमेश्वरका न्यायहरूले उनीहरूलाई अनुहारमा ट्वाल्ल हेरिरहेका थिए।

२४ अनि उनीहरूले देखे कि उनीहरू, उनीहरूका बन्धुहरू, लमानीहरूजस्तै कमजोर बनेका थिए र परमप्रभुको आत्माले उनीहरूलाई अरु संरक्षण गरेन; हो, त्यो उनीहरूबाट हटेको थियो किनभने परमप्रभुको आत्मा अपवित्र मन्दिरहरूमा बास गर्दैन—

२५ त्यसकारण परमप्रभुले उहाँको आश्चर्य जनक र अतुलनीय क्षमताद्वारा उनीहरूको संरक्षण गर्न रोक्नुभयो, किनकि उनीहरू अविश्वास र भयावह दुष्टताको अवस्थामा पतन भएका थिए; र उनीहरूले देखे कि लमानीहरू उनीहरूभन्दा अत्यन्त बढी अनगिन्ती थिए र यदि उनीहरू परमेश्वरमा नलागे उनीहरूको निश्चय नै विनाश हुनु पर्दछ।

२६ किनकि हेर, उनीहरूले देखे कि लमानीहरूको शक्ति उनीहरूको शक्ति जत्तिकै महान् थियो, मानिस-मानिस पिच्छे समेत। अनि यसरी उनीहरू यो महान् उल्लङ्घनमा पतन भएका थिए; हो, यसरी उनीहरूको उल्लङ्घनका कारण, थोरै वर्षहरूको अन्तरालमै उनीहरू कमजोर बनेका थिए।